नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2025 फेब्रुअरी 27

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2025 फेब्रुअरी 27 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

27-02-2025
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– सत्यको सङ्ग ज्ञानमार्गमा नै हुन्छ , अहिले तिमी सत्य बाबाको सङ्गमा बसेका छौ , बाबाको यादमा रहनु अर्थात् सतसङ्ग गर्नु।”
प्रश्न:– सतसङ्गको आवश्यकता तिमी बच्चाहरूलाई अहिले नै छ, किन?
उत्तर:– किनकि तमोप्रधान आत्मा एक सत्य बाबा, सत्य शिक्षक र सद्गुरुको सङ्गले नै सतोप्रधान अर्थात् कालोबाट गोरो बन्नसक्छ। बिना सतसङ्ग निर्बल आत्मा बलवान बन्नसक्दैन। बाबाको सङ्गले आत्मामा पवित्रताको बल आउँछ, २१ जन्मको लागि उसको बेडा पार हुन्छ।

ओम् शान्ति। बच्चाहरू सतसङ्गमा बसेका छौ, यस सत्यको सङ्गमा कल्प कल्प सङ्गममा बच्चाहरू नै बस्छन्। दुनियाँले त यो जान्दैन, सत्यको सङ्ग केलाई भनिन्छ। यो सतसङ्ग नाम अविनाशी रूपमा चल्दै आउँछ। भक्तिमार्गमा पनि भन्छन्– हामी फलानो सतसङ्गमा जान्छौं। तर वास्तवमा भक्तिमार्गमा कोही सतसङ्गमा जाँदैनन्। सतसङ्ग हुन्छ नै ज्ञानमार्गमा। अहिले तिमी सत्यको सङ्गमा बसेका छौ। आत्माहरू सत्य बाबाको सङ्गमा बसेका छन्। अरू कुनै पनि ठाउँमा आत्माहरू परमपिता परमात्माको सङ्गमा बस्दैनन्। बाबालाई चिनेका हुँदैनन्। भन्न त भन्छन् हामी सतसङ्गमा जान्छौं तर उनीहरू देह अभिमानमा आउँछन्। तिमी देह अभिमानमा आउँदैनौ। तिमीले जान्दछौ– हामी आत्मा हौं, सत्य बाबाको सङ्गमा बसेका छौं। अरू कुनै पनि मानिसहरू सत्यको सङ्गमा बस्न सक्दैनन्। सत्यको सङ्ग– यो नाम पनि अहिले नै हुन्छ। सत्यको सङ्ग– यसको अर्थ यथार्त रीतिले बाबा बसेर सम्झाउनुहुन्छ। तिमी आत्माहरू अहिले परमात्मा बाबा जो सत्य हुनुहुन्छ, उहाँको साथमा बसेका छौ। उहाँ सत्य बाबा, सत्य टिचर, सद्गुरु हुनुहुन्छ। अर्थात् तिमी सतसङ्गमा बसेका छौ। फेरि चाहे यहाँ वा घरमा बसेका छौ तर आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिराख। हामी आत्माहरूले अहिले सत्य बाबालाई याद गरिरहेका छौं अर्थात् सत्यको सङ्गमा छौं। बाबा मधुवनमा बस्नुभएको छ। बाबालाई याद गर्ने युक्तिहरू पनि अनेक प्रकारका मिल्छन्। यादले नै विकर्म विनाश हुन्छ। यहाँ पनि बच्चाहरूले जानेका छौ– हामी १६ कला सम्पूर्ण बन्छौं फेरि उत्रिँदा उत्रिँदा कला कम हुँदैजान्छ। भक्ति पनि पहिला अव्यभिचारी हुन्छ फेरि गिर्दा गिर्दा व्यभिचारी भक्ति भएपछि तमोप्रधान बन्छन् फेरि उनलाई सत्यको सङ्ग अवश्य चाहिन्छ। नत्र पवित्र कसरी बन्ने? त्यसैले अब तिमी आत्माहरूलाई सत्य बाबाको सङ्ग मिलेको छ। आत्माले जान्दछ– हामीले बाबालाई याद गर्नु छ, सतसङ्ग उहाँकै हो। यादलाई पनि सङ्ग भनिन्छ। यो हो सत्यको सङ्ग। यो देह हुँदाहुँदै पनि तिमी आत्माहरूले मलाई याद गर, यो हो सत्यको सङ्ग। जसरी भन्ने गर्छन्, यिनलाई ठुलो मानिसको सङ्ग लागेको छ, त्यसैले देह अभिमानी बनेका छन्। अहिले तिम्रो सङ्गत छ सत्य बाबाको साथमा, जसबाट तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा भन्नुहुन्छ– म एकैपटक आउँछु। अहिले आत्माको परमात्मासंग सङ्ग हुनाले तिमी २१ जन्मको लागि पार जान्छौ। फेरि तिमीलाई देहको सङ्ग लाग्छ। ड्रामा यस्तो पनि बनेको छ। बाबा भन्नुहुन्छ– मसँग तिमी बच्चाहरूको सङ्गत भएपछि तिमी सतोप्रधान बन्छौ, जसलाई गोल्डन एजेड भनिन्छ।

साधुसन्त आदिले त सम्झन्छन्– आत्मा निर्लेप छ, सबै परमात्मा नै परमात्मा हुन्। त्यसैले यसको अर्थ भयो परमात्मामा मैला परेको छ। परमात्मामा त मैला पर्न सक्दैन। बाबा भन्नुहुन्छ– के म परमात्मामा मैला पर्नसक्छ? सक्दैन। म त सदैव परमधाममा रहन्छु किनकि मलाई त जन्ममरणमा आउनुछैन। यो तिमी बच्चाहरूलाई थाहा छ, तिमीहरूमा पनि कसैको सङ्ग बढी छ, कसैको घटी छ। कोही त राम्रोसँग पुरुषार्थ गरेर योगमा रहन्छन्, जति समय आत्माले बाबाको सङ्गत गर्छ त्यति फाइदा हुन्छ। विकर्म विनाश हुन्छ। बाबा भन्नुहुन्छ– हे प्यारा आत्माहरू! म बाबालाई याद गर, मेरो सङ्गत गर। मलाई यो शरीरको आधार त लिनुपर्छ। नत्र परमात्माले बोल्नुहुन्छ कसरी? आत्माले सुन्छ कसरी? अहिले तिमी बच्चाहरूको सङ्गत छ सत्यको साथमा। सत्य बाबालाई निरन्तर याद गर्नु छ। आत्मालाई सत्यको सङ्गत गर्नु छ। आत्मा पनि आश्चर्यजनक छ, परमात्मा पनि आश्चर्यजनक हुनुहुन्छ, दुनियाँ पनि आश्चर्यजनक छ। यो दुनियाँले कसरी चक्कर लगाउँछ, आश्चर्य छ नि। तिमीले सारा ड्रामामा अलराउण्ड पार्ट खेल्छौ। तिम्रो आत्मामा ८४ जन्मको पार्ट निश्चित छ– आश्चर्य छ नि। सत्ययुगी आत्माहरू र आजकालका आत्माहरू। त्यसमा पनि तिम्रो आत्मा सबैभन्दा बढी अलराउण्ड छ। नाटकमा कसैको सुरुदेखिको पार्ट हुन्छ, कसैको बीचदेखि, कसैको अन्त्यतिर पार्ट हुन्छ। ती हुन् सबै हदका ड्रामा, त्यसमा पनि ती अहिले निस्केका हुन्। अहिले साइन्सको यति जोड छ। सतयुगमा तिनको बल कति हुन्छ। नयाँ दुनियाँ कति चाँडै बन्छ होला। त्यहाँ पवित्रताको बल मुख्य हुन्छ। अहिले छन् निर्बल। त्यहाँ हुन्छन् बलवान। यी लक्ष्मी-नारायण बलवान छन् नि। अहिले रावणले बल छिनेको छ फेरि तिमी त्यस रावणमाथि विजय प्राप्त गरेर कति बलवान बन्छौ। जति सत्यको सङ्ग गर्छौ अर्थात् आत्माले जति सत्य बाबालाई याद गर्छ त्यति बलवान बन्छ। पढाइमा पनि बल त मिल्छ नि। तिमीलाई पनि बल मिल्छ, सारा विश्वमा तिमीले हुकुम चलाउँछौ। आत्माको सत्यको साथमा योग सङ्गममा नै हुन्छ। बाबा भन्नुहुन्छ– आत्मालाई मेरो सङ्ग मिलेपछि आत्मा धेरै बलवान हुन्छ। बाबा सर्व शक्तिमान् हुनुहुन्छ नि, उहाँबाट बल मिल्छ। यसमा सबै वेद-शास्त्रहरूको आदि, मध्य, अन्त्यको ज्ञान आउँछ।

जसरी बाबा सर्वशक्तिमान् हुनुहुन्छ, तिमी पनि त्यस्तै सर्वशक्तिमान् बन्छौ। विश्वमा तिमीले राज्य गर्छौ। त्यो राज्य तिमीबाट कसैले छिन्नसक्दैन। तिमीलाई मबाट कति बल मिल्छ, यिनलाई पनि बल मिल्छ, जति बाबालाई याद गर्छौ त्यति बल मिल्छ। बाबाले अरू कुनै दु:ख दिनुहुन्न। केवल याद गर्नु छ, पुग्यो। ८४ जन्मको चक्र अब पूरा हुन्छ, अब फर्केर जानु छ। यो बुझ्न कुनै ठुलो कुरा छैन। बढी विस्तारमा जाने आवश्यकता छैन। बीजलाई जानेपछि बुझिन्छ– यसबाट नै सारा वृक्ष निस्किन्छ। सार बुद्धिमा आइहाल्छ। यी धेरै विचित्र कुरा छन्। भक्तिमार्गमा मनुष्यहरूले कति धक्का खान्छन्। मेहनत गर्छन्, तर केही पनि मिल्दैन। फेरि पनि बाबा आएर तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ। हामी योगबलले विश्वको मालिक बन्छौं, यही नै पुरुषार्थ गर्नु छ। भारतखण्डको योग प्रख्यात छ। योगले तिम्रो आयु कति लामो हुन्छ। सत्यको सङ्गले कति फाइदा हुन्छ, आयु पनि लामो र काया पनि निरोगी बन्छ। यी सबै कुरा तिमी बच्चाहरूको बुद्धिमा नै बसाइन्छ। तिमी ब्राह्मणहरू बाहेक अरू कसैको पनि सत्यको साथमा सङ्गत छैन। तिमी प्रजापिता ब्रह्माका सन्तान हौ, नातीनातिना हौ। हामी नाती-नातिना हौं, त्यसैले यति खुसी हुनुपर्छ नि। वर्सा हजुरबुवाबाट मिल्छ, यो नै यादको यात्रा हो। बुद्धिमा यही स्मृति रहनुपर्छ। ती सतसङ्गमा त एक ठाउँमा गएर बस्छन्, यहाँ त्यो कुरा छैन। यस्तो होइन, एक ठाउँमा बस्नाले नै सत्यको सङ्ग हुन्छ। होइन, यदि उहाँलाई याद गर्यौं भने उठ्दा-बस्दा, हिँड्दा-डुल्दा हामी सत्यको सङ्गमा हुन्छौं। याद गर्दैनौं भने देह अभिमानमा हुन्छौं, देह त असत्य चीज हो नि। देहलाई सत्य भनिँदैन। शरीर त ५ तत्त्वले बनेको जड हो, त्यसमा आत्मा हुँदैनथ्यो भने चलमलाउने थिएन। मनुष्यको शरीरको त मूल्य छैन, अरू सबैको शरीरको मूल्य हुन्छ। सौभाग्य त आत्मालाई मिल्नुपर्छ, म फलानो हुँ, आत्माले भन्छ नि। बाबा भन्नुहुन्छ– आत्मा कस्तो भएको छ! अण्डा, कछुवा, गोही सबै खाइदिन्छ। हरेक भस्मासुर छन्, आफूलाई आफैले भस्म गर्छन्। कसरी? काम चितामा बसेर हरेकले आफूलाई भस्म गरिरहेका छन्। त्यसैले भस्मासुर ठहरिए नि। अहिले तिमी ज्ञान चितामा बसेर देवता बन्छौ। सारा दुनियाँ काम चितामा बसेर भस्म भएको छ, तमोप्रधान, कालो भएको छ। बाबा आउनुहुन्छ बच्चाहरूलाई कालोबाट गोरो बनाउन। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– देह अभिमानलाई छोडेर आफूलाई आत्मा सम्झ। बच्चाहरूले स्कुलमा पढ्छन् फेरि घरमा बस्दा पनि बुद्धि त पढाइमा रहन्छ नि। यो पनि तिम्रो बुद्धिमा रहनुपर्छ। यो हो तिम्रो विद्यार्थी जीवन। लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। उठ्दा, बस्दा, हिँड्दा बुद्धिमा यो ज्ञान रहनुपर्छ।

यहाँ बच्चाहरू आउँछन् र रिफ्रेस हुन्छन्। युक्तिहरू सम्झाइन्छ– यसरी यसरी सम्झाऊ। दुनियाँमा अनगिन्ती सतसङ्ग छन्। कति मनुष्यहरू आएर जम्मा हुन्छन्। वास्तवमा त्यो सत्यको सङ्ग त होइन। सत्यको सङ्ग त अहिले तिमी बच्चाहरूलाई नै मिल्छ। बाबाले नै आएर सत्ययुगको स्थापना गर्नुहुन्छ। तिमी मालिक बन्छौ। देह अभिमान अथवा झुटो अभिमानले तिमी गिर्छौ र सत्यको सङ्गले तिमी चढ्छौ। आधाकल्प तिमीले प्रारब्ध भोग्छौ। यस्तो होइन, त्यहाँ पनि तिमीलाई सत्यको सङ्ग हुन्छ। हुँदैन, सत्यको सङ्ग र झुटको सङ्ग तब भनिन्छ जब दुवै हाजिर हुन्छन्। सत्य बाबा आएपछि मात्र उहाँले नै आएर सबै कुरा सम्झाउनुहुन्छ। जबसम्म उहाँ सत्य बाबा आउनुहुन्न तबसम्म कसैले जान्न पनि जानेका हुँदैनन्। बाबा तिमी बच्चाहरूलाई भन्नुहुन्छ– हे आत्माहरू! मसँग सङ्गत गर। देहको जुन सङ्ग मिलेको छ, त्यसबाट उपराम होऊ। देहको सङ्ग हुन त सत्युगमा पनि हुन्छ तर त्यहाँ तिमी हुन्छौ नै पावन। अहिले तिमी सत्यको सङ्गले पतितबाट पावन बन्छौ फेरि शरीर पनि सतोप्रधान मिल्छ। आत्मा पनि सतोप्रधान हुन्छ। अहिले त दुनियाँ पनि तमोप्रधान छ। दुनियाँ नयाँ र पुरानो हुन्छ। नयाँ दुनियाँमा वास्तवमा आदि सनातन देवी-देवता धर्म थियो। आज त्यस धर्मलाई गुम पारेर आदि सनातन हिन्दु धर्म भनिदिन्छन्, अलमलिएका छन्। अहिले तिमीहरूले जान्दछौ– हामी प्राचीन देवी-देवता धर्मका थियौं। सतयुगका मालिक थियौं। तर त्यो नसा कहाँ छ? कल्पको अवधि नै लामो लेखिदिएका छन्। सबै कुरा भुलेका छन्। यसको नाम नै भुलभुलैयाको खेल हो। अहिले सत्य बाबाबाट सारा ज्ञान जानेर तिमीले उच्च पद पाउँछौ फेरि आधा कल्पपछि तल गिर्छौ किनकि रावण राज्य सुरुहुन्छ। दुनियाँ पुरानो त हुन्छ नि। तिमीलाई थाह छ– हामी नयाँ दुनियाँको मालिक थियौं, अहिले पुरानो दुनियाँमा छौं। कसैकसैलाई यो पनि याद रहँदैन। बाबाले हामीलाई स्वर्गवासी बनाउनुहुन्छ। आधाकल्प हामी स्वर्गवासी रहन्छौं फेरि आधाकल्पपछि तल गिर्छौं किनकि रावण राज्य सुरुहुन्छ। दुनियाँ पुरानो त हुन्छ नि। तिमीलाई थाहा छ– बाबाले हामीलाई स्वर्गवासी बनाउनुहुन्छ। आधाकल्प हामी स्वर्गवासी हुन्छौं फेरि नर्कवासी बन्छौं। तिमी पनि मास्टर सर्व शक्तिमान् बनेका छौ, नम्बरवार पुरुषार्थ अनुसार। यो हो ज्ञान अमृतको खुराक। शिवबाबालाई पुरानो शरीर मिलेको छ। नयाँ शरीर त मिल्दैन। पुरानो बाजा मिल्छ। बाबा आउनुहुन्छ पनि वानप्रस्थमा नै। बच्चाहरूलाई खुसी हुन्छ भने बाबा पनि खुसी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म आउँछु बच्चाहरूलाई ज्ञान दिएर रावणबाट छुटाउन। पार्ट त खुसीले खेलिन्छ नि। बाबाले धेरै खुसीले पार्ट खेल्नुहुन्छ। बाबालाई कल्प-कल्प आउनुपर्छ। यो पार्ट कहिल्यै बन्द हुँदैन। बच्चाहरू धेरै खुसी हुनुपर्छ। जति सत्यको सङ्गत गर्छौ त्यति खुसी हुन्छ, याद कम गर्छौ त्यसैले त्यति खुसी हुँदैन। बाबाले बच्चाहरूलाई सम्पत्ति दिनुहुन्छ। जुन बच्चाहरू सच्चा दिल भएका छन्, उनीहरूमा बाबाको धेरै प्यार हुन्छ। सच्चा दिलमा साहेब राजी हुनुहुन्छ। भित्र-बाहिर जो सच्चा रहन्छन्, बाबाको सहयोगी बन्छन्, सेवामा तत्पर रहन्छन् उनीहरू नै बाबालाई प्रिय लाग्छ। आफ्नो दिलसँग सोध्नु छ– मैले सच्चा सच्चा सेवा गरेको छु? सच्चा बाबाको साथमा सङ्गत गरेको छु? यदि सत्य बाबाको साथमा सङ्गत गरिन भने के गति होला? धेरैलाई मार्ग बताउँदै गयौ भने पद पनि उच्च पाउने छौ। सत्य बाबाबाट मैले के वर्सा पाएको छु, आफूभित्र हेर्नु छ। यो त जानेका छौ– नम्बरवार छन्। कसैले कति वर्सा पाउँछ कसैले कति। रातदिनको फरक छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) तिमीलाई जुन यस देहको सङ्ग मिलेको छ, यस सङ्गबाट उपराम रहनु छ। सत्यको सङ्गबाट पावन बन्नु छ।

२) यस विद्यार्थी जीवनमा हिँड्दा-डुल्दा बुद्धिमा ज्ञान नै घुमिरहोस्। लक्ष्य-उद्देश्यलाई सामुन्ने राखेर पुरुषार्थ गर्नु छ। सच्चा दिलले बाबाको सहयोगी बन्नु छ।

वरदान:– अव्यभिचारी र निर्विघ्न स्थितिद्वारा पहिलो जन्मको प्रारब्ध प्राप्त गर्ने समीप र समान भव
(१) जुन बच्चाहरू यहाँ बाबाको गुण र संस्कारको समीप छन्, जसले सर्व सम्बन्धबाट बाबाको साथको वा समानताको अनुभव गर्छन् उनीहरू नै त्यहाँ रोयल कुलमा पहिलो जन्मको सम्बन्धमा समीप आउँछन्। (२) पहिलो नम्बरमा उनीहरू नै आउँछन् जो आदिदेखि अहिलेसम्म अव्यभिचारी र निर्विघ्न रहेका छन्। निर्विघ्नको अर्थ यो होइन कि विघ्न आउँदै आउँदैन बरु विघ्नविनाशक वा विघ्नहरूमाथि सदा विजयी बन्छन्। यी दुवै कुरा यदि आदिबाट अन्त्यसम्म ठीक छन् भने पहिलो जन्ममा साथी बन्छौ।
स्लोगन:– साइलेन्सको शक्तिले नकारात्मकलाई सकारात्मकमा परिवर्तन गर।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।