नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2024 अक्टोबर 26

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2024 अक्टोबर 26 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

26-10-2024
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– सर्वशक्तिमान् बाबा आउनु भएको छ तिमीलाई शक्ति दिन , जति यादमा रहन्छौ , त्यति शक्ति मिलिरहन्छ।”
प्रश्न:– यस ड्रामामा सबैभन्दा राम्रो पार्ट तिमी बच्चाहरूको छ, कसरी?
उत्तर:– तिमी बच्चाहरू नै बेहदका बाबाका बन्छौ। भगवान शिक्षक बनेर तिमीहरूलाई नै पढाउनु हुन्छ, त्यसैले भाग्यशाली भयौ नि। विश्वको मालिक तिम्रो अतिथि बनेर आउनु भएको छ, उहाँले तिम्रो सहयोगद्वारा विश्वको कल्याण गर्नुहुन्छ। तिमी बच्चाहरूले बोलायौ, अनि बाबा आउनु भयो, यही हो दुई हातको ताली। अहिले बाबाबाट तिमी बच्चाहरूलाई सारा विश्वमाथि राज्य गर्ने शक्ति मिल्छ।

ओम् शान्ति। मीठा-प्यारा रूहानी बच्चाहरू रूहानी बाबाको सम्मुख बसेका छौ। शिक्षकको सामुन्ने पनि बसेका छौ अनि यो पनि जानेका छौ– यहाँ बाबा गुरुको रूपमा आउनु भएको छ, हामी बच्चाहरूलाई लिएर जान। बाबा पनि भन्नुहुन्छ– हे रूहानी बच्चाहरू! म आएको छु, तिमीहरूलाई यहाँबाट लिएर जान। यो दुनियाँ पुरानो भएको छ। यो पनि जानेका छौ– यो दुनियाँ फोहोरी छ। तिमी बच्चाहरू पनि फोहोरी बनेका छौ। आफूलाई आफैले भन्ने गर्छौ– हे पतित-पावन बाबा आएर हामी पतितहरूलाई यस दु:खधामबाट शान्तिधाममा लिएर जानुहोस्। अहिले तिमी यहाँ बसिरहेका बेला यो दिलमा आउनु पर्छ। बाबा पनि भन्नुहुन्छ– म तिमीले बोलाएको हुनाले, तिम्रो निमन्त्रणमा आएको हुँ। बाबा याद दिलाउनु हुन्छ, वास्तवमा तिमीले आउनुहोस् भनेर बोलाउँथ्यो नि। अहिले तिमीलाई स्मृति आएको छ, हामीले बोलाएका हौं। ड्रामा अनुसार कल्प पहिला जसरी अहिले बाबा आउनु भएको छ। उनीहरूले योजना बनाउँछन् नि। यो पनि शिवबाबाको योजना हो। यस समयमा सबैका आ-आफ्ना योजना छन् नि। ५ वर्षको योजना बनाउँछन्, त्यसमा यो यो गर्छौं, कुरा हेर कसरी आएर मिल्छ। पहिला यो योजना आदि बनाउँदैनथे। अहिले योजना बनाइरहन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो बाबाको योजना यो हो। ड्रामा योजना अनुसार ५ हजार वर्ष पहिला मैले यो योजना बनाएको थिएँ। तिमी प्यारा बच्चाहरू जो यहाँ धेरै दु:खी भएका छौ, वेश्यालयमा पुगेका छौ, अब म आएको छु, तिमीलाई शिवालयमा लिएर जान। त्यो शान्तिधाम हो निराकारी शिवालय र सुखधाम हो साकारी शिवालय। यस समयमा बाबाले तिमी बच्चाहरूलाई रिफ्रेस बनाइरहनु भएको छ। तिमी बाबाको सम्मुख बसेका छौ नि। बुद्धिमा निश्चय त छ, बाबा आउनु भएको छ। बाबा शब्द धेरै मीठो छ। यो पनि जानेका छौ– हामी आत्माहरू उहाँ बाबाका सन्तान हौं, फेरि पार्ट खेल्नको लागि यहाँ बाबाका बन्छौं। कति समय तिमीलाई लौकिक पिताहरू मिल्नुभयो? सत्ययुगदेखि लिएर सुख र दु:खको पार्ट खेल्यौ। अहिले तिमीलाई थाहा छ– हाम्रो दु:खको पार्ट पूरा भयो, सुखको पार्ट पनि पूरा २१ जन्म खेल्यौं। फेरि आधाकल्प दु:खको पार्ट खेल्यौं। बाबाले तिमीलाई स्मृति दिलाउनु भएको छ, बाबा सोध्नुहुन्छ, वास्तवमा यस्तै हो नि। अब फेरि तिमीले आधाकल्प सुखको पार्ट खेल्नु छ। यस ज्ञानबाट तिम्रो आत्मा भरपुर हुन्छ र खाली हुन्छ। फेरि बाबाले भरपुर बनाउनुहुन्छ, तिम्रो गलामा विजय माला छ। गलामा ज्ञानको माला पनि छ। वास्तवमा हामीले चक्कर लगाइरहन्छौं। सत्ययुग, त्रेता, द्वापर, कलियुग फेरि आउँछौं यस स्वीट सङ्गमयुगमा। यसलाई स्वीट भनिन्छ। शान्तिधाम कुनै स्वीट होइन। सबैभन्दा स्वीट हो पुरुषोत्तम कल्याणकारी सङ्गमयुग। ड्रामामा तिम्रो पनि सबैभन्दा राम्रो पार्ट छ। तिमी कति लक्की छौ। तिमीहरू बेहदका बाबाका बन्छौ। उहाँ आएर तिमी बच्चाहरूलाई पढाउनु हुन्छ। कति उच्च, कति सहज पढाइ छ। तिमी कति धनवान बन्छौ, यसमा कुनै मेहनत गर्नु पर्दैन। डाक्टर, इन्जिनियर आदिले कति मेहनत गर्छन्, तिमीलाई त वर्सा मिल्छ, बाबाको कमाइमा बच्चाहरूको हक हुन्छ नि। तिमीले यो पढाइ पढेर २१ जन्मको लागि सच्चा कमाइ गर्छौ। त्यहाँ तिमीलाई कुनै घाटा पर्दैन, जसले गर्दा बाबाको याद गर्नु पर्छ। यसलाई नै अजपाजाप भनिन्छ।

तिमीलाई थाहा छ– बाबा आउनु भएको छ। बाबा पनि भन्नुहुन्छ– म आएको छु, दुवै हातको ताली बज्छ नि। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने जन्मजन्मान्तरको पाप भस्म हुन्छ। ५ विकाररूपी रावणले तिमीलाई पापात्मा बनाएको छ फेरि पुण्य आत्मा पनि बन्नु छ, यो बुद्धिमा आउनु पर्छ। हामी बाबाको यादबाट पवित्र बनेर फेरि बाबाको साथमा घर जान्छौं। फेरि यस पढाइद्वारा हामीलाई शक्ति मिल्छ। देवी-देवता धर्मको लागि भनिन्छ– धर्म शक्ति हो। बाबा त हुनुहुन्छ सर्वशक्तिमान। त्यसैले बाबाबाट हामीलाई विश्वमा शान्ति स्थापना गर्ने तागत मिल्छ। त्यो बादसाही हामीबाट कसैले छिन्न सक्दैन। यति धेरै तागत मिल्छ। राजाहरूको हातमा हेर कति धेरै शक्ति आउँछ। उनीहरूदेखि कति डराउँछन्। एउटा राजाका कति प्रजा, सेना आदि हुन्छन् तर त्यो हो अल्पकालको शक्ति। यो फेरि हो २१ जन्मको शक्ति। अहिले तिमीलाई थाहा छ– हामीलाई सर्वशक्तिमान् बाबाबाट विश्वमा राज्य गर्ने शक्ति मिल्छ। प्रेम त हुन्छ नि। देवताहरू अहिले यहाँ प्राक्टिकलमा छैनन् र पनि कति प्रेम हुन्छ। जब सम्मुख हुन्छन् तब प्रजाको कति प्रेम होला। यादको यात्राद्वारा यो सबै शक्ति तिमीले लिइरहेका छौ। यी कुरा नभुल। याद गर्दा गर्दै तिमी धेरै शक्तिशाली बन्छौ। सर्वशक्तिमान् अरू कसैलाई भनिदैन। शक्ति सबैलाई मिल्छ, अहिले कसैमा शक्ति छैन, सबै तमोप्रधान छन्। फेरि सबै आत्माहरूलाई एकबाट नै शक्ति मिल्छ। फेरि आफ्नो राजधानीमा आएर आ-आफ्नो पार्ट खेल्छन्। आफ्नो हिसाबकिताब चुक्ता गरेर फेरि यसरी नै नम्बरवार शक्तिमान् बन्छन्। पहिलो नम्बरमा, यी देवताहरूमा शक्ति छ। यी लक्ष्मी-नारायण वास्तवमा सारा विश्वको मालिक थिए नि। तिम्रो बुद्धिमा सारा सृष्टि चक्रको ज्ञान छ। जसरी तिम्रो आत्मामा यो ज्ञान छ, त्यसैगरी बाबाको आत्मामा पनि सारा ज्ञान छ। अहिले तिमीलाई ज्ञान दिइरहनु भएको छ। ड्रामामा पार्ट भरिएको छ जुन दोहोरिइरहन्छ। फेरि त्यो पार्ट ५ हजार वर्षपछि दोहोरिन्छ, यो पनि तिमी बच्चाहरूलाई थाहा छ। जब तिमीले सत्ययुगमा राज्य गर्छौ त्यतिबेला बाबा रिटायर लाइफमा रहनुहुन्छ फेरि कहिले स्टेजमा आउनु हुन्छ? जब तिमी दु:खी हुन्छौ। तिमीलाई थाहा छ– उहाँभित्र सारा रेकर्ड भरिएको छ। आत्मा कति सानो छ, त्यसमा कति समझ हुन्छ। बाबा आएर कति समझ दिनुहुन्छ। फेरि त्यहाँ सत्ययुगमा यो सबै भुल्छौ। सत्ययुगमा तिमीलाई यो ज्ञान हुँदैन। त्यहाँ तिमीले सुख भोगिरहन्छौ। यो पनि अहिले तिमीले बुझ्छौ, सत्ययुगमा हम सो देवता बनेर सुख भोग्छौं। अहिले हम सो ब्राह्मण हौं। फेरि सो देवता बनिरहेका छौं। यो ज्ञान बुद्धिमा राम्ररी धारण गर्नु छ। कसैलाई सम्झाउँदा खुसी हुन्छ नि। मानौं तिमीले प्राण दान दिन्छौ। भन्छन् नि– काल आएर सबैलाई लिएर जान्छ। काल आदि कोही छैन। यो त बनिबनाऊ ड्रामा हो। आत्माले भन्छ– मैले एउटा शरीर छोडेर जान्छु फेरि अर्को लिन्छु। मलाई कुनै कालले खाँदैन। आत्मालाई महसुस हुन्छ। आत्मा गर्भमा हुँदा साक्षात्कार गरेर दु:ख भोग्छ। भित्र सजाय भोग्छ, त्यसैले त्यसलाई गर्भ जेल भनिन्छ। यो ड्रामा कति आश्चर्यजनक बनेको छ। गर्भ जेलमा सजाय खाँदा आफ्नो साक्षात्कार गरिरहन्छन्। सजाय किन मिल्यो? साक्षात्कार त गराउनु हुन्छ नि– यो यो बेकाइदा काम गरेका छौ, यसलाई दु:ख दिएका छौ। त्यहाँ सबै साक्षात्कार हुन्छ फेरि पनि बाहिर आएर पाप आत्मा बन्छन्। सबै पाप भस्म कसरी हुन्छ? त्यो त बच्चाहरूलाई सम्झाइएको छ– यस यादको यात्राबाट तथा स्वदर्शन चक्र फिराउनाले तिम्रो पाप काटिन्छ। बाबा भन्नुहुन्छ पनि– मीठा प्यारा स्वदर्शन चक्रधारी बच्चाहरू! तिमीले यो ८४ को स्वदर्शन चक्र फिरायौ भने तिम्रो जन्मजन्मान्तरको पाप काटिन्छ। चक्रलाई पनि याद गर्नु छ, जसले यो ज्ञान दिनुभयो, उहाँलाई पनि याद गर्नु छ। बाबाले हामीलाई स्वदर्शन चक्रधारी बनाइरहनु भएको छ। बनाउनु त हुन्छ तर फेरि दिनदिनै नयाँ आउँछन् त्यसैले उनीहरूलाई रिफ्रेस बनाउनु पर्ने हुन्छ। तिमीलाई सारा ज्ञान मिलेको छ, अहिले तिमीलाई थाहा छ– हामी यहाँ आएका छौं पार्ट खेल्न। ८४ को चक्कर लगायौं अब फेरि फर्केर जानु छ। यसरी चक्र फिराइरहन्छौ? बाबालाई थाहा छ– बच्चाहरूले धेरै भुल्छन्। चक्र फिराउनमा कुनै कष्ट छैन, फुर्सद त धेरै मिल्छ। अन्त्यमा तिम्रो यो स्वदर्शन चक्रधारीको अवस्था हुन्छ। तिमी यस्तो बन्नु छ। संन्यासीहरूले त यो शिक्षा दिन सक्दैनन्। स्वदर्शन चक्रलाई गुरुहरू आफैले पनि जानेका छैनन्। उनीहरूले त केवल भन्छन्– जाऔं गङ्गाजी। कति स्नान गर्छन्! धेरै स्नान गर्नाले गुरुहरूको आम्दानी हुन्छ। घरी घरी यात्रामा जान्छन्। अब त्यो यात्रा र यो यात्रामा हेर कति फरक छ। यो यात्राले ती सबै यात्रालाई छुटाइदिन्छ। यो यात्रा कति सहज छ। चक्र पनि फिराऊ। गीत पनि छ नि– चारों तरफ लगाये फेरे फिर भी हरदम दूर रहे। बेहदको बाबाबाट टाढा रह्यौ। तिमीलाई यो महसुस हुन्छ। उनीहरूले यो अर्थलाई जानेका छैनन्। अहिले तिमीलाई थाहा छ– धेरै फेरा (चक्कर) लगाइरह्यौं। अहिले तिमी यी फेराहरूबाट छुट्यौ। फेरा लगाउँदा कोही पनि नजिक आएनौ, अझै टाढा हुँदै गयौ।

अहिले ड्रामा योजना अनुसार बाबा नै आउनु पर्छ, सबैलाई साथ लिएर जान। बाबा भन्नुहुन्छ– तिमी मेरो मतमा चल्नु नै छ, पवित्र बन्नु छ। यस दुनियाँलाई देखेर पनि देख्नु छैन। नयाँ भवन बनेर तयार नभएसम्म पुरानोमा रहनु पर्छ। वर्सा दिन बाबा सङ्गममा नै आउनु हुन्छ। बेहदका बाबाको यो बेहदको वर्सा हो। बच्चाहरूले जानेका छौ, बाबाको वर्सा हाम्रो हो। त्यसै खुसीमा रहन्छन्। आफ्नो कमाइ पनि गर्छन् र बाबाको वर्सा पनि मिल्छ। तिमीलाई त वर्सा नै मिल्छ। त्यहाँ तिमीलाई थाहा हुँदैन– कसरी हामीलाई स्वर्गको वर्सा मिल्यो। त्यहाँ तिम्रो जीवन धेरै सुखी हुन्छ किनकि तिमीले बाबाको याद गरेर शक्ति लिन्छौ। पाप काट्ने पतित-पावन एउटै बाबा हुनुहुन्छ। बाबालाई याद गर्नाले र स्वदर्शन चक्र फिराउनाले नै तिम्रो पाप काटिन्छ। यो राम्ररी नोट गर। यति नै सम्झाउनु छ। पछि गएर तिमीले धेरै बोल्नु पर्दैन। एउटा इसारा नै पर्याप्त छ। बेहदका बाबालाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। तिमी नरबाट नारायण, नारीबाट लक्ष्मी बन्न आउँछौ। यो त याद छ नि। अरू कसैको पनि बुद्धिमा यो कुरा आउँदैन। यहाँ तिमी आउँछौ, बुद्धिमा छ– हामी जान्छौं बापदादाको पासमा। उहाँबाट नयाँ दुनियाँ स्वर्गको वर्सा लिन।

बाबा भन्नुहुन्छ– स्वदर्शन चक्रधारी बन्नाले तिम्रो विकर्म विनाश हुन्छ। अब जसले तिम्रो जीवन हीराजस्तो बनाउनु हुन्छ उहाँलाई हेर। यो पनि तिमीलाई थाहा छ– यिनमा हेर्ने कुनै कुरा छैन। यो तिमीले दिव्य दृष्टिद्वारा जानेका छौ। आत्माले नै पढ्छ यस शरीरद्वारा, यो ज्ञान अहिले मिलेको छ। हामीले जुन कर्म गर्छौं, त्यो कर्म आत्माले नै शरीर लिएर गर्छ। बाबाले पनि पढाउनु पर्छ, उहाँको नाम त सदैव शिव नै छ। शरीरको नाम परिवर्तन हुन्छ। यो शरीर त मेरो होइन। यो यिनको सम्पत्ति हो। शरीर आत्माको सम्पत्ति हो, जसद्वारा पार्ट खेल्नु छ। यो सहजै बुझ्नुपर्ने कुरा हो। आत्मा त सबैमा छ, सबैका शरीरका नाम अलग अलग हुन्छन्। उहाँ फेरि हुनुहुन्छ परम आत्मा, सुप्रिम आत्मा। उच्च भन्दा उच्च हुनुहुन्छ। अहिले तिमीलाई थाहा छ– भगवान त एक हुनुहुन्छ रचयिता। बाँकी सबै हुन् रचना, पार्ट खेल्ने। यो पनि जानेका छौ– कसरी आत्माहरू आउँछन्, पहिला सुरुमा आदि सनातन देवी-देवता धर्मका आत्माहरू थोरै हुन्छन्। फेरि अन्त्यमा लायक बन्छन् पहिला आउनको लागि। यो सृष्टि चक्र माला जस्तै हो जुन घुमिरहन्छ। मालालाई तिमीले घुमाउँदा सबै दानाहरूको चक्र घुम्छ नि। सत्ययुगमा भक्ति अलिकति पनि हुँदैन। बाबाले सम्झाउनु भएको छ– हे आत्माहरू! म एकलाई याद गर। तिमी घर अवश्य फर्किनु छ, विनाश सामुन्ने खडा छ। यादद्वारा नै पाप काटिन्छ र फेरि सजाय खानबाट पनि छुट्छौ। पद पनि राम्रो पाउने छौ। नत्र धेरै सजाय खानु पर्नेछ। म तिमी बच्चाहरूको साथमा कति राम्रो अतिथि हुँ। मैले सारा विश्वलाई परिवर्तन गर्छु, पुरानो विश्वलाई नयाँ बनाइदिन्छु। तिमीले पनि जानेका छौ– बाबाले कल्प कल्प आएर विश्वलाई परिवर्तन गरेर पुरानो विश्वलाई नयाँ बनाइदिनुहुन्छ। यो विश्व नयाँबाट पुरानो, पुरानोबाट नयाँ बन्छ नि। तिमीले यस समय चक्रलाई फिराइरहन्छौ। बाबाको बुद्धिमा ज्ञान छ, वर्णन गर्नुहुन्छ– तिम्रो बुद्धिमा पनि छ, चक्र कसरी घुम्छ। तिमीलाई थाहा छ– बाबा आउनु भएको छ– उहाँको श्रीमतमा हामी पावन बन्छौं। यादद्वारा नै पावन बन्छौं फेरि उच्च पद पाउने छौं। पुरुषार्थ पनि अवश्य गराउनु छ। पुरुषार्थ गराउनको लागि कति चित्र आदि बनाउनु हुन्छ। जो आउँछन् उनीहरूलाई तिमीले ८४ को चक्रमा सम्झाउँछौ। बाबालाई याद गर्नाले तिमी पतितबाट पावन बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) ज्ञानलाई बुद्धिमा राम्रोसँग धारण गरेर अनेक आत्माहरूलाई प्राण दान दिनु छ, स्वदर्शन चक्रधारी बन्नु छ।

२) यस स्वीट सङ्गममा आफ्नो कमाइको साथसाथै बाबाको श्रीमतमा चलेर पूरा वर्सा लिनु छ। आफ्नो जीवन सदा सुखी बनाउनु छ।

वरदान:– सर्व वरदानहरूलाई समयमा कार्यमा लगाएर फलीभूत बनाउने फलस्वरूप भव
बापदादाद्वारा समय प्रति समय जति पनि वरदान मिलेका छन् त्यसलाई समयमा कार्यमा लगाऊ। आज धेरै राम्रो वरदान मिल्यो भने केवल वरदान सुनेर खुसी नहोऊ। वरदानलाई कार्यमा लगाएमा वरदान कायम रहन्छ। वरदान त अविनाशी बाबाको हो, त्यसलाई फलीभूत गर्नु छ। त्यसको लागि वरदानलाई बारम्बार स्मृतिको पानी देऊ, वरदानको स्वरूपमा स्थित हुने घाम देऊ तब वरदानको फल स्वरूप बन्छौ।
स्लोगन:– विशेषताहरू प्रभु प्रसाद हुन्, यिनलाई सेवामा लगाऊ, बाँड र बढाऊ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।