नेपाली मुरली · Brahma Kumaris

नेपाली मुरली · 2025 फेब्रुअरी 24

ओम शान्ति · BapDada ·

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2025 फेब्रुअरी 24 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

24-02-2025
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“मीठे बच्चे– यस रुहानी हस्पिटलले तिमीलाई आधाकल्पको लागि एभरहेल्दी बनाउँछ , यहाँ तिमी देहीअभिमानी भएर बस।”
प्रश्न:– धन्दा आदि गर्दा पनि कुनचाहिँ डाइरेक्सन बुद्धिमा याद रहनुपर्छ?
उत्तर:– बाबाको डाइरेक्सन छ– तिमीले कुनै साकार वा आकारलाई याद नगर, एक बाबाको याद रह्यो भने विकर्म विनाश हुन्छ। यसमा कसैले फुर्सत छैन भन्न सक्दैन। सबैथोक गर्दागर्दै पनि यादमा रहन सक्छौ।

ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूप्रति बाबाको गुडमर्निङ्ग। गुडमर्निङ्ग पछि बच्चाहरूलाई भनिन्छ बाबालाई याद गर। बोलाएका पनि हौ– हे पतित-पावन आएर पावन बनाउनुहोस् त्यसैले बाबाले सबैभन्दा पहिला भन्नुहुन्छ– रुहानी बाबालाई याद गर। रुहानी बाबा त सबैका एउटै हुनुहुन्छ। फादरलाई कहिल्यै सर्वव्यापी मानिँदैन। त्यसैले जति हुनसक्छ तिमी बच्चाहरूले पहिला बाबालाई याद गर, एक बाबा सिवाय अरू कुनै पनि साकार वा आकारलाई याद नगर। यो त एकदमै सहज छ नि। मानिसहरूले भन्छन्– हामी बिजी हुन्छौं, फुर्सत हुँदैन। तर यसमा त सदैब फुर्सत हुन्छ। बाबाले युक्ति बताउनुहुन्छ। यो पनि बुझेका छौ– बाबालाई याद गरेमा नै हाम्रो पाप भस्म हुन्छ। यो हो मुख्य कुरा। धन्दा आदि गर्न कुनै मनाही छैन। ती धन्दा आदि सबै गर्दै केवल बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यो त सम्झन्छन्– हामी पतित छौं, साधुसन्त ऋषिमुनि आदि सबैले साधना गर्छन्। साधना गर्छन् नै भगवानसँग मिल्नको लागि। त्यो पनि उनीहरूलाई बाबाको परिचय नभएसम्म त मिल्न सक्दैनन्। तिमीलाई थाहा छ– बाबाको परिचय दुनियाँमा कसैलाई पनि छैन। देहको परिचय त सबैलाई छ। ठुलो चीजको परिचय तुरुन्तै हुन्छ। आत्माको परिचय त बाबा आएपछि मात्रै उहाँले सम्झाउनुहुन्छ। आत्मा र शरीर दुई चीज छन्। आत्मा एक सितारा जस्तै छ, जुन धेरै सूक्ष्म छ। त्यसलाई कसैले देख्नसक्दैन। यहाँ आएर बस्दा देहीअभिमानी भएर बस्नु छ।यो पनि आधाकल्पको लागि एभरहेल्दी बन्ने एक हस्पिटल हो नि। आत्मा त हो अविनाशी, यो कहिल्यै विनाश हुँदैन। सारा पार्ट नै आत्माको छ। आत्माले भन्छ– म कहिल्यै विनाश हुन्न। यतिका सबै आत्माहरू अविनाशी छन्। शरीर विनाशी छ। अहिले तिम्रो बुद्धिमा यो बसेको छ– हामी आत्मा अविनाशी हौं। हामीले ८४ जन्म लिन्छौं, यो ड्रामा हो। यसमा धर्म स्थापक को को कहिले आउँछन्, कति जन्म लिन्छन्, यो त जानेका छौ। जुन यी ८४ जन्मको गायन गरिन्छ, अवश्य कुनै एक धर्मको हुनुपर्छ। सबैको त हुनसक्दैन। सबै धर्म सँगसँगै त आउँदैनन्। हामी बसेर अरूको हिसाब किन निकाल्ने? थाहा छ– फलानो फलानो समयमा धर्म स्थापना गर्न आउँछन्। त्यसको फेरि वृद्धि हुन्छ। सबै सतोप्रधानबाट तमोप्रधान त हुनु नै छ। दुनियाँ तमोप्रधान भएपछि फेरि बाबा आएर सतोप्रधान सत्ययुग बनाउनुहुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीले नै फेरि नयाँ दुनियाँमा आएर राज्य गर्ने छौं, त्यहाँ अरू कुनै धर्म हुँदैन। तिमी बच्चाहरूमा पनि जसलाई उच्च पद लिनु छ, उनीहरूले धेरै यादमा रहने पुरुषार्थ गर्छन् र समाचार पनि लेख्छन्– बाबा म यति समय यादमा रहन्छु। कतिले त लाज मानेर पूरा समाचार दिँदैनन्। सम्झन्छन् बाबाले के भन्नुहुन्छ! तर थाहा त हुन्छ नि। स्कुलमा टिचरले विद्यार्थीहरूलाई भन्छन् नि– तिमीले पढेनौ भने फेल हुन्छौ। लौकिक माता-पिताले पनि बच्चाहरूको पढाइबाट थाहा पाउँछन्, यो त धेरै ठुलो विद्यालय हो। यहाँ त नम्बरवार बसाइँदैन। बुद्धिबाट बुझिन्छ, नम्बरवार त हुन्छन् नि। बाबाले राम्रा राम्रा बच्चाहरूलाई कहीँ पठाइदिनुहुन्छ, उनीहरू फेरि जान्छन्। अरूले पनि लेख्छन् हामीलाई महारथी चाहियो, अवश्य सम्झन्छन् ऊ हामी भन्दा होसियार र प्रसिद्ध छ। नम्बरवार त हुन्छन् नि। प्रदर्शनीमा पनि अनेक प्रकारका आउँछन्, त्यसैले गाइडहरू पनि उभिइरहनु पर्छ, जाँच गर्नको लागि। स्वागत (रिसीभ) गर्नेलाई त थाहा हुन्छ– यो कुन प्रकारको मानिस हो। त्यसैले उनलाई फेरि इसारा गर्नुपर्छ– यसलाई तपाईँले सम्झाउनु होस्। तिमीले पनि बुझ्नसक्छौ। फस्ट ग्रेड, सेकेन्ड ग्रेड, थर्ड ग्रेड सबै छन्। यहाँ त सबैको सेवा गर्नु नै छ। कुनै ठुलो मानिस छ भने अवश्य ठुलो मानिसलाई खातिरी त सबैले गर्छन् नै। यो नियम हो। बाबा अथवा टिचरले बच्चाहरूको क्लासमा महिमा गर्नुहुन्छ, यो पनि सबैभन्दा ठुलो खातिरी हो। नाम निकाल्ने बच्चाहरूको महिमा अथवा खातिरी गरिन्छ। यो फलाना धनवान हो, रिलिजस माइन्डेड हो, यो पनि खातिरी हो नि। अहिले तिमीलाई यो कुरा थाहा छ– उच्च भन्दा उच्च भगवान्हुनुहुन्छ। भन्छन् पनि– वास्तवमा उहाँ उच्च भन्दा उच्च हुनुहुन्छ, तर फेरि उहाँको जीवनी बताउनुहोस् भनेमा भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। यसरी एकदम तल पारिदिन्छन्। अहिले तिमीले सम्झाउन सक्छौ– सबैमा उच्च भन्दा उच्च हुनुहुन्छ भगवान्, उहाँ हुनुहुन्छ मूलवतनवासी। सूक्ष्मवतनमा छन् देवताहरू। यहाँ रहन्छन् मनुष्य। त्यसैले उच्च भन्दा उच्च भगवान्उहाँ निराकार हुनुहुन्छ भन्ने सिद्ध हुन्छ।

अहिले तिमीलाई थाहा छ– हामी जो हीरा जस्ता थियौं, फेरि कौडी जस्ता बनेका छौं। भगवानलाई आफू भन्दा पनि धेरै तल लगिदिएका छन्। पहिचान नै छैन। तिमी बच्चाहरूलाई नै परिचय मिल्छ, फेरि परिचय कम हुन्छ। अहिले तिमीले सबैलाई बाबाको परिचय दिँदै जान्छौ। धेरैलाई बाबाको परिचय मिल्छ। तिम्रो मुख्य चित्र हुन नै यी त्रिमूर्ति, गोला, वृक्ष। यिनमा कति ज्ञान छ। यो त जसले पनि भन्छन्– यी लक्ष्मी-नारायण सत्ययुगका मालिक थिए। ठीकै छ, सत्ययुग भन्दा पहिला के थियो? यो पनि अहिले तिमीलाई थाहा छ। अहिले हो कलियुगको अन्त्य र छ पनि प्रजाको प्रजामाथि राज्य। अहिले रजाइँ त छँदैछैन, कति फरक छ। सत्ययुगको आदिमा राजाहरू थिए र अहिले कलियुगमा पनि राजाहरू त छन्। तर ती कुनै पावन हुँदैनन्, केही पैसा दिएर पनि टाइटल लिन्छन्। महाराजा त कोही छँदैछैन, टाइटल खरीद गरेर लिन्छन्। जस्तै पटियालाका महाराजा, जोधपुर, बीकानेरका महाराजा... नाम त लिइन्छ नि। यो नाम अविनाशी चल्दै आउँछ। पहिले पवित्र महाराजाहरू थिए, अहिले छन् अपवित्र महाराजाहरू। तर यो पदवी चल्दै आउँछ। यी लक्ष्मी-नारायणको लागि भनिन्छ– यिनीहरू सत्ययुगका मालिक थिए, कसले राज्य लियो? अहिले तिमीलाई थाहा छ– राजधानीको स्थापना कसरी हुन्छ। बाबा भन्नुहुन्छ–मैले तिमीलाई अहिले २१ जन्मको लागि पढाउँछु। तिनीहरू त पढेर यसै जन्ममा नै वकिल आदि बन्छन्। तिमी अहिले पढेर भविष्यमा महाराजा-महारानी बन्छौ। ड्रामा योजना अनुसार नयाँ दुनियाँको स्थापना भइरहेको छ। अहिले हो पुरानो दुनियाँ। चाहे जति नै राम्रा राम्रा ठुला महल हुन् तर हीरा-जुहारतहरूका महल बनाउने तागत त कसैमा छैन। सत्ययुगमा यी सबै हीरा-जुहारतका महल बनाउँछन् नि। बनाउन कुनै समय कहाँ लाग्छ र। यहाँ पनि भूकम्प आदि गएमा धेरै कालीगढ लगाइदिन्छन्, एक-दुई वर्षमा सारा शहर तयार गरिदिन्छन्। नयाँ दिल्ली बनाउन बढीमा ८-१० वर्ष लाग्यो तर यहाँका लेबर र त्यहाँका लेबरहरूमा त फरक हुन्छ नि। आजकाल त नयाँ नयाँ आविष्कार पनि गरिरहन्छन्। भवन बनाउन साइन्सको पनि जोडबल छ, सबैथोक तयारी पाइन्छ, झट्ट फ्ल्याट तयार हुन्छ। धेरै छिटो छिटो बन्छन्। यो सबै त्यहाँ काममा त आउँछ नि। यो सबै साथै जाने छ। संस्कार त रहन्छ नि। यो विज्ञानको संस्कार पनि जान्छ। अहिले बाबाले बच्चाहरूलाई सम्झाइरहनु हुन्छ, पावन बन्नुछ भने बाबालाई याद गर। बाबाले पनि गुडमर्निङ्ग भनेर फेरि शिक्षा दिनुहुन्छ। प्यारा बच्चाहरू! बाबाको यादमा बसेका छौ? हिँड्दा-डुल्दा बाबालाई याद गर किनकि जन्मजन्मान्तरको बोझ शिरमाथि छ। सिँढी झर्दै झर्दै ८४ जन्म लिन्छौं। अहिले फेरि एक जन्ममा चढ्तीकला हुन्छ। जति बाबालाई याद गरिरहन्छौ, त्यति खुसी पनि हुन्छ, तागत मिल्छ। धेरै बच्चाहरू छन्, जसलाई पहिलो नम्बरमा राखिन्छ तर यादमा बिल्कुल रहँदैनन्। छन त ज्ञानमा तीक्ष्ण छन् तर यादको यात्रा छँदैछैन। बाबाले त बच्चाहरूको महिमा गर्नुहुन्छ। यिनी पनि नम्बरवनमा छन् भने अवश्य मेहनत पनि गर्छन् होला नि। तिमीले सदैव सम्झ– शिवबाबाले सम्झाउनुहुन्छ, तब बुद्धियोग उहाँमा लागिरहन्छ। यिनले पनि सिकेका त होलान् नि। फेरि पनि भन्छन् बाबालाई याद गर। कसैलाई सम्झाउनको लागि चित्र छन्। भगवान्भनिन्छ नै निराकारलाई। उहाँ आएर शरीर धारण गर्नुहुन्छ। एक भगवानका बच्चाहरू सबै आत्माहरू भाइ भाइ हुन्। उहाँ अहिले यस शरीरमा विराजमान हुनुहुन्छ। सबै अकालमूर्त हुन्। यो अकालमूर्त (आत्मा)को तख्त हो। अकालतख्त अरू कुनै खास चीज होइन। यो तख्त हो अकालमूर्तको। भृकुटीको बीचमा आत्मा विराजमान हुन्छ, यसलाई भनिन्छ– अकालतख्त। अकालतख्त, अकालमूर्तको। आत्माहरू सबै अकाल हुन्, कति सूक्ष्म छ। बाबा त हुनुहुन्छ निराकार। उहाँले आफ्नो तख्त कहाँबाट ल्याउनुहुन्छ र। बाबा भन्नुहुन्छ– मेरो पनि यो तख्त हो। म आएर यस तख्तको लोन लिन्छु। ब्रह्माको साधारण वृद्ध तनमा अकाल तख्तमा आएर बस्छु। अहिले तिमीले बुझिसकेका छौ– सबै आत्माहरूको यो भृकुटी तख्त हो। मनुष्यको नै कुरा गरिन्छ, जनावरको त कुरा होइन। मनुष्य जो जनावर भन्दा पनि खराब बनेको छ, पहिला ऊ त सुध्रियोस्। कसैले जनावरको कुरा सोधेमा भन– पहिला आफ्नो त सुधार गरौं। सत्ययुगमा त जनावर पनि धेरै राम्रा फस्टक्लास हुन्छन्। फोहोर आदि केही पनि हुँदैन। राजाको महलमा परेवा आदिले विष्टा गरेमा सजायँ मिल्छ। अलिकति पनि फोहोर हुँदैन। धेरै खबरदारी हुन्छ। पहरामा रहन्छन्, कहिल्यै कुनै जनावर आदि भित्र घुस्नसक्दैन। धेरै सफाइ हुन्छ। लक्ष्मी-नारायणको मन्दिरमा पनि कति सफाइ हुन्छ। शङ्कर-पार्वतीको मन्दिरमा चाहिँ परेवा पनि देखाउँछन्। अवश्य मन्दिरलाई पनि फोहोर पार्छन् होला। शास्त्रहरूमा त धेरै दन्त्य कथाहरू लेखिदिएका छन्।

अहिले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ, यसमा पनि थोरै छन्, जसले धारणा गर्न सक्छन्। अरूले त केही पनि बुझ्दैनन्। बाबाले बच्चाहरूलाई कति प्यारसँग सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! धेरै मीठो बन। मुखबाट सदैव ज्ञान रत्न निस्किरहोस्। तिमी हौ रूप-बसन्त। तिम्रो मुखबाट पत्थर निस्किनु हुँदैन। आत्मा को नै महिमा छ। आत्माले भन्छ– म राष्ट्रपति हुँ, फलाना हुँ...। मेरो शरीरको नाम यो हो। ठीकै छ, आत्माहरू कसका बच्चा हुन् त? एक परमात्माका। त्यसोभए अवश्य उहाँबाट वर्सा मिल्छ होला। उहाँ फेरि सर्वव्यापी कसरी हुन सक्नुहुन्छ! तिमीले बुझेका छौ– हामीलाई पनि पहिला थाहा थिएन। अहिले कति बुद्धि खुलेको छ। तिमी कुनै पनि मन्दिरमा जाँदा सम्झन्छौ– यी सबै चित्र त झुटा हुन्। १० हात भएका, हात्तीको सुँड भएको कुनै चित्र हुन्छ र! यो सबै हो भक्ति मार्गको सामग्री। वास्तवमा भक्ति हुनुपर्छ एक शिवबाबाको, जो सबका सद्गतिदाता हुनुहुन्छ। तिम्रो बुद्धिमा छ– यी लक्ष्मी-नारायणले पनि ८४ जन्म लिन्छन्। फेरि सर्वोच्च बाबा नै आएर सबैलाई सद्गति दिनुहुन्छ। उहाँ भन्दा ठुलो कोही छँदैछैन। यो ज्ञानको कुरा तिमीहरूमा पनि नम्बरवार धारण गर्न सक्छन्। धारणा गर्न सकेनन् भने बाँकी के कामका रहे। कति त अन्धाहरूको लट्ठी बन्नुको सट्टा अन्धै बन्छन्। जुन गाईले दुध दिँदैन, त्यसलाई पिंजरपुरमा राख्छन्। यहाँ पनि ज्ञानको दुध दिन सक्दैनन्। धेरै छन्, जसले केही पुरुषार्थ गर्दैनन्। बुझ्दैनन्– मैले केही त कसैको कल्याण गरूँ। आफ्नो तकदिरको ख्याल नै रहँदैन। जे जति मिल्यो, त्यही राम्रो! त्यसैले बाबा भन्नुहुन्छ– यिनको तकदिरमा छैन। आफ्नो सदति गर्ने पुरुषार्थ त गर्नुपर्छ। देहीअभिमानी बन्नु छ। बाबा कति उच्च भन्दा उच्च हुनुहुन्छ र आउनुहुन्छ हेर कसरी पतित दुनियाँ, पतित शरीरमा। उहाँलाई बोलाउँछन् नै पतित दुनियाँमा। जब रावणले दु:ख दिन्छ, बिल्कुलै भ्रष्ट बनाइदिन्छ, तब बाबा आएर श्रेष्ठ बनाउनुहुन्छ। जसले राम्रो पुरुषार्थ गर्छन्, ती राजा-रानी बन्छन्, जसले पुरुषार्थ गर्दैनन्, ती गरिब बन्छन्। तकदिरमा छैन भने पुरुषार्थ गर्न सक्दैनन्। कसैले त धेरै राम्रो तकदिर बनाउँछन्। हरेकले आफूलाई हेर्न सक्छन्– मैले के सेवा गर्छु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) रूप-बसन्त बनेर मुखबाट सदैव रत्न निकाल्नु छ, धेरै मीठो बन्नु छ। कहिल्यै पनि पत्थर (कटु वचन) निकाल्नु छैन।

२) ज्ञान र योगमा तीक्ष्ण बनेर आफ्नो र अरूको कल्याण गर्नु छ। आफ्नो तकदिर उच्च बनाउने पुरुषार्थ गर्नु छ। अन्धाहरूको लट्ठी बन्नु छ।

वरदान:– सन्तुष्टताद्वारा सबैबाट प्रशंसा प्राप्त गर्ने सदा प्रसन्नचित्त भव
सन्तुष्टताको निसानी प्रत्यक्ष रूपमा प्रसन्नता देखिन्छ। त्यस्तै जो सन्तुष्ट वा प्रसन्न रहन्छन्, उनको हरेकले अवश्य प्रशंसा गर्छन्। त्यसैले प्रशंसा, प्रसन्नताबाट नै प्राप्त गर्न सक्छौ। त्यसैले सदा सन्तुष्ट र प्रसन्न रहने विशेष वरदान स्वयं पनि लेऊ र अरूलाई पनि देऊ किनकि यस यज्ञको अन्तिम आहुति सबै ब्राह्मणहरूको सदा प्रसन्नता हो। जब सबै सदा प्रसन्न रहन्छन् तब प्रत्यक्षताको आवाज गुञ्जिन्छ, अर्थात् विजयको झण्डा लहराउँछ।
स्लोगन:– डाइमन्ड बनेर डाइमन्ड बनाउने सन्देश दिनु नै डाइमन्ड जुबली मनाउनु हो।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।