| 30-12-2024 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– आत्मारूपी ब्याट्रीलाई ज्ञान र योगले भरपुर पारेर सतोप्रधान बनाउनु छ , पानीको स्नानले होइन।” | |
| प्रश्न:– | यस समयमा सबै मनुष्य आत्मालाई भट्काउने को हो? त्यसले किन भट्काउँछ? |
| उत्तर:– | सबैलाई भट्काउने रावण हो किनकि ऊ स्वयं पनि भट्कन्छ। उसको आफ्नो कुनै घर छैन। रावणलाई कसैले बाबा भन्दैन। बाबा त परमधाम घरबाट आउनु हुन्छ आफ्ना बच्चाहरूलाई ठेगाना दिन। अहिले तिमीलाई घरको ठेगाना थाहा भएको छ, त्यसैले तिमी भट्किँदैनौ। तिमीले भन्छौ– हामी बाबासँग सबैभन्दा पहिला छुटेका हौं, अब फेरि सबैभन्दा पहिला घर जान्छौं। |
ओम् शान्ति। मीठा प्यारा बच्चाहरूले यहाँ बसेर जान्दछौ, यिनमा जो शिवबाबा आउनु भएको छ, जसरी भए पनि उहाँले हामीलाई अवश्य साथमा घर लिएर जानुहुन्छ। त्यो आत्माहरूको घर हो नि। त्यसैले बच्चाहरूलाई अवश्य खुसी हुन्छ होला, बेहदका बाबा आएर हामीलाई फूल बनाउनु हुन्छ। कुनै कपडा आदि लगाइदिनु हुन्न। यसलाई योगबल भनिन्छ, यादको बल। जस्तो शिक्षकको पद हुन्छ त्यस्तै पद अरू विद्यार्थीलाई पनि दिलाउनुहुन्छ। पढाइद्वारा विद्यार्थीले जान्दछन्– हामी यस्तो बन्छौं। तिमीले पनि जान्दछौ हाम्रो बाबा टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। यो हो नयाँ कुरा। हाम्रो बाबा टिचर हुनुहुन्छ, उहाँलाई हामीले याद गर्छौं। हामीलाई पढाएर यस्तो बनाइरहनु भएको छ। हाम्रो बेहदका बाबा आउनु भएको छ– हामीलाई फर्काएर घर लिएर जान। रावणको कुनै घर हुँदैन, घर रामको हुन्छ। शिवबाबा कहाँ रहनुहुन्छ? तिमीले तुरुन्तै भन्छौ परमधाममा। रावणलाई त बाबा भनिँदैन। रावण कहाँ रहन्छ? थाहा छैन। यस्तो भनिँदैन– रावण परमधाममा रहन्छ। होइन, उसको मानौं ठेगाना नै छैन। भट्किइरहन्छ, तिमीलाई पनि भट्काउँछ। के तिमीले रावणलाई याद गर्छौ र? गर्दैनौ। त्यसले तिमीलाई कति भट्काउँछ। शास्त्र पढ, भक्ति गर, यो गर। बाबा भन्नुहुन्छ– यसलाई भक्तिमार्ग, रावण राज्य भनिन्छ। गान्धीजीले पनि भन्थे– रामराज्य चाहियो। यस रथमा हाम्रो शिवबाबा आउनु भएको छ। उहाँ बडाबाबा हुनुहुन्छ नि। उहाँले आत्माहरूसँग बच्चा बच्चा भनेर कुरा गर्नुहुन्छ। अहिले तिम्रो बुद्धिमा छ रुहानी बाबा र रुहानी बाबाको बुद्धिमा तिमी रुहानी बच्चाहरू छौ किनकि हाम्रो सम्बन्ध छ नै मूलवतनसँग। आत्मा परमात्मा अलग रहे बहुकाल...। त्यहाँ त आत्माहरू बाबाको साथमा सँगसँगै रहन्छन्। फेरि अलग हुन्छन् आआफ्नो पार्ट खेल्न। धेरै समयको हिसाब हुनुपर्छ नि। उहाँ बाबा बसेर बताउनु हुन्छ। तिमीले अहिले पढाइ पढिरहेका छौ। तिमीहरूमा पनि नम्बरवार छौ। जसले राम्रोसँग पढ्छन्, उनीहरू नै सबैभन्दा पहिला मबाट छुटेका हुन्। उनीहरूले फेरि मलाई धेरै याद गर्छन् त्यसैले फेरि तिनीहरू नै सबैभन्दा पहिला आउने छन्।
बाबा बसेर बच्चाहरूलाई सारा सृष्टि चक्रको गहन रहस्य सम्झाउनु हुन्छ, जुन अरू कसैले पनि जानेका छैनन्। गहन पनि भनिन्छ, गहनतम पनि भनिन्छ। यो कुरा तिमीले जानेका छौ– बाबा माथि नै बसेर सम्झाउनुहुन्न, यहाँ आएर सम्झाउनु हुन्छ– म यस कल्पवृक्षको बीजरूप हुँ। यस मनुष्य सृष्टिरूपी वृक्षलाई कल्पवृक्ष भनिन्छ। दुनियाँका मनुष्यले त बिलकुलै केही जानेका छैनन्। कुम्भकर्णको निद्रामा सुतेका छन् फेरि बाबा आएर जगाउनु हुन्छ। अहिले तिमी बच्चाहरूलाई जगाउनु भएको छ, अरू सबै सुतेका छन्। तिमी पनि कुम्भकर्णको आसुरी निद्रामा सुतेका थियौ। बाबाले आएर जगाउनु भएको छ– बच्चाहरू जाग। तिमी लापरबाही गरेर सुतेका छौ, यसलाई भनिन्छ अज्ञान निद्रा। त्यो निद्रामा त सबै पर्छन्। सत्ययुगमा पनि निदाउँछन्। अहिले सबै छन् अज्ञानको निद्रामा। बाबा आएर ज्ञान दिएर सबैलाई जगाउनु हुन्छ। अहिले तिमी बच्चाहरू जागेका छौ, जानेका छौ– बाबा आउनु भएको छ, हामीलाई लिएर जानुहुन्छ। अहिले त न यो शरीर कामको छ, न आत्मा, दुवै पतित बनेका छन्, एकदम नक्कली छन्। ९ क्यारेट भनौं अर्थात् धेरै कमसल सुन, सक्कली सुन २४ क्यारेटको हुन्छ। अब बाबा तिमी बच्चाहरूलाई २४ क्यारेटमा पुर्याउन चाहनुहुन्छ। तिम्रो आत्मालाई सच्चा सच्चा स्वर्णिमयुगी बनाउनु हुन्छ। भारतलाई सुनको चिडिया भन्थे। अहिले त फलामको, पत्थरको चरा भनिन्छ। हुन त चैतन्य हो नि। यी बुझ्नुपर्ने कुरा छन्। जसरी आत्मालाई चिन्छौ, त्यसैगरी बाबालाई पनि चिन्न सक्छौ। भन्छन् पनि, चम्कन्छ सितारा...। धेरै सानो सितारा छ। डाक्टर आदिले धेरै कोसिस गरेका छन् देख्नको लागि तर दिव्य दृष्टि विना देख्न सकिँदैन। आत्मा धेरै सूक्ष्म छ। कसैले भन्छन्– आँखाबाट आत्मा निस्किएर गयो, कसैले भन्छन् मुखबाट निस्किएर गयो। आत्मा निस्किएर कहाँ जान्छ? अर्को तनमा गएर प्रवेश गर्छ। अहिले तिम्रो आत्मा माथि शान्तिधाम जान्छ । यो पक्का थाहा छ– बाबा आएर हामीलाई घर लिएर जानुहुन्छ। एकातिर छ कलियुग, अर्कोतिर छ सत्ययुग। अहिले हामी सङ्गममा आइपुगेका छौं। आश्चर्य छ। यहाँ करोडौं मनुष्य छन् र सत्ययुगमा केवल ९ लाख! बाँकी सबैलाई के हुन्छ होला? विनाश हुन्छ। बाबा आउनु हुन्छ नै नयाँ दुनियाँ स्थापना गर्न। ब्रह्माद्वारा स्थापना हुन्छ। फेरि पालना पनि हुन्छ दुई रूपमा। यस्तो त होइन, ४ भुजा भएको कोही हुन्छ। त्यसो हो भने त शोभा नै हुँदैन। बच्चाहरूलाई पनि सम्झाइदिनुहुन्छ– चतुर्भुज हो श्री लक्ष्मी, श्री नारायणको कम्बाइन्ड रूप। श्री अर्थात् श्रेष्ठ। त्रेतामा दुई कला कम हुन्छन्। त्यसैले बच्चाहरू अहिले जुन यो ज्ञान मिल्छ, यसको स्मृतिमा रहनु छ। मुख्य छन् नै दुई शब्द, बाबालाई याद गर। अरू कसैको बुद्धिमा आउँदैन। बाबा नै पतित-पावन सर्वशक्तिमान् हुनुहुन्छ। गायन पनि गर्छन्– बाबा, हजुरले हामीलाई सारा आकाश, धरती सबै कुरा दिनु भयो। यस्तो कुनै चीज छैन जुन अप्राप्त छ। सारा विश्वको राज्य दिनुभएको छ।
तिमीलाई थाहा छ– यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। फेरि ड्रामाको चक्र फिर्छ। सम्पूर्ण निर्विकारी बन्नु छ, नम्बरवार पुरुषार्थ अनुसार। यो पनि जानेका छौ– विकारीबाट निर्विकारी, निर्विकारीबाट विकारी, यो ८४ जन्मको पार्ट अनगिन्ती पटक खेलेका हौं। त्यसको गन्ती गर्न सक्दैनौ। बरू जनसङ्ख्याको गन्ती गर्न सकिन्छ। बाँकी यो जुन तिमी तमोप्रधानबाट सतोप्रधान, सतोप्रधानबाट तमोप्रधान कति पटक बन्छौ, यसको हिसाब निकाल्न सक्दैनौ। बाबा भन्नुहुन्छ– यो चक्र ५ हजार वर्षको हो। यो ठीक छ। लाखौं वर्षको कुरा त याद पनि रहन सक्दैन। अहिले तिमीलाई गुणको धारणा हुन्छ। ज्ञानको तेस्रो नेत्र मिल्छ। यी आँखाद्वारा तिमीले पुरानो दुनियाँलाई देख्छौ। जुन तेस्रो नेत्र मिल्छ, त्यसबाट नयाँ दुनियाँलाई देख्नु छ। यो दुनियाँ त कुनै कामको छैन। यो पुरानो दुनियाँ हो। नयाँ र पुरानो दुनियाँमा हेर कति फरक छ। तिमीलाई थाहा छ– हामी नै नयाँ दुनियाँको मालिक थियौं फेरि ८४ जन्म लिँदा लिँदा यस्तो बनेका छौं। यो राम्रोसँग याद राख्नुपर्छ र फेरि अरूलाई पनि बुझाउनु छ– कसरी हामी यस्तो बन्छौं? ब्रह्मा सो विष्णु, फेरि विष्णु सो ब्रह्मा बन्छन्। ब्रह्मा र विष्णुको फरक देख्छौ नि। विष्णु कति सजिसजाउ भएर बसेका हुन्छन् र यी ब्रह्मा कति साधारण रूपमा बसेका छन्। तिमीलाई थाहा छ– यी ब्रह्मा, यी विष्णु बन्नेवाला हुन्। यो कुरा जसलाई सम्झाउन पनि धेरै सजिलो छ। ब्रह्मा, विष्णु, शङ्करको आपसमा के सम्बन्ध छ? तिमीलाई थाहा छ– यी विष्णुका दुई रूप लक्ष्मी-नारायण हुन्। यिनै विष्णु देवता सो फेरि यी मनुष्य ब्रह्मा बन्छन्। ती विष्णु सत्ययुगका हुन्, ब्रह्मा यहाँका हुन्। बाबाले सम्झाउनु भएको छ– ब्रह्माबाट विष्णु बन्न सेकेन्ड, फेरि विष्णुबाट ब्रह्मा बन्न ५ हजार वर्ष लाग्छ। तत् त्वम्। केवल एक ब्रह्मा मात्रै त बन्दैनन् नि! यी कुरा बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। यहाँ कुनै मनुष्य गुरुको कुरा होइन। यिनका पनि गुरु शिवबाबा, तिमी ब्राह्मणहरूका गुरु पनि शिवबाबा हुनुहुन्छ। उहाँलाई सद्गुरु भनिन्छ। त्यसैले बच्चाहरूले शिवबाबालाई नै याद गर्नु छ। जसलाई पनि यो सम्झाउन त धेरै सजिलो छ– शिवबाबालाई याद गर्नुहोस्। शिवबाबाले स्वर्ग नयाँ दुनियाँ रच्नुहुन्छ। उच्च भन्दा उच्च भगवान शिव हुनुहुन्छ। उहाँ हामी आत्माहरूका पिता हुनुहुन्छ। त्यसैले भगवानले बच्चाहरूलाई भन्नुहुन्छ– म बाबालाई याद गर। याद गर्न कति सहज छ। बच्चा जन्मनासाथ उसको मुखबाट आफै माँ-माँ निस्कन्छ। आमा बुबा सिवाय अरू कसैसँग जाँदैन। आमा मरिन् भने त अर्कै कुरा हो। पहिला माता-पिता फेरि पछि अरू मित्र-सम्बन्धी आदि हुन्छन्। त्यसमा पनि जोडी जोडी हुन्छन्। काका-काकी दुई हुन्छन् नि। कुमारी हुन्छिन्, फेरि ठुलो हुने बित्तिकै कसैले काकी भन्छन्, कसैले मम्मी भन्छन्।
अहिले तिमीलाई बाबाले सम्झाउनु हुन्छ– तिमीहरू सबै भाइ भाइ हौ। बस्, अरू सबै सम्बन्ध क्यान्सिल गर्छौ। भाइ भाइ सम्झन्छौ, एक बाबालाई याद गर्छौ। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एक बाबालाई याद गर। कति बेहदका बडाबाबा हुनुहुन्छ। उहाँ बडाबाबा तिमीलाई बेहदको वर्सा दिन आउनु भएको छ। घरी घरी भन्नुहुन्छ, मनमनाभव। आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर, यी कुरा नभुल। देह अभिमानमा आउनाले नै भुल्छन्। सबैभन्दा पहिला त आफूलाई आत्मा सम्झिनु छ– हामी आत्मा शालिग्राम हौं र एक बाबालाई नै याद गर्नु छ। बाबाले सम्झाउनु भएको छ– म पतित-पावन हुँ, मलाई याद गर्नाले तिम्रो ब्याट्री जुन खाली भएको छ त्यो भरपुर हुन्छ, तिमी सतोप्रधान बन्छौ। पानीको गङ्गामा त जन्मजन्मान्तर अल्मलिएका हौ तर पावन बन्न सकेनौ। पानी कसरी पतित-पावन हुन सक्छ? ज्ञानद्वारा नै सद्गति हुन्छ। अहिले हो नै पाप आत्माहरूको झुटो दुनियाँ। लेनदेन पनि पाप आत्माहरूसँग नै हुन्छ। मनसा-वाचा-कर्मणा पाप आत्मा नै बन्छन्। अहिले तिमी बच्चाहरूलाई समझ मिलेको छ। तिमीले भन्छौ– हामीले यी लक्ष्मी-नारायण बन्नको लागि पुरुषार्थ गर्छौं। अब तिम्रो भक्ति पूरा भएको छ। ज्ञानद्वारा सद्गति हुन्छ। यी देवताहरू सद्गतिमा हुन्छन्। बाबाले सम्झाउनु भएको छ– यी धेरै जन्मको अन्त्यमा छन्। बाबा कति सहजै सम्झाउनु हुन्छ। तिमी बच्चाहरूले कति मेहनत गर्छौ। कल्प कल्प मेहनत गर्छौ। पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ बनाउनु छ। भन्छन् नि भगवान जादुगर हुनुहुन्छ, रत्नागर हुनुहुन्छ, सौदागर हुनुहुन्छ। जादुगर त हुनुहुन्छ नि। पुरानो दुनियाँलाई नर्कबाट परिवर्तन गरेर स्वर्ग बनाइदिनुहुन्छ। कत्रा जादुगर हुनुहुन्छ, अहिले तिमीहरू स्वर्गका निवासी बनिरहेका छौ। जानेका छौ– अहिले हामी नर्कका निवासी हौं। नर्क र स्वर्ग अलग छन्। चक्र ५ हजार वर्षको छ। लाखौं वर्षको त कुरै होइन। यी कुरा भुल्नु हुँदैन। भगवानुवाच छ नि– कोही अवश्य छ जो पुनर्जन्मरहित छ। श्रीकृष्णको त शरीर छ। शिवको छैन। उहाँलाई मुख त अवश्य चाहिन्छ। तिमीलाई सुनाउनको लागि आएर पढाउनु हुन्छ नि। ड्रामा अनुसार सारा ज्ञान नै उहाँसँग छ। उहाँ सारा कल्पमा एकैपल्ट आउनु हुन्छ दु:खधामलाई सुखधाम बनाउन। सुख-शान्तिको वर्सा अवश्य बाबाबाट मिलेको छ त्यसैले त मनुष्यले चाहन्छन् नि, बाबालाई याद गर्छन्।
हेर बाबाले ज्ञान कति सहजै दिनुहुन्छ। यहाँ बसेर पनि बाबालाई याद गर, बाजोली याद गर्यौ भने पनि मनमनाभव नै हुन्छ। बाबा नै यो सारा ज्ञानदाता हुनुहुन्छ। तिमीले भन्छौ– हामी बेहदका बाबाको पासमा जान्छौं। बाबाले हामीलाई शान्तिधाम-सुखधाम लिएर जाने मार्ग बताउनु हुन्छ। यहाँ बसेर घरलाई याद गर्नु छ। आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु छ, घरलाई याद गर्नु छ र नयाँ दुनियाँलाई याद गर्नु छ। यो पुरानो दुनियाँ त खतम हुनु नै छ। पछि गएर तिमीले वैकुण्ठलाई पनि धेरै याद गर्नेछौ। घरी घरी वैकुण्ठमा गइरहन्छौ। सुरुमा बच्चीहरू घरी घरी आपसमा बसेर वैकुण्ठमा जान्थे। यो देखेर ठुला घरकाले आफ्ना बच्चालाई पठाइदिन्थे। नाम नै राखिएको थियो ओम् निवास। कति धेरै बच्चाहरू आए फेरि हङ्गामा भयो। बच्चाहरूलाई पढाउनुहुन्थ्यो। आफै ध्यानमा जान्थे। अहिले यो ध्यान साक्षात्कारको पार्ट बन्द गरिदिएको छु। यहाँ पनि कब्रिस्तान बनाइदिनु हुन्थ्यो। सबैलाई सुताइदिनु हुन्थ्यो, भन्नुहुन्थ्यो– अब शिवबाबालाई याद गर, त्यसपछि ध्यानमा जान्थे। अहिले तिमी बच्चाहरू पनि जादुगर हौ। कसैलाई पनि दृष्टि दियौ भने ऊ तुरुन्त ध्यानमा जान्छ। यो जादु कति राम्रो छ। नवधा भक्तिमा त जब एकदम प्राण दिन तयार हुन्छन् तब उनीहरूलाई साक्षात्कार हुन्छ। यहाँ त बाबा स्वयं आउनु भएको छ, तिमी बच्चाहरूलाई पढाएर उच्च पद प्राप्त गराउनु हुन्छ। पछि गएर तिमी बच्चाहरूले धेरै साक्षात्कार गरिरहने छौ। बाबासँग अहिले पनि कसैले सोध्यो भने बताउन सक्नुहुन्छ– को गुलाबको फूल हो, को चम्पाको फूल हो, को टाङ्गर हो? टुह पनि हुन्छन् नि। (टाँग टुह यी सबै विभिन्न फूलहरूका नाम हुन्।) अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) देहका सबै सम्बन्धलाई क्यान्सिल गरेर आत्मा भाइ भाइ हौं, यो निश्चय गर्नु छ र बाबालाई याद गरेर पूरा वर्साको अधिकारी बन्नु छ।
२) अब पाप आत्माहरूसँग लेनदेन गर्नु छैन। अज्ञान निद्राबाट सबैलाई जगाउनु छ, शान्तिधाम सुखधाम जाने मार्ग बताउनु छ।
| वरदान:– |
मन-बुद्धिको एकाग्रताद्वारा सर्व सिद्धिहरू प्राप्त गर्ने सदा समर्थ आत्मा भव सर्व सिद्धिहरू प्राप्त गर्नका लागि एकाग्रताको शक्ति बढाऊ। यो एकाग्रताको शक्तिले सहज निर्विघ्न बनाइदिन्छ, मेहनत गर्ने आवश्यकता हुँदैन। एक बाबा दोस्रो न कोही– यसको सहज अनुभव हुन्छ, सहज एकरस स्थिति बन्छ। सर्वका प्रति कल्याणको वृत्ति, भाइ भाइको दृष्टि हुन्छ। तर एकाग्र हुनका लागि यति समर्थ बन जसबाट मन-बुद्धि सदा तिम्रो आर्डर अनुसार चलोस्। स्वप्नमा पनि सेकेन्ड मात्र पनि हलचल नहोस्। |
| स्लोगन:– | कमल पुष्प समान न्यारा रह्यौ भने प्रभुको प्यारको पात्र बन्नेछौ। |