| 31-03-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “मीठे बच्चे– उच्च पद पाउ नुछ भने सच्चा बाबासँग सदा सच्चा होऊ , कुनै पनि भुल भयो भने बाबासँग क्षमा माग , आफ्नो मतमा नचल।” | |
| प्रश्न:– | कुन बच्चाहरू कहिल्यै छिप्न सक्दैनन्? |
| उत्तर:– | जसको ईश्वरीय परिवारसँग प्यार छ, जसलाई रातदिन सेवाको मात्रै चिन्ता हुन्छ, यस्ता सेवाधारी जो आज्ञाकारी र वफादार छन्, कहिल्यै पनि मनमतमा चल्दैनन्, बाबासँग सच्चा र सफा दिलका छन् उनीहरू कहिल्यै पनि छिप्न सक्दैनन्। |
| गीत:– | तुम्हीं हो माता पिता.. |
ओम् शान्ति। गीतमा ग्यारेन्टी कसको थियो? मातापिताको साथै बच्चाहरूको ग्यारेन्टी छ– बाबा हाम्रो त एक हजुर हुनुहुन्छ दोस्रो न कोही। कति उच्च लक्ष्य छ। यस्ता श्रेष्ठ बाबाको श्रीमतमा कोही चल्यौ भने ग्यारेन्टी छ, अवश्य वर्सा उच्च पाउनेछौ। तर बुद्धिले भन्छ लक्ष्य धेरै उच्च देखिन्छ। जो करोडौँमा कोही, कोहीमा पनि कोही केवल मालाको दाना बन्छन्। भन्छन् पनि हजुर मातापिता तर मायालाई जित्न यति कठिन छ, जसमा कोही मुस्किलले नै ग्यारेन्टीले चल्न सक्छन्। हरेकले आफूलाई सोध्न सक्छन्– वास्तममा म मातापिताको बनेको छु? बाबा भन्नुहुन्छ– बनेका छैनौ, बन्दैछौ। धेरै थोरै छौ त्यसैले त हेर माला कतिको बन्छ! कति करोडौँमा केवल ८ को वैजयन्ती माला बन्छ, कैयौँले भन्छन् एउटा, गर्छन् अर्को, त्यसैले बाबा पनि भन्नुहुन्छ– हेर कस्तो अचम्म छ। बाबा कति प्रेमले सम्झाउनुहुन्छ तर सपुत बच्चाहरू धेरै कम (मालाका दाना) निस्कन्छन्। बच्चाहरूमा त्यति तागत छैन जसबाट श्रीमतमा चल्न सक्छन्, पक्कै पनि रावण मतमा छन् त्यसैले त्यति उच्च पद पाउन सक्दैनन्। कोही विरलै नै मालाको दाना बन्छन्, ती प्यारा बच्चाहरू पनि छिपेर रहँदैनन्। उनीहरू दिलमा चढेका हुन्छन्। रातदिन सेवाको मात्रै चासो हुन्छ। ईश्वरीय सम्बन्धसँग प्यार हुन्छ। उनीहरूको बुद्धि कतै बाहिर जाँदैन। यस्तो प्यार दैवी परिवारसँग राख्नुछ। अज्ञानकालमा पनि बच्चाहरूको पितासँग, दिदीभाइहरूको आपसमा धेरै नै प्यार हुन्छ। यहाँ त कुनै कुनैको रञ्चक मात्र पनि बाबासँग योग छैन। ग्यारेन्टी त धेरै गर्छन्। भक्तिमार्गमा गाउँछन्, अहिले त बच्चाहरू सामुन्ने छौ। विचार गरिन्छ भक्तिमार्गमा जुन गाइरहन्छन्, कति प्यारले याद गर्छन्। यहाँ त याद नै गर्दैनन्। बाबाको बनेपछि माया दुस्मन बन्न पुग्छ। बुद्धि बाहिर गयो भने मायाले राम्रैसँग लडाइदिन्छ। उनीहरूले आफैँ बुझ्दैनन्, हामीले जे जति गर्छौं त्यो गिर्नको लागि नै गर्छौं। आफ्नै मतमा गिरिरहन्छन्। उनीहरूलाई थाहा नै हुँदैन, मैले के गरिरहेको छु। बच्चाहरूमा केही कमीहरू त छन् नि। भन्छन् एउटा गर्छन् अर्को। नत्र बाबाबाट कति उच्च वर्सा मिल्छ। कति सच्चाइले बाबाको सेवामा लाग्नुपर्छ। तर माया विजय पाउन कति कठिन छ। करोडौंमा कोहीले बाबालाई पूरा चिन्छन्। बाबा भन्नुहुन्छ– कल्प कल्प यस्तै हुन्छ। पूरा वफादार, आज्ञाकारी नभएको कारण ती बिचराहरूको पद यस्तो हुनपुग्छ। भन्छन् पनि बाबा हामी राजयोग सिकेर नरबाट नारायण, नारीबाट लक्ष्मी बन्नेछौँ। राम-सीता बन्दैनौँ। हात पनि उठाउँछन् तर आचरण पनि त त्यस्तै चाहिन्छ नि। बेहदको बाबा वर्सा दिनको लागि आउनुभएको छ, उहाँको श्रीमतमा कति चल्नुपर्छ। धेरै छन् जसले मानौँ कसम खाएका छन् म त श्रीमतमा चल्दिन। उनीहरू लुकेर रहँदैनन्। कसैको तकदिरमा छैन भने देह अभिमानले पहिला थप्पड हान्छ फेरि हुन्छ काम। काम छैन भने क्रोध, लोभ हुन्छ। हुन् त सबै दुस्मन। मोह पनि यस्तो चीज हो जसले बिल्कुलै सत्यानाश गरिदिन्छ। लोभ पनि कम छैन। यी धेरै कडा दुस्मन हुन्। पाईपैसाको चीज चोरी गर्छन्। यो पनि लोभ हो नि। चोरीको बानी धेरै नराम्रो हो। भित्र दिल खानुपर्छ– मैले पाप नै गरिरहन्छु भने के पद पाउँला। शिवबाबाको यज्ञमा आएर बाबाको साथमा रहेर हामीले यस्तो काम कसरी गर्न सक्छौँ। मायाले धेरै उल्टो काम गराउँछ। जतिसुकै सम्झाऊ तैपनि बानी मेटिँदैन। कोही नाम रूपमा फस्न पुग्छन्। देह अभिमानको कारण नाम रूपमा पनि आउँछन्। हरेक सेन्टरको विषयमा बाबालाई सबै थाहा हुन्छ नि। बाबाले पनि के गर्ने, सम्झाउनु त पर्छ। कति सेन्टरहरू छन्। कति बाबाकहाँ समाचार आउँछन्। चिन्ता त हुन्छ नि। फेरि सम्झाउनुपर्छ, माया कम छैन। धेरै हैरान पार्छ। राम्रा राम्रा बच्चाहरूलाई भनिन्छ ठुलो कहलिनु धेरै दुःख पाउनु। यहाँ त दुःखको कुनै कुरा छैन। तिमीलाई थाहा छ कल्प पहिला पनि यस्तै भएको थियो। ईश्वरको बनेर फेरि पनि मायाको वश हुन्छन्। कुनै न कुनै विकर्म गर्छन्, त्यसैले बाबा भन्नुहुन्छ– प्रतिज्ञा त धेरै बच्चाहरूले गर्छन्– बाबा हामी हजुरको श्रीमतमा अवश्य चल्छौँ, तर चल्दैनन् त्यसैले माला हेर कति सानो बन्छ, बाँकी त हुन् प्रजा। लक्ष्य कति ठुलो छ, यसमा मनको धेरै सफाइ चाहिन्छ। उखान पनि छ– सच तो बिठो नच। बाबासँग सच्चाइसँग चलिरह्यौ भने सत्ययुगमा गएर श्रीकृष्णको साथमा डान्स गर्नेछौ। सत्ययुगमा श्रीकृष्णको डान्स नै प्रसिद्ध छ। रासलीला, राधेकृष्णको नै देखाउँछन्। पछि रामलीला देखाउँछन्। तर नम्बरवनमा राधेकृष्णको रासलीला देखाउँछन् किनकि यस समयमा उनीहरू बाबासँग धेरै नै सच्चा बन्छन् त्यसैले कति उच्च पद पाउँछन्। हात त धेरैले उठाउँछन्, तर माया कस्तो छ। प्रतिज्ञा गरेका छौ भने त्यसमा चल्नुपर्छ नि। मायाका भूतहरूलाई भगाउनुछ। देह अभिमानको पछाडि सबै भूत टाँसिन्छन्। बाबा भन्नुहुन्छ– देहीअभिमानी बनेर बाबालाई याद गर। त्यसमा पनि सबेरै सबेरै बसेर कुरा गर। बाबाको महिमा गर। भक्तिमार्गमा गर्न त याद गर्छन् तर महिमा त कसैको हुँदैन। श्रीकृष्णलाई याद गर्छन्। महिमा गर्छन्– मखन चोरे, उनलाई भगाए। अकासुर, बकासुरलाई मारे, यो गरे। बस्, अरू के भन्छन् र। यो हो सबै झुटो। यसमा सत्य रत्तिभर पनि छैन। फेरि यिनीहरूले के बाटो बताउलान्! मुक्तिलाई नै जान्दैनन्। यस समयमा सारा विश्वमा रावणको राज्य छ। सबै यस समयमा पतित छन्। मानिसहरूले भ्रष्टाचारीको अर्थ पनि बुझ्दैनन्। यो पनि जान्दैनन्, सत्ययुगमा निर्विकारी देवताहरू थिए। गाउँछन् पनि सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण। तर फेरि भनिदिन्छन्– त्यहाँ पनि रावण, कंस, जरासन्ध आदि थिए। पवित्र बन भनिन्छ, अनि भन्छन् देवताहरूका पनि त बच्चाहरू आदि थिए नि। अरे, तिमीले गाउँछौ सर्वगुण सम्पन्न.. सम्पूर्ण निर्विकारी फेरि विकारको कुरा कसरी हुन सक्छ। तिमी पनि निर्विकारी बन, त्यसपछि भन्छन् सृष्टि कसरी बढ्छ। बच्चाहरू कसरी पैदा हुन्छन्। मन्दिरहरूमा गएर महिमा गाउँछन्। घरमा आएपछि त्यो महिमा पनि बिर्सन्छन्। तिमीले जाँच गरेर हेर्न सक्छौ। घरमा गएर सम्झायौ भने मान्दैनन्। जहाँको कुरा त्यहीँ नै रहन्छ। पवित्र बन्नको लागि भन्यौ भने भन्छन् वाह! यसबिना दुनियाँ कसरी चल्नेछ। उनीहरूलाई थाहा नै छैन, निर्विकारी दुनियाँ कसरी चल्छ।
बच्चाहरूले गीत पनि सुन्यौ। प्रतिज्ञा गर्छन्– हजुरको मतमा चल्छौँ किनकि श्रीमतमा चल्नुमा कल्याण छ। बाबाले त भनिरहनुहुन्छ श्रीमतमा चल, नत्र आखिरमा मृत्यु आउनेछ। फेरि धर्मराजको धर्मसभामा सबै बताउनुपर्छ। तिमीले नै यी पाप गरेका हौ। आफ्नो मतमा चल्दा फेरि कल्प कल्पको दाग लाग्छ। यस्तो होइन, एक पटक फेल भयो भने दोस्रो तेस्रो वर्षमा पढ्नेछ। होइन। अहिले फेल भयौ भने कल्प कल्प फेल भइरहनेछौ, त्यसैले धेरै पुरुषार्थ गर्नुछ। पाइला पाइलामा श्रीमतमा चल। भित्र केही पनि खराबी नरहोस्। हृदयलाई शुद्ध बनाउनुछ। नारदलाई पनि भनियो नि– आफ्नो अनुहार ऐनामा हेर। देखे म त बाँदरजस्तै छु। यो एउटा दृष्टान्त हो। आफैँलाई सोध्नुछ– म कहाँसम्म श्रीमतमा चलिरहेको छु? बुद्धियोग कतै बाहिर त भट्किँदैन? देह अभिमानमा त छैन? देहीअभिमानी त सेवामा लागिरहन्छन्। सारा योगमा आधारित छ। भारतवर्षको योग प्रसिद्ध छ। त्यो त निराकार बाबाले नै निराकार बच्चाहरूलाई सम्झाउनुहुन्छ। यसलाई भनिन्छ सहज राजयोग। लेखिएको पनि छ निराकार बाबाले सहज राजयोग सिकाउनुभयो। केवल श्रीकृष्णको नाम राखिदिएका छन्। तिमीलाई थाहा छ हामी लक्ष्मी-नारायण जस्तो बन्नुछ। पुण्यात्मा बन्नुछ। पापको कुनै कुरा छैन। बाबाको यादमा नै रहेर उहाँको सेवामा रहनुछ। यति उच्च पद पाउनुछ भने केही त मेहनत गर्छौ नि। संन्यासी आदिले त भनिदिन्छन् गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान रहनु, यो हुन सक्दैन। सम्पूर्ण बन्नमा धेरै फेल हुन्छन् किनकि याद गर्न सक्दैनन्। अहिले प्राचीन योग बाबाले सिकाइरहनुभएको छ। बाबा भन्नुहुन्छ– योग त म स्वयं नै आएर सिकाउँछु, अब मलाई याद गर। तिमी मेरो पासमा आउनुछ। यो हो यादको यात्रा। तिम्रो मीठो शान्तिधाम त्यो हो। यो पनि थाहा छ, हामीले नै बाबाबाट पूरा वर्सा पाउनेछौँ। त्यसैले बाबा बारम्बार सम्झाउनुहुन्छ, आफ्नो प्रतिज्ञामा अडिग रहनुछ। भुल भएमा बाबासँग क्षमा माग्नुपर्छ।
हेर, यी बच्चा क्षमा माग्नको लागि खासगरी बाबाको पासमा एक दिनको लागि आएका छन्। अलिकति भुल भएको छ त्यसैले दौडेर आएका छन् किनकि मन खायो त्यसैले बुझे सामुन्ने गएर बाबालाई सुनाऊँ। बाबाप्रति कति आदर छ। धेरै बच्चाहरू छन् जसले योभन्दा पनि बढी विकर्म गरिरहन्छन्, केही पनि थाहा हुँदैन। म त भन्छु वाह बच्चा! धेरै राम्रो छ। अलिकति भुलको लागि क्षमा माग्न आएको छ। बाबाको सदैव भनाइ छ– भुल बताएर क्षमा माग। नत्र त्यो पाप वृद्धि हुँदै जान्छ। फेरि गिर्न पुग्नेछौ। मुख्य योगबाट नै बच्न सक्नेछौ। जुन योगको धेरै कमी छ। ज्ञान त धेरै सहज छ। यो त एउटा कहानीजस्तै हो– आजभन्दा ५ हजार वर्ष पहिला कसको राज्य थियो, कसरी राज्य गरे, कति समय गरे, फेरि राज्य गर्दागर्दै कसरी विकारहरूमा फसे। कसैले आक्रमण गरेनन्। आक्रमण त पछि वैश्य बनेपछि मात्र भएको हो। उनीहरूबाट त रावणले राज्य खोस्यो। तिमीले फेरि रावणमाथि विजय पाएर राज्य लिन्छौ, यो पनि कसैको बुद्धिमा मुस्किलले बस्छ। तिमी बाबासँग पूरा वफादार, आज्ञाकारी भएर रहनुछ। अज्ञानकालमा पनि कोही वफादार, आज्ञाकारी हुन्छन्। कोही नोकर पनि धेरै इमानदार हुन्छन्। लाखौँ रुपैयाँ राखिएको हुन्छ, कहिल्यै एक रूपैयाँ पनि निकाल्दैनन्। भन्छन्– साहुजी हजुरले साँचो छोडेर जानुभएको थियो, हामीले सम्हालेर राखेका छौँ। यस्ता पनि हुन्छन्। बाबाले त धेरै राम्रोसँग सम्झाइरहनुहुन्छ। विवेकले भन्छ, यस कारणले मालाको दाना बन्दैनन्। फेरि त्यहाँ गएर दासदासी बन्नेछन्। नपढेमा पक्कै पनि यो हाल हुन्छ होला। श्रीमतमा चल्दैनन्। बाबा सम्झाउनुहुन्छ– तिम्रो लक्ष्य सारा योगको छ। मायाले एकदम नाकमा समातेर योग लगाउन दिँदैन। योग भयो भने सेवा धेरै राम्रो गर्छन्। पापको डर राख्नुछ। जस्तै यी बच्चा त धेरै राम्रा छन्। सच्चाइ होस् त यस्तो। राम्रा राम्रा बच्चाहरूभन्दा यिनको पद राम्रो छ। अरू जसले सेवा गरिरहन्छन्, उनीहरू कतै न कतै फसेका हुन्छन्। केही पनि बताउँदैनन्। भन्दा पनि छोड्दैनन्। गीतमा त हेर, प्रतिज्ञा गर्छन्– जेसुकै होस्, कहिल्यै यस्तो भुल गर्दैनौँ। मूल कुरा हो देह अभिमानको। देह अभिमानबाट नै भुलहरू हुन्छन्। धेरै भुलहरू गर्छन् त्यसैले सावधानी दिइन्छ। बाबाको काम हो सम्झाउनु। नसम्झाए भन्छन् हामीलाई कसले कहाँ सम्झायो र! यसमा एउटा कहानी पनि छ। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! होसियार रहनुछ। नत्र धेरै सजाय भोग्नु पर्नेछ। फेरि यस्तो नभन्नु– मलाई किन सम्झाउनुभएन। बाबाले स्पष्ट सम्झाउनुहुन्छ– अलिकति पाप गरेमा पनि धेरै वृद्धि हुन्छ। फेरि बाबाको अगाडि शिर पनि उठाउन सकनेछैनौ। झुटो बोल्नबाट त पश्चाताप गर्नुपर्छ। यस्तो नसम्झ शिवबाबाले हामीलाई कहाँ देख्नुहुन्छ र! अरे अज्ञानकालमा पनि उहाँले सबै जान्नुहुन्छ तब त पाप र पुण्यको फल दिनुहुन्छ। स्पष्ट भन्नुहुन्छ– तिमीले पाप गरेमा तिम्रो लागि धेरै ठुलो कडा सजाय छ। बाबाबाट वर्सा लिन आएका छौ, त्यसको सट्टा दुवै कान त कटाउनुहुँदैन नि। भन्छन् एकलाई अनि याद गर्छन् अरूलाई। बाबालाई याद गर्दैनन् भने भन उनीहरूको गति के हुन्छ? सच खाना, सच बोलना, सच पहनना... यो पनि अहिलेको कुरा हो। जब कि बाबा आएर सिकाउनुहुन्छ भने उहाँसँग हरेक कुरामा सच्चा रहनुपर्छ। अच्छा!
यस्ता सच्चा वफादार, आज्ञाकारी बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) सच्चाइसँग बाबाको सेवामा लाग्नुछ। पूरा वफादार, आज्ञाकारी बन्नुछ। ईश्वरीय परिवारसँग सच्चा प्यार राख्नुछ।
२) श्रीमतमा मनमत वा रावणको मत मिक्स गर्नु हुँदैन। एक बाबा दोस्रो न कोही, यस ग्यारेन्टीमा पक्का रहनुछ। हृदयलाई शुद्ध पवित्र बनाउनुछ।
| वरदान:– |
रुहानियतको सुगन्धको आधारमा सबैलाई परमात्म सन्देश दिने विश्वकल्याण कारी भव रुहानियतका सर्वशक्तिहरू स्वयंमा धारण गरेमा रुहानियतको सुगन्धले सहजै अनेक आत्माहरूलाई आफूतिर आकर्षित गर्नेछ। जसरी मनसा शक्तिले प्रकृतिलाई तमोप्रधानबाट सतोप्रधान बनाउँछौ त्यसैगरी अन्य विश्वका आत्माहरू जो तिमीहरूको अगाडि आउन सक्दैनन् उनीहरूलाई टाढा रहेर पनि तिमीले रुहानियतको शक्तिले बाबाको परिचय वा मुख्य सन्देश दिन सक्नेछौ। यो सूक्ष्म मेसिनरी तीब्र बनाएपछि अनेक तड्पिरहेका आत्माहरूले अञ्जुली पाउनेछन् र तिमी विश्वकल्याणकारी कहलाउनेछौ। |
| स्लोगन:– | आफूसँग शुद्ध वा श्रेष्ठ सङ्कल्प इमर्ज राखेमा व्यर्थ स्वतः मर्ज हुनेछन्। |
अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त होऊ”
जुन समयमा कुनै पनि परिस्थिति आउँछ त्यतिबेला बाबालाई साथी बनायौ भने अनुभव गर्नेछौ– म एक्लो छैन, मेरो साथमा विशेष शक्ति छ। जहाँ बाबा हुनुहुन्छ त्यहाँ जतिसुकै तुफान आए पनि त्यो तोहफा (उपहार) बन्नेछन्। निश्चय बुद्धि विजयन्ती– यस टाइटलको स्मृतिले विजयी बन र विजयी वर्ष मनाऊ।