नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2024 अक्टोबर 27

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2024 अक्टोबर 27 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

27-10-2024
ओम् शान्ति
“अव्यक्त बापदादा”
रिभाइज
08/10/2002

“आत्मिक प्यारको मूर्ति बनेर शिक्षा र सहयोग सँगसँगै देऊ”

(विशेष मधुबन निवासी भाई-बहिनीहरूसँग भेटघाट)

आज प्यारका सागर बापदादा आफ्ना मास्टर ज्ञान सागर बच्चाहरूसँग मिलन मनाइरहनुभएको छ। यो परमात्म प्यार बच्चाहरूको पालनाको आधार हो। जसरी परमात्म प्यार ब्राह्मण जीवनको आधार हो, त्यसैगरी ब्राह्मण सङ्गठनको आधार आत्मिक प्यार हो। जुन आत्मिक प्यार तिमी बच्चाहरूले मात्र अनुभव गर्न सक्छौ। आजको विश्वका आत्माहरू यो सच्चा, नि:स्वार्थ आत्मिक-परमात्म प्यारको प्यासी छन्। यस्तो सच्चा प्यार तिमी ब्राह्मण आत्माहरू बाहेक अरु कसैलाई प्राप्त हुन सक्दैन। आफूलाई हर समय परमात्म प्यार वा आत्मिक प्यारमा समाहित भएको प्यासी आत्माहरूको प्यास पूर्ण गर्नेवाला अनुभव गर्छौ? सदा प्यारको दाता र देवता रूपमा रहन्छौ? हिँड्दा डुल्दा आत्मिक प्यारको वृत्ति, दृष्टि, बोली, सम्बन्ध-सम्पर्क अर्थात् कर्म अनुभव गर्छौ? अरू जस्तोसुकै आत्मा होस् तर तिमी ब्राह्मणहरूको नेचुरल वृत्ति, ब्राह्मण नेचर बनिसकेको छ? बनाउनुपर्ने छ कि बनिसकेको छ? फलो फादर, फलो मदर। आफ्नो ब्राह्मण जन्मको आदि समयलाई याद गर। भिन्न भिन्न नेचर भएका बाबाका बने। प्यारको सागर बाबाले एउटै प्यारको सागरको स्वरूपको अनादि नेचरबाट आफ्नो बनाउनुभयो नि? यदि तिमीहरू सबैको भिन्न भिन्न नेचर देख्नुभएको भए के आफ्नो बनाउन सक्नुहुन्थ्यो? त्यसैले आफैसँग सोध, मेरो नेचुरल नेचर के हो? कसैको पनि कमजोर नेचर होस्, वास्तवमा ब्राह्मण जीवनको नेचुरल नेचर मास्टर प्रेमको सागर हो। जब दुनियाँले पनि भन्छन्– प्यारले पत्थरलाई पनि पानी बनाउँछ, त्यसैले आत्मिक प्यार, परमात्म प्यार लिएर दिनेहरू भिन्न भिन्न नेचरलाई परिवर्तन गर्न सक्दैनौ? गर्न सक्छौ कि सक्दैनौ? पछाडि बसेकाले भन? जसले गर्न सकिन्छ ठान्दछौ उनीहरूले एक हात उठाऊ। पुरै हात उठाऊ, अलिकति मात्र होइन। (सबैले हात उठाए) अच्छा बधाई छ! हेर परिस्थितिहरू आउँछन्। सरकमस्टान्स त आउने नै छन्। यी त ब्राह्मण जीवनको मार्गका साइडसीनहरू हुन्। र, साइडसीन कहिल्यै एउटै हुँदैनन्। केही सुन्दर पनि हुन्छन्, केही फोहोरी पनि हुन्छन्। तर पार गर्ने यात्रीको काम हो, न कि साइडसीन परिवर्तन गर्ने कुरा हुन्। त्यसैले बापदादाले के चाहनुहुन्छ! सबै जान्नमा त होसियार भइसकेका छौ हैन?

आज मधुबन निवासीहरूलाई विशेष चान्स मिलेको छ। गोल्डन चान्स हो नि? अच्छा। यो गोल्डन चान्सको रिटर्न के हो? बडो उमङ्ग-उत्साहले चान्स लिएका छौ। त्यसो त तल बस्नेहरू पनि मधुबन निवासी नै हुन् (मधुबन निवासी भाइ बहिनीहरू बाहेक अरु सबै पाण्डव भवनमा मुरली सुन्दैछन्) तर आज केवल ग्रुप ग्रुपलाई भेट्ने चान्स छ। यति धेरै जम्मा हुँदा त धेरै टाढा टाढासम्म पुग्छन् त्यसैले सानो सानो ग्रुप बनाएर भाग लगाइएको छ। बाँकी सबै मधुबन निवासी नै हुन्। सेन्टरमा बस्नेहरूको पनि स्थायी ठेगाना मधुबन नै हो नि, त्यसैले ब्राह्मण अर्थात् स्थायी ठेगाना मधुबन। घर मधुबन हो, बाँकी सेवा स्थानहरू हुन्। त्यसैले तल बस्नेहरूले यस्तो नसोच्नु आज हामीलाई मधुबन निवासीहरूबाट निकालियो। होइन, तिमीहरू सबै मधुबन निवासी हौ। केवल बापदादा तिमीहरूलाई अगाडि देख्न चाहनुहुन्छ। त्यसैले सानो ग्रुपमा देख्न सक्नुहुन्छ। अहिले हेर, पछाडिबाट हेर्नेहरू यति स्पष्ट देखिँदैनन्, यी नजिकै बसेर हेर्नेहरू स्पष्ट देखिन्छन्। तर पछाडि बस्नेहरू दिलबाट टाढा छैनन्। तल बस्नेहरू पनि दिलबाट टाढा छैनन्। त्यसैले बापदादा यही चाहनुहुन्छ– वर्तमान समय अनुसार लभ र लको ब्यालेन्स राख्नुपर्छ, तर ल र लभको ब्यालेन्स मिलेर ल (कानुन) नलागोस्। लमा पनि लभ महसुस होस्। जसरी साकार स्वरूपमा बाबालाई देख्यौ। लको साथ लभ यति दिनुभयो, जसकारण हरेकको मुखबाट यही निस्किन्छ– बाबाको मसँग प्यार छ। बाबा मेरो हुनुहुन्छ। ल अवश्य लगाऊ तर लको साथै लभ पनि देऊ। केवल ल होइन। केवल लबाट कति ठाउँमा आत्माहरू कमजोर हुने भएकाले दिलशिकस्त (निरास) हुन्छन्। जब स्वयं आत्मिक प्यारको मूर्ति बन्नेछौ, तब अरुको प्यारको, (आत्मिक प्यार, अरु प्यार होइन) आत्मिक प्यार अर्थात् हरेक समस्यालाई हल गर्नमा सहयोगी बन्नु। केवल शिक्षा दिनु छैन, शिक्षा र सहयोग साथसाथै दिनु– यो हो आत्मिक प्यारको मूर्ति बन्नु। त्यसैले आज विशेष बापदादा हरेक ब्राह्मण आत्मा, चाहे देश, चाहे विदेश चारैतिरका सर्व बच्चाहरूलाई यही विशेष अण्डरलाइन गराउनुहुन्छ– आत्मिक प्यारको मूर्ति बन। र, आत्माहरूको आत्मिक प्यारको प्यास बुझाउने दाता-देवता बन्नु। ठीक छ हैन? अच्छा।

(त्यसपछि बापदादाले मधुबनवालाहरूसँग चिटच्याट गर्नुभयो र सबैलाई नजरले निहाल गर्दै दृष्टि दिनुभयो)

हस्पिटल , आबू निवासी तथा पार्टिहरूसँग अव्यक्त बापदादाको भेटघाट:–

सबैले आफूलाई भाग्यमानी सम्झन्छौ? सारा विश्वमा सबैभन्दा ठुलो भाग्य कसको छ? हरेकले के सम्झन्छौ– सबैभन्दा ठुलो भाग्य मेरो हो! हरेकले यस्तो सम्झन्छौ? भाग्यमानी छौ भने खुसी रहन्छौ? सदा खुसी रहन्छौ? कहिलेकाहीँ त हुँदैनौ नि! बापदादाले भाग्यको तारा चम्काइदिनुभयो भने चम्किरहेको तारालाई हेरेर खुसी हुन्छौ? दिलमा सदा खुसीको बाजा बजिरहन्छ। बज्छ? दिलले कुन गीत गाउँछ? “वाह मेरो श्रेष्ठ भाग्य!”– यो गीत गाउँछौ? सारा कल्प तिमीहरूको भाग्यको गायन भइरहन्छ। आधाकल्प भाग्यको प्रारब्ध भोग्छौ र आधाकल्प अनेक आत्माहरूले तिम्रो भाग्यको गायन गरिहन्छन्। सबैभन्दा विशेष कुरा हो– बाबालाई सारा विश्वबाट को मन पर्यो? तिमी मन पर्यौ नि! कति आत्माहरू छन् तर तिमी नै मन पर्यौ। जसलाई भगवानले मन पराउनुभयो, त्यो भन्दा बढी के हुन सक्छ! त्यसैले सदा बाबाको साथै आफ्नो भाग्य पनि याद राख्नु। भगवान र भाग्य। सारा कल्पमा यस्तो कुनै आत्मा होला, जसलाई दिनहुँ याद प्यार मिलेको छ, प्रभु प्यार मिलेको छ। दिनहुँ याद प्यार मिल्छ नि। सबैभन्दा धेरै प्रिय को छ? तिमी नै प्रिय हौ नि। त्यसैले सदा आफ्नो भाग्यलाई याद गरेमा व्यर्थ कुराहरू भाग्नेछन्। भगाउनु पर्दैन, सहजै भाग्नेछन्। अहिले वर्तमान समय अनुसार सङ्गमयुगको समयको महत्त्व बुझेर हरेक सेकेन्ड आफ्नो प्रारब्ध श्रेष्ठ बनाइरहनु छ। एक सेकेन्ड पनि व्यर्थ नजाओस् किनकि एक एक सेकेन्डको धेरै ठुलो महत्त्व छ। सेकेन्ड जाँदैन तर धेरै समय जान्छ र यो समय फेरि मिल्दैन। समयको राम्रोसँग परिचय छ नि। स्मृतिमा रहन्छ? हेर्नु, आज तिमीहरू सबैलाई विशेष समय मिलेको छ नि। यदि सबै जम्मा भएर आएको भए देखिँदैनथ्यो। अहिले देखिरहनुभएको छ को को छन्। सबै विशेष आत्माहरू हौ। केवल आफ्नो विशेषतालाई जान्नु र विशेषतालाई काममा लगाउनु। ड्रामा अनुसार हरेक ब्राह्मण आत्मालाई कुनै न कुनै विशेषता प्राप्त छ। त्यस्तो कुनै पनि छैन जसमा कुनै विशेषता छैन। त्यसैले आफ्नो विशेषतालाई सदा स्मृतिमा राख्नु र त्यसलाई सेवामा लगाउनु। हरेकको विशेषता धेरै तीव्र उड्ती कलाको विधि बन्नेछ। सेवामा लगाउनु, अभिमानमा नआउनु किनकि सङ्गममा ड्रामा अनुसार हरेक विशेषता परमात्म देन हो। परमात्म देनमा अभिमान आउँदैन। जसरी प्रसाद हुन्छ नि त्यसलाई कसैले आफ्नो भन्दैन– मेरो प्रसाद हो, त्यो त प्रभु प्रसाद हो। यी विशेषताहरू पनि प्रभु प्रसाद हुन्। प्रसाद केवल आफूले मात्र प्रयोग गरिँदैन, बाँडिन्छ। बाँड्छौ, महादानी हौ, वरदानी पनि हौ। पाण्डव पनि वरदानी, महादानी हौ, शक्तिहरू पनि महादानी हौ? एक दुई घण्टाको महादानी होइन, खुला भण्डार, त्यसैले बाबालाई भोला भण्डारी भनिन्छ, खुला भण्डार छ नि। आत्माहरूलाई अञ्जली दिइरहनु, कति ठुलो लाइन छ भिखारीहरूको। र, तिमीहरूको हातमा कति भरपुर भण्डार छ? अखुट भण्डार छ, घट्नेवाला छ र? बाँड्नमा इकोनोमी त गर्दैनौ? यसमा खुला दिलले बाँड्नु। व्यर्थ गुमाउनमा इकोनोमी गर्नु तर बाँड्नमा खुला दिलले बाँड्नु। सबै खुसी छौ? कहिलेकाहीँ मात्र अलिअलि खुसी हुन्छ। कहिले मुड अफ, कहिले मुड धेरै खुसी, यस्तो त हुँदैन नि। फलो फादर, बापदादाले मुड अफ गर्नुहुन्छ र? त्यसैले फलो फादर छ नि। बापदादासँग विशेष ब्राह्मण बच्चाहरूको लागि टि.भी. छ, त्यसमा सबैको भिन्न भिन्न मुड आउँछ। हेर्नमा कति मजा आउँछ होला! सदा महादानी बन्नेहरूको मुड परिवर्तन हुँदैन। दाता हौ नि, दिँदै जाऊ। देवता बन्नेवाला मतलब दिनेवाला। लेवता होइन देवता। कति पटक देवता बनेका छौ, अनेक पटक बनेका छौ नि। त्यसैले देवता अर्थात् दिने संस्कारवाला। कसैले जेसुकै देओस् तर तिमीले सुखको अञ्जुली, शान्तिको अञ्जुली प्रेमको अञ्जुली दिनु। मानिसहरूसँग त दु:ख अशान्ति छ, त्यसैले के दिनेछन् त्यही नै दिन्छन् नि। तिमीसँग के छ– सुख-शान्ति। सबै ठीक छ नि? अच्छा! मिलन मनाइयो, यस्तो त सम्झिँदैनौ– हामी त पछाडि आएका हौँ। विशेष आएका हौ। नजिक त मधुबनमा बसेका छौ। मधुबनको घेराऊ त राम्रो गरिएको छ। हस्पिटलवालाले पनि सेवा राम्रो गरिरहेका छन्। शान्तिवनका पनि धेरै छन्। पार्टिका सिकिलधे छन्। थोरै छन् त्यसैले सिकिलधे छन्। फरेनरहरू बिना पनि शोभा हुँदैन, त्यसैले हरेक ग्रुपमा आफ्नो शोभा बढाउन राम्रोसँग आउँछन्। अच्छा।

सेवाधारीहरूसँग अव्यक्त बापदादाको भेटघाट:–

सबै सेवाको निमित्त आफ्नो भाग्य बनाउनेहरू हौ किनकि यस यज्ञ सेवाको पुण्य धेरै ठुलो छ। शरीरले सेवा त गर्छौ तर मनले पनि सेवा गरिरहनु, त्यसैले डबल पुण्य हुन्छ। मनसा सेवा र तनको सेवा। जो पनि आउँछन्, सेवाधारीहरूको सेवाबाट वातावरण हेरेर आफ्नो लाभ लिएर जान्छन्। त्यसैले सेवाको समयमा जति पनि आउँछन्, त्यति नै आत्माहरूको पुण्य वा आशीर्वाद जम्मा हुन्छ। यस्तो सेवा गर्छौ, शरीरले पनि र मनले पनि। डबल सेवाधारी हौ कि सिङ्गल, कुन हौ? डबल। डबल सेवा गर्छौ? सेवाको प्रत्यक्ष फल पनि मिलिरहन्छ। जति समय रहन्छौ, त्यति अतिरिक्त खुसी मिल्छ नि! त्यसैले प्रत्यक्ष फल पनि खान्छौ, आशीर्वाद पनि जम्मा हुन्छ, भविष्य पनि बन्यो र वर्तमान पनि बन्यो। बापदादालाई पनि खुसी हुन्छ– बच्चाहरूले आफ्नो प्रारब्ध धेरै सहज र श्रेष्ठ बनाइरहेका छन्। बस् सेवा, सेवा र सेवा। अरू कुनै कुरामा नजानु। सेवा अर्थात् जम्मा गर्नु। जति पनि समय मिल्छ, त्यति डबल कमाइ गर्नु। प्रत्यक्षफल पनि, भविष्य पनि। तिमी आत्माहरूलाई सेवाको चान्स पनि प्राप्त भएको छ। सेवाधारीहरूसँग बापदादाको विशेष प्यार हुन्छ किनकि बापदादा पनि विश्वको सेवक हुनुहुन्छ। त्यसैले समान भयौ नि! मनलाई व्यस्त राख्छौ कि खाली राख्छौ? मधुबन अर्थात् याद र सेवा। हिँड्दा-डुल्दा मनबाट यादमा वा सेवामा व्यस्त रहनु। सबै खुसी रहन्छौ? कहिलेकाहीँवाला त होइनौ नि? सदा खुसी रहनेहरू। तिम्रो खुसी देखेर अरु पनि खुसी हुन्छन्। सेवाधारीहरूलाई पनि टर्न मिल्यो, खुसी छौ नि? विशेष टर्न मिल्यो नि? मधुबनवालाहरूको निमित्त तिम्रो पनि गोल्डन चान्स भयौ। स्वयं सदा स्वमानमा रहनु, उडिरहनु। स्वमानलाई कहिल्यै नछोड्नु, चाहे कुचो लगाइरहेका छौ तर स्वमान के छ? विश्वका सर्व आत्माहरूमा श्रेष्ठ आत्मा हुँ। त्यसैले आफ्नो रूहानी स्वमान कुनै पनि काम गर्दा बिर्सनु हुँदैन। नसा रहन्छ नि, रुहानी नसा। हामी कसको बनिसकेका छौँ! भाग्य याद रहन्छ नि? बिर्सिँदैनौ नि? जति पनि समय सेवाको लागि मिल्छ, त्यति समय एक-एक सेकेन्ड सफल गर्नु। व्यर्थ नजाओस्, साधारण पनि होइन। रूहानी नसामा, रूहानी प्राप्तिमा समय जाओस्। यस्तो लक्ष्य राख्छौ नि। अच्छा, ओम् शान्ति।

वरदान:– स्नेहको उडानद्वारा सदा समीपताको अनुभव गर्ने स्नेही मूर्त भव
सबै बच्चाहरूमा बापदादाको स्नेह समाहित भएको छ, स्नेहको शक्तिले सबै अगाडि उडिरहेका छन्। स्नेहको उडानले शरीर वा मनबाट, दिलबाट बाबाको नजिक ल्याइदिन्छ। ज्ञान योग धारणामा सबै यथाशक्ति नम्बरवार छन् तर स्नेहमा हरेक नम्बरवन छन्। यो स्नेह नै ब्राह्मण जीवन प्रदान गर्ने मूल आधार हो। स्नेहको अर्थ हो पास रहनु, पास हुनु र हरेक परिस्थितिलाई धेरै सहजै पास गर्नु।
स्लोगन:– आफ्नो नजरमा बाबालाई राख्यौ भने मायाको नजरबाट बच्छौ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।