नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2025 अक्टोबर 18

ओम शान्ति · BapDada · 2025 अक्टोबर 18

आजको मुरली — हरेक बिहान नयाँ।

18
मुरली2025 अक्टोबर 18 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

18-10-2025
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– आत्म अभिमानी भएर बस , भित्र चिन्त न गरि राख – म आत्मा हुँ... देहीअभिमानी बन , सच्चा चार्ट राख्य ौ भने समझदार बन्दै जान्छौ , धेरै फाइदा हुन्छ।”
प्रश्न:– बेहदको नाटकलाई बुझेका बच्चाहरूले कुन एक नियमलाई राम्रोसँग बुझ्छन्?
उत्तर:– यो अविनाशी नाटक हो, यसमा हरेक पार्टधारीलाई आफ्नो समयमामा पार्ट खेल्न आउनु नै छ। कसैले भन्छ– हामी सदा शान्तिधाममा नै बसिरहन्छौँ, यो नियम छैन। उसलाई त पार्टधारी नै भनिँदैन। यी बेहदका कुराहरू बेहदका बाबाले नै तिमीलाई सुनाउनुहुन्छ।

ओम् शान्ति। आफूलाई आत्मा सम्झेर बस। देह अभिमान छोडेर बस। बेहदका बाबाले बच्चाहरूलाई सम्झाइरहनुभएको छ। सम्झाइन्छ उनीहरूलाई जो बेसमझ (अज्ञानी) हुन्छन्। आत्माले बुझ्छ– बाबाले सत्य भन्नुहुन्छ– हामी आत्माहरू बेसमझ बनेका छौँ। म आत्मा अविनाशी छु, शरीर विनाशी छ। म आत्म अभिमान छोडेर देह अभिमानमा फसेको छु। त्यसैले बेसमझ ठहरिएँ नि। बाबा भन्नुहुन्छ– सबै बच्चाहरू बेसमझ भएका छन्, देह अभिमानमा आएर। फेरि तिमी बाबाद्वाबाट देहीअभिमानी बन्छौ त्यसपछि बिल्कुल समझदार बन्छौ। कोही त समझदार बनिसकेका छन्, कसैले पुरुषार्थ गरिरहेका छन्। आधाकल्प लाग्यो बेसमझ बन्नमा। यस अन्तिम जन्ममा फेरि समझदार बन्नुछ। आधाकल्पदेखि बेसमझ हुँदा हुँदा १०० प्रतिशत बेसमझ बन्छन्। देह अभिमानमा आएर ड्रामा योजना अनुसार तिमी गिर्दै आएका छौ। अहिले तिमीलाई समझ मिलेको छ फेरि पनि पुरुषार्थ धेरै गर्नुछ किनकि बच्चाहरूमा दैवीगुण पनि हुनुपर्छ। बच्चाहरूलाई थाहा छ– हामी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... थियौँ। फेरि अहिले निर्गुण बनेका छौँ। कुनै पनि गुण रहेको छैन। तिमी बच्चाहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार यस खेललाई बुझ्छौ। बुझ्दाबुझ्दै पनि कति वर्ष भयो। फेरि पनि जो नयाँ छन् उनीहरू राम्रा समझदार बन्दै जान्छन्। अरूलाई पनि समझदार बनाउने पुरुषार्थ गर्छन्। कसैले त बिल्कुलै बुझेका छैनन्। बेसमझको बेसमझ नै छन्। बाबा आउनुभएको नै हो समझदार बनाउन। प्यारा बच्चाहरूले बुझेका छौ– मायाले गर्दा हामी बेसमझ बनेका छौँ। हामी पूज्य हुँदा त्यतिबेला समझदार थियौँ फेरि हामी नै पुजारी बनेर बेसमझ बनेका छौँ। आदि सनातन देवी-देवता धर्म प्राय: लोप भएको छ। यस विषयमा दुनियाँमा कसैलाई थाहा छैन। यी लक्ष्मी-नारायण कति समझदार थिए, यिनीहरूले राज्य गर्थे। बाबा भन्नुहुन्छ– तत् त्वम्। तिमीले पनि आफुलाई यस्तै सम्झ। यी धेरै धेरै बुझ्ने कुराहरू हुन्। बाबा सिवाय अरू कसैले यी कुरा सम्झाउन सक्दैनन्। अहिले महसुस हुन्छ– बाबा नै उच्चभन्दा उच्च समझदारभन्दा समझदार हुनुहुन्छ नि। बाबा ज्ञानको सागर पनि हुनुहुन्छ। सर्वको सदगतिदाता पनि हुनुहुन्छ। पतित-पावन पनि हुनुहुन्छ। एकको नै महिमा छ। यति उच्चभन्दा उच्च बाबा आएर बच्चा बच्चा भनेर कति राम्रोसँग सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! अब पावन बन्नुछ। त्यसको लागि बाबाले एउटै औषधि दिनुहुन्छ, भन्नुहुन्छ– योगबाट तिमी भविष्य २१ जन्म निरोगी बन्छौ। तिम्रा सबै रोग, दु:ख खतम हुन्छन्। तिमी मुक्तिधाममा जान्छौ। अविनाशी सर्जनसँग एउटै औषधि छ। आएर आत्मालाई एउटै इन्जेक्सन लगाउनुहुन्छ। यस्तो होइन– कुनै मानिसले ब्यारिस्टरी (वकालत) पनि गर्छन्, इन्जिनियरको काम पनि गर्छन्। होइन। हरेक मानिस आफ्नो कामधन्दामा नै लाग्छन्। बाबालाई भन्छन्– आएर पतितबाट पावन बनाउनुहोस् किनकि पतितपनमा दु:ख छ। शान्तिधामलाई पावन दुनियाँ भनिँदैन। स्वर्गलाई नै पावन दुनियाँ भनिन्छ। यो पनि सम्झाइएको छ– मानिसहरूले शान्ति र सुख चाहन्छन्। सच्चा सच्चा शान्ति त त्यहाँ छ जहाँ शरीर हुँदैन, त्यसलाई भनिन्छ शान्तिधाम। धेरैले भन्छन्– शान्तिधाममा बसौँ, तर त्यो नियम छैन। ऊ त पार्टधारी भएन। बच्चाहरूले नाटकको विषयमा पनि बुझेका छौ। कलाकारहरूको पार्ट हुँदा बाहिर स्टेजमा आएर पार्ट खेल्छन्। यी बेहदका कुराहरू बेहदका बाबाले नै सम्झाउनुहुन्छ। ज्ञान सागर पनि उहाँलाई नै भनिन्छ। सर्वको सदगतिदाता पतित-पावन बाबा नै हुनुहुन्छ। सर्वलाई पावन बनाउने तत्त्व हुन सक्दैन। पानी आदि सबै तत्त्व हुन्, ती तत्त्वले कसरी सदगति गर्छन्। आत्माले नै पार्ट खेल्छ। हठयोगको पार्ट पनि आत्माले खेल्छ। यी कुराहरू पनि जो समझदार छन् उनीहरूले नै बुझ्न सक्छन्। बाबाले कति सम्झाउनुभएको छ– कुनै यस्तो युक्ति रच जसबाट मानिसहरूले बुझ्छन्– कसरी पूज्यबाट फेरि पुजारी बनिन्छ। पूज्य हुन्छन् नयाँ दुनियाँमा, पुजारी छन् पुरानो दुनियाँमा। पावनलाई पूज्य, पतितलाई पुजारी भनिन्छ। यहाँ त सबै पतित छन् किनकि विकारबाट पैदा हुन्छन्। त्यहाँ हुन्छन् श्रेष्ठ आत्माहरू। गाउँछन् पनि– सम्पूर्ण श्रेष्ठाचारी। अहिले तिमी बच्चाहरू यस्तो बन्नुछ। मेहनत छ। मुख्य कुरा हो यादको। सबैले भन्छन्– यादमा रहन धेरै मुस्किल छ, हामीले जति चाहन्छौँ, त्यति यादमा रहन सक्दैनौँ। कसैले सच्चाइसाथ चार्ट लेखे भने धेरै फाइदा हुन सक्छ। बाबाले बच्चाहरूलाई यो ज्ञान दिनुहुन्छ– मनमनाभव। तिमीले अर्थसहित भन्छौ, तिमीलाई बाबाले हरेक कुरा यथार्थ रीतिले अर्थसहित सम्झाउनुहुन्छ। बाबासँग बच्चाहरूले कयौँ प्रकारका प्रश्न सोध्छन्, बाबाले भन्न त उनीहरूको दिल जित्नको लागि केही भनिदिनुहुन्छ। तर बाबा भन्नुहुन्छ– मेरो काम नै हो पतितबाट पावन बनाउनु। मलाई बोलाउँछौ नै त्यसैले। तिमीलाई थाहा छ– हामी आत्मा शरीरसहित पावन थियौँ। अहिले त्यही आत्मा शरीरसहित पतित बनेको छ। ८४ जन्मको हिसाब छ नि। तिमीलाई थाहा छ– अहिले यो दुनियाँ काँडाहरूको जङ्गल बनेको छ। यहाँ लक्ष्मी-नारायण त फूल हुनुहुन्छ नि। उहाँहरूको अगाडि काँडाहरू गएर भन्छन्– तपाई सर्वगुण सम्पन्न... हामी पापी कपटी हौँ। सबैभन्दा ठुलो काँडा हो– काम विकारको। बाबा भन्नुहुन्छ– यसलाई जितेर जगतजित बन। मानिसहरूले भन्छन्– भगवान कुनै न कुनै रूपमा आउनुछ, भागीरथमा विराजमान भएर आउनुछ। भगवानलाई आउनु नै छ पुरानो दुनियाँलाई नयाँ बनाउन। नयाँ दुनियाँलाई सतोप्रधान, पुरानोलाई तमोप्रधान भनिन्छ। अहिले पुरानो दुनियाँ छ भने अवश्य बाबालाई आउनु नै पर्छ। बाबालाई नै रचयिता भनिन्छ। तिमी बच्चाहरूलाई कति सहजै सम्झाउनुहुन्छ। कति खुसी हुनुपर्छ। बाँकी कसैको कर्मभोगको हिसाबकिताब छ, केही छ भने पनि त्यो त भोग्नुछ, यसमा बाबाले आशीर्वाद दिनुहुन्न। मलाई बोलाउँछौ नै– बाबा आएर हामीलाई वर्सा दिनुहोस्! बाबाबाट के वर्सा पाउन चाहन्छौ? मुक्ति-जीवनमुक्तिको। मुक्ति-जीवनमुक्तिदाता एउटै ज्ञान सागर बाबा हुनुहुन्छ त्यसैले उहाँलाई ज्ञानदाता भनिन्छ। भगवानले ज्ञान दिनुभएको थियो तर कहिले दिनुभयो, कोद्वारा दिनुभयो, यो कसैलाई थाहा छैन। सारा उल्झन यसैमा छ। कसलाई ज्ञान दिनुभयो, यो पनि कसैलाई थाहा छैन। अहिले यी ब्रह्मा बसेका छन्– यिनलाई थाहा भयो म नै नारायण थिएँ फेरि ८४ जन्म भोगेँ। यी हुन् नम्बरवन। यी बाबा बताउँछन्– मेरो त आँखा नै खुल्यो। तिमीले पनि भन्छौ– हाम्रो त आँखा नै खुल्यो। तेस्रो नेत्र त खुल्छ नि। तिमीले भन्छौ– हामीलाई बाबाको, सृष्टिचक्रको पूरा ज्ञान मिल्यो। म जो हुँ, जस्तो छु– मेरो आँखा खुल्यो। कति आश्चर्य छ। सबैभन्दा पहिला हामी आत्मा हौँ र फेरि हामीले आफूलाई देह सम्झेर बस्यौँ। आत्माले भन्छ– मैले एक शरीर छोडेर अर्को लिन्छु। फेरि पनि हामीले आफूलाई आत्मा हौँ भन्ने भुलेर देह अभिमानी बन्छौँ त्यसैले बाबा भन्नुहुन्छ अब तिमीलाई पहिला सुरुमा यो समझ दिन्छु– आफूलाई आत्मा सम्झेर बस। भित्र यो घोटिराख– म आत्मा हुँ। आत्मा हुँ भन्ने नबुझेका हुनाले बाबालाई भुल्छौ। फिल गर्छौ– अवश्य हामी घरी घरी देह अभिमानमा आइहाल्छौँ। मेहनत गर्नुछ। यहाँ बस्छौ भने पनि आत्म अभिमानी भएर बस। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई राज्य भाग्य दिन आएको छु। आधाकल्प तिमीले मलाई याद गर्यौ। कुनै पनि कुरा सामुन्ने आयो भने भन्छन्– हाय राम! तर ईश्वर वा राम को हुनुहुन्छ, यो कसैलाई थाहा छैन। तिमीले सिद्ध गर्नुछ– ज्ञानको सागर, पतित-पावन, सर्वको सदगतिदाता, त्रिमूर्ति परमपिता परमात्मा शिव हुनुहुन्छ। ब्रह्मा-विष्णु-शङ्कर तीनैको जन्म सँगसँगै हुन्छ। केवल शिवजयन्ती होइन तर त्रिमूर्ति शिव जयन्ती हो। अवश्य शिवको जयन्ती भएपछि मात्र ब्रह्माको पनि जयन्ती हुन्छ। शिवको जयन्ती मनाउँछन् तर ब्रह्माले के गरे र उनको पनि जयन्ती मनाउँछन्। लौकिक, पारलौकिक र यी ब्रह्मा हुन् अलौकिक बाबा। यी हुन् प्रजापिता ब्रह्मा। बाबा भन्नुहुन्छ– नयाँ दुनियाँको लागि यो नयाँ ज्ञान अहिले तिमीलाई मिल्छ फेरि प्राय: लोप हुन्छ। कसैलाई बाबा र रचनाको ज्ञान छैन भने अज्ञानी ठहरिए नि। अज्ञान निद्रामा सुतेका छन्। ज्ञानबाट हुन्छ दिन, भक्तिबाट हुन्छ रात। शिवरात्रिको अर्थ पनि जान्दैनन् त्यसैले भारतमा त्यसको सरकारी बिदा पनि उडाइदिएका छन्।

अहिले तिमीलाई थाहा छ– बाबा आउनुहुन्छ नै सबैको ज्योति जगाउन। तिमीले यी बत्तीहरू आदि बाल्यौ भने उनीहरूले बुझ्छन्– यिनीहरूको कुनै ठुलो दिन रहेछ। तर तिमीले बाल्छौ अर्थसहित। उनीहरूले कहाँ बुझ्छन् र। तिम्रो भाषणबाट पूरा बुझ्न सक्दैनन्। अहिले सारा विश्वमा रावणको राज्य छ, यहाँ त मानिसहरू कति दु:खी छन्। रिद्धि-सिद्धिवालाहरूले पनि धेरै हैरान पार्छन्। अखबारहरूमा पनि आउँछ, यिनीहरूमा प्रेतात्मा (इभिल सोल) छ। प्रेतात्माले धेरै दु:ख दिन्छन्। बाबा भन्नुहुन्छ– यी कुराहरूसँग तिम्रो कुनै कनेक्सन छैन। बाबा त सीधा कुरा बताउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीले मलाई याद गर्छौ भने तिमी पावन बन्छौ। तिम्रा सबै दु:ख हट्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) यथार्थ रीतिले बाबालाई याद गर्ने वा आत्म अभिमानी बन्ने मेहनत गर्नुछ, सच्चाइसँग आफ्नो चार्ट राख्नुछ, यसैमा नै धेरै धेरै फाइदा छ।

२) सबैभन्दा ठुलो दु:ख दिने काँडा काम विकार हो, यसमाथि योगबलले विजय प्राप्त गरेर पतितबाट पावन बन्नुछ। बाँकी कुनै पनि कुराहरूसँग तिम्रो कनेक्सन छैन।

वरदान:– यथार्थ जीवनद्वारा परमात्म ज्ञानको प्र माण दिने धर्मयुद्धमा विजयी भव
अब धर्म युद्धको स्टेजमा आउनुछ। त्यस धर्म युद्धमा विजयी बन्ने साधन हो तिम्रो यथार्थ जीवन किनकि परमात्म ज्ञानको प्रमाण नै यथार्थ जीवन हो। तिम्रो स्वरूपबाट ज्ञान र गुण यथार्थमा देखियोस् किनकि आजकाल विचार विमर्श गरेर आफ्नो स्वरूपलाई सिद्ध गर्न सक्दैनौ तर आफ्नो यथार्थ धारणास्वरूपबाट एक सेकेन्डमा कसैलाई पनि शान्त गराउन सक्छौ।
स्लोगन:– आत्मालाई उज्ज्वल बनाउनको लागि परमात्म स्मृतिले मनका उल्झनहरूलाई समाप्त गर।

मातेश्वरीजीका अनमोल महावाक्य:–

“योगबाट नै मुक्त हुने शक्ति मिल्छ”

सबैभन्दा पहिला त एउटा मुख्य प्वइन्ट अवश्य ख्यालमा राख्नुपर्छ– यो मनुष्य सृष्टिरूपी वृक्षको बीजरूप परमात्मा हुनुहुन्छ भने उहाँ परमात्माद्वारा जुन ज्ञान प्राप्त भइरहेको छ, त्यो सबै मानिसहरूको लागि आवश्यक छ। सबै धर्मका मानिसहरूलाई यो ज्ञान लिने अधिकार छ। हरेक धर्मको ज्ञान आआफ्नै छ, हरेकको शास्त्र आआफ्नै छ, हरेकको मत आआफ्नै छ, हरेकको संस्कार आआफ्नै छ तर यो ज्ञान सबैको लागि हो। उनीहरूले यो ज्ञानलाई लिन नसके पनि, हाम्रो घरानाभित्र नआए पनि, तर सबैका पिता हुनुभएको कारण उहाँसँग योग लगाएमा फेरि पनि पवित्र अवश्य बन्छन्। यस पवित्रताको कारण आफ्नो सेक्सनमा अवश्य पद पाउँछन् किनकि योगलाई त सबै मानिसहरूले मान्छन्, धेरै मानिसहरूले यसो भन्छन्– हामीलाई पनि मुक्ति चाहिन्छ, तर सजायबाट छुटेर मुक्त हुने शक्ति पनि यस योगद्वारा मिल्न सक्छ।

“अजपाजाप अर्थात् निरन्तर ईश्वरीय याद”

यो जुन भनाइ छ– श्वास श्वासमा अजपाजाप जपिराख, त्यसको यथार्थ अर्थ के हो? हामीले अजपाजाप भन्छौँ भने यसको यथार्थ अर्थ हो– जप बिना श्वास श्वासमा आफ्नो बुद्धियोग आफ्ना परमपिता परमात्मासँग निरन्तर लगाउनु र यो ईश्वरीय याद श्वास श्वासमा कायम रहन्छ, त्यस निरन्तर ईश्वरीय यादलाई अजपाजाप भनिन्छ। बाँकी मुखले केही जप्नु अर्थात् राम राम भन्नु, भित्र कुनै मन्त्र उच्चारण गर्नु, यो त निरन्तर चल्न सक्दैन। उनीहरूले सम्झन्छन्– हामीले मुखले मन्त्र उच्चारण गर्दैनौँ तर दिलमा उच्चारण गर्नु, यो हो अजपाजाप। तर यो त सहजै विचार गर्ने कुरा हो, जहाँ शब्द नै अजपाजाप छ, जसलाई जप्ने पनि आवश्यकता छैन। बसेर आन्तरिक रूपमा कुनै मूर्तिको ध्यान पनि गर्नुछैन, न केही जप गर्नुछ किनकि त्यो जप पनि निरन्तर खाँदापिउँदा हुन सक्दैन। तर हामीले जुन ईश्वरीय याद गर्छौं, त्यही निरन्तर चल्न सक्छ किनकि यो धेरै सहज छ। जस्तै मानौँ कुनै बच्चा छ, उसले आफ्नो पितालाई याद गर्दा त्यही समयमा पिताको फोटो अगाडि ल्याउनुपर्दैन तर मनसा-वाचा-कर्मणा पिताको सारा कर्तव्य, क्रियाकलाप, गुणसहित याद आउँछ, बस्, त्यो याद आउनाले बच्चाको पनि त्यही कार्य चल्छ, त्यसपछि नै सन सोज फादर गरिन्छ। त्यसैगरी आफूले पनि अरू सबैको याद दिलभित्रबाट मेटाएर, उहाँ एउटै असली पारलौकिक परमपिता परमात्माको यादमा रहनुछ, यसमा उठ्दाबस्दा, खाँदापिउँदा निरन्तर यादमा चल्न सकिन्छ। त्यही यादबाट नै कर्मातित बनिन्छ। त्यसैले यस नेचुरल यादलाई नै अजपाजाप भनिन्छ। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

अभ्यासको प्रयोगशालामा बसेर योगको प्रयोग गर, त्यसबाट एक बाबाको सहारा र मायाका अनेक प्रकारका विघ्नहरूबाट किनारा अनुभव गर्छौ। अहिले ज्ञानको सागर, गुणहरूको सागर, शक्तिहरूको सागरमा माथि माथिको लहरमा लहराउँछौ, त्यसैले अल्पकालको रिफ्रेसमेन्ट अनुभव गर्छौ। तर अब सागरको गहिराइमा गयौ भने अनेक प्रकारका विचित्र अनुभव गरेर रत्न प्राप्त गर्छौ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।