नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2024 अक्टोबर 22

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2024 अक्टोबर 22 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

22-10-2024
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– बाबाले तिमीलाई जे पढाइ पढाउनु हुन्छ , त्यसमा ऋद्धि-सिद्धिको कुरा छैन , पढाइमा कुनै छु मन्त्रबाट काम चल्दैन।”
प्रश्न:– देवताहरूलाई समझदार भनिन्छ, मनुष्यलाई भनिँदैन– किन?
उत्तर:– किनकि देवताहरू हुन् सर्व गुण सम्पन्न, मनुष्यमा कुनै पनि गुण छैनन्। देवताहरू समझदार हुन्छन्, त्यसैले त मनुष्यले उनको पूजा गर्छन्। उनको ब्याट्री चार्ज हुन्छ, त्यसैले उनलाई हीरातुल्य भनिन्छ। जब ब्याट्री डिस्चार्ज हुन्छ, अनि कौडी तुल्य बन्छन् अनि भनिन्छ बेसमझ।

ओम् शान्ति। बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ– यो पाठशाला हो। यो पढाइ हो। यस पढाइबाट यो पद मिल्छ, यसलाई स्कुल वा युनिभर्सिटी सम्झिनुपर्छ। यहाँ टाढा टाढाबाट पढ्नको लागि आउँछन्। के पढ्न आउँछन्? यो लक्ष्य-उद्देश्य बुद्धिमा छ। हामी पढाइ पढ्नको लागि आउँछौं, पढाउनेलाई शिक्षक भनिन्छ। भगवानुवाच हो नै गीता। अर्को कुनै कुरा छैन। गीता पढाउनेवालाको पुस्तक हुन्छ, तर पुस्तक आदि कसैले पढाउँदैनन्। गीता कुनै हातमा हुँदैन। यो त भगवानुवाच हो। मनुष्यलाई भगवान भनिदैन। भगवान उच्च भन्दा उच्च हुनुहुन्छ एक। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– यो हो सारा ब्रह्माण्ड। खेल कुनै सूक्ष्मवतन वा मूलवतनमा चल्दैन, नाटक यहाँ नै चल्छ। ८४ को चक्र पनि यहाँ हुन्छ। यसलाई नै भनिन्छ ८४ को चक्रको नाटक। यो बनीबनाऊ खेल हो। यो धेरै बुझ्नु पर्ने कुरा हो किनकि तिमीलाई सर्वोच्च भगवानको मत मिल्छ। अर्को कुनै वस्तु त छैन। एकलाई नै भनिन्छ सर्व शक्तिमान, विश्व शक्तिमान् अधिकारी। अधिकारीको अर्थ पनि स्वयं सम्झाउनु हुन्छ। यो कुरा मनुष्यले बुझ्दैनन् किनकि ती सबै हुन् तमोप्रधान, यसलाई भनिन्छ नै कलियुग। यस्तो होइन, कसैको लागि कलियुग हो, कसैको लागि सत्ययुग हो, कसैको लागि त्रेता हो। होइन, जबकि अहिले हो नै नर्क भने कोही पनि मनुष्यले यस्तो भन्न सक्दैन, हाम्रो लागि स्वर्ग हो किनकि हामीसँग धन दौलत धेरै छ। यो हुन सक्दैन। यो त बनिबनाउ खेल हो। सत्ययुग बितिसक्यो, यस समयमा त सत्ययुग हुनै सक्दैन। यो त सबै बुझ्नु पर्ने कुरा हो। बाबा बसेर सबै कुरा सम्झाउनु हुन्छ। सत्ययुगमा यिनको राज्य थियो। भारतवर्षनिवासी त्यस समयमा सत्ययुगी कहलाउँथे। अहिले अवश्य कलियुगी कहलाउँछन्। सत्ययुगी थिए, त्यसैले त्यसलाई स्वर्ग भनिन्थ्यो। यस्तो पनि होइन, नर्कलाई पनि स्वर्ग भनिन्छ। मनुष्यहरूको त आ-आफ्नो मत छ। धनको सुख छ भने आफूलाई स्वर्गमा छौं भन्ने सम्झन्छन्, मसँग त धेरै सम्पत्ति छ, त्यसैले म स्वर्गमा छु। तर विवेकले भन्छ, होइन, यो त हो नै नर्क। हुन त कसैसँग १०-२० लाख होला तर यो हो नै रोगी दुनियाँ। सत्ययुगलाई भनिन्छ निरोगी दुनियाँ। दुनियाँ यही हो। सत्ययुगमा यसलाई योगी दुनियाँ भनिन्छ, कलियुगलाई भोगी दुनियाँ भनिन्छ। त्यहाँ हुन्छन् योगी किनकि त्यहाँ विकारको भोगविलास हुँदैन। यो स्कुल हो यसमा शक्तिको कुरा छैन। के शिक्षकले शक्ति देखाउँछन् र? लक्ष्य-उद्देश्य हुन्छ, हामी फलानो बन्छौं। तिमी यस पढाइद्वारा मनुष्यबाट देवता बन्छौ। यस्तो होइन कुनै जादू, छु मन्त्र वा ऋद्धि-सिद्धिको कुरा छ। यो त स्कुल हो। के स्कुलमा ऋद्धि-सिद्धिको कुरा हुन्छ र? पढेर कोही डाक्टर, कोही बेरिस्टर बन्छ। यी लक्ष्मी-नारायण पनि मनुष्य थिए, तर पवित्र थिए त्यसैले उनलाई देवी-देवता भनिन्छ। पवित्र अवश्य बन्नु छ। यो हो नै पतित पुरानो दुनियाँ।

मनुष्यले त सम्झन्छन्–पुरानो दुनियाँ आउनमा लाखौ वर्ष बाँकी छ। कलियुगपछि नै सत्ययुग आउने छ। अहिले तिमी छौ सङ्गममा। यस सङ्गमको विषयमा कसैलाई पनि थाहा छैन। सत्ययुगलाई लाखौं वर्षको हुन्छ भनिदिन्छन्। यी कुरा बाबा आएर सम्झाउनु हुन्छ। उहाँलाई भनिन्छ परम आत्मा। आत्माहरूका पितालाई बाबा भनिन्छ। अर्को कुनै नाम हुँदैन। बाबाको नाम हो शिव। शिवको मन्दिरमा पनि जान्छन्। परमात्मा शिवलाई निराकार नै भनिन्छ। उहाँको मनुष्य शरीर छैन। तिमी आत्माहरू यहाँ पार्ट खेल्न आउँछौ तब तिमीलाई मनुष्य शरीर मिल्छ। उहाँ हुनुहुन्छ शिव, तिमी हौ शालिग्राम। शिव र शालिग्रामको पूजा पनि हुन्छ किनकि चैतन्यमा आएर जानुहुन्छ। केही गरेर जानुभएको छ त्यसैले त उहाँको नाम प्रसिद्ध छ अथवा पूजा गरिन्छ। पूर्व जन्मको बारेमा कसैलाई थाहा छैन। यस जन्ममा त गायन गर्छन्, देवी-देवताहरूलाई पुज्छन्। यस जन्ममा त धेरै नेता पनि बनेका छन्। जो राम्रा राम्रा साधुसन्त आदि आएर गएका छन् उनको टिकट पनि बनाउँछन् प्रसिद्धिको लागि। यहाँ फेरि सबै भन्दा ठुलो नाम कसको गायन गरिन्छ? सबै भन्दा ठुलो को हुनुहुन्छ? उच्च भन्दा उच्च त एक भगवान नै हुनुहुन्छ। उहाँ हुनुहुन्छ निराकार र उहाँको महिमा बिलकुल बेग्लै छ। देवताहरूको महिमा बेग्लै छ, मनुष्यहरूको बेग्लै छ। मनुष्यलाई देवता भन्न सकिँदैन। देवताहरूमा सर्व गुण थिए। लक्ष्मी-नारायण भएर आएका हुन् नि। ती पवित्र थिए, विश्वको मालिक थिए, उनको पूजा पनि गर्छन् किनकि पवित्र पूज्य छन्, अपवित्रलाई पूज्य भनिदैन, अपवित्रले सधैं नै पवित्रलाई पुज्छन्। कन्या पवित्र छिन् त्यसैले पूजा गरिन्छ, पतित बनिन् भने उनी सबैको पाउ पर्नुपर्छ। यस समयमा सबै छन् नै पतित, सत्ययुगमा सबै पावन थिए। त्यो हो नै पवित्र दुनियाँ, कलियुग हो पतित दुनियाँ त्यसैले पावन बाबालाई बोलाउँछन्। जब पवित्र हुन्छन् तब बोलाउँदैनन्। बाबा स्वयं भन्नुहुन्छ– मलाई सुखमा कसैले पनि याद गर्दैनन्। भारतवर्षको नै कुरा हो। बाबा भारतवर्षमा नै आउनु हुन्छ। भारतवर्ष नै यस समयमा पतित बनेको छ, भारतवर्ष नै पावन थियो। पावन देवताहरूलाई देख्नु छ भने मन्दिरमा गएर हेर। देवताहरू सबै पावन हुन्छन्, तिनमा जो मुख्य मुख्य हेड छन्, उनीहरूलाई मन्दिरमा देखाउँछन्। यी लक्ष्मी-नारायणको राज्यमा सबै पावन थिए, यथा राजा-रानी तथा प्रजा, यस समयमा सबै पतित छन्। सबैले पुकारिरहन्छन्– हे पतित-पावन आउनुहोस्। संन्यासीले कहिल्यै श्रीकृष्णलाई भगवान वा ब्रह्म मान्दैनन्। उनीहरूले सम्झन्छन् भगवान त निराकार हुनुहुन्छ, उहाँको चित्र पनि निराकार विधिले पुजिन्छ। उहाँको एक्युरेट नाम शिव हो। तिमी आत्माले जब यहाँ आएर शरीर धारण गर्छौ तब तिम्रो नाम राखिन्छ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। आत्माले एक शरीर छोडेपछि गएर अर्को लिन्छ। ८४ जन्म त हुनुपर्छ नि। ८४ लाख हुँदैन। बाबाले सम्झाउनु हुन्छ– यही दुनियाँ सत्ययुगमा नयाँ थियो, सदाचारी थियो। यही दुनियाँ फेरि भ्रष्टाचारी बन्छ। त्यो हो सत्यखण्ड, त्यहाँ सबै सत्य बोल्ने हुन्छन्। भारतवर्षलाई सत्यखण्ड भनिन्छ। झुटखण्ड नै फेरि सत्यखण्ड बन्छ। सच्चा बाबा नै आएर सत्यखण्ड बनाउनु हुन्छ। उहाँलाई सच्चा पातशाह (बादशाह), ट्रुथ भनिन्छ, यो हो नै झुटखण्ड। मानिसहरूले जे भन्छन् त्यो हो झुटो। देवताहरू समझदार बुद्धिका हुन्छन्, तिनलाई मनुष्यले पुज्छन्। बुद्धिमान र बुद्धिहीन भनिन्छ। बुद्धिमान कसले बनाउँछ र बुद्धिहीन कसले बनाउँछ? यो पनि बाबाले बताउनु हुन्छ। बुद्धिमान सर्वगुण सम्पन्न बाबाले बनाउनुहुन्छ। उहाँ स्वयं आएर आफ्नो परिचय दिनुहुन्छ। जसरी तिमी आत्मा हौ, यहाँ शरीरमा प्रवेश गरेर पार्ट खेल्छौ। त्यसैगरी म पनि एकै पटक यिनमा प्रवेश गर्छु। तिमीलाई थाहा छ– उहाँ हुनुहुन्छ नै एक। उहाँलाई नै सर्वशक्तिमान् भनिन्छ। अरू कुनै मनुष्य छैन जसलाई हामीले सर्वशक्तिमान् भन्छौं। लक्ष्मी-नारायणलाई पनि भन्न सकिँदैन किनकि उनलाई पनि शक्ति दिने कोही हुनुपर्छ। पतित मनुष्यमा शक्ति हुन सक्दैन। आत्मामा जुन शक्ति हुन्छ त्यो फेरि बिस्तारै बिस्तारै घट्दै जान्छ अर्थात् आत्मामा जुन सतोप्रधान शक्ति थियो त्यो तमोप्रधान शक्ति हुन पुग्छ। जसरी मोटरको तेल समाप्त भयो भने मोटर रोकिन्छ। यो ब्याट्री घरी घरी डिस्चार्ज हुँदैन, यसलाई पूरा समय मिलेको छ। कलियुग अन्त्यमा ब्याट्री सेलाउन पुग्छ। पहिला जो सतोप्रधान विश्वको मालिक थिए, अहिले तिनै तमोप्रधान छन् त्यसैले शक्ति घटेको छ। शक्ति रहेको छैन। कौडीतुल्य बन्छ। भारतवर्षमा देवी-देवता धर्म भएको बेलामा हीरा तुल्य थिए। धर्म शक्ति हो भनिन्छ। देवता धर्ममा तागत छ। देवताहरू विश्वको मालिक हुन्। उनीहरूमा के तागत थियो? कुनै लड्ने आदिको तागत थिएन। शक्ति मिल्छ सर्व शक्तिमान् बाबाबाट। शक्ति के चीज हो?

बाबाले सम्झाउनु हुन्छ– मीठा प्यारा बच्चाहरू! तिम्रो आत्मा सतोप्रधान थियो, अहिले तमोप्रधान छ। विश्वको मालिकको सट्टा विश्वको गुलाम बनेका छौ। बाबा सम्झाउनु हुन्छ– यो ५ विकाररूपी रावणले तिम्रो सारा शक्ति छिनेर लिन्छ, त्यसैले सबै कङ्गाल बनेका छन्। यस्तो नसम्झ वैज्ञानिकहरूमा धेरै शक्ति छ, त्यो शक्ति होइन। यो रूहानी शक्ति हो, जुन सर्वशक्तिमान् बाबासँग योग लगाउनाले मिल्छ। यस समयमा साइन्स र साइलेन्सको लडाइँ जस्तै छ। तिमी साइलेन्समा जान्छौ, त्यसको तिमीलाई बल मिलिरहेको छ। साइलेन्सको बल लिएर तिमी साइलेन्सको दुनियाँमा जान्छौ। बाबालाई याद गरेर आफूलाई शरीरबाट अलग गर्छौ। भक्तिमार्गमा भगवानको पासमा जानको लागि तिमीले धेरै मेहनत गर्यौ। तर सर्वव्यापी भनेका हुनाले मार्ग मिल्दैन्थ्यो। तमोप्रधान बनिसकेका छौ। यो पढाइ हो, पढाइलाई शक्ति भनिँदैन। बाबा भन्नुहुन्छ– पहिला त पवित्र बन, फेरि सृष्टिको चक्र कसरी घुम्छ त्यसको ज्ञान बुझ। ज्ञानका सागर त बाबा नै हुनुहुन्छ, यसमा शक्तिको कुरा छैन। बच्चाहरूलाई यो थाहा छैन सृष्टिचक्र कसरी घुम्छ, तिमी कलाकारहरू पार्टधारी हौ नि। यो बेहदको ड्रामा हो। पहिला मनुष्यको नाटक चल्थ्यो, त्यसमा हेरफेर हुन सक्छ। अहिले त फेरि चलचित्र बनेका छन्। बाबालाई पनि चलचित्रको उदाहरण दिएर सम्झाउन सहज हुन्छ। त्यो सानो चलचित्र, यो हो ठुलो। नाटकमा कलाकार आदिलाई परिवर्तन गर्न सकिन्छ। यो त अनादि ड्रामा हो। एक पटक जे सुट भयो त्यो फेरि परिवर्तन हुन सक्दैन। यो सारा दुनियाँ बेहदको चलचित्र हो। शक्तिको कुरा नै छैन। अम्बालाई शक्ति भनिन्छ फेरि पनि नाम त छ। उनलाई अम्बा किन भनिन्छ? के गरेर गइन्? अहिले तिमीले जानेका छौ– उच्च भन्दा उच्च हुन् अम्बा र लक्ष्मी। अम्बा नै फेरि लक्ष्मी बन्छिन्। यो पनि तिमी बच्चाहरू नै जानेका छौ। तिमी नलेजफुल पनि बन्छौ र तिमीलाई पवित्रता पनि सिकाउनु हुन्छ। त्यो पवित्रता आधाकल्प चल्छ। फेरि बाबा नै आएर पवित्रताको मार्ग बताउनु हुन्छ। उहाँलाई बोलाउँछन् नै यस समयको लागि, आएर मार्ग बताउनुहोस् र फेरि गाइड पनि बन्नुहोस् भन्छन्। उहाँ हुनुहुन्छ परम आत्मा, सुप्रिमको पढाइबाट आत्मा पनि सुप्रिम बन्छ। सुप्रिम पवित्रलाई भनिन्छ। अहिले यहाँ त सबै पतित छन्, बाबा सदा पावन हुनुहुन्छ, फरक छ नि। उहाँ सदा पावनले नै आएर सबैलाई वर्सा दिनुहुन्छ र सिकाउनु हुन्छ। स्वयं आएर बताउनु हुन्छ– म तिम्रो पिता हुँ। मलाई रथ त अवश्य चाहिन्छ, नत्र आत्मा कसरी बोल्छ? रथ पनि प्रसिद्ध छ। गायन गर्छन्– भाग्यशाली रथ। भाग्यशाली रथ हो मनुष्यको, घोडागाडीको कुरा होइन। मनुष्यको नै रथ चाहिन्छ, जसले गर्दा मनुष्यलाई बसेर सम्झाउन सकिन्छ। उनीहरू बसेर फेरि घोडागाडीलाई देखाइदिए। भाग्यशाली रथ मनुष्यलाई भनिन्छ। यहाँ त कुनै कुनै जनावरको पनि धेरै राम्रो सेवा हुन्छ, जुन मनुष्यको पनि हुँदैन। कुकुरलाई कति प्यार गर्छन्। घोडालाई, गाईलाई पनि प्यार गर्छन्। कुकुरहरूको प्रदर्शनी हुन्छ। यी सबै कुरा त्यहाँ हुँदैनन्। के लक्ष्मी-नारायणले कुकुर पाल्छन् होला?

अहिले तिमी बच्चाहरूलाई थाहा छ– यस समयका मनुष्य सबै तमोप्रधान बुद्धिका छन्, तिनलाई सतोप्रधान बनाउनु छ। त्यहाँ त घोडा आदि यहाँ जस्ता हुँदैनन् जसको कुनैले सेवा गर्न परोस्। त्यसैले बाबा सम्झाउनु हुन्छ– तिम्रो हालत हेर के भइसकेको छ। रावणले यस्तो हालत बनाइदिएको छ, यो तिम्रो दुस्मन हो। तर तिमीलाई थाहा छैन– यस दुस्मनको जन्म कहिले हुन्छ भनेर। शिवको जन्मको बारेमा पनि थाहा छैन भने रावणको जन्मको विषयमा पनि थाहा छैन। बाबाले बताउनु हुन्छ– त्रेताको अन्त्य र द्वापरको आदिमा रावण आउँछ। त्यसका १० शिर किन देखाइएको हो? हरेक वर्ष किन जलाउँछन्? यो पनि कसैले जानेका छैनन्। अहिले तिमीले मनुष्यबाट देवता बन्नको लागि पढ्छौ, जसले पढ्दैनन् उनीहरू देवता बन्न सक्दैनन्। उनीहरू फेरि आउँछन् तब, जब रावण राज्य सुरु हुन्छ। अहिले तिमीले जानेका छौ– हामी देवता धर्मका थियौं अब फेरि कलमी लागिरहेको छ। बाबा भन्नुहुन्छ– म हर ५ हजार वर्षपछि आएर तिमीलाई यसरी नै पढाउँछु। यस समयमा सारा सृष्टिको वृक्ष पुरानो छ। जब नयाँ थियो, एउटै देवता धर्म थियो फेरि बिस्तारै बिस्तारै तल उत्रिन्छन्। बाबाले तिमीलाई ८४ जन्मको हिसाब बताउनु हुन्छ। किनकि बाबा ज्ञानसागर हुनुहुन्छ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) साइलेन्सको शक्ति जम्मा गर्नु छ। साइलेन्सको शक्तिबाट साइलेन्सको दुनियाँमा जानु छ। बाबाको यादद्वारा शक्ति लिएर दासताबाट छुट्नु छ, मालिक बन्नु छ।

२) सुप्रिमको पढाइ पढेर आत्मालाई सुप्रिम बनाउनु छ। पवित्रताको बाटोमा नै चलेर, पवित्र बनेर अरूलाई बनाउनु छ। गाइड बन्नु छ।

वरदान:– परमात्मालाई जान्ने र पवित्रताको स्वधर्मलाई अपनाउने विशेष आत्मा भव
बापदादालाई खुसी हुन्छ– मेरा एक-एक बच्चा विशेष आत्मा हुन्– चाहे बुज्रुग हुन्, अनपढ हुन्, साना बच्चा हुन्, युवा हुन् वाप्रवृत्तिवाला हुन्, विश्वको अगाडि विशेष आत्मा हुन्। दुनियाँमा कोही चाहे जति सुकै ठुला नेता हुन्, अभिनेता हुन्, वैज्ञानिक हुन् तर परमात्मालाई चिनेनन् भने के जाने! तिमी निश्चय बुद्धि भएकाले नसासँग भन्छौ– तपाईहरूले खोजिरहनुहोला, हामीले त पाइसक्यौं। प्रवृत्तिमा रहेर पवित्रताको स्वधर्मलाई अपनाएकाले पवित्र आत्मा, विशेष आत्मा बन्यौ।
स्लोगन:– जो सदा खुसी रहन्छ उही स्वयं अनि सबैको प्रिय हुन्छ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।