नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2024 अक्टोबर 24

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2024 अक्टोबर 24 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

24-10-2024
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– बेहदको अपार खुसी अनुभव गर्नको लागि हरपल बाबाको साथमा रहने गर।”
प्रश्न:– बाबाबाट कुन बच्चाहरूलाई धेरै नै तागत मिल्छ?
उत्तर:– जसलाई नसा हुन्छ– हामी बेहद विश्वको परिवर्तन गर्नेवाला हौं, हामी बेहद विश्वको मालिक बन्नु छ। हामीलाई पढाउनेवाला स्वयं विश्वको मालिक बाबा हुनुहुन्छ। यस्ता बच्चाहरूलाई धेरै नै तागत मिल्छ।

ओम् शान्ति। मीठा-प्यारा रूहानी बच्चाहरूलाई वा आत्माहरूलाई रूहानी बाबा परमपिता परमात्मा बसेर पढाउनु हुन्छ, अनि सम्झाउनु हुन्छ किनकि बच्चाहरू नै पावन बनेर फेरि स्वर्गको मालिक बन्नेवाला छन्। सारा विश्वका पिता त एउटै हुनुहुन्छ। यो कुरामा बच्चाहरूलाई निश्चय छ। सारा विश्वका पिता, सबै आत्माहरूका पिताले तिमीलाई पढाइरहनु भएको छ। यो कुरा दिमागमा कति बस्छ? किनकि दिमाग तमोप्रधान छ, फलामको बर्तन, आइरन एजेड। दिमाग आत्मामा हुन्छ। यति दिमागमा बस्छ? यति तागत मिल्छ बुझ्नको लागि, वास्तवमा बेहदका बाबाले हामीलाई पढाइरहनु भएको छ, हामीले बेहद विश्वलाई परिवर्तन गर्छौं। यस समयमा बेहद सृष्टिलाई दोजक (नर्क) भनिन्छ। के यस्तो सम्झन्छौ– गरिबहरू नर्कमा छन्, बाँकी संन्यासी, धनवान, ठुलो पदवाला बहिश्त (स्वर्ग)मा छन् त? बाबा सम्झाउनु हुन्छ– यस समयमा जति पनि मनुष्यहरू छन्, सबै दोजकमा छन्। यी सबै बुझ्नु पर्ने कुरा हुन्, आत्मा कति सानो छ। यति सानो आत्मामा सारा ज्ञान टिक्न सक्दैन कि बिर्सिन्छौ? विश्वका सबै आत्माहरूका पिता तिम्रो सम्मुख बसेर तिमीलाई पढाइरहनु भएको छ। बाबा हाम्रो साथमा यहाँ हुनुहुन्छ, सारा दिन बुद्धिमा यो याद रहन्छ? कति समय रहन्छ? घण्टा, आधा घण्टा कि सारा दिन? यो दिमागमा राख्ने पनि तागत चाहिन्छ। ईश्वर परमपिता परमात्माले तिमीलाई पढाउनु हुन्छ। बाहिर आफ्नो घरमा रहँदा, त्यहाँ बाबा साथमा हुनुहुन्न। यहाँ यथार्थमा तिम्रो साथमा हुनुहुन्छ। जसरी कसैको पति बाहिर छन्, पत्नी यहाँ छिन् भने मेरो साथमा हुनुहुन्छ, यस्तो कहाँ भन्छिन् र! बेहदको बाबा त एउटै हुनुहुन्छ। पिता सबै बच्चाहरूमा त हुँदैनन् नि। पिता अवश्य एक स्थानमा बस्छन्। यो दिमागमा आउनु पर्छ– बेहदको बाबाले हामीलाई नयाँ दुनियाँको मालिक बनाउन लायक बनाउँदै हुनुहुन्छ। दिलमा आफूलाई यति लायक सम्झन्छौ? म सारा विश्वको मालिक बन्न लायक छु? यो त धेरै खुसीको कुरा हो। यो भन्दा धेरै खुसीको खजाना त अरू कसैलाई मिल्दैन। अहिले तिमीलाई यो बन्छौं भन्ने थाहा भएको छ। यी देवताहरू कहाँका मालिक थिए, यो पनि जानेका छौ। भारतवर्षमा नै देवताहरू थिए। यी त सारा विश्वको मालिक बन्नेवाला छन्। यति दिमागमा छ? त्यो चालचलन छ? त्यो बातचित गर्ने ढङ्ग छ, त्यो दिमाग छ? कुनै कुरामा तुरुन्त रिसायो, कसैलाई नोक्सान पुर्यायो, कसैको ग्लानि गरिदियो, यस्तो चालचलन त छैन? सत्ययुगमा यसरी कहिल्यै कसैको ग्लानि कहाँ गर्छन् र! त्यहाँ ग्लानिको फोहोरी ख्याल राख्नेहरू हुँदैनन्। बाबाले बच्चाहरूलाई कति जोडले उठाउनु हुन्छ। तिमीले बाबालाई याद गर्यौ भने पाप काटिँदै जान्छ। तिमीले हात त उठाउँछौ तर तिम्रो यस्तो चालचलन छ? बाबा बसेर पढाउनु हुन्छ, यो कुरा दिमागमा जोडले बस्छ? बाबालाई थाहा छ– धेरैको नसा सोडापानी हुन्छ। सबैलाई यति खुसीको पारा चढ्दैन। बुद्धिमा बस्यो भने पो नसा चढ्छ। विश्वको मालिक बनाउनको लागि बाबाले नै पढाउनु हुन्छ।

यहाँ त सबै छन् पतित, रावण सम्प्रदाय हो। कथा छ नि– रामले बाँदरहरूको सेना लिनु भयो। फेरि यो यो गर्नुभयो। अहिले तिमीलाई थाहा छ– बाबाले रावणमाथि विजयी बनाएर लक्ष्मी-नारायण बनाउनु हुन्छ। यहाँ तिमी बच्चाहरूसँग कसैले सोधे भने तिमीले तुरुन्त भन्छौ– हामीलाई भगवानले पढाउनु हुन्छ। भगवानुवाच, जसरी टिचरले भन्छन्– मैले तिमीलाई वकिल अथवा फलाना बनाउँछु। निश्चयले पढाउँछन्, अनि ती बन्छन्। पढ्नेहरू पनि नम्बरवार हुन्छन् नि। फेरि पद पनि नम्बरवार प्राप्त गर्छन्, यो पनि पढाइ हो। बाबाले लक्ष्य-उद्देश्य सामुन्ने देखाइरहनु भएको छ। तिमीलाई थाहा छ– यस पढाइबाट हामी यो बन्छौं। खुसीको कुरा हो नि। निजामती सेवाको लागि. पढ्नेले पनि सम्झन्छन्– हामीले यो पढेर फेरि यो गर्छौं, घर बनाउने छौं, यस्तो गर्छौं। बुद्धिमा चिन्तन चल्छ। यहाँ फेरि तिमी बच्चाहरूलाई बाबाले बसेर पढाउनु हुन्छ। सबैले पढ्नु छ, पवित्र बन्नु छ। बाबासँग प्रतिज्ञा गर्नु छ– मैले कुनै पनि अपवित्र कर्म गर्नेछैन। बाबा भन्नुहुन्छ– यदि कुनै उल्टो काम गर्यौ भने गरेको कमाइ खतम भएर जान्छ। यो मृत्युलोक पुरानो दुनियाँ हो। हामीले पढ्छौं नयाँ दुनियाँको लागि। यो पुरानो दुनियाँ त खतम भएर जान्छ। परिस्थिति पनि यस्तै छ। बाबाले हामीलाई पढाउनु हुन्छ नै अमरलोकको लागि। सारा दुनियाँको चक्र बाबाले सम्झाउनु हुन्छ। हातमा कुनै पनि पुस्तक छैन, बाबाले मौखिक नै सम्झाउनुहन्छ। पहिलो मुख्य कुरा बाबाले सम्झाउनु हुन्छ– आफूलाई आत्मा निश्चय गर। आत्मा भगवान बाबाको सन्तान हो। परमपिता परमात्मा परमधाममा निवास गर्नुहुन्छ। हामी आत्माहरू पनि त्यहाँ निवास गर्छौं। फेरि त्यहाँबाट नम्बरवार यहाँ आउँदै जान्छौं, पार्ट खेल्नको लागि। यो विशाल बेहदको स्टेज हो। यस स्टेजमा पहिला कलाकारहरू पार्ट खेल्न आउँछन्, नयाँ दुनियाँमा। यो उनीहरूको कार्य हो। तिमीले उनीहरूको महिमा पनि गाउँछौं। के उनीहरूलाई करोडपति भन्छौ? उनीहरूसँग अनगिन्ती अथाह धन हुन्छ। बाबाले त यस्तो भन्नुहुन्न नि– यी व्यक्तिहरू किनकि बाबा त बेहदका हुनुहुन्छ। यो पनि ड्रामा बनेको छ। जसरी शिवबाबाले यिनीहरूलाई यस्तो धनवान बनाउनु भयो, त्यसैगरी भक्तिमार्गमा फेरि उहाँ (शिव) को मन्दिर बनाउँछन्, पूजाको लागि। सबै भन्दा पहिला जसले पूज्य बनाउनु भयो उहाँको पूजा गर्छन्। बाबाले सम्झाउन त नसा चढाउनको लागि सधैं नै सम्झाउनु हुन्छ। तर नम्बरवार पुरुषार्थ अनुसार जसले बुझ्छन्, उनीहरू सेवामा लागिरहन्छन्, त्यसैले ताजा रहन्छन्। नत्र त बासी बन्न पुग्छन्। बच्चाहरूले जानेका छौ– वास्तवमा यिनले यहाँ नै राज्य गर्थे, त्यति बेला अरू कुनै धर्म थिएन। देवता धर्म मात्रै थियो। फेरि पछि गएर अरू अरू धर्म आएका हुन्। अहिले तिमीले जान्दछौ– यो सृष्टिको चक्र कसरी फिर्छ। स्कुलमा लक्ष्य-उद्देश्य त चाहिन्छ नि। सत्ययुग आदिमा यिनले राज्य गर्थे, फेरि ८४ को चक्रमा आयौ। बच्चाहरूले जानेका छौ– यो बेहदको पढाइ हो। जन्मजन्मान्तर त हदको पढाइ पढ्दै आयौ, यसमा धेरै पक्का निश्चय चाहिन्छ। सारा सृष्टिलाई पल्टाउनेवाला, परिवर्तन गर्नेवाला अर्थात् नर्कलाई स्वर्ग बनाउनेवाला बाबाले हामीलाई पढाइरहनु भएको छ। मुक्तिधाममा त सबै जान सक्छन्, यति अवश्य हुन्छ। स्वर्गमा त सबै आउँदैनन्। यो अहिले तिमीलाई थाहा छ– हामीलाई बाबाले यस विषय सागर, वेश्यालयबाट निकाल्नुहुन्छ। अहिले वास्तवमा यो वेश्यालय हो। कहिलेदेखि सुरु हुन्छ, यो पनि तिमीले जानिसकेका छौ। २५०० वर्ष भयो, यो रावण राज्य सुरु भएको। भक्ति सुरु भयो। त्यस समयमा देवी-देवता धर्मका नै हुन्छन्, उनै वाममार्गमा आए। भक्तिको लागि नै मन्दिर बनाउँछन्। सोमनाथको मन्दिर कति विशाल बनाइएको छ। इतिहास त सुनेका छौ। मन्दिरमा के थियो! त्यतिबेला कति धनवान होलान्! केवल एउटा मात्रै मन्दिर त थिएन होला नि। इतिहासमा एकको नाम मात्र राखेका छन्। मन्दिर त धेरैजसो राजाहरूले बनाउँछन्। एक अर्कालाई देखेर पूजा त सबैले गर्छन् नि। धेरै मन्दिर हुन्छन्। केवल एउटा मात्रै त लुटेका होइनन्। अरू पनि मन्दिर आसपास थिए। त्यहाँ गाउँ कुनै टाढा टाढा हुँदैनन्। एक अर्काको नजिकै हुन्छन् किनकि त्यहाँ ट्रेन आदि त हुँदैनन् नि। एक-अर्काको धेरै नजिक हुन्छन्। फेरि बिस्तारै बिस्तारै सृष्टि फैलिँदै जान्छ।

अहिले तिमी बच्चाहरूले पढिरहेका छौ। सबैभन्दा महान् बाबाले तिमीलाई पढाउनु हुन्छ। यो त नसा हुनुपर्यो नि। घरमा कहिल्यै रुनु, पिट्नु हुँदैन। यहाँ तिमीले दैवी गुण धारण गर्नु छ। यस पुरुषोत्तम सङ्गमयुगमा तिमी बच्चाहरूलाई पढाइन्छ। यो हो बीचको समय जब कि तिमी चेन्ज हुन्छौ। पुरानो दुनियाँबाट नयाँ दुनियाँमा जानु छ। अहिले तिमीले पुरुषोत्तम सङ्गमयुगमा पढिरहेका छौ। भगवानले तिमीलाई पढाउनु हुन्छ। सारा दुनियाँलाई पल्टाउनु हुन्छ। पुरानो दुनियाँलाई नयाँ बनाउनु हुन्छ, जुन नयाँ दुनियाँको तिमी फेरि मालिक बन्नु छ। बाबा बाँधिनुभएको छ, तिमीलाई युक्ति बताउनको लागि। फेरि तिमी बच्चाहरूले पनि त्यसलाई व्यवहारमा ल्याउनु छ। यो त जान्दछौ– हामी यहाँका निवासी होइनौं। हाम्रो राजधानी थियो, तिमीले यो कहाँ जानेका थियौ र! अहिले बाबाले सम्झाउनु भएको छ– रावणको राज्यमा तिमी धेरै दु:खी छौ। यसलाई भनिन्छ विकारी दुनियाँ। यी देवताहरू हुन् सम्पूर्ण निर्विकारी। अहिले आफूलाई विकारी भन्छन्। अब यो रावण राज्य कहिलेदेखि सुरु भयो, के भयो अलिकति पनि कसैलाई थाहा छैन। बुद्धि बिल्कुल तमोप्रधान छ। सत्ययुगमा पारसबुद्धि थिए, विश्वको मालिक थिए, अथाह सुखी थिए। त्यसको नाम नै हो सुखधाम। यहाँ त अथाह दु:ख छ। सुखको दुनियाँ र दु:खको दुनियाँ कसरी हुन्छ– यो पनि बाबाले सम्झाउनु हुन्छ। सुख कति समय, दु:ख कति समय चल्छ, मनुष्यले त केही पनि जानेका छैनन्। तिमीहरूमध्ये पनि नम्बरवारले बुझ्छन्। सम्झाउनेवाला त हुनुहुन्छ बेहदका बाबा। श्रीकृष्णलाई बेहदका बाबा कहाँ भनिन्छ र! त्यसो भन्न मनले नै मान्दैन। तर कसैलाई बाबा भन्नु– केही पनि बुझ्दैनन्। भगवानले सम्झाउनु हुन्छ– मेरो ग्लानि गर्छन्, मैले तिमीलाई देवता बनाउँछु, मेरो कति ग्लानि गर्यौ, फेरि देवताहरूको पनि ग्लानि गरिदियौ, मनुष्य यति मूढमति बनेका छौ। भन्ने गर्छन्– भज गोविन्द...। बाबा भन्नुहुन्छ– हे मूढमति, गोविन्द गोविन्द, राम राम भन्दाखेरि हामीले कसलाई भजिरहेका छौं, बुद्धिमा केही आउँछ? पत्थरबुद्धिलाई मूढमति नै भनिन्छ। बाबा भन्नुहुन्छ– अब मैले तिमीलाई विश्वको मालिक बनाउँछु। बाबा सबैका सद्गतिदाता हुनुहुन्छ।

बाबा सम्झाउनु हुन्छ– तिमी आफ्नो परिवार आदिमा कति फसेका छौ! भगवानले जे भन्नुहुन्छ, त्यो त बुद्धिमा ल्याउनु पर्छ। तर आसुरी मतमा बानी परेका छन्, त्यसैले ईश्वरीय मतमा चल्छन् कसरी! गोविन्द को हुन्, के चीज हुन्, त्यो पनि जानेका छैनन्। बाबाले सम्झाउनु हुन्छ– तिमीले भन्छौ, बाबा हजुरले हामीलाई अनेक पटक सम्झाउनु भएको छ। यो पनि ड्रामामा निश्चित छ, बाबा हामीले फेरि हजुरसँग यो वर्सा लिइरहेका छौं। हामी नरबाट नारायण अवश्य बन्छौं। विद्यार्थीलाई पढाइको नसा अवश्य हुन्छ, हामी यो बन्छौं। निश्चय हुन्छ। अब बाबा भन्नुहुन्छ– तिमी सर्वगुण सम्पन्न बन्नु छ। कसैसँग क्रोध आदि गर्नु छैन। देवताहरूमा ५ विकार हुँदैन। श्रीमतमा चल्नुपर्छ। श्रीमतले सबैभन्दा पहिला भन्छ– आफूलाई आत्मा सम्झ। तिमी आत्मा परमधामबाट यहाँ आएका हौ पार्ट खेल्न, यो तिम्रो शरीर विनाशी छ। आत्मा त अविनाशी छ। तिमीले आफूलाई आत्मा सम्झ, म आत्मा परमधामबाट यहाँ आएको हुँ पार्ट खेल्न। अहिले यहाँ दु:खी हुन्छौ, त्यसैले भन्छौ मुक्तिधाममा जाऊँ। तर तिमीलाई पावन कसले बनाउँछ? बोलाउँछन् पनि एकलाई नै, उहाँ बाबा आएर भन्नुहुन्छ– मेरा मीठा प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ, देह नसम्झ। मैले आत्माहरूलाई बसेर सम्झाउँछु। आत्माहरूले बोलाउँछन्– हे पतित-पावन आएर पावन बनाउनुहोस्! भारतवर्षमा नै पावन थिए। अब फेरि बोलाउँछन्– पतितबाट पावन बनाएर सुखधाममा लिएर जानुहोस्। श्रीकृष्णसँग तिम्रो प्रीत त छ। कुमारी, माताहरूले श्रीकृष्णको लागि सबै भन्दा धेरै व्रत, नियम आदि गर्छन्। निर्जल रहन्छन्। श्रीकृष्णपुरी अर्थात् सत्ययुगमा जाऊँ। तर ज्ञान हुँदैन, त्यसैले धेरै हठ आदि गर्छन्। तिमीले पनि यति पुरुषार्थ गर्छौ, कसैलाई सुनाउनको लागि होइन, स्वयं श्रीकृष्णपुरीमा जानको लागि। तिमीलाई कसैले रोक्दैन। तिनीहरूले सरकारको अगाडि भोक हड्ताल आदि गर्छन्, हठ गर्छन्– दु:ख दिनको लागि। तिमी कसैसँग धर्ना गरेर बस्दैनौ। न कसैले तिमीलाई सिकाएको छ।

श्रीकृष्ण त हुन् सत्ययुगका प्रथम राजकुमार। तर यो कसैलाई थाहा हुँदैन। श्रीकृष्णलाई उनीहरूले द्वापरमा लगेका छन्। बाबा सम्झाउनु हुन्छ– मीठा प्यारा बच्चाहरू! भक्ति र ज्ञान दुई अलग अलग चीज हुन्। कसको? ब्रह्माको रात र ब्रह्माको दिन। तर यिनको अर्थ न गुरुले बुझ्छन्, न उनका चेलाले। ज्ञान, भक्ति र वैराग्यको रहस्य बाबाले तिमी बच्चाहरूलाई सम्झाउनु भएको छ। ज्ञान दिन, भक्ति रात र त्यसपछि हुन्छ वैराग्य। उनीहरूले जानेका छैनन्। ज्ञान, भक्ति, वैराग्य शब्द एक्युरेट छन्, तर अर्थ जानेका छैनन्। अहिले तिमी बच्चाहरूले बुझिसकेका छौ, ज्ञान बाबाले दिनुहुन्छ, त्यसपछि दिन हुन्छ। भक्ति सुरु हुन्छ, त्यसपछि रात भनिन्छ किनकि धक्का खानुपर्छ। ब्रह्माको रात नै ब्राह्मणहरूको रात, फेरि हुन्छ दिन। ज्ञानबाट दिन, भक्तिबाट रात। रातमा तिमी वनवासमा बसेका छौ, फेरि दिनमा तिमी कति धनवान बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

आफ्नो दिलसँग सोध्नु छ–

१) बाबासँग जुन यति खुसीको खजाना मिल्छ, त्यो दिमागमा बस्छ? २) बाबा हामीलाई विश्वको मालिक बनाउन आउनु भएको छ, के त्यस्तो चालचलन छ? बातचित गर्ने ढङ्ग त्यस्तो छ? कहिल्यै कसैको ग्लानि त गर्दिनँ? ३) बाबासँग प्रतिज्ञा गरिसकेपछि कुनै अपवित्र कर्म त हुँदैन?

वरदान:– साक्षी स्थितिमा स्थित भएर परिस्थितिहरूको खेललाई हेर्ने सन्तोषी आत्मा भव
जस्तोसुकै विचलित गर्ने परिस्थिति भए तापनि साक्षी स्थितिमा स्थित भयौ भने अनुभव गर्नेछौ– मानौं यो कठपुतलीको खेल हो। वास्तविक होइन। आफ्नो सानमा रहेर खेललाई हेर। सङ्गमयुगको श्रेष्ठ सान हो सन्तुष्टमणि बन्नु वा सन्तोषी भएर रहनु। यस सानमा रहने आत्मा परेसान हुन सक्दैन। सङ्गमयुगमा बापदादाको विशेष देन सन्तुष्टता हो।
स्लोगन:– यस्तो प्रसन्न बन जसले गर्दा मनको खुसी अनुहारबाट स्पष्ट देखियोस्।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।