नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2024 अक्टोबर 30

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2024 अक्टोबर 30 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

30-10-2024
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– एक बाबाको यादमा रहनु नै अव्यभिचारी याद हो , यस यादद्वारा तिम्रो पाप काटिन सक्छ।”
प्रश्न:– बाबाले जे सम्झाउनु हुन्छ त्यसलाई कसैले सहज मान्छन्, कसैले मुस्किल सम्झन्छन्– यसको कारण के हो?
उत्तर:– जुन बच्चाहरूले धेरै समय भक्ति गरेका छन्, आधा कल्प देखिका पुराना भक्त हुन्, तिनीहरूले बाबाका हरेक कुरालाई सहजै मान्छन् किनकि उनीहरूलाई भक्तिको फल मिल्छ। जो पुराना भक्त होइनन्, उनीहरूलाई हरेक कुरा बुझ्न मुस्किल हुन्छ। अरू धर्मकाले त यस ज्ञानलाई बुझ्न पनि सक्दैनन्।

ओम् शान्ति। मीठा प्यारा रूहानी बच्चाहरूप्रति रूहानी बाबा बसेर सम्झाउनु हुन्छ– तिमी बच्चाहरू सबैले के गरिरहेका छौ? तिम्रो हो अव्यभिचारी याद। एक हुन्छ व्यभिचारी याद, अर्को हुन्छ अव्यभिचारी याद। तिमीहरू सबैको हो अव्यभिचारी याद। कसको याद हुन्छ? एक बाबाको। बाबालाई याद गर्दा गर्दै पाप काटिन्छ र तिमी त्यहाँ पुग्छौ। पावन बनेर फेरि नयाँ दुनियाँमा जानु छ। आत्माहरू जानु छ। आत्माले नै यी कर्मेन्द्रियहरूद्वारा सबै कर्म गर्छ नि। त्यसैले बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ र मलाई याद गर। मनुष्यहरूले त अनेकानेकलाई याद गर्छन्। भक्तिमार्गमा तिमीले याद गर्नु छ एकलाई। भक्ति पनि पहिला सुरुमा तिमीले उच्च भन्दा उच्च शिवबाबाको नै गरेका थियौ। त्यसलाई भनिन्छ अव्यभिचारी भक्ति। उहाँ नै सबैलाई सद्गति दिने रचयिता बाबा हुनुहुन्छ। उहाँबाट बच्चाहरूलाई बेहदको वर्सा मिल्छ। भाइ भाइबाट वर्सा मिल्दैन। वर्सा सदैव पिताबाट बच्चाहरूलाई मिल्छ। धेरथोर कन्याहरूलाई पनि मिल्छ। उनीहरू त फेरि गएर हाफ पार्टनर बन्छन्। यहाँ त तिमीहरू सबै आत्माहरू हौ। सबै आत्माहरूका पिता एक हुनुहुन्छ। सबैलाई बाबासँग वर्सा लिने हक छ। तिमी हौ भाइ भाइ, हुन त शरीर स्त्री-पुरुषको छ। आत्मा सबै भाइ भाइ हुन्। उनीहरूले त केवल भन्छन् मात्र, हिन्दु-मुस्लिम भाइ भाइ। अर्थ बुझ्दैनन्। तिमीले अहिले अर्थ बुझ्छौ। भाइ भाइ अर्थात् सबै आत्माहरू एक बाबाका सन्तान हुन् फेरि प्रजापिता ब्रह्माका सन्तान भाइ-बहिनी हुन्। अहिले तिमीलाई थाहा छ– यस दुनियाँबाट सबै फर्केर जानु छ। जति पनि मनुष्यहरू छन्, सबैको पार्ट अब पूरा हुन्छ। फेरि बाबा आएर पुरानो दुनियाँबाट नयाँ दुनियाँमा लैजानुहुन्छ, पारी लैजानुहुन्छ। गायन पनि गर्छन्– खिवैया पार लगाउनुहोस् अर्थात् सुखधाममा लैजानुहोस्। यो पुरानो दुनियाँ परिवर्तन भएर फेरि नयाँ दुनियाँ अवश्य बन्नु छ। मूलवतनदेखि लिएर सारा दुनियाँको नक्सा तिम्रो बुद्धिमा छ। हामी आत्माहरू सबै स्वीटधाम, शान्तिधामका निवासी हौं। यो त बुद्धिमा याद छ नि। हामी सत्ययुगी नयाँ दुनियाँमा हुँदा बाँकी अरू सबै आत्माहरू शान्तिधाममा रहन्छन्। आत्मा त कहिल्यै विनाश हुँदैन। आत्मामा अविनाशी पार्ट भरिएको छ। त्यो कहिल्यै पनि विनाश हुन सक्दैन। मानौं, यिनी इन्जीनियर हुन् फेरि ५ हजार वर्षपछि हुबहु यस्तै इन्जीनियर बन्छन्। यही नाम, रूप, देश, काल हुन्छ। यी सबै कुरा बाबा नै आएर सम्झाउनु हुन्छ। यो अनादि-अविनाशी ड्रामा हो। यस ड्रामाको अवधि ५ हजार वर्ष हो। सेकेण्ड पनि घटीबढी हुन सक्दैन। यो अनादि बनीबनाऊ ड्रामा हो। सबैलाई पार्ट मिलेको छ। देहीअभिमानी भएर, साक्षी भएर खेललाई हेर्नु छ। बाबाको त देह छँदैछैन। उहाँ ज्ञानका सागर हुनुहुन्छ, बीजरूप हुनुहुन्छ। बाँकी आत्माहरू जुन माथि निराकारी दुनियाँमा रहन्छन्, उनीहरू फेरि आउँछन् नम्बरवार पार्ट खेल्न। सबैभन्दा पहिला नम्बर सुरु हुन्छ देवताहरूको। पहिलो नम्बरको नै रजाइँको चित्र छ फेरि चन्द्रवंशी रजाइँको पनि चित्र छ। सबैभन्दा उच्च हुन् सूर्यवंशी लक्ष्मी-नारायणको राज्य, उनीहरूको राज्य कहिले कसरी स्थापना भयो? यो कुनै पनि मनुष्य मात्रले जानेका छैनन्। सत्ययुगको अवधि नै लाखौं वर्ष लेखिदिएका छन्। कसैको पनि जीवनीलाई जानेका छैनन्। यी लक्ष्मी-नारायणको जीवनीलाई जान्नुपर्छ। नजानिकनै ढोग्नु अथवा महिमा गर्नु यो त गलत हो। बाबा बसेर मुख्य मुख्य जो छन् तिनीहरूको जीवनी सुनाउनु हुन्छ। अहिले तिमीलाई थाहा छ– कसरी यिनीहरूको राजधानी चल्छ। सत्ययुगमा श्रीकृष्ण थिए नि। अहिले त्यो श्रीकृष्णपुरी फेरि स्थापना भइरहेको छ। श्रीकृष्ण त हुन् स्वर्गका राजकुमार। लक्ष्मी-नारायणको राजधानी कसरी स्थापना भयो– यो सबै तिमीले जानेका छौ।

नम्बरवार माला पनि बनाउँछन्। फलाना फलाना मालाको दाना बन्छन्। तर चल्दा चल्दै फेरि हार पनि खान्छन्। मायाले हराइदिन्छ। जबसम्म सेनामा हुन्छन्, यिनी कमान्डर हुन्, यिनी फलाना हुन् भनिन्छ। फेरि मर्छन्। यहाँ मर्नु अर्थात् अवस्था कमजोर हुनु, मायासँग हार्नु हो। खतम हुन्छन्। आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती... अहो मम माया... फारकती देवन्ती हुन जान्छन्। मरजीवा बन्छन्, बाबाका बन्छन् फेरि रामराज्यबाट रावण राज्यमा जान्छन्। यसैको बारेमा नै फेरि युद्ध देखाइएको छ– कौरव र पाण्डवहरूको। फेरि असुरहरू र देवताहरूको पनि युद्ध देखाइएको छ। एक युद्ध देखाए हुन्थ्यो नि। दुई किन? बाबा सम्झाउनु हुन्छ– यहाँको नै कुरा हो। लडाइँ त हिंसा हुन जान्छ, यो त हो नै अहिंसा परमो देवी-देवता धर्म। तिमी अहिले डबल अहिंसक बन्छौ। तिम्रो हो नै योगबलको कुरा। हतियार आदिले तिमी कसैलाई केही गर्दैनौ। त्यो तागत त क्रिस्चियनमा पनि धेरै छ। रुस र अमेरिका दुई भाइ हुन्। यी दुईको बम आदि बनाउने प्रतिस्पर्धा छ। दुवै एक-अर्को भन्दा बलिया छन्। यति तागत छ, यदि दुवै आपसमा मिले भने सारा संसार माथि राज्य गर्न सक्छन्। तर नियम छैन, बाहुबलबाट कसैले विश्वभरि राज्य पाउन सक्छ। कहानी पनि देखाउँछन्– दुई बिराला आपसमा लडे, मखन बीचमा तेस्रोले खाइदियो। यी सबै कुरा अहिले बाबाले सम्झाइरहनु भएको छ। यिनलाई कहाँ थाहा थियो र। यी चित्र आदि पनि बाबाले नै दिव्य दृष्टिले बनाउन लगाउनु भएको हो र अब सम्झाइरहनु भएको छ, उनीहरू आपसमा लड्छन्। सारा विश्वको बादसाही तिमीले लिन्छौ। उनीहरू दुवै धेरै शक्तिशाली छन्। जहाँतहाँ आपसमा लडाइदिन्छन्। फेरि मदत दिइरहन्छन् किनकि उनीहरूको पनि जबरजस्त व्यापार हुन्छ। त्यसैले जब दुई बिरालाहरू आपसमा लड्छन् अनि मात्र बारुद आदि काममा आउने छ। जहाँतहाँ दुईलाई लडाउँछन्। यो हिन्दुस्तान-पाकिस्तान पहिला कहाँ भिन्नै थियो र! दुवै एउटै थियो, यो सब ड्रामामा निश्चित छ। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ– योगबलद्वारा विश्वको मालिक बन्ने। उनीहरू आपसमा लड्छन्, मखन बीचमा तिमीले खाइदिन्छौ। मखन अर्थात् विश्वको बादसाही तिमीलाई मिल्छ र धेरै साधारण रीतिले मिल्छ। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! पवित्र अवश्य बन्नु छ। पवित्र बनेर पवित्र दुनियाँमा जानु छ। त्यसलाई भनिन्छ वाइसलेस वर्ल्ड, सम्पूर्ण निर्विकारी दुनियाँ। हरेक चीज सतोप्रधान, सतो, रजो, तमोमा अवश्य आउँछ। बाबा सम्झाउनु हुन्छ– तिमीमा यो बुद्धि थिएन किनकि शास्त्रहरूमा लाखौं वर्ष भनिदिएका छन्। भक्ति हो नै अज्ञान अन्धकार। यो पनि पहिला तिमीलाई कहाँ थाहा थियो र! अहिले बुझेका छौ उनीहरू त भनिदिन्छन् कलियुग अझै ४० हजार वर्ष चल्छ। ठीक छ, ४० हजार वर्ष पूरा भएपछि फेरि के हुन्छ? कसैलाई पनि यो थाहा छैन त्यसैले भनिन्छ अज्ञान निद्रामा सुतेका छन्। भक्ति हो अज्ञान। ज्ञान दिने त एउटै बाबा ज्ञानका सागर हुनुहुन्छ। तिमी हौ ज्ञान नदीहरू। बाबा आएर तिमी बच्चाहरूलाई अर्थात् आत्माहरूलाई पढाउनु हुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। अरू कसैले पनि यस्तो भन्दैनन्– उहाँ हाम्रा पिता, टिचर, गुरु हुनुहुन्छ। यो त हो बेहदको कुरा। बेहदका पिता, टिचर, सद्गुरु हुनुहुन्छ। स्वयं बसेर सम्झाउनु हुन्छ– म तिम्रो सुप्रीम (परम) पिता हुँ, तिमीहरू सबै मेरा सन्तान हौ। तिमीले पनि भन्छौ– बाबा, हजुर उही हुनुहुन्छ। बाबा पनि भन्नुहुन्छ– तिमी कल्प कल्प मिल्छौ। त्यसैले उहाँ हुनुहुन्छ परम आत्मा, सुप्रीम। उहाँ आएर बच्चाहरूलाई सबै कुरा सम्झाउनु हुन्छ। कलियुगको अवधि अझै ४० हजार वर्ष बाँकी छ भन्नु एकदमै गफ हो। ५ हजार वर्षमा सबै आइहाल्छ। बाबाले जे सम्झाउनु हुन्छ तिमीले मान्छौ, बुझ्छौ। यस्तो होइन तिमीले मान्दैनौ। यदि मान्दैनथ्यौ भने यहाँ आउँदैनथ्यौ। यस धर्मका होइनन् भने फेरि मान्दैनन्। बाबाले सम्झाउनु भएको छ– सारा भक्तिमा आधारित छ। जसले धेरै भक्ति गरेका छन्, भक्तिको फल पनि उनीहरूलाई नै मिल्नुपर्छ। उनीहरूलाई नै बाबाबाट बेहदको वर्सा मिल्छ। तिमीलाई थाहा छ– हामी देवताहरू नै विश्वको मालिक बन्छौं। बाँकी थोरै दिन छन्। यस पुरानो दुनियाँको विनाश त देखाइएको छ, अरू कुनै शास्त्रमा यस्तो कुरा छैन। एक गीता नै हो हिन्दुहरूको धर्म शास्त्र। हरेकले आफ्नो धर्म शास्त्र पढ्नु पर्छ र त्यो धर्म जसद्वारा स्थापना भयो उनलाई पनि चिन्नु पर्छ। जस्तो क्रिश्चियनहरूले क्राइस्टलाई चिनेका छन्, उनलाई नै मान्छन्, पूज्छन्। तिमी आदि सनातन देवी-देवता धर्मका हौ, त्यसैले देवताहरूलाई नै पूज्छौ। तर आजकाल आफूलाई हिन्दु धर्मको भनिदिन्छन्।

तिमी बच्चाहरूले अहिले राजयोग सिकिरहेका छौ। तिमी राजऋषि हौ। उनीहरू हुन् हठयोग ऋषि। रात-दिनको फरक छ। उनीहरूको संन्यास हो हदको। केवल घरबार छोड्ने। तिम्रो संन्यास वा वैराग्य हो सारा पुरानो दुनियाँलाई छोड्ने। सबैभन्दा पहिला आफ्नो घर स्वीट होममा गएर फेरि नयाँ दुनियाँ सत्ययुगमा आउने छौ। ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। अहिले त यो पतित पुरानो दुनियाँ हो। यो बुझ्नु पर्ने कुरा हो। बाबाद्वारा पढ्छौ। यो त अवश्य वास्तविक हो नि। यसमा निश्चय नहुने त कुरा नै छैन। यो ज्ञान बाबाले नै पढाउनु हुन्छ। उहाँ बाबा टिचर पनि हुनुहुन्छ, सच्चा सद्गुरु पनि हुनुहुन्छ, साथमा लैजानेवाला। ती गुरुहरूले त बीचैमा छोडेर जान्छन्। एउटा गुरु गए भने अर्को गुरु बनाउँछन्। उनको चेलालाई गद्दीमा बसाउँछन्। यहाँ त छ बाबा र बच्चाहरूको कुरा। त्यो फेरि हो गुरु र चेलाको वर्साको हक। वर्सा त बाबाको नै चाहिन्छ नि। शिवबाबा आउनु हुन्छ नै भारतवर्षमा। शिवरात्रि र श्रीकृष्णको रात्रि मनाउँछन् नि। शिवको जन्मपत्री त छैन। सुनाउने कसरी? उहाँको तिथि-मिति त हुँदैन। श्रीकृष्ण जो पहिलो नम्बरका हुन्, उनको देखाउँछन्। दीपावली मनाउनु त दुनियाँका मनुष्यहरूको काम हो। तिमी बच्चाहरूको लागि दीपावली कहाँ हो र। हाम्रो नयाँ वर्ष, नयाँ दुनियाँ सत्ययुगलाई भनिन्छ। अहिले तिमीले नयाँ दुनियाँको लागि पढिरहेका छौ। अहिले तिमी छौ पुरुषोत्तम सङ्गमयुगमा। त्यो कुम्भको मेलामा कति धेरै मनुष्यहरू जान्छन्। त्यो हो पानीको नदीहरूमा मेला। कति धेरै मेला लाग्छन्। उनीहरूको पनि भित्र धेरै पञ्चायत हुन्छ। कहिलेकाँही त उनीहरूको आपसमा नै ठुलो झगडा हुन जान्छ किनकि देह अभिमानी छन् नि। यहाँ त झगडा आदिको कुरा नै छैन। बाबा केवल भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! मलाई याद गर। तिम्रो आत्मा जुन सतोप्रधानबाट तमोप्रधान बनेको छ, खाद परेको छ नि, त्यो योग अग्निले नै निस्कन्छ। सुनारहरूले जानेका छन्, बाबालाई नै पतित-पावन भनिन्छ। बाबा सुप्रीम सुनार हुनु भयो। सबैको खाद निकालेर सच्चा सुन बनाइदिनुहुन्छ। सुन अग्निमा हालिन्छ। यो हो योग अर्थात् यादको अग्नि किनकि यादबाट नै पाप भस्म हुन्छ। तमोप्रधानबाट सतोप्रधान यादको यात्राबाट नै बन्नु छ। सबै त सतोप्रधान बन्दैनन्। कल्प पहिला जसरी नै पुरुषार्थ गर्नेछन्। परम आत्माको पनि ड्रामामा पार्ट निश्चित छ, जो निश्चित छ त्यो भइरहन्छ। परिवर्तन हुन सक्दैन। रील घुमि नै रहन्छ। बाबा भन्नुहुन्छ– पछि गएर तिमीलाई गोपनीय कुरा सुनाउने छु। पहिला त यो निश्चय गर्नु छ– उहाँ हुनुहुन्छ सबै आत्माहरूका पिता। उहाँलाई याद गर्नु छ। मनमनाभवको पनि अर्थ यही हो। बाँकी श्रीकृष्ण भगवानुवाच त हुँदै होइन। यदि श्रीकृष्ण हुन् भने सबै उनको पासमा आउने थिए। सबैले चिन्ने थिए। मलाई करोडौंमा कसैले चिन्दछ, फेरि यस्तो किन भन्छन्। यो त बाबाले सम्झाउनु हुन्छ। त्यसैले मनुष्यहरूलाई बुझ्नमा कठिनाई हुन्छ। पहिला पनि यस्तो भएको थियो। मैले नै आएर देवी-देवता धर्मको स्थापना गरेको थिएँ, फेरि यी शास्त्र आदि सबै गुम हुन्छन्। फेरि आफ्नो समयमा भक्तिमार्गका शास्त्र आदि सबै तिनै निस्कन्छन्। सत्ययुगमा एउटा पनि शास्त्र हुँदैन। भक्तिको नामनिसान हुँदैन। अहिले त भक्तिको राज्य छ। सबै भन्दा ठुला हुन् श्री श्री १०८ जगतगुरु कहलाउनेहरू। आजकाल त १००८ पनि भनिदिन्छन्। वास्तवमा यो माला हो यहाँको। माला जब जप्छन् तब जानेका हुन्छन् फूल निराकार हो, फेरि हुन्छ मेरु, ब्रह्मा-सरस्वती युगल दाना किनकि प्रवृत्ति मार्ग हो नि। प्रवृत्ति मार्गकाले निवृत्ति मार्गकालाई गुरु बनाए भने के दिन्छन्? हठयोग सिक्नुपर्छ। ती त अनेक प्रकारका हठयोग हुन्, राजयोग हो नै एक प्रकारको। यादको यात्रा हो नै एक, जसलाई राजयोग भनिन्छ। बाँकी अरू सबै हुन् हठयोग, शरीरको तन्दुरुस्तीको लागि। यो राजयोग बाबाले नै सिकाउनु हुन्छ। आत्मा हो फस्ट फेरि पछि हो शरीर। तिमी फेरि आफूलाई आत्माको सट्टा शरीर सम्झेर उल्टो भएका छौ। अब आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) यस अनादि-अविनाशी बनी-बनाऊ ड्रामामा हरेकको पार्टलाई देहीअभिमानी बनेर, साक्षी भएर हेर्नु छ। आफ्नो स्वीट होम र स्वीट राजधानीलाई याद गर्नु छ, यस पुरानो दुनियाँलाई बुद्धिबाट भुल्नु छ।

२) मायासँग हार्नु छैन। यादको अग्निले पापहरू नास गरेर आत्मालाई पावन बनाउने पुरुषार्थ गर्नु छ।

वरदान:– दीपावलीमा यथार्थ विधिले आफ्नो दैवी पदको आह्वान गर्ने पूज्य आत्मा भव
दीपावलीमा पहिले मानिसहरूले विधिपूर्वक दियो बाल्थे, दियो ननिभोस्– त्यसको लागि ध्यान दिने गर्थे, घिउ थप्ने गर्थे, विधिपूर्वक आह्वानको अभ्यासमा रहन्थे। अहिले त दियोको सट्टा बल्ब बाल्ने गर्छन्। दीपावली मनाउँदैनन्, अब त मनोरञ्जन भएको छ। आह्वानको विधि अथवा साधना समाप्त भइसकेको छ। स्नेह समाप्त भएर केवल स्वार्थ रहेको छ। त्यसैले यथार्थ दाता रूपधारी लक्ष्मी कसैको पासमा आउँदिनन्। तर तिमीहरू सबैले यथार्थ विधिद्वारा आफ्नो दैवी पदको आह्वान गर्छौ, त्यसैले स्वयं पूज्य देवी-देवता बन्छौ।
स्लोगन:– सदा बेहदको वृत्ति, दृष्टि र स्थिति भयो भने विश्व कल्याणको कार्य सम्पन्न हुन्छ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।