| 06-10-2024 |
ओम् शान्ति
“अव्यक्त बापदादा”
रिभाइज
|
24/02/2002 |
“बाबालाई प्रत्यक्ष गर्नको लागि आफ्नो र अरूको वृत्तिलाई पोजिटिभ बनाऊ”
आज विश्वकल्याणी बापदादा आफ्ना चारैतिरका बच्चाहरूलाई देखेर हर्षित भइरहनु भएको छ। हरेक बच्चाहरूको मनको उमङ्ग देखि पनि रहनु भएको छ र सुनि पनि रहनु भएको छ। सबैको मनमा लक्ष्य एउटै छ– चाँडो भन्दा चाँडो बाबा समान बनौँ। लक्ष्यलाई देखेर, हिम्मतलाई देखेर, श्रेष्ठ सङ्कल्पलाई देखेर बापदादा खुशी हुनुहुन्छ। साथसाथै यो पनि देखिरहनु भएको छ– लक्ष्य सबैको धेरै उच्च छ तर प्रत्यक्ष रूपमा लक्षण नम्बरवार छ। लक्ष्य र लक्षण समान हुनु अर्थात् बाबा समान बन्नु। जुन सेवाको स्टेजमा निमित्त बच्चाहरू छन्, उनीहरू सदा एउटै सङ्कल्पमा रहन्छन्– बाबालाई प्रत्यक्ष कसरी गरौँ, कहिले होला! यस्तो सङ्कल्प चल्छ हैन? बाबा फेरि बच्चाहरूसँग सोध्नुहुन्छ– बच्चे! तिमीहरू सबै सम्पन्न, सम्पूर्ण स्वरूपमा स्वयं कहिले प्रत्यक्ष हुन्छौ? बाबाको प्रश्न छ बच्चाहरूप्रति– त्यो डेट पनि फिक्स गरेका छौ? कि त्यो डेट फिक्स हुनु छैन?
डबल विदेशीले भन्छन्– कुनै पनि प्रोग्रामको डेट एक वर्ष पहिला फिक्स गरिन्छ, यस्तो भन्छौ नि! त्यस्तै बाबा भन्नुहुन्छ– स्वयंलाई प्रत्यक्ष गर्ने डेट फिक्स गरेका छौ? मिटिङहरू त धेरै गरेका छौ नि! गरि नै रहन्छौ। आज फलानो मिटिङ्ग छ, भोलि फलानो। अहिले पनि कति मिटिङ्गवाला आएका छन्, ती मिटिङ्गवाला आज पनि बसेका छौ। यो त धेरै राम्रो, तर यस मिटिङ्गको डेट कुनचाहिँ हो? जे सोचिन्छ त्यही बोली होस्, उही कर्म होस्। सङ्कल्प, बोली र कर्म तीनै श्रेष्ठ लक्ष्य अनुसार होस्। बापदादाले देख्नुहुन्छ– यी सर्व विश्व कल्याणको निमित्त बनेका प्यारा बच्चाहरू, सर्व आत्माहरूको कल्याणकारी प्रत्यक्ष रूपमा स्टेजमा कहिले आउनेछन्? हरेक गुप्त पुरुषार्थमा छन्, लगनमा छन्, यो पनि बापदादाले हेर्नुहुन्छ। तर यस विशेष सङ्कल्पको लगनमा मगन कहिले हुन्छौ? लगन त छ तर निरन्तर यस सङ्कल्पलाई सम्पन्न गर्न मगन रहनु अर्थात् निरन्तर यसै सङ्कल्पलाई पूर्ण गर्ने यथार्थ स्वरूपमा होस्। अहिले सङ्कल्प र प्रत्यक्ष कर्ममा अन्तर छ। हुनु त छ नै र गर्नु पनि बच्चाहरूले नै छ। बाबा त ब्याकबोन हुनुहुन्छ नै।
बापदादाले देखिरहनु भएको थियो– सबैभन्दा तीव्रगतिको सेवा हो– “वृत्तिद्वारा भाइब्रेसन फैलाउनु”। वृत्ति धेरै तीव्र रकेट भन्दा पनि तेज छ। वृत्तिद्वारा वायुमण्डललाई परिवर्तन गर्न सक्छौ। जहाँ चाह्यो, जति आत्माहरू प्रति चाह्यो वृत्तिद्वारा यहाँ बसी बसी पुग्न सक्छौ। वृत्तिद्वारा दृष्टि र सृष्टि परिवर्तन गर्न सक्छौ। तर एउटा कुराले वृत्तिद्वारा सेवा गर्न रोकावट पारिरहेको छ, वृत्तिद्वारा भाइब्रेसन फैलिन्छ। तिम्रो जड चित्रले अहिलेसम्म, लास्ट जन्मसम्म भाइब्रेसनद्वारा सेवा गरिरहेका छन् नि! देखेका छौ नि! मन्दिर देखेका छौ नि! डबल विदेशीले मन्दिर देखेका छौ? नदेखेको भए हेर्नु किनकि तिम्रै मन्दिर हो नि! कुमारीहरू तिम्रो मन्दिर हो कि इन्डिया वालाको मन्दिर हो? सबैको मन्दिर हो, अच्छा! बधाई छ। मन्दिरका मूर्तिहरूले प्रत्यक्ष रूपमा भाइब्रेसनद्वारा सेवा गरिरहेका छन् अर्थात् तिमी आत्माहरू मन्दिरका मूर्तिहरूले सेवा गरिरहेका छौ। कति भक्तले भाइब्रेसनद्वारा आफ्नो सर्व इच्छा पूर्ण गरिरहेका छन्। त्यसैले हे चैतन्य मूर्तीहरू! अब आफ्नो शुभभावनाको वृत्ति, शुभकामनाको वृत्तिद्वारा वायुमण्डलमा भाइब्रेसन फैलाऊ। तर, तर भन्नु राम्रो लाग्दैन तर भन्नुपर्छ। पाण्डवहरूलाई तर शब्द राम्रो लाग्छ? राम्रो लाग्दैन। तर, तर छ कि खतम भइसक्यो? यसको लागि सबैभन्दा सहज विधि हो पहिला हरेकले आफूलाई चेक गर– एक सेकेन्डमा चेक गर्न सक्छौ। भर्खरै गर। अहिले आफू भित्र चेक गर– मेरो वृत्तिमा कुनै आत्मा प्रति पनि कुनै निगेटिभ भाइब्रेसन छ? विश्वको वायुमण्डल परिवर्तन गर्नु छ, तर आफ्नो मनमा कुनै एक आत्मा प्रति पनि यदि व्यर्थ भाइब्रेसन वा सच्चा भाइब्रेसन पनि निगेटिभ छ भने उसले विश्व परिवर्तन गर्न सक्दैन। बाधा परिरहन्छ, समय लाग्छ। वायुमण्डलमा पावर आउँदैन। कति बच्चाहरूले भन्छन् त्यो त छ नै यस्तो! छ नै! भाइब्रेसन त हुन्छ नि! बाबालाई पनि ज्ञान दिन्छन्, बाबा हजुरलाई थाहा छैन, त्यो आत्मा हो नै यस्तो। तर बाबाले सोध्नुहुन्छ– त्यो खराब छ, गलत छ, हुनु हुँदैन तर खराबलाई आफ्नो वृत्तिमा राख्न, के यो बाबाले छुट्टी दिनुभएको छ? जसले सम्झन्छौ यसमा बाबाले छुट्टी दिनुभएको छैन, उनले एक हात उठाऊ। टी.भी.मा देखाऊ। (दादीलाई) तिमीले देखिरहेकी छौ नि! अच्छा! याद राख्नु हात उठाएको थिएँ। डबल विदेशीले हात उठायौ! बापदादाको टी.भी.मा त आइ नै रहेको छ। जबसम्म हर ब्राह्मण आत्माको स्वयंको वृत्तिमा कुनै पनि आत्मा प्रति भाइब्रेसन निगेटिभ छ, तबसम्म विश्व कल्याण प्रति वृत्तिद्वारा वायुमण्डलमा भाइब्रेसन फैलाउन सक्दैनन्। यो पक्का सम्झ। जतिसुकै सेवा गर, दिनहुँ आठ आठ भाषण गर, योग शिविर गराऊ, जति प्रकारको कोर्स गराऊ तर कसै प्रति पनि आफ्नो वृत्तिमा कुनै पुरानो निगेटिभ भाइब्रेसन नराख। अच्छा! ऊ खराब छ, धेरै गल्ती गर्छ, धेरैलाई दु:ख दिन्छ, के तिमी उसको दु:ख दिने कुरामा जिम्मेवार बन्नुको सट्टा, उसलाई परिवर्तन गर्न सहयोगी बन्न सक्छौ! दु:खमा मदत गर्नु छैन, उसलाई परिवर्तन गर्न तिमी सहयोगी बन। यदि कुनै यस्तो पनिआत्माछ, जो तिमीले सम्झन्छौ, परिवर्तन हुँदैन। ठीक छ, तिम्रो जजमेन्टमा ऊ परिवर्तन हुने खालको छैन, तर नम्बरवार त हुन्छ नि! त्यसैले तिमीले किन सोच्छौ यो त परिवर्तन हुने वाला नै छैन भनेर? तिमीले किन जजमेन्ट दिन्छौ, त्यसको लागि त बाबा जज हुनुहुन्छ नि। तिमीहरू सबै एक अर्काको जज बनेका छौ। बाबाले पनि त देखिरहनु भएको छ, यो यस्तो छ, यो यस्तो छ, यो यस्तो छ....। ब्रह्माबाबालाई प्रत्यक्षमा देख्यौ जस्तासुकै पटक पटक गल्ती गर्नेवाला आत्मा थिए तर बापदादा (विशेष साकार रूपमा ब्रह्माबाबा)ले सर्व बच्चाहरूप्रति याद प्यार दिँदै, सर्व बच्चाहरूलाई मीठे-मीठे भन्नुभयो। दुई चार नमीठो र बाँकी मीठे... के यस्तो भन्नुभयो? फेरि पनि यस्ता आत्माहरू प्रति पनि सदा रहमदिल बन्नुभयो। क्षमाको सागर बन्नुभयो। तर ठीक छ तिमीले आफ्नो वृत्तिमा कुनै प्रति पनि यदि निगेटिभ भाव राख्यौ, यसबाट तिमीलाई के फाइदा छ? यदि तिमीलाई यसमा फाइदा छ भने त ठीकै छ राख, छुट्टी छ। यदि फाइदा छैन, परेसानी हुन्छ..., त्यो कुरा सामुन्ने आउँछ। बापदादाले देख्नुहुन्छ, त्यतिबेला उसलाई ऐना देखाउनुपर्छ। जुन कुरामा आफूलाई कुनै फाइदा छैन, नलेजफुल बन्नु अलग चीज हो, ज्ञान छ– यो गलत हो, यो सही हो। नलेजफुल बन्नु गलत होइन, तर वृत्तिमा धारण गर्नु– यो गलत हो किनकि आफ्नै मुड अफ, व्यर्थ सङ्कल्प, यादको पावर कम, नोक्सान हुन्छ। जब प्रकृतिलाई पनि तिमी पावन बनाउनेवाला हौ भने यी त आत्माहरू हुन्। वृत्ति, भाइब्रेसन र वायुमण्डल तीनैको सम्बन्ध छ। वृत्तिद्वारा भाइब्रेसन बन्छ, भाइब्रेसनद्वारा वायुमण्डल बन्छ। तर मूल हो वृत्ति। यदि तिमीले सम्झेका छौ– छिटै बाबाको प्रत्यक्षता होस्, त्यसोभए तीव्रगतिको प्रयत्न होस्– सबैले आफ्नो वृत्तिलाई आफ्नो लागि, अरूको लागि पोजिटिभ धारण गर। ठीकै छ नलेजफुल बन तर आफ्नो मनमा निगेटिभ धारण नगर। निगेटिभको अर्थ हो किचडा। तुरुन्तै वृत्ति शक्तिशाली बनाऊ, भाइब्रेसन शक्तिशाली बनाऊ, वायुमण्डल शक्तिशाली बनाऊ किनकि सबैले अनुभव गरिसकेका छौ, वाणीद्वारा परिवर्तन, शिक्षाद्वारा परिवर्तन धेरै मन्द गतिले हुन्छ, हुन्छ तर धेरै मन्द गतिले। यदि तिमी फास्ट गति चाहन्छौ भने नलेजफुल बन, क्षमा स्वरूप बन, रहमदिल बन, शुभभावना, शुभकामनाद्वारा वायुमण्डललाई परिवर्तन गर। हेर, प्रत्यक्ष देखेका छौ तिमीहरू सबैले, मधुबनमा जति पनि आउँछन्, सबैभन्दा बढी प्रभाव कुन कुराको पर्छ? वायुमण्डलको। यहाँ पनि चाहे सबै नम्बरवार छन् तर ब्रह्माबाबाको कर्म भूमि हो, बापदादाको वरदान भूमि हो, त्यो वायुमण्डलले परिवर्तन गरिदिन्छ। अनुभव छ नि! त्यसैले भाइब्रेसनद्वारा वायुमण्डल बनाउनु, यो हो तीव्रगतिको दिलको छाप। वायुमण्डल दिलमा छापिन्छ। सुनेको कुरा बिर्सिन सक्छ तर वायुमण्डलको दिलमा छाप लाग्छ, त्यो बिर्सिन सक्दैनन्। यस्तो हो? बापदादाले सुनिरहनुहुन्छ, प्रत्यक्षता कहिले होला, आपसमा कुराकानी त राम्रो गर्छौ। ठीक छ। भन, पाण्डवहरूले अब के गर्नेछौ? वायुमण्डल शक्तिशाली बनाउनु। चाहे सेवाकेन्द्र होस्, चाहे जति पनि स्थान छन्, प्रवृत्तिमा छौ भने पनि वायुमण्डल शक्तिशाली। चारैतिरको वायुमण्डल यदि सम्पूर्ण निर्विघ्न, रहमदिल, शुभभावना, शुभकामनावाला बन्यो भने प्रत्यक्षतामा कुनै समय लाग्दैन।
अहिले बापदादाले जुन डेट दिनुभएको छ, त्यो बापदादालाई याद छ। हिसाब त सोधिन्छ नि! हर एकले आफ्नो एकाउन्ट त राखेका छौ नि! एकाउन्टमा बापदादा यही चेक गर्नुहुन्छ– वृत्तिमा, दृष्टिमा, बोलीमा रहमदिल, शुभभावना र शुभकामनावाला आत्मा कति प्रतिशतमा रहे? अहिले पनि १५ दिन त हुन्छ नि! बढी नै छ। अच्छा, जसले नगरेको भए पनि १५ दिन मात्र पनि गर्नु, फेरि पनि पास बनाइदिनेछु। बितेकोलाई बिन्दु लगाउनु र रहमको सिन्धु बन्नु। क्षमाको सिन्धु बन्नु। (बापदादाले ड्रिल गराउनुभयो)
सुन्यौ सबैले! अच्छा! तीन मिटिङ्गवाला जो आएका छौ, स्पार्कवाला एक हात उठाऊ। ठीक छ, धेरै राम्रो! अहिले यसै विषयमा अनुसन्धान गर, वायुमण्डल कसरी यथार्थमा श्रेष्ठ भन्दा श्रेष्ठ बनाउन सकिन्छ! अनुसन्धान गरिरहेका छौ! यस्तो वायुमण्डल बनाउनको लागि के के बुद्धिमा राख्नु छ, के के कर्ममा गर्नु छ, सम्बन्ध-सम्पर्कमा गर्नु छ। राम्रो छ, आफूले आफूलाई बिजी राख्छौ, राम्रो कुरा हो। तर बापदादा यो यथार्थ अनुभव देख्न चाहनुहुन्छ– कसरी यथार्थमा गरे र त्यसको परिणाम के निस्कियो? यदि बीचमा कुनै पनि रोकावट आयो भने किन आयो? यो अनुभव यथार्थमा गरेर हेर, केवल प्वाइन्टहरू ननिकाल्नु, यो गर्नु छ, यो गर्नु छ। यस्तो होइन। गर। अनुभव गरेर उदाहरण बनेर देखाऊ र त्यो उदाहरणले अरूलाई पनि सहयोग दिनेछ। ठीक छ नि! यी (रमेश भाइजी) निमित्त छन् नि! राम्रो छ। अहिले पनि १५ दिन बाँकी छ, अहिले लास्ट होइन। अहिले धेरै गयो, तर थोरै रहेको छ, त्यसैले स्पार्कवालाले यस्तो यथार्थमा गरेर हेर अनि अरूलाई देखाऊ। ठीक छ? गर्न सक्छौ? हुन सक्छ? अच्छा, ठीक छ, धेरै राम्रो! अच्छा!
अर्को मिटिङ्ग छ ट्रान्सपोर्टको:– ट्रान्सपोर्टकाले त सबैलाई सुख दिन्छन्। ट्रान्सपोर्टवाला हात उठाऊ। अच्छा! बहिनी, बहिनीहरू बिना त गति हुँदैन। त्यसोभए ट्रान्सपोर्टले के गर्नेछौ? केवल यात्रा गराउँछौ? ट्रान्सपोर्टकाले यस्तो आपसमा प्रोग्राम बनाऊ, जसद्वारा कुनै पनि आत्मालाई कम से कम समयमा दु:खको दुनियाँबाट पार गरेर थोरै समयको लागि भए पनि शान्तिको यात्रा गराउन सकियोस्। ठीक छ, परमधामसम्म त पुग्न मुस्किल छ तर दु:खको दुनियाँको शान्तिको यात्रा त गर्न सक्छन्। त्यो प्लान त धेरै बनाऊ, चारै प्रकारका यात्रीहरूलाई बापदादाको सन्देश त पुगिरहेको छ, पुर्याउने नै छौ, किनकि कुनै पनि वर्ग नरहुन्। यो राम्रो छ, वर्गहरूको इन्भेनसन निकालिएको छ, यो राम्रो छ, गुनासो मिल्दैन। कुनै पनि वर्ग रहने छैनन्, हरेकले आफ्नो वर्गलाई अगाडि बढाउने उमङ्ग त राख्छन् नि! यो धेरै राम्रो छ। तर अहिले जति पनि वर्ग बनेका छन्, कति समयदेखि वर्ग चलिरहेको छ, डेढ दुई वर्ष भयो कि धेरै भइसक्यो? (१०-१२ साल) वर्गहरूको सेवाको १०-१२ वर्ष भइसक्यो, अच्छा! धेरै समय भएको छ। वर्ग वालाको लागि बापदादाको एक सङ्कल्प छ। बापदादाले २-३ पटक भनिसक्नु भएको छ तर भएको छैन। हर वर्गले जति पनि छन्, जति समयमा पनि सेवा गरेका छन्, ती एक एक वर्गका विशेष सेवाधारी, चाहे सहयोगी छन्, चाहे हाफ योगी छन्, कहिलेकाहीँ आउँछन्, रेगुलर छैनन्, यस्तो कुनै हर वर्गका कम से कम ५ त सबै वर्गको सामुन्ने आउनुपर्छ। मधुबनमा ती सबैले देखुन्– वर्गवालाले, चाहे १०-१२ हुन् तर ५ त ल्याऊ पक्का, राम्रो सहयोगी, सेवाको निमित्त बन्ने ५-५ त निस्कन सक्छन् कि सक्दैनन्! निस्कन सक्छन् भने ल्याऊ। (कहिले ल्याउने?) त्यो दादीहरूमाथि छ। (बापदादाको प्रोग्राममा ल्याउने?) त्यो फेरि यस्तो बापदादासँग मिल्न लायक होस्, ५ त अवश्य निस्कन सक्छन्। धेरै भन्दिन, ५ बस्। त्यो दादीहरूले पास गर्नेछन्।
ईञ्जिनियरहरू:– ईञ्जिनियरहरूको त काम नै हो प्लान बनाउने। तीव्र पुरुषार्थको कुनै प्लान बनायौ कि केवल सेवाको बनायौ? ईञ्जिनियर्सले हर महिना तीव्र पुरुषार्थका कुनै नयाँ-नयाँ प्लान बनाउनुपर्छ। राय दिनुपर्छ फेरि फाइनल त दादीहरूले गर्नेछन्। दादीहरू तिम्रा साथी हुन्, तर ईञ्जिनियरहरू र साइन्स, विज्ञानवालाको यस्तो कुनै प्लान बनाउनुपर्छ, जसबाट छिटो छिटो नयाँ दुनियाँ आओस्। बस्, यही मिटिङ्ग गरिरहने छौ, प्लान बनाइरहने छौ, कहिलेसम्म? कुनै तीव्रगतिको प्लान बनाऊ किनकि लक्ष्य त तिम्रो वर्गको यही हो– यस्तो प्लान बनोस्, जसले गर्दा आफ्नो राज्य चाँडो भन्दा चाँडो आओस्। यस्तो प्लान पनि बनाऊ र सेवामा पनि थोरै समयमा धेरै सफलता प्रत्यक्ष देखियोस्, यस्तो प्लान बनाऊ। यस्तो प्लान बनाउँछौ नि! लास्ट टर्नमा सबै रिपोर्ट सुन्नेछु– हरेक वर्गले सफलतालाई तीव्र बनाउने के प्लान बनाए! केवल बनाउनु मात्र छैन, १५ दिन त्यसको अभ्यास गर्नु छ, यथार्थमा ल्याउनु छ। ठीक छ नि। अहिले यथार्थमा हुनु छ नि! एक आपसमा सबैले भन्छन्, बापदादाले त सबैको कुराकानी सुनिरहनु हुन्छ। सबैले भन्छन् प्रत्यक्ष होस्, प्रत्यक्ष होस्। तर पहिला प्रत्यक्ष तिमी त होऊ। बाबा पनि तिमीहरूद्वारा प्रत्यक्ष हुनुहुन्छ नि! अच्छा! अहिले भर्खरै आफ्नो वृत्तिलाई एकाग्र गर्न सक्छौ? कहीँ पनि वृत्ति हलचलमा नआओस्। अचल, एकाग्र, शक्तिशाली रहोस्। (बापदादाले ड्रिल गराउनु भयो) अच्छा!
चारैतिरका सर्व सेवाधारी बच्चाहरूलाई, सदा आफ्नो श्रेष्ठ भाइब्रेसनद्वारा सेवा गर्ने तीव्रगतिको पुरुषार्थ गर्ने बच्चाहरूलाई सदा क्षमाको मास्टर सागर, सदा शुभभावना, शुभकामनाद्वारा धेरै कमजोर आत्माहरूलाई पनि शक्तिशाली बनाउने यस्ता मास्टर सर्वशक्तिमान बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
| वरदान:– |
समय अनुसार हर कार्यमा सफल हुने ज्ञानी योगी आत्मा भव ज्ञानको अर्थ हो समझ। समझदार उसलाई भनिन्छ जो समय अनुसार समझदारी पूर्वक कार्य गर्दै सफलतालाई प्राप्त गर्छ। समझदारको निसानी हो– उसले कहिल्यै धोका खान सक्दैन। र, योगीको निसानी हो क्लीन र क्लियर बुद्धि। जसको बुद्धि क्लीन र क्लियर छ, उसले कहिल्यै भन्दैन– थाहा छैन यस्तो किन भयो! यो शब्द ज्ञानी र योगी आत्माले बोल्न सक्दैन। उसले ज्ञान र योगलाई हर कर्ममा ल्याउँछ। |
| स्लोगन:– | अचल-अडोल उही रहन्छ, जसले आफ्नो आदि अनादि संस्कार-स्वभावलाई स्मृतिमा राख्छ। |