| 29-12-2024 |
ओम् शान्ति
“अव्यक्त बापदादा”
रिभाइज
|
31/12/2002 |
यस नयाँ वर्षमा सर्व खजाना सफल गरेर सफलतामूर्त बन्ने विशेषता देखाऊ
आज नवयुग रचयिता, नवजीवन दाता बापदादा नववर्ष मनाउन आउनुभएको छ। तिमीहरू सबै पनि नयाँ वर्ष मनाउन आएका हौ वा नवयुग मनाउनका लागि आएका हौ? नयाँ वर्ष त सबैले मनाउँछन् तर तिमीहरू सबैले नवजीवन, नवयुग र नववर्ष तीनवटै मनाइरहेका छौ। बापदादाले पनि त्रिमूर्ति बधाई दिइरहनुभएको छ। नयाँ वर्षको एकअर्कालाई बधाई दिन्छन् र साथमा केही न केही उपहार पनि दिन्छन्। उपहार दिन्छौ नि! तर बापदादाले तिमीहरू सबैलाई कुन उपहार दिनुभएको छ? स्वर्णिम दुनियाँको उपहार दिनुभएको छ। सबैलाई स्वर्णिम दुनियाँको उपहार मिल्यो नि! जुन स्वर्णिम दुनियाँमा, नवयुगमा सर्व प्राप्तिहरू हुन्छन्। याद छ आफ्नो राज्य? कुनै अप्राप्तिको नामनिसान हुँदैन। यस्तो उपहार बापदादा सिवाय अरू कसैले दिन सक्दैन। सारा विश्वमा कुनै ठुलोभन्दा ठुलो सौगात दिँदा पनि के दिन्छन्? ठुलोभन्दा ठुलो ताज वा तख्त दिन्छन्। जब स्थापना भएको थियो, (अगाडि-अगाडि बसेका छन् स्थापनावाला) तब आदिमा नै ब्रह्माबाबाले बच्चाहरूलाई सोध्नुहुन्थ्यो– यदि तिमीहरूलाई आजकालको कुनै पनि रानीको ताज र तख्त दिएमा तिमीहरू जान्छौ? याद छ नि! तब बच्चाहरूले भन्थे– यस ताज र तख्तलाई के गर्ने, जब बाबा मिल्नुभयो, यो के हो! यस स्वर्णिम दुनियाँ (गोल्डेन वर्ल्ड) को उपहारको अगाडि कुनै पनि उपहार ठुलो हुन सक्दैन। कति बच्चाहरूले सोध्छन्– त्यहाँ के के प्राप्ति हुनेछ? बापदादा भन्नुहुन्छ– प्राप्तिको सूची त लामो छ तर सार रूपमा के भनिन्छ? अप्राप्त केही छैन, जीवनमा जे चाहिन्छ त्यो सबै प्राप्ति हुनेछ। यस्तो स्वर्णिम उपहारका अधिकारी आत्माहरू हौ। अधिकारी हौ नि! डबल विदेशी अधिकारी हौ? (हात हल्लाएका छन्) सबै राजा बन्नेछौ? त्यसोभए यति धेरै तख्त तयार पार्नुपर्नेछ। बापदादा भन्नुहुन्छ– त्यो तख्त त तख्त हो, सर्व प्राप्ति हो तर यस सङ्गमयुगको स्वराज्य, त्यसभन्दा कम छैन। अहिले पनि राजा हौ नि! प्रजा हौ वा राजपरिवार हौ? के हौ? एउटै बाबा हुनुहुन्छ, जसले नसासँग भन्नुहुन्छ– मेरा एक एक बच्चा राजा बच्चा हुन्। राजा हौ नि! राजयोगी हौ कि प्रजा योगी हौ? यस समयमा सबै दिल तखतनसीन, स्वराज्य अधिकारी राजा बच्चा हौ, यति धेरै रूहानी नसा रहन्छ नि! किनकि यस समयको स्वराज्यबाट नै भविष्य राज्य प्राप्त हुन्छ। यो सङ्गमयुग धेरैधेरै धेरै अमूल्य श्रेष्ठ छ। सङ्गमयुगलाई बापदादा र सबै बच्चाहरूले जान्दछन्, खुसी-खुसीमा सङ्गमयुगलाई नाम के दिइन्छ? मौजको युग। किन? यहाँ सङ्गममा जस्तो मौज सारा कल्पमा हुँदैन। कारण? परमात्मा मिलनको मौज सारा कल्पमा अहिले मिल्छ। सङ्गमयुगको एक एक दिनमा के छ? मौज नै मौज छ। मौज छ नि? मौज छ, अलमल त लाग्दैन नि! हरेक दिन उत्सव हो किनकि उत्साह छ। उमङ्ग छ, उत्साह छ– आफ्ना सर्व भाइ-बहिनीहरूलाई परमात्मा पिताको बनाऊँ। सेवाको उमङ्ग-उत्साह रहन्छ नि! यो गरौं, यो गरौं, यो गरौं... योजना बनाउँछौ नि! किनकि जुन श्रेष्ठ प्राप्ति हुन्छ, त्यो अरूलाई नसुनाइ बस्न सक्दैनौ। यही सङ्गमयुगको प्राप्ति गोल्डेन वर्ल्डमा पनि हुनेछ। अहिलेको पुरुषार्थको प्रारब्ध भविष्य गोल्डेन वर्ल्ड हो। त्यसोभए सङ्गमयुग राम्रो लाग्छ वा सतयुग राम्रो लाग्छ? के राम्रो लाग्छ? सङ्गम राम्रो छ नि? केवल बीच बीचमा माया आउँछ। थोरैथोरै कहिलेकाहीँ अल्मलिन्छन्। कति बच्चाहरूले सहज योगलाई मुस्किल योग बनाइदिन्छन्, छैन तर बनाइदिन्छन्। वास्तवमा छ धेरै सहज, मुस्किल लाग्छ? जसलाई मुस्किल लाग्छ उनले हात उठाऊ। सधैँ होइन, कहिलेकाहीँ मुस्किल छ? वा सहज छ? जो मुस्किल योगी हुन्, उनले हात उठाऊ। माताहरू मुस्किल योगी हौ वा सहज योगी? कोही मुस्किल योगी छ? (कसैले हात उठाएनन्) सारा सभामा हात कसरी उठाउने!
सबै बच्चाहरूले नसासँग भन्छन् मेरो बाबा। मेरो बाबा हो कि दादीहरूको बाबा हो? मेरो बाबा हो नि! हरेकले भन्छन्– पहिला मेरो। यस्तो हो नि? यी सिन्धीहरू सबै बसेका छन् नि, मेरो बाबा हो कि दादी जानकीको हो? दादी प्रकाशमणिजीको हो? कसको हो? मेरो हो? सारा दिन के याद रहन्छ? मेरो बाबा याद रहन्छ नि। बाबा भन्नुहुन्छ– धेरै सहज युक्ति छ जति पटक मेरो मेरो भन्छौ, सारा दिनमा कति पटक मेरो शब्द भन्छौ? यदि गणना गर्यौ भने धेरै पटक मेरो शब्द बोल्छौ। जब मेरो शब्द बोल्छौ, त्यसोभए मेरो को हुनुहुन्छ? मेरो बाबा। मुस्किल छ? कहिलेकाहीँ बिर्सिन्छौ र? बापदादाले कुनै नयाँ शब्द दिनुहुन्न, जुन सदैव कार्यमा ल्याउँछौ म र मेरो, त्यही म को हुँ र मेरो को हुनुहुन्छ! कति बच्चाहरूले मुस्किलले किन पुरुषार्थ गर्छन्? केवल सोच्छन् बिन्दु सामुन्ने आओस्, बिन्दु, बिन्दु, बिन्दु... तर बिन्दु हराउँछ। बिन्दु त छ तर कुनचाहिँ बिन्दु? म को हुँ, यो आफ्नो स्वमान स्मृतिमा ल्याऊ, तब रमणीक पुरुषार्थ हुनेछ। केवल ज्योति बिन्दु भन्छौ नि अनि मुस्किल हुन्छ। सहज पुरुषार्थ, मौजको पुरुषार्थ गर।
यस नयाँ वर्षमा पुरुषार्थ पनि श्रेष्ठ होस् तर श्रेष्ठसँगै पहिला सहज होस्। सहज पनि होस् र श्रेष्ठ पनि होस्– यो हुनसक्छ? दुवै सँगै हुनसक्छ? डबल फरेनरहरूले भन, हुनसक्छ? त्यसोभए बापदादाले हेर्नु हुनेछ। बापदादाले त जाँच गरिरहनुहुन्छ नि! मुस्किल योगी को को बन्छन्! सहज योगीको मतलब यो होइन कि अलबेलापनको पुरुषार्थ होस्। श्रेष्ठ पनि होस् र सहज पनि होस्। पाण्डव सहज योगी हौ? जो सहजयोगी हौ, उनले हात उठाऊ। हेर टि.भी.मा आइरहेको छ। बधाई छ। यो वर्ष कसैको अगाडि कुनै मुस्किल आउनेछैन किनकि सहज योगी हौ। अलबेला बन्नु छैन।
समय अनुसार यस नयाँ वर्षमा सबैले विशेष यो लक्ष्य राख्नु छ– जति पनि खजाना प्राप्त भएका छन् समय छ, सङ्कल्प छन्, गुण छन्, ज्ञान छन्, शक्तिहरू छन्... सबैभन्दा ठुलो खजाना सङ्कल्प हो। श्रेष्ठ सङ्कल्प, शुद्ध सङ्कल्प। यी सबै खजानाहरूलाई हरेक दिन सफल गर्नु छ। खुब बाँड। दाताका बच्चा मास्टर दाता बन। खुब बाँड। किन? सफल गर्नु अर्थात् सफलता प्राप्त गर्नु। यही यस वर्षको विशेषता सदा कायम राख्नु छ। सफल गर्यौ भने सफलता भइ नै हाल्छ। सबैले भन्छौ नि– सफलता हाम्रो जन्मसिद्ध अधिकार हो। हो अधिकार? त्यसोभए सफल गर र सफलता प्राप्त गर। कुनै पनि कार्य गर, कुनै न कुनै खजाना सफल गर्दै जाऊ र सफलताको अनुभव गर्दै जाऊ। सोच– सफलताको अधिकार तिमी ब्राह्मण आत्माहरू सिवाय अरू कसको अधिकार हुनसक्छ! किन? किनकि बाबाले तिमीहरूलाई सफल भवको वरदान दिनुभएको छ। बापदादा सदा भन्नुहुन्छ– एक एक ब्राह्मण आत्मा सफलताको सितारा हो, सफलता स्वरूप हो। सफलताका सितारा हौ नि वा मेहनतका सितारा हौ? बापदादाले सबै बच्चाहरूलाई यही सफलताको सितारा स्वरूपमा हेर्नुहुन्छ। याद छ ब्रह्माबाबाले आदिमा कति समयमा सब सफल गर्नुभयो? अन्त्यसम्म आफ्नो समय सफल गर्नुभयो, चाहे कर्मातीत पनि बन्नुभयो फेरि पनि कति पत्र लेख्नुभयो! समय सफल गर्नु भयो नि! अन्तिम दिन पनि मुखबाट महावाक्य उच्चारण गर्नुभयो। अन्तिम दिनसम्म सब सफल गर्नुभयो त्यसैले सफलता प्राप्त गर्नुभयो। त्यसैगरी फलो फादर। वास्तवमा सङ्गमयुगको एक एक सङ्कल्प, एक एक सेकेण्ड सफल गर्नु नै सफलतामूर्त बन्नु हो। सबैले निश्चयले भन्छन् नि– ब्रह्माबाबासँग त हाम्रो धेरै प्यार छ। त्यसोभए स्नेहको निसानी हो जुन बाबालाई प्रिय थियो त्यो बच्चाहरूलाई प्रिय होस्। समय, सङ्कल्प र सर्व खजाना सफल होस्। व्यर्थ नहोस्। स्नेहको निसानी फलो फादर। ब्रह्माबाबाले के विशेषता देखाउनुभयो? जे सोच्नुभयो त्यो सेकेण्डमा गर्नुभयो। केवल सोच्नुभएन, केवल योजना बनाउनुभएन, प्राक्टिकलमा गरेर देखाउनुभयो। तिमीहरू यस्ता हौ? फलो गर्नेवाला हौ नि? राम्रो छ। आज धेरै आएका छन्– नयाँ वर्ष (न्यु इयर) मनाउनका लागि। राम्रो छ।
यदि हल सानो भयो भने पनि दिल त ठुलो छ नि। हेर दिल ठुलो छ त्यसैले अटाएका छन् नि? (आज सभामा १८-१९ हजार भाइ-बहिनी बसेका छन्) बाहिर बसेका सबैले पनि सुनिरहेका छन् नि? बाहिर बस्नेहरूले सुनिरहेका छन्, उनीहरू त देखिदैनन्। बापदादाले सुन्नुभयो– फरेनमा सबैभन्दा धेरै अस्ट्रेलियाका रातिको १२ बजे बस्छन् र ४ बजे अमृतवेला गरेर उठ्छन्। त्यसैले बापदादाले पनि आज अस्ट्रेलियालाई सम्झनुभयो। सुनिरहेका छन्। यहाँ अस्ट्रेलियाका छौ भने हात उठाऊ। त्रिमूर्ति बधाई पहिले अस्ट्रेलियालाई फेरि सबैलाई।
यस वर्षको लक्ष्य त बताएँ– सफल गर, सफलता भइ नै हाल्छ। यो सबैले पक्का निश्चय गर्यौ? सफल गर्नु छ। व्यर्थ होइन। सङ्गमयुग समर्थ युग हो, सफलताको युग हो, व्यर्थको होइन। व्यर्थका ६३ जन्म समाप्त भए। अब यो सानो युग सफल गर्ने युग हो। यदि समय सफल गर्यौ भने भविष्यमा पनि आधाकल्पको पूरा समय राज्य अधिकारी बन्नेछौ। यदि कहिलेकाहीँ सफल गर्छौ भने राज्य अधिकारी पनि कहिलेकाहीँ बन्नेछौ। समय सफल गरेको प्रारब्ध यही हो। श्वास सफल गरिरहेका छौ भने २१ जन्म नै स्वस्थ रहनेछौ। चल्दाचल्दै हर्टफेल हुनेछैन। कसैको हृदय रोकिने (हर्टफेल), कसैको नली बन्द हुने (नसा ब्लक हुने), त्यो हुनेछैन।
ज्ञानको खजानालाई पनि सफल गर, ज्ञानको अर्थ हो समझ, त्यहाँ यति समझदार बन्नेछौ, जसले गर्दा कुनै मन्त्रीहरूको आवश्यकता हुँदैन। आजकाल त हेर शपथ लिनासाथ पहिले मन्त्रिमण्डल बनाउँछन्। त्यहाँ साथीहरू हुनेछन् तर मन्त्री हुनेछैनन्। राजपरिवार हरेक दरबारमा बस्नेहरू ताजधारी हुनेछन्। राजपरिवार कम हुनेछैन, तख्तमा नबसे पनि मर्यादा एउटै जस्तो हुनेछ त्यसैले यो नसोच– तख्तनसीन धेरै कम बन्नेछन् तर तिमीहरू पनि राजदरबारमा राज्य अधिकारीको रूपमा हुनेछौ। तिमीहरूको शिरमा पनि ताज हुनेछ र तिमीहरूको पूरा अधिकार हुनेछ। त्यसोभए के बन्नेछौ? नम्बरवन वा नम्बरवार, के बन्नेछौ? नम्बरवार बन्नेछौ वा नम्बरवन बन्नेछौ? यसको लागि के गर्नुपर्नेछ, थाहा छ? हिम्मत देखायौ, यो धेरै राम्रो। तर वन नम्बर बन्नका लागि पहिले विन गर्नुपर्नेछ। गरिरहेका छौ नि! गर्नेछौँ, यो नभन्नु, गरिरहेका छौ। अरूले पनि सुनिरहेका छन्। आज सुनेँ– पुराना सिन्धका ब्रह्माका साथी धेरै आएका छन्। हात उठाऊ। साना बच्चाहरू उठ, परिवारका परिवार आएका छन्। राम्रो। कसैले कमाल देखाउनेछौ नि! के देखाउनेछौ? (म्यासेज दिनेछौं) त्यो त गरिरहेका नै छौ। राम्रो, ३८ आएका छन्, के कमाल गर्नेछौ? ठीक छ धेरै भन्दिन, सानो कुरा भन्छु, गर्नका लागि तयार छौ? बच्चाहरूले पनि कमाल गर्नेछौ नि? (३८ लाख बनाउनेछौं) पदमगुणा बधाई छ। तिमीहरूले त ठुलो कुरा बतायौ तर बापदादाले सानो कुरा भन्नुहुन्छ त्यो हो– एकएकले, एकलाई ल्याऊ। ल्याउँछौ? एक एकले एक ल्याऊ। बच्चाहरू छन् भने बच्चाहरूलाई ल्याऊ। माताहरू छन् भने भाइ वा बहिनीलाई ल्याऊ, तर एक एकले एक ल्याउनु छ। यो ग्रुप हेर, तिमीहरूले यिनलाई गाइड गर्नु, अर्को वर्ष लिए आउनुपर्छ, डबल ग्रुप लिएर आउनु। बापदादा यही चाहनुहुन्छ– जहाँबाट आदि भयो, त्यहीँ नै प्रत्यक्षता हुनुपर्छ। रहम आउँछ नि! ब्रह्माबाबाको देशका वासी हौ भने देशवासीसँग स्नेह हुन्छ।
तिमीहरूसँग खजाना धेरै छन्, गुणहरूको खजाना कति ठुलो छ, शक्तिहरूको खजाना कति ठुलो छ। त्यसैले गुणदान, शक्तिहरूको दान गर्नेवाला मास्टर दाता बन। जति पनि आउन् चाहे सम्बन्धमा आउँछन्, चाहे सम्पर्कमा आउँछन्, उनलाई कुनै न कुनै गुण वा शक्तिको उपहार देऊ। कोही खाली हात नजाओस्। अरू केही भएन भने पनि बाबाको सन्देशका मीठा बोली, ती मीठा बोली पनि उपहार देऊ। दुनियाँकाले त कुनै पनि उत्सव हुन्छ नि त्यतिबेला एक-अर्कोलाई मुख मीठो गराउँछन्। तर बापदादा भन्नुहुन्छ– मुख मीठो त गराउनुपर्छ तर आफ्नो मीठो प्यारो अनुहार पनि देखाउनुपर्छ। केवल मुख मीठो होइन, अनुहार पनि मीठो। यति धेरै मधुरता जम्मा छ नि! जति बाँड्छौ फेरि त्यति भरपुर पनि हुन्छौ। यस खजानालाई त जति बाँड्नेछौ त्यति बढ्नेछ, कम हुनेछैन। यस वर्ष नोट गर्नु, जनसुकै आत्मा आए पनि उसलाई केही दियौ? यदि सुन्नेवाला छैन भने मीठो प्यारो शक्तिशाली दृष्टि देऊ। तर दिनु छ अवश्य। खाली नजाओस्। यो त सहज छ नि! वा मुस्किल छ?
अच्छा, एक सेकेण्डमा मनको ड्रिल याद छ? हरेकले सारा दिनमा कति पटक यो ड्रिल गर्छौ? यो नोट गर। यो मनको ड्रिल जति पटक गर्नेछौ, त्यति नै सहज योगी, सरल योगी बन्नेछौ। एकातिर मनसा सेवा अर्कोतिर मनसा इक्सरसाइज। भर्खरै निराकारी, भर्खरै फरिस्ता। ब्रह्माबाबाले तिमी फरिस्ताहरूको आह्वान गरिरहनुभएको छ। फरिस्ता बनेर ब्रह्माबाबासँग आफ्नो घर निराकार रूपमा जानु छ फेरि देवता बन्नु छ। अच्छा!
चारैतिरबाट धेरै यादप्यार चाहे कार्डको रूपमा, चाहे पत्रहरूको रूपमा बापदादासँग आइपुगेका छन्। बापदादाले जान्नुहुन्छ– हरेक बच्चाले यही सम्झन्छन् मेरो याद बाबालाई दिनु, तर त्यो याद मिलिसक्यो। यादप्यार दिने धेरै स्नेही बच्चाहरू बापदादाको सामुन्ने छन् त्यसैले बापदादा भन्नुहुन्छ– हरेक बच्चाले आफ्नो आफ्नो नामबाट बधाई र दिलको आशीर्वाद स्वीकार गर। तिमीहरू सबैलाई पनि नवजीवन, नवयुग र नयाँ वर्षको धेरै धेरै पदम-पदम-पदम-पदमगुणा बधाई र दिलको आशीर्वाद, यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
बापदादाले सबै बच्चाहरूलाई नयाँ वर्षको बधाई दिनुभयो:–
चारैतिरका अति मीठा, अति प्यारा बच्चाहरूलाई पदम-पदमगुणा नयाँ वर्ष (न्यु इयर) को बधाई छ। यो जुन घडी बित्यो, त्यो हो बिदाई र बधाईको घडी। एकातिर बिदाई दिनु छ, जो आफूमा सम्पन्न बन्नमा कमी अनुभव गर्छौ, त्यसलाई बिदाई, सदाका लागि बिदाई दिनुपर्छ र अगाडि उड्नका लागि बधाई। बधाई छ, बधाई छ, बधाई छ। अच्छा, ओम् शान्ति।
| वरदान:– |
स्मृतिलाई अनुभवको स्थितिमा स्थित गर्ने नम्बरवन विशेष आत्मा भव सबै ब्राह्मण आत्माहरूको मनमा सङ्कल्प हुन्छ– हामी विशेष आत्मा नम्बरवन बनौं तर सङ्कल्प र कर्मको अन्तरलाई समाप्त गर्नका लागि स्मृतिलाई अनुभवमा ल्याउनुपर्छ। जसरी सुन्नु, जान्नु याद रहन्छ त्यसैगरी स्वयंलाई त्यस अनुभवको स्थितिमा ल्याउनु छ। यसका लागि स्वयंको र समयको महत्त्वलाई जानेर मन र बुद्धिलाई कुनै पनि अनुभवको सिटमा सेट गर तब नम्बरवन विशेष आत्मा बन्नेछौ। |
| स्लोगन:– | कमजोरीको रिसलाई छोडेर श्रेष्ठताको रेस गर। |