| 11-10-2024 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “मीठे बच्चे– बाबाको यादको साथसाथै ज्ञान धनद्वारा सम्पन्न बन। बुद्धिमा सारा ज्ञान घुमिरह्यो भने अपार खुसी हुन्छ। सृष्टि चक्रको ज्ञानद्वारा तिमी चक्रवर्ती राजा बन्छौ।” | |
| प्रश्न:– | कुन बच्चाहरूको प्रीत बाबासँग हुन सक्दैन? |
| उत्तर:– | जसले रौरव नर्कमा रहने विकारसँग प्रीत गर्छन्, यस्ता मनुष्यहरूको प्रीत बाबासँग हुन सक्दैन। तिमी बच्चाहरूले बाबालाई चिनेका छौ त्यसैले तिम्रो बाबासँग प्रीत छ। |
| प्रश्न:– | कसलाई सत्ययुगमा आउने हुकुमै छैन? |
| उत्तर:– | बाबालाई पनि सत्ययुगमा आउनु छैन, त्यहाँ काल पनि आउन सक्दैन। जसरी रावणलाई सत्ययुगमा आउने हुकुम छैन, त्यसैगरी बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई पनि सत्ययुगमा आउने हुकुम छैन। बाबा त तिमीहरूलाई सुखधामको लायक बनाएर घर जानुहुन्छ, उहाँलाई पनि सीमा मिलेको छ। |
ओम् शान्ति। रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी बच्चाहरू यादको यात्रामा बसेका छौ? भित्र यो ज्ञान छ हैन– म आत्मा यादको यात्रामा छु। यात्रा शब्द त अवश्य दिलमा आउनु पर्छ। जसरी उनीहरूले हरिद्वार, अमरनाथ जाने यात्रा गर्छन्। यात्रा पूरा गरेर फेरि फर्किएर आउँछन्। यहाँ फेरि तिमी बच्चाहरूको बुद्धिमा छ– हामी शान्तिधाम जान्छौं। बाबाले आएर हात समात्नु भएको छ। हात समातेर पारी जानुपर्छ नि। भन्छन् पनि हात समात्नुहोस् किनकि विषय सागरमा परेका छन्। अब तिमीले शिवबाबालाई याद गर अनि घरलाई याद गर। भित्र यो आउनु पर्छ– हामी गइरहेका छौं। यसमा मुखले केही बोल्नु पनि छैन। भित्र केवल याद रहोस्– बाबा आउनु भएको छ लिनको लागि। यादको यात्रामा अवश्य रहनु छ। यस यादको यात्राद्वारा नै तिम्रो पाप काटिनु छ, अनि मात्रै फेरि त्यस लक्ष्यमा पुग्छौ। कति स्पष्टसँग बाबाले सम्झाउनु हुन्छ, जसरी सानो बच्चालाई पढाइन्छ। सदैव बुद्धिमा रहोस्– हामीले बाबालाई याद गर्दै गइरहेका छौं। बाबाको काम हो नै पावन बनाएर पावन दुनियाँमा लिएर जानु। बच्चाहरूलाई लिएर जानुहुन्छ। आत्मालाई नै यात्रा गर्नु छ। हामी आत्माले बाबालाई याद गरेर घर जानु छ। घर पुगेपछि बाबाको काम पूरा भयो। बाबा आउनु हुन्छ नै पतितबाट पावन बनाएर घरमा लिएर जान। पढाइ त यहाँ नै पढ्छन्। ठीक छ घुम्दा, फिर्दा, कुनै कामकाज गर्दा पनि बुद्धिमा यो याद रहोस्। योग शब्दमा यात्रा सिद्ध हुँदैन। योग संन्यासीहरूको हो। ती त सबै हुन् मनुष्यका मत। आधा कल्प तिमी मनुष्य मतमा चलेका हौ। आधा कल्प दैवी मतमा चलेका थियौ। अहिले तिमीलाई मिल्छ ईश्वरीय मत।
योग शब्द नभन, यादको यात्रा भन। आत्मालाई यो यात्रा गर्नु छ। त्यहाँ हुन्छ जिस्मानी यात्रा, शरीरको साथमा जान्छन्। यसमा त शरीरको कामै छैन। आत्माले जान्दछ– हामी आत्माहरूको त्यो प्यारो घर हो। बाबाले हामीलाई शिक्षा दिइरहनु भएको छ जसद्वारा हामी पावन बन्छौं। याद गर्दै-गर्दै तमोप्रधानबाट सतोप्रधान बन्नु छ। यो हो यात्रा। हामी बाबाको यादमा बस्छौं किनकि बाबाको साथमा नै घर जानु छ। बाबा आउनु हुन्छ नै पावन बनाउन। त्यसैले पावन दुनियाँमा जानु नै छ। बाबाले पावन बनाउनु हुन्छ फेरि नम्बरवार पुरुषार्थ अनुसार तिमी पावन दुनियाँमा जान्छौ। यो ज्ञान बुद्धिमा रहनु पर्छ। हामी यादको यात्रामा छौं। हामी यस मृत्युलोकमा फर्किएर आउनु छैन। बाबाको काम हो हामीलाई घरसम्म पुर्याउने। बाबाले मार्ग बताइदिनुहुन्छ अहिले त तिमीहरू मृत्युलोकमा छौ फेरि अमरलोक नयाँ दुनियाँमा हुन्छौ। बाबाले लायक बनाएर नै छोड्नुहुन्छ। सुखधाममा बाबाले लिएर जानुहुन्न। उहाँको घरसम्म पुर्याउनु सीमा (लिमिट) हुन्छ। यो सारा ज्ञान बुद्धिमा रहनु पर्छ। केवल बाबालाई मात्र याद गर्नु छैन, साथमा ज्ञान पनि हुनुपर्छ। ज्ञानले तिमीले धन कमाउँछौ नि। यस सृष्टिचक्रको ज्ञानद्वारा तिमी चक्रवर्ती राजा बन्छौ। बुद्धिमा यो ज्ञान छ, यसमा चक्कर लगाएका छौं। फेरि हामी घर जान्छौं फेरि नयाँ चक्र सुरु हुन्छ। यो सारा ज्ञान बुद्धिमा रह्यो भने खुसीको पारा चढ्छ। बाबालाई पनि याद गर्नु छ, शान्तिधाम, सुखधामलाई पनि याद गर्नु छ। ८४ को चक्रलाई यदि याद गरेनौ भने चक्रवर्ती राजा कसरी बन्छौ। केवल एकलाई याद गर्नु त संन्यासीहरूको काम हो किनकि उनीहरूले उहाँलाई जानेका छैनन्। ब्रह्मलाई नै याद गर्छन्। बाबाले त बच्चाहरूलाई राम्रोसँग सम्झाउनु हुन्छ। याद गर्दै गर्दै नै तिम्रो पाप काटिएर जान्छ। पहिला त घर जानु छ, यो हो रूहानी यात्रा। गायन पनि छ– चारों तरफ लगाये फेरे फिर भी हर पल दूर रहे अर्थात् बाबाबाट टाढा रह्यौं। जो बाबाबाट बेहदको वर्सा मिल्नु छ उहाँलाई त जान्दै-जानेका छैनन्। कति चक्कर लगाएका छौ। हरेक वर्ष धेरै यात्रा गर्छन्। पैसा धेरै छ भने यात्राको सोख हुन्छ। यो त तिम्रो रूहानी यात्रा हो। तिम्रो लागि नयाँ दुनियाँ बन्छ त्यसपछि त नयाँ दुनियाँमा नै आउने छौ, जसलाई अमरलोक भनिन्छ। त्यहाँ काल हुँदैन जसले कसैलाई लिएर जान्छ। काललाई हुकुम नै छैन नयाँ दुनियाँमा आउने। यो त रावणको पुरानो दुनियाँ हो नि। तिमीहरूले पनि यहाँ बोलाउँछौ। बाबा भन्नुहुन्छ– म पुरानो दुनियाँमा पुरानो शरीरमा आउँछु। मलाई पनि नयाँ दुनियाँमा आउने हुकुम छैन। म त पतितहरूलाई नै पावन बनाउन आउँछु। तिमी पावन बनेर फेरि अरूलाई पनि पावन बनाउँछौ। संन्यासीहरू त दौडेर जान्छन्। एकदम हराउँछन्। थाहा नै हुँदैन, कहाँ गए किनकि उनीहरूले कपडा नै फेर्छन्। जसरी कलाकारहरूले रूप फेर्छन्। कहिले पुरुषबाट नारी बन्छन्, कहिले नारीबाट पुरुष बन्छन्। यिनीहरूले पनि रूप फेर्छन्। सत्ययुगमा कहाँ यस्ता कुरा हुन्छन् र!
बाबा भन्नुहुन्छ– म आउँछु नयाँ दुनियाँ बनाउन। आधाकल्प तिमी बच्चाहरूले राज्य गर्छौ फेरि ड्रामा योजना अनुसार द्वापर सुरु हुन्छ, देवताहरू वाममार्गमा जान्छन्, जगन्नाथपुरीमा उनीहरूका धेरै गन्दा चित्र पनि छन्। जगन्नाथको मन्दिर छ। हुन त उनको राजधानी थियो जो स्वयं विश्वको मालिक थिए। उनी फेरि मन्दिरमा गएर बन्द भए, उनलाई कालो देखाउँछन्। यस जगत्नाथका मन्दिरको बारेमा तिमीले धेरै सम्झाउन सक्छौ। अरू कसैले यसको अर्थ सम्झाउन सक्दैन। देवताहरू नै पूज्यबाट पुजारी बन्छन्। उनीहरूले त हर कुरामा भगवानको लागि भनिदिन्छन्– हजुर नै पूज्य, हजुर नै पुजारी। हजुरले नै सुख दिनुहुन्छ, हजुरले नै दु:ख दिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले त कसैलाई दु:ख दिन्नँ। यो त समझको कुरा हो। बच्चा जन्मियो भने खुसी हुन्छन्, बच्चा मर्यो भने रून थाल्छन्। भन्छन्– भगवानले दु:ख दिनु भयो। अरे, यो अल्पकालको सुख-दु:ख तिमीलाई रावण राज्यमा नै मिल्छ। मेरो राज्यमा दु:खको कुरा हुँदैन। सत्ययुगलाई अमरलोक भनिन्छ। यसको नामै हो मृत्युलोक। अकालमा मर्छन्। त्यहाँ त धेरै खुसी मनाउँछन्, आयु पनि लामो हुन्छ। बढी भन्दा बढी आयु १५० वर्षको हुन्छ। यहाँ पनि कहिलेकाहीँ यस्तो कसैको हुन्छ तर यो स्वर्ग त होइन नि। कसैले शरीरलाई धेरै सम्हालेर राखे भने आयु पनि लामो हुन सक्छ। फेरि बच्चाहरू पनि कति धेरै हुन्छन्। परिवार बढ्दै जान्छ, वृद्धि छिटै हुन्छ। जसरी वृक्षबाट हाँगाबिँगा निस्किन्छन्– ५० हाँगा फेरि त्यसबाट अरू ५० निस्किन्छन्, कति वृद्धि हुन्छ। यहाँ पनि यस्तै हुन्छ। त्यसैले यसको उदाहरण बरको वृक्षसँग दिन्छन्। सारा वृक्ष खडा छ, फाउन्डेसन (फेद, आधार) छैन। यहाँ पनि आदि सनातन देवी-देवता धर्मको आधार छैन। कसैलाई थाहै छैन देवताहरू कहिले थिए, उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्। पहिला तिमीहरूले कहिल्यै ख्याल गर्दैनथ्यौ। बाबा नै आएर यी सबै कुरा सम्झाउनु हुन्छ। तिमीहरूले अहिले बाबालाई पनि चिनेका छौ र सारा ड्रामाको आदि-मध्य-अन्त्य, अवधि आदि सबैलाई जानेका छौ। नयाँ दुनियाँबाट पुरानो, पुरानोबाट नयाँ कसरी बन्छ, यो कसैले जान्दैन। अहिले तिमी बच्चाहरू यादको यात्रामा बसेका छौ। तिम्रो यो यात्रा त नित्य चल्नु छ। घुम, फिर तर यस यात्रामा बस। यो हो रूहानी यात्रा। तिमीलाई थाहा छ– भक्तिमार्गमा हामी पनि ती यात्राहरूमा जान्थ्यौं। जो पक्का भक्त हुन्छन्, उनले धेरै पटक यात्रा गरेको हुनुपर्छ। बाबाले सम्झाउनु भएको छ– एक शिवको भक्ति गर्नु, त्यो हो अव्यभिचारी भक्ति। फेरि देवताहरूको हुन्छ, फेरि ५ तत्त्वको भक्ति गर्छन्। देवताहरूको भक्ति फेरि पनि राम्रो हो किनकि उनीहरूको शरीर फेरि पनि सतोप्रधान छ, मनुष्यहरूको शरीर त पतित छ नि। उनीहरू त पावन हुन्छन् फेरि द्वापरदेखि सबै पतित बनेका छन्। तल गिर्दै आउँछन्। तिमीले सम्झाउनको लागि सिँढीको चित्र धेरै राम्रो छ । जिन्नको पनि कहानी बताउँछन् नि। यी सबै दृष्टान्त आदि यही समयका हुन्। सबै तिमीहरूका बारेमा नै बनेका हुन्। कुमालकोटी, जसले कीरालाई आफू समान बनाउँछ, यो उदाहरण पनि तिमी ब्राह्मणहरूको नै हो। सबै दृष्टान्त यहाँका नै हुन्।
तिमी बच्चाहरूले पहिला जिस्मानी यात्रा गर्थ्यौ। अहिले फेरि बाबाद्वारा रूहानी यात्रा सिक्छौ। यो त पढाइ हो नि। भक्तिमा हेर के के गर्छन्। सबैको अगाडि शिर झुकाउँछन् , एउटाको पनि कर्तव्यलाई जानेका छैनन्। हिसाब गरिन्छ नि। सबै भन्दा धेरै जन्म कसले लिन्छन् फेरि कम हुँदै जान्छ। यो ज्ञान पनि अहिले तिमीहरूलाई मिल्छ। तिमीले जान्दछौ– वास्तवमा स्वर्ग थियो। भारतवर्ष निवासी त यति पत्थरबुद्धि बनेका छन्, उनीहरूलाई सोध स्वर्ग कहिले थियो, भन्नेछन्, लाखौं वर्ष। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी विश्वको मालिक थियौं, कति सुखी थियौं अब फेरि हामीहरू भिखारीबाट राजकुमार बन्नु छ। दुनियाँ नयाँबाट पुरानो हुन्छ नि। त्यसैले बाबा भन्नुहुन्छ– मेहनत गर। यो पनि जानेका छौ– मायाले घरी घरी भुलाइदिन्छ।
बाबा सम्झाउनु हुन्छ– बुद्धिमा सदैव याद राख– हामी गइरहेका छौं, यस पुरानो दुनियाँबाट हाम्रो लङ्गर उठिसकेको छ। नाउ पारि जानु छ। गाउँछन् नि– हाम्रो नाउ पार लाउनुहोस्। कहिले पारि जानु छ, उनीहरूले जानेका छैनन्। मुख्य हो यादको यात्रा। बाबाको साथै वर्सा पनि याद आउनु पर्छ। बच्चाहरू बालिग (जवान) भएपछि बाबाको वर्सा नै बुद्धिमा रहन्छ। तिमीहरू त ठुला हौ नि। आत्माले तुरुन्त जान्दछ, यो त वास्तवमा हो। बेहदको बाबाको वर्सा हो नै स्वर्ग। बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ, त्यसैले बाबाको श्रीमतमा चल्नुपर्छ। बाबा भन्नुहुन्छ– पवित्र अवश्य बन्नु छ। पवित्रताको कारण नै झगडा हुन्छ। उनीहरू त बिलकुलै रौरव नर्कमा भए जस्तै छन्। अझै बढी विकारमा गिर्न थाल्छन्। त्यसैले बाबासँग प्रीत राख्न सक्दैनन्। विनाशकाले विपरीत बुद्धि छन् नि। बाबा आउनु हुन्छ नै प्रीत बुद्धि बनाउन। धेरै छन् जसको अलिकति पनि प्रीत बुद्धि छैन। कहिल्यै बाबाको याद पनि गर्दैनन्। शिवबाबालाई जान्दै-जानेका छैनन्, मान्दै मान्दैनन्। मायाको पूरा ग्रहण लागेको छ। यादको यात्रा बिलकुलै छैन। बाबाले मेहनत त गराउनु हुन्छ। यो पनि जानेका छौ– सूर्यवंशी, चन्द्रवंशी राजधानी यहाँ स्थापना भइरहेको छ। सत्ययुग-त्रेतामा कुनै पनि धर्म स्थापना हुँदैन। रामले कुनै धर्म स्थापना गर्दैनन्। उनी त स्थापना गर्ने बाबाद्वारा यस्तो बन्छन्। अरू धर्म स्थापक र बाबाको धर्म स्थापनामा रात-दिनको फरक छ। बाबा आउनु हुन्छ नै सङ्गममा जब कि दुनियाँ परिवर्तन हुनु छ। बाबा भन्नुहुन्छ– कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु, उनीहरूले फेरि युग युगमा शब्द गलत लेखिदिएका छन्। आधा कल्प भक्तिमार्ग पनि चल्नु नै छ। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यी कुरालाई नभुल। यिनले भन्छन्– बाबा मैले हजुरलाई भुलिहाल्छु। अरे, पितालाई त जनावरले पनि भुल्दैन। तिमीले किन भुल्छौ? आफूलाई आत्मा सम्झँदैनौ! तिमी देह अभिमानी बनेपछि नै बाबालाई भुल्छौ। अहिले बाबाले जसरी सम्झाउनु हुन्छ, त्यसैगरी तिमी बच्चाहरूले पनि बानी बसाल्नु पर्छ। निर्भयतासँग कुरा गर्नुपर्छ। यस्तो होइन, ठुलो मानिसका अगाडि डराउनु छ। तिमी कुमारीहरू नै ठुला-ठुला विद्वान्, पण्डितहरूका अगाडि जान्छौ, त्यसैले तिमीहरूले निडर भएर सम्झाउनु छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) बुद्धिमा सदैव याद रहनु छ– हामी गइरहेका छौं, हाम्रो नाउको लङ्गर यस पुरानो दुनियाँबाट उठिसकेको छ। हामी रूहानी यात्रामा छौं। यही यात्रा गर्नु र गराउनु छ।
२) कुनै पनि ठुलो व्यक्तिको सामुन्ने निर्भयतासँग कुरा गर्नु छ, आत्तिनु छैन। देहीअभिमानी बनेर सम्झाउने बानी बसाल्नु छ।
| वरदान:– |
व्यर्थ वा मायासँग अविद्या (इनोसेन्ट) बनेर दिव्यताको अनुभव गर्ने महान् आत्मा भव महान् आत्मा अर्थात् सेन्ट (ज्ञानी) उसलाई भनिन्छ जो व्यर्थ वा मायादेखि इनोसेन्ट (अविद्या) हुन्छ। जसरी देवताहरू यसबाट अविद्या थिए, त्यसैगरी आफ्नो त्यो संस्कार इमर्ज गर, व्यर्थको अविद्या स्वरूप बन किनकि यो व्यर्थको जोशले कहिलेकाहीँ सत्यताको होश, यथार्थताको होशलाई समाप्त गरिदिन्छ। त्यसैले समय, श्वास, बोली, कर्म, सबैमा व्यर्थबाट अविद्या बन। जब व्यर्थको अविद्या हुन्छ, दिव्यता स्वत: अनुभव हुन्छ र अनुभव गराउनेछौ। |
| स्लोगन:– | फस्ट डिभिजनमा आउनको लागि ब्रह्माबाबाको कदममा कदम राख। |