| 23-10-2024 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “मीठे बच्चे– तिम्रो यात्रा बुद्धिको हो , यसलाई नै रूहानी यात्रा भनिन्छ , तिमीले आफूलाई आत्मा सम्झन्छौ , शरीर होइन। शरीर सम्झनु अर्थात् उल्टो झुण्डिनु।” | |
| प्रश्न:– | मायाको पम्पमा मनुष्यहरूलाई कुनचाहिँ इज्जत मिल्छ? |
| उत्तर:– | आसुरी इज्जत। मनुष्यले कसैलाई आज अलिकति इज्जत दिन्छन्, भोलि उसको बेइज्जती गर्छन्, गाली गर्छन्। मायाले सबैको बेइज्जती गरेको छ, पतित बनाएको छ। बाबा आउनु भएको छ तिमीलाई दैवी इज्जतवाला बनाउन। |
ओम् शान्ति। रूहानी बाबाले आत्माहरूसँग सोध्नुहुन्छ– कहाँ बसेका छौ? तिमीले भन्छौ– विश्वको रूहानी विश्व विद्यालयमा। रूहानी शब्द त उनीहरूले जानेका छैनन्। विश्व विद्यालय त दुनियाँमा अनेक छन्। यो हो सारा विश्वमा एउटै रूहानी विद्यालय। पढाउनेवाला एउटै हुनुहुन्छ। के पढाउनु हुन्छ? रूहानी ज्ञान। त्यसैले यो हो आध्यात्मिक विद्यालय अर्थात् रूहानी पाठशाला। आध्यात्मिक अर्थात् रूहानी ज्ञान पढाउनेवाला को हुनुहुन्छ? यो पनि तिमी बच्चाहरूले मात्रै अहिले जानेका छौ। रूहानी बाबाले नै रूहानी ज्ञान पढाउनु हुन्छ। त्यसैले उहाँलाई टिचर पनि भनिन्छ, आध्यात्मिक पिताले पढाउनु हुन्छ। ठीक छ, फेरि के हुन्छ? तिमी बच्चाहरूलाई थाहा छ– यस रूहानी ज्ञानले हामीले आफ्नो आदि सनातन देवी-देवता धर्मको स्थापना गर्छौं। एक धर्मको स्थापना बाँकी जति यति सबै धर्म छन् तिनीहरूको विनाश हुन्छ। यस आध्यात्मिक ज्ञानको सबै धर्मसँग के सम्बन्ध छ– यो पनि तिमीले अहिले जानेका छौ। एक धर्मको स्थापना यस रूहानी ज्ञानबाट हुन्छ। यी लक्ष्मी-नारायण विश्वको मालिक थिए नि! त्यसलाई भनिन्छ रूहानी दुनियाँ। यस रूहानी ज्ञानद्वारा तिमीले राजयोग सिक्छौ। रजाइँ स्थापना हुन्छ। फेरि अरू धर्मसँग के सम्बन्ध छ? अरू सबै धर्म विनाश हुन्छन् किनकि तिमी पावन बन्छौ, त्यसैले तिमीलाई नयाँ दुनियाँ चाहिन्छ। यति सबै अनेक धर्म खतम हुन्छन्, एक धर्म रहन्छ। त्यसलाई भनिन्छ विश्वमा शान्तिको राज्य। अहिले छ पतित अशान्तिको राज्य फेरि हुन्छ पावन शान्तिको राज्य। अहिले त अनेक धर्म छन्। कति अशान्ति छ। सबै पतित नै पतित छन्। रावणको राज्य हो नि। अब बच्चाहरूलाई थाहा छ– ५ विकारलाई अवश्य छोड्नु छ। यिनलाई साथमा लैजानु छैन। आत्माले राम्रो वा नराम्रो संस्कार लिएर जान्छ नि! अहिले बाबाले तिमी बच्चाहरूलाई पवित्र बन्ने कुरा बताउनु हुन्छ। त्यस पावन दुनियाँमा कुनै पनि दु:ख हुँदैन। यो रूहानी ज्ञान पढाउनेवाला को हुनुहुन्छ? रूहानी पिता। सबै आत्माहरूका पिता। रूहानी पिताले के पढाउनु हुन्छ? रूहानी ज्ञान, यसमा कुनै पनि किताब आदिको आवश्यकता छैन। केवल आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। पावन बन्नु छ। बाबालाई याद गर्दा गर्दै अन्त मति सो गति हुन्छ। यो हो यादको यात्रा। यात्रा शब्द राम्रो छ। ती हुन् जिस्मानी यात्राहरू, यो हो रूहानी यात्रा। त्यसमा त पैदल जानु पर्छ, हातखुट्टा चलाउँछन्, यसमा केही पनि छैन। केवल याद गर्नु छ। चाहे जहाँसुकै पनि घुम, फिर, उठ, बस आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। कठिन कुरा छैन, केवल याद गर्नु छ। यो त सत्यता हो नि। पहिला तिमी उल्टो चलिरहेका थियौ। आफूलाई आत्माको सट्टा शरीर सम्झनु, यसलाई भनिन्छ उल्टो झुण्डिनु। आफूलाई आत्मा सम्झनु– यो हो सुल्टो। जब अल्लाह आउनु हुन्छ तब आएर पावन बनाउनु हुन्छ। अल्लाहको पावन दुनियाँ छ, रावणको पतित दुनियाँ छ। देह अभिमानमा सबै उल्टा भएका छन्। अब एकै पल्ट देहीअभिमानी बन्नु छ। तिमी अल्लाहका बच्चा हौ। अल्लाह हुँ भनिदैन। औंलाले सदैव माथितिर इसारा गर्छन्, सिद्ध हुन्छ अल्लाह उहाँ हुनुहुन्छ। अवश्य यहाँ अरू चीज छ। हामी उहाँ अल्लाह बाबाका सन्तान हौं। हामी भाइ भाइ हौं। अल्लाह हौं भन्नाले फेरि उल्टो हुन्छ– हामी सबै पिता हौं। तर होइन, पिता एउटै हुनुहुन्छ। उहाँलाई याद गर्नु छ। अल्लाह सदा पवित्र हुनुहुन्छ। अल्लाहले स्वयं बसेर पढाउनु हुन्छ। सानो कुरामा मनुष्य कति अलमलिन्छन्। शिव जयन्ती पनि मनाउँछन् नि।
श्रीकृष्णलाई यस्तो पद कसले दिनुभयो? शिवबाबाले। श्रीकृष्ण हुन् स्वर्गको पहिलो राजकुमार। उहाँ बेहदको बाबाले यिनलाई राज्य-भाग्य दिनुहुन्छ। बाबाले जुन नयाँ दुनियाँ स्वर्ग स्थापना गर्नुहुन्छ त्यसमा श्रीकृष्ण नम्बरवन राजकुमार हुन्। बाबाले बच्चाहरूलाई पावन बन्ने युक्ति बताउनु हुन्छ। बच्चाहरूले जानेका छन्– स्वर्ग जसलाई वैकुण्ठ, विष्णुपुरी भन्छन्, त्यो बितिसक्यो फेरि भविष्य हुन्छ। चक्र घुमिरहन्छ नि। यो ज्ञान अहिले तिमी बच्चाहरूलाई मिल्छ। यो धारण गरेर फेरि गराउनु छ। हरेकलाई टिचर बन्नु छ। यस्तो पनि होइन– टिचर बनेपछि लक्ष्मी-नारायण बन्छौ। होइन। टिचर बन्यौ भने तिमीले प्रजा बनाउने छौ, जति धेरैको कल्याण गर्छौ त्यति उच्च पद पाउने छौ। स्मृति रहन्छ। बाबा भन्नुहुन्छ– ट्रेनमा आउँदा पनि ब्याजको बारेमा सम्झाऊ। बाबा पतित-पावन मुक्तिदाता हुनुहुन्छ। पावन बनाउनेवाला हुनुहुन्छ। धेरैलाई याद गर्नुपर्छ। जनावर, हात्ती, घोडा, कछुवा, माछालाई पनि अवतार भन्छन्। तिनीहरूलाई पनि पुजिरहन्छन्। सम्झन्छन्– भगवान सर्वव्यापी अर्थात् सबैमा हुनुहुन्छ। सबैलाई खुवाऊ। ठीकै छ, कण कणमा भगवान हुनुहुन्छ भने उहाँलाई कसरी खुवाउने? बिल्कुलै समझ भन्दा मानौं बाहिर छन्। लक्ष्मी-नारायण आदि देवी-देवताहरूले कमिलालाई अन्न दिने, फलानोलाई दिने, कहाँ यस्तो काम गर्नेछन् र! बाबाले सम्झाउनु हुन्छ– तिमी हौ धार्मिक एवं राजनैतिक। तिमीले जानेका छौ– हामीले धर्मको स्थापना गरिरहेका छौं। राज्य स्थापना गर्नको लागि सेना हुन्छ। तर तिमी हौ गुप्त। तिम्रो हो आध्यात्मिक विश्व विद्यालय। सारा दुनियाँका जति पनि मनुष्य मात्र छन् यी सबै धर्मबाट निस्केर आफ्नो घर जान्छन्। आत्माहरू जान्छन्। त्यो हो आत्माहरू बस्ने घर। अहिले तिमीले सङ्गमयुगमा पढिरहेका छौ फेरि सत्ययुगमा आएर राज्य गर्छौ। त्यहाँ अरू कुनै धर्म हुने छैन। गीतमा पनि छ नि– बाबा हजुरले जे दिनुहुन्छ त्यो अरू कसैले दिन सक्दैन। सारा आकाश, सारा धरती तिम्रो हुन्छ। तिमी सारा विश्वको मालिक बन्छौ। यो पनि अहिले तिमीले जान्दछौ– नयाँ दुनियाँमा यी सबै कुरा भुलिन्छ। यसलाई भनिन्छ रूहानी आध्यात्मिक ज्ञान। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीले हरेक ५ हजार वर्षपछि राज्य लिन्छौं फेरि गुमाउँछौं। यो ८४ को चक्र घुमिरहन्छ। पढाइ पढ्नुपर्छ अनि जान सक्छौ नि! पढेनौ भने नयाँ दुनियाँमा जान सक्दैनौ। त्यहाँको सङ्ख्या त सीमित छ। नम्बरवार पुरुषार्थ अनुसार त्यहाँ गएर पद पाउने छौ। यति सबैले त पढ्दैनन्। यदि सबैले पढे भने त फेरि अर्को जन्ममा राज्य पनि पाउने छन्। पढ्नेहरूको सीमा छ। सत्ययुग-त्रेतामा आउनेले नै पढ्छन्। तिम्रा प्रजा धेरै बनिरहन्छन्। ढिलो आउनेले पाप भस्म गर्न सक्दैनन्। पाप आत्मा भए भने फेरि सजाय खाएर धेरै सानो पद पाउने छन्। बेइज्जती हुन्छ। जसले अहिले मायालाई धेरै इज्जत गर्छन्, उनीहरू बेइज्जती बन्छन्। यो हो ईश्वरीय इज्जत। त्यो हो आसुरी इज्जत। ईश्वरीय इज्जत अथवा दैवी इज्जत र आसुरी इज्जतमा रात-दिनको फरक छ। हामी आसुरी इज्जतवान थियौं अब फेरि दैवी इज्जतवान बन्छौं। आसुरी इज्जतदेखि बिल्कुलै भिखारी बन्छौ। यो हो काँडाको दुनियाँ त्यसैले बेइज्जती भयो नि। फेरि कति इज्जतवान बन्छौ। यथा राजा-रानी तथा प्रजा। बेहदका बाबाले तिम्रो इज्जतलाई धेरै उच्च बनाउनु हुन्छ, त्यसैले त्यति नै पुरुषार्थ पनि गर्नु छ। सबैले भन्छन् हामीले आफ्नो इज्जतलाई यस्तो बनाऔं अर्थात् नरबाट नारायण, नारीबाट लक्ष्मी बन्न सकौं। यो भन्दा उच्च इज्जत अरू कसैको हुँदैन। कथा पनि नरबाट नारायण बन्ने नै सुन्छन्। अमरकथा, तीजरीको कथा यो एउटै हो। यो कथा अहिले नै तिमीले सुन्छौ।
तिमी बच्चाहरू विश्वको मालिक थियौ फेरि ८४ जन्म लिँदा लिँदै तल झर्दै आयौ। फेरि पहिलो नम्बरको जन्म हुन्छ। पहिलो नम्बरको जन्ममा तिमीले धेरै उच्च पद पाउँछौ। रामले इज्जतवान बनाउनु हुन्छ, रावणले इज्जतहीन बनाउँछ। यस ज्ञानबाट नै तिमीले मुक्ति-जीवनमुक्ति पाउँछौ। आधाकल्प रावणको नाम रहँदैन। यी कुरा अहिले तिमी बच्चाहरूको बुद्धिमा आउँछ त्यो पनि नम्बरवार। कल्प कल्प यसरी नै तिमी नम्बरवार पुरुषार्थ अनुसार समझदार बन्छौ। मायाले भुल गराउँछ। बेहदका बाबालाई याद गर्नै भुल्छन्। भगवानले पढाउनु हुन्छ, उहाँ हाम्रो टिचर बन्नुभएको छ। फेरि पनि गयल हुन्छन्, पढ्दैनन्। द्वार द्वार धक्का खाने बानी बसेको छ। पढाइमा जसको ध्यान हुँदैन उनलाई फेरि नोकरीमा लगाउनु पर्ने हुन्छ। धोबी आदिको काम गर्छन्। त्यसमा पढाइको के आवश्यकता हुन्छ। व्यापारमा मनुष्य करोडपति बन्छन्। नोकरीमा त्यति बन्दैनन्। त्यसमा त तोकिएको तलब मिल्छ। अहिले तिम्रो पढाइ हो विश्वको बादसाहीको लागि। यहाँ भन्छन् नि– हामी भारतवर्षनिवासी हौं। पछि फेरि तिमीलाई भनिन्छ विश्वको मालिक। त्यहाँ देवी-देवता धर्म बाहेक अरू कुनै धर्म हुँदैन। बाबाले तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ, त्यसैले उहाँको मतमा चल्नुपर्छ। कुनै पनि विकारको भूत हुनु हुँदैन। यी भूतहरू धेरै खराब छन्। कामीको स्वास्थ्य बिग्रिँदै जान्छ। तागत कम हुन्छ। यस काम विकारले तिम्रो तागत बिल्कुल खतम गरेको छ। आयु कम हुँदै गएको छ– नतीजा यो भयो। भोगी बन्न पुगेका छौ। कामी, भोगी, रोगी सबै बन्छन्। त्यहाँ विकार हुँदैन। त्यसैले योगी हुन्छन्, सदा तन्दुरुस्त र आयु पनि १५० वर्ष हुन्छ। त्यहाँ कालले खाँदैन। यसमा एउटा कथा पनि बताइन्छ– कसैसँग सोधियो पहिला सुख चाहिन्छ वा दु:ख चाहिन्छ? अनि उसलाई कसैले इसारा दियो, भन– पहिला सुख चाहिन्छ किनकि सुखमा गयौ भने त्यहाँ काल आउने छैन। भित्र पस्न सक्दैन। एक कथा बनाएका छन्। बाबाले सम्झाउनु हुन्छ– तिमी सुखधाममा रहँदा त्यहाँ कुनै काल हुँदैन। रावण राज्य नै हुँदैन। फेरि जब विकारी बन्छन् तब काल आउँछ। कति कथाहरू बनाएका छन्, कालले लिएर गयो फेरि यो भयो। न काल देखिन्छ, न आत्मा देखिन्छ, यसलाई भनिन्छ दन्त्यकथा। कनरसका धेरै कहानी छन्। अहिले बाबाले सम्झाउनु हुन्छ– त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। आयु लामो हुन्छ, पवित्र रहन्छन्। १६ कला फेरि कला कम हुँदै-हुँदै शून्य कला हुन्छन्। भन्ने गर्छन्– मै निर्गुण हारे में कोई गुण नाही। बच्चाहरूको एउटा निर्गुण संस्था पनि छ। भन्छन्– हामीमा कुनै गुण छैन। हामीलाई गुणवान बनाउनुहोस्। सर्वगुण सम्पन्न बनाउनुहोस्। अब बाबा भन्नुहुन्छ– पवित्र बन्नु छ। मर्नु पनि छ सबैलाई। यति धेरै मनुष्य सत्ययुगमा हुँदैनन्। अहिले त कति धेरै छन्। त्यहाँ बच्चा पनि योगबलद्वारा जन्मिन्छ। यहाँ त हेर कति बच्चा जन्माइरहन्छन्। बाबाले फेरि पनि भन्नुहुन्छ– मलाई याद गर। उहाँ बाबाले नै पढाउनु हुन्छ, पढाउनेवाला टिचर याद आउँछ। तिमीलाई थाहा छ– शिवबाबाले हामीलाई पढाइरहनु भएको छ। के पढाउनु हुन्छ त्यो पनि तिमीलाई थाहा छ। बाबा अथवा टिचरसँग योग लगाउनु छ। ज्ञान धेरै उच्च छ। अहिले तिमीहरू सबैको विद्यार्थी जीवन हो। बच्चा, वृद्ध, जवान सबै एकै ठाउँमा पढ्ने, एउटै स्कुल, एउटै पढाउनेवाला टिचर भएको यस्तो विश्व विद्यालय जहाँ ब्रह्माले पनि स्वयं पढ्छन्, तिमीले कहीँ देखेका छौ? आश्चर्य छ नि। शिवबाबाले तिमीलाई पढाउनु हुन्छ। यी ब्रह्माले पनि सुन्छन्। बच्चा होस्, चाहे वृद्ध कसैले पनि पढ्न सक्छ। तिमीले पनि यो ज्ञान पढ्छौ नि। अब पढाउन सुरु गरेका छौ। दिनप्रतिदिन समय कम हुँदै जान्छ। अहिले तिमी बेहदमा गएका छौ। जानेका छौ– यो ५ हजार वर्षको चक्र कसरी बित्यो? पहिला एक धर्म थियो। अहिले कति धेरै धर्म छन्। अहिले साम्राज्य छैन। यसलाई भनिन्छ प्रजाको प्रजामाथि राज्य। पहिला सुरुमा धेरै शक्तिशाली धर्म थियो। सारा विश्वको मालिक थियौं। अहिले अधर्मी बनेका छौं। कुनै धर्म छैन। सबैमा ५ विकार छन्। बेहदका बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब धैर्य गर, बाँकी थोरै समय तिमी यस रावण राज्यमा छौ। राम्रोसँग पढ्यौ भने फेरि सुखधाममा जान्छौ। यो हो दु:खधाम। तिमीले आफ्नो शान्तिधाम र सुखधामलाई याद गर, यस दु:खधामलाई भुल्दै जाऊ। आत्माहरूलाई बाबाले निर्देशन दिनुहुन्छ– हे रूहानी बच्चाहरू! रूहानी बच्चाहरूले यी अङ्गद्वारा सुने। तिमी आत्माहरू जब सत्ययुगमा सतोप्रधान थियौ तब तिम्रो शरीर पनि फस्टक्लास सतोप्रधान थियो। तिमी धेरै धनवान थियौ फेरि पुनर्जन्म लिँदालिँदा के बनेका छौ! रात-दिनको फरक छ। दिनमा हामी स्वर्गमा थियौं, रातमा हामी नर्कमा छौं। यसलाई भनिन्छ ब्रह्माको अर्थात् ब्राह्मणहरूको दिन र रात। ६३ जन्म धक्का खाइरहन्छन्, अँध्यारो रात छ नि। भट्किइरहन्छन्। भगवान कसैलाई पनि मिल्नुहुन्न। यसलाई भनिन्छ भुलभुलैयाको खेल। बाबाले तिमी बच्चाहरूलाई सारा सृष्टिको आदि मध्य अन्त्यको समाचार सुनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) द्वार द्वारमा धक्का खाने बानी छोडेर भगवानको पढाइ ध्यानले पढ्नु छ। कहिल्यै गयल हुनु छैन। बाबा समान टिचर पनि अवश्य बन्नु छ। पढेर फेरि पढाउनु छ।
२) सत्य नारायणको सच्चा कथा सुनेर नरबाट नारायण बन्नु छ, स्वयंलाई स्वयंले नै यस्तो इज्जतवान बनाउनु छ। कहिल्यै भूतहरूको वशीभूत भएर इज्जत गुमाउनु छैन।
| वरदान:– |
सम्बन्ध र प्राप्तिको स्मृतिद्वारा सदा खुसीमा रहने सहज योगी भव सहज योगको आधार हो सम्बन्ध र प्राप्ति। सम्बन्धको आधारमा प्रेम पैदा हुन्छ र जहाँ प्राप्ति हुन्छ त्यहाँ मन-बुद्धि सहजै जान्छ। त्यसैले सम्बन्धमा मेरोपनको अधिकारले याद गर, दिलबाट भन– मेरो बाबा, अनि बाबाद्वारा जो शक्तिको, ज्ञानको, गुणको, सुख-शान्ति, आनन्द, प्रेमको खजाना मिलेको छ त्यसलाई स्मृतिमा इमर्ज गर, यसबाट अपार खुसी पनि हुन्छ र सहज योगी पनि बन्छौ। |
| स्लोगन:– | देह भानबाट मुक्त बन्यौ भने अरू सबै बन्धन स्वत: खतम भएर जान्छन्। |