| 29-10-2024 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “मीठे बच्चे– आत्माबाट विकारहरूको मैला निकालेर शुद्ध फूल बन। बाबाको यादबाट नै सारा मैला निस्कन्छ।” | |
| प्रश्न:– | पवित्र बन्ने बच्चाहरूले कुन एउटा कुरामा बाबालाई अनुसरण गर्नुपर्छ? |
| उत्तर:– | जसरी बाबा परम पवित्र हुनुहुन्छ उहाँ कहिल्यै अपवित्र फोहोरीसँग मिसिनुहुन्न, परम पवित्र हुनुहुन्छ। त्यसैगरी तिमी पवित्र बन्ने बच्चाहरूले बाबालाई अनुसरण गर, नराम्रो नहेर। |
ओम् शान्ति। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। हुन त दुवै पिता हुनुहुन्छ। एकलाई रूहानी, अर्कोलाई जिस्मानी पिता भनिन्छ। शरीर त दुवैको एउटै छ, त्यसैले मानौं दुवै पिताले सम्झाउनु हुन्छ। हुन त एकले सम्झाउनु हुन्छ, अर्कोले बुझ्नुहुन्छ फेरि पनि भनिन्छ दुवैले सम्झाउनु हुन्छ। यो जुन यति सानो आत्मा छ त्यसमा कति मैला चढेको छ। मैलो हुनाले कति घाटा पर्छ। यो फाइदा र घाटा तब देखिन्छ जब शरीरको साथमा हुन्छ। तिमीलाई थाहा छ– हामी आत्मा जब पवित्र बन्छौं तब यी लक्ष्मी-नारायण जस्तो पवित्र शरीर मिल्छ। अहिले आत्मामा कति मैला चढेको छ। मह निकालेपछि त्यसलाई छान्छन्। कति मैला निस्कन्छ, फेरि शुद्ध मह छुट्टिन्छ। आत्मा पनि धेरै मैलो हुन्छ। आत्मा नै कञ्चन थियो, एकदम पवित्र थियो। शरीर कस्तो सुन्दर थियो। यी लक्ष्मी-नारायणको शरीर हेर कति सुन्दर छ। मनुष्यहरूले त शरीरलाई नै पुज्छन् नि। आत्मातर्फ देख्दैनन्। आत्माको त पहिचान पनि छैन। पहिला आत्मा सुन्दर थियो, चोला पनि सुन्दर मिल्छ। तिमी पनि अहिले यो बन्न चाहन्छौ। त्यसैले आत्मा कति शुद्ध हुनुपर्छ। आत्मालाई नै तमोप्रधान भनिन्छ किनकि त्यसमा पूरा मैला छ। एक त देह अभिमानको मैला र फेरि काम-क्रोधको मैला। मैला निकाल्नको लागि छानिन्छ नि। छानेपछि रङ्ग नै परिवर्तन हुन्छ। तिमीले राम्रोसँग बसेर विचार गर्यौ भने अनुभूति हुन्छ, धेरै मैला भरिएको छ। आत्मामा रावण प्रवेश भएको छ। अहिले बाबाको यादमा रहेमा मैला निस्किन्छ। यसमा पनि समय लाग्छ। बाबा सम्झाउनु हुन्छ– देह अभिमान हुनाको कारण विकारहरूको कतिफोहोर छ। क्रोधको फोहोर पनि कुनै कम छैन। क्रोधी भित्रभित्रै जलिरहन्छ। कुनै न कुनै कुरामा दिल जलिरहन्छ। अनुहार पनि तामा जस्तो हुन्छ। अहिले तिमीले बुझ्छौ– हाम्रो आत्मा जलेको छ। आत्मामा कति मैला छ– अहिले थाहा भएको छ। यी कुरा बुझ्ने धेरै कम छन्, यसमा त धेरै राम्रो फूल चाहिन्छ नि। अहिले त धेरै कमी-कमजोरीहरू छन्। तिमी त सबै कमी कमजोरीहरूलाई निकालेर एकदम पवित्र बन्नु छ नि। यी लक्ष्मी-नारायण कति पवित्र थिए। वास्तवमा उनीहरूलाई हात लगाउने पनि अनुमति छैन। पतित गएर यति उच्च पवित्र देवताहरूलाई छुन सक्दैनन्। हात लगाउन लायक नै छैनन्। शिवलाई त हात लगाउन सक्दैनन्। उहाँ हुनुहुन्छ नै निराकार, उहाँलाई हातले छुनै सक्दैनन्। उहाँ त परम पवित्र हुनुहुन्छ। राख्न त उहाँको प्रतिमा ठुलो राखिदिएका छन् किनकि यति सानो बिन्दी, उहाँलाई त कसैले हात लगाउन सक्दैन। आत्मा शरीरमा प्रवेश गर्छ, शरीर त ठुलो हुन्छ। आत्मा त ठुलो-सानो हुँदैन। यो त हो नै फोहोरी दुनियाँ। आत्मामा कति मैला छ। शिवबाबा परम पवित्र हुनुहुन्छ। यहाँ त सबैलाई समान बनाइदिन्छन्। एक-अर्कालाई भनि पनि दिन्छन् तिमी त जनावर हौ। सत्ययुगमा यस्तो भाषा हुँदैन। अहिले तिमीले महसुस गर्छौ– हाम्रो आत्मामा धेरै मैला चढेको छ। आत्मा लायक नै छैन जसले बाबालाई याद गर्छ। नालायक सम्झेर मायाले पनि एकदम उसलाई हटाइदिन्छ।
बाबा कति पवित्र हुनुहुन्छ। हामी आत्माहरू केबाट के बन्न पुग्छौं! अहिले बाबा सम्झाउनु हुन्छ– तिमीले मलाई बोलाएको हौ नै आत्मालाई शुद्ध बनाउनको लागि। धेरै मैला भरिएको छ। बगँचामा सबै फस्टक्लास फूल हुँदैनन्। नम्बरवार हुन्छन्। बाबा बागवान हुनुहुन्छ। आत्मा कति पवित्र बन्छ, फेरि कति मैलो एकदम काँडा बन्छ। आत्मामा नै देह अभिमानको, काम, क्रोधको मैला भरिन्छ। मनुष्यमा पनि कति क्रोध छ। तिमी पवित्र बनेपछि फेरि कसैको पनि अनुहार हेर्ने मन हुँदैन। सी नो इभिल। अपवित्रलाई हेर्नु नै छैन। आत्मा पवित्र बनेर, पवित्र नयाँ चोला लिन्छ, फेरि मैला हेर्दै हेर्दैन। मैलो दुनियाँ नै समाप्त हुन्छ। बाबा सम्झाउनु हुन्छ– तिमी देह अभिमानमा एर कति मैलो बनेका छौ। पतित बनेका छौ। बच्चाहरूले बोलाउँछन् पनि– बाबा हामीमा क्रोधको भूत छ। बाबा हामी हजुरको पासमा आएका छौं, पवित्र बन्न। जानेका छौ– बाबा त हुनुहुन्छ नै सदा पावन। यस्तो सर्वोच्च सत्तालाई सर्वव्यापी भनेर कति ग्लानि गर्छन्। स्वयंमाथि पनि धेरै घृणा आउँछ– हामी के थियौं, केबाट के बन्न पुग्छौं। यी कुरा तिमी बच्चाहरूले नै बुझ्छौ, अरू कुनै पनि सत्सङ्ग वा विश्व-विद्यालय आदिमा कहीँ पनि यस्तो लक्ष्य-उद्देश्य कसैले सम्झाउन सक्दैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो आत्मामा कसरी मैला भरिँदै गयो। २ कला कम भयो, फेरि ४ कला कम भयो, मैला भरिँदै गयो, त्यसैले नै भनिन्छ तमोप्रधान। कोही लोभमा, कोही मोहमा जलेर मर्छन्, यस अवस्थामा नै जली जली मर्नु छ। अब तिमी बच्चाहरूले त शिवबाबाको यादमा नै शरीर छोड्नु छ, जुन शिवबाबाले यस्तो बनाउनु हुन्छ। यी लक्ष्मी-नारायणलाई बाबाले यस्तो बनाउनु भयो नि। त्यसैले आफूलाई कति सावधान राख्नुपर्छ। तुफान त धेरै आउने छ। तुफान मायाको नै आउँछ, अरू कुनै तुफान होइन। जस्तो शास्त्रमा कथा लेखिदिएका छन् हनुमान आदिको। भन्छन् भगवानले शास्त्र बनाउनु भएको हो। भगवानले त वेद-शास्त्रहरूको सार सुनाउनु हुन्छ। भगवानले त सद्गति गरिदिनु भयो, उहाँलाई शास्त्र बनाउन के आवश्यकता! अब बाबा भन्नुहुन्छ– नराम्रो नसुन। यी शास्त्र आदिबाट तिमी उच्च बन्न सक्दैनौ। म त यी सबैबाट अलग्गै छु। कसैले पनि चिन्दैनन्। बाबा के हुनुहुन्छ, कसैलाई थाहा छैन। बाबालाई थाहा छ– कस कसले मेरो सेवा गर्छन् अर्थात् कल्याणकारी बनेर अरूको पनि कल्याण गर्छन्, उनीहरू नै दिलमा चढ्छन्। कोही त यस्ता पनि छन् जसलाई सेवाको बारेमा थाहा नै छैन। तिमी बच्चाहरूलाई ज्ञान त मिलेको छ– आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। बन्न त आत्मा शुद्ध बन्छ, शरीर भने फेरि पनि पतित छ नि। जसको आत्मा शुद्ध हुँदै जान्छ उनीहरूको चालचलनमा रात-दिनको फरक हुन्छ। चालचलनबाट पनि थाहा हुन्छ। नाम कसैको लिइँदैन, यदि नाम लिएँ भने त झन् बिग्रिन सक्छन्।
अहिले तिमीले फरक देख्न सक्छौ– तिमी के थियौ, के बन्नु छ! त्यसैले श्रीमतमा चल्नुपर्छ नि। भित्र जुन फोहोर भरिएको छ त्यसलाई निकाल्नु छ। लौकिक सम्बन्धमा पनि कोही कोही धेरै नराम्रा बच्चाहरू भए भने पिता पनि दिक्क हुन्छन्। भन्छन्– यस्तो बच्चा त नभएको भए राम्रो हुन्थ्यो। फूलको बगैँचाको सुगन्ध हुन्छ। तर ड्रामा अनुसार मैला पनि हुन्छ। आँकलाई त कत्ति पनि हेर्ने मन हुँदैन। तर बगैँचामा गएपछि नजर त सबैमा पर्छ नि। आत्माले भन्छ– यो फलानो फूल हो। सुगन्ध पनि राम्रो फूलको लिन्छन् नि। बाबाले पनि हेर्नुहुन्छ– यसको आत्मा कति यादको यात्रामा रहन्छ, कति पवित्र बनेको छ र फेरि अरूलाई पनि आफू समान बनाउँछन्। ज्ञान सुनाउँछन्! मूल कुरा हो नै मनमनाभव। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने पवित्र फूल बन्छौ। यी लक्ष्मी-नारायण कति पवित्र फूल थिए। यिनीहरू भन्दा पनि शिवबाबा अति पवित्र हुनुहुन्छ। यी लक्ष्मी-नारायणलाई पनि यस्तो शिवबाबाले बनाउनु भएको हो, यो कुरा मनुष्यहरूलाई कहाँ थाहा छ र! तिमीलाई थाहा छ– यस पुरुषार्थबाट यस्तो बनेका हुन्। रामले कम पुरुषार्थ गरेकाले त चन्द्रवंशी बने। बाबाले सम्झाउन त धेरै सम्झाउनु हुन्छ। एक त यादको यात्रामा रहनु छ, जसले गर्दा फोहोर निस्किन्छ, आत्मा पवित्र बन्छ। तिम्रो पासमा सङ्ग्रहालय आदिमा धेरै आउँछन्। बच्चाहरूले सेवाको धेरै सोख राख्नु छ। सेवालाई छोडेर कहिल्यै सुत्नुहुँदैन। सेवामा धेरै एक्युरेट रहनु पर्छ। म्युजियमको सेवामा पनि तिमीहरूले रेस्टको समय छोड्छौ। घाँटी सुक्छ, भोजन आदि पनि खानु छ तर भित्र दिन-रात उमङ्ग आउनु पर्छ। कोही आए भने उनलाई मार्ग देखाऊ। भोजनको समयमा कोही आए भने पहिला तिनको सेवा गरेर फेरि भोजन खानुपर्छ। सेवा गर्नेवाला यस्तो हुनुपर्छ। कसै कसैलाई धेरै देह अभिमान आउँछ, अल्छी, नवाफ बन्छन्। बाबाले सम्झाउनु त पर्यो नि। यो नवाफी छोड। फेरि बाबाले साक्षात्कार पनि गराउनु हुन्छ– आफ्नो पद हेर। आफैले आफ्नो खुट्टामा देह अभिमानको बञ्चरो हानेका छन्। धेरै बच्चाहरूले बाबासँग पनि रिसाउँछन्। अरे, यिनी त शिवबाबाका रथ हुन्, यिनको सम्हाल त गर्नुपर्छ। यहाँ त यस्ता पनि छन् जसले थुप्रो ओषधि खाइरहन्छन्, डाक्टरहरूको ओषधि गरिरहन्छन्। भन्न त बाबा भन्नुहुन्छ– शरीरलाई स्वस्थ राख्नुपर्छ तर आफ्नो अवस्थालाई पनि हेर्नु छ नि। तिमी बाबाको यादमा रहेर खायौ भने कहिल्यै कुनै चीजले नोक्सान गर्नेछैन। यादले तागत भरिन्छ। भोजन धेरै शुद्ध हुन्छ। तर त्यो अवस्था देखिँदैन। बाबा त भन्नुहुन्छ– ब्राह्मणहरूले बनाएको भोजन उत्तम भन्दा उत्तम हो तर त्यो तब हुन्छ, जब यादमा रहेर बनाउँछन्। यादमा रहेर बनाउनाले बनाउनेलाई पनि फाइदा, खानेलाई पनि फाइदा हुन्छ।
आँक पनि त धेरै छन् नि। यी बिचराहरूले के पद पाउँलान्। बाबालाई त दया लाग्छ। तर दास-दासीहरू बन्नु पर्ने पनि निश्चित छ, यसमा खुसी हुनु हुँदैन। विचार पनि गर्दैनन्– हामी यस्तो बन्नु छ। दास-दासीहरू बन्नु भन्दा त धनवान बन्नु फेरि पनि राम्रो, दास-दासीहरू राख्न सक्छन्। बाबा त भन्नुहुन्छ– निरन्तर म एकलाई याद गर, स्मरण गरी गरी सुख पाऊ। भक्तहरूले फेरि जप्ने माला बसेर बनाएका छन्। त्यो भक्तहरूको काम हो। बाबा त केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। यति नै पर्याप्त छ। बाँकी कुनै जप गर्नु छैन। न त माला जप्नु छ। बाबालाई चिन्नु छ, उहाँलाई याद गर्नु छ। मुखले बाबा बाबा पनि भन्ने होइन। तिमीलाई थाहा छ– उहाँ हामी आत्माहरूको बेहदको पिता हुनुहुन्छ, उहाँलाई याद गर्नाले हामी सतोप्रधान बन्छौं अर्थात् आत्मा कञ्चन बन्छ। कति सहज छ। तर युद्धको मैदान हो नि। तिम्रो हो नै मायासँग लडाइँ। उसले घरी घरी तिम्रो बुद्धिको योग तोडिदिन्छ। जति जति विनाशकाले प्रीत बुद्धि हुन्छ त्यति उच्च पद हुन्छ। सिवाय एकको अरू कोही पनि याद नआओस्। कल्प पहिला पनि यस्ता निस्किएका थिए जो विजय मालाका दाना बनेका थिए। तिमीहरू ब्राह्मण कुलका हौ, जसले धेरै गुप्त मेहनत गरेका हुन्छन् ती ब्राह्मणहरूको रुण्ड माला बन्छ। ज्ञान पनि गुप्त छ नि। बाबाले त हरेकलाई राम्रोसँग चिन्नुहुन्छ। राम्रा राम्रा नम्बरवन जसलाई महारथी सम्झिन्थ्यो, तिनीहरू आज छैनन्। देह अभिमान धेरै छ। बाबाको याद रहन सक्दैन। मायाले धेरै जोडले थप्पड मार्छ। धेरै कम छन् जसको माला बन्न सक्छ। त्यसैले बाबाले फेरि पनि बच्चाहरूलाई सम्झाउनु हुन्छ– आफूलाई हेरिराख हामी कति पवित्र देवता थियौं फेरि हामी केबाट के, मैला बनेका छौं। अब शिवबाबा मिल्नुभएको छ, त्यसैले उहाँको मतमा चल्नुपर्छ नि। कोही पनि देहधारीलाई याद गर्नु छैन। कसैको पनि याद नआओस्। चित्र पनि कसैको राख्नु छैन। एक शिवबाबाको नै याद रहोस्। शिवबाबाको त शरीर छैन। यो पनि अस्थायी सापटी लिनुहुन्छ। तिमीलाई यस्तो देवी-देवता लक्ष्मी-नारायण बनाउनको लागि कति मेहनत गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीहरूले मलाई पतित दुनियाँमा बोलाउँछौ। तिमीहरूलाई पावन बनाउँछु फेरि तिमीहरूले पावन दुनियाँमा मलाई बोलाउदै बोलाउँदैनौ। त्यहाँ आएर के गर्ने! उहाँको सेवा नै पावन बनाउने हो। बाबालाई थाहा छ– एकदम जलेर कालो कोइला बनेका छन्। बाबा आउनु भएको छ तिमीलाई गोरो बनाउन। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) सेवामा बडो एक्युरेट रहनु छ। दिन-रात सेवाको उमङ्ग आइरहोस्। सेवालाई छोडेर कहिल्यै पनि आराम गर्नु छैन। बाबा समान कल्याणकारी बन्नु छ।
२) एकको यादद्वारा प्रीत बुद्धि बनेर भित्रको मैला निकालिदिनु छ। सुगन्धित फूल बन्नु छ। यस मैलो दुनियाँमा मन लगाउनु छैन।
| वरदान:– |
मन-बुद्धिद्वारा श्रेष्ठ स्थितिरूपी आसनमा स्थित रहने तपस्वी मूर्त भव तपस्वीले सदैव कुनै न कुनै आसनमाथि बसेर तपस्या गर्छ। तिमी तपस्वी आत्माहरूको आसन हो– एकरस स्थिति, फरिस्ता स्थिति...। यिनै श्रेष्ठ स्थितिमा स्थित हुनु अर्थात् आसनमाथि बस्नु। स्थूल आसनमाथि त स्थूल शरीर बस्छ, तर तिमीले यस श्रेष्ठ आसनमाथि मन-बुद्धिलाई बसाउँछौ। ती तपस्वी एउटा खुट्टामा उभिन्छन्। तिमी एकरस स्थितिमा एकाग्र हुने गर्छौ। उनीहरूको हो हठयोग र तिम्रो हो सहजयोग। |
| स्लोगन:– | प्रेमको सागर बाबाका बच्चाहरू प्रेमको भरपुर गङ्गा बन। |