| 22-10-2025 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– तिमीले कसैलाई पनि सम्झाउँ दा वा भाषण गर् दा बाबा ! बाबा ! भनेर सम्झाऊ , बाबाको महिमा गर तब तीर लाग्छ।” | |
| प्रश्न:– | बाबाले बच्चाहरूसँग कुन विशेष प्रश्न सोध्नुहुन्छ? |
| उत्तर:– | तिमी बच्चाहरू जो यति धनवान थियौ, सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण देवता धर्मका थियौ, तिमी पवित्र थियौ, काम कटारी चलाउँदैनथ्यौ, धेरै धनवान थियौ। फेरि तिमी यति कङ्गाल कसरी बन्यौ– कारण थाहा छ? प्यारा बच्चाहरू! तिमी गुलाम कसरी बन्यौ? त्यति सबै धन दौलत कहाँ गुमायौ? विचार गर– तिमी पावनबाट पतित कसरी बन्यौ? तिमी बच्चाहरूले पनि बाबा! बाबा! भन्दै यस्ता यस्ता कुरा अरूलाई पनि सम्झाऊ तब सहजै बुझ्नेछन्। |
ओम् शान्ति। ओम् शान्ति भन्दा पनि बाबा अवश्य याद आउनुपर्छ। बाबाको सबैभन्दा पहिलो भनाइ हो– मनमनाभव। अवश्य पहिला पनि भन्नुभएको थियो त्यसैले त अहिले पनि भन्नुहुन्छ नि। तिमी बच्चाहरूले बाबालाई चिन्दछौ, कतै सभामा भाषण गर्न जाँदा ती मानिसहरूले त बाबालाई चिन्दैनन्। त्यसैले उनीहरूलाई पनि यसरी भन्नुपर्छ– शिवबाबा भन्नुहुन्छ, उहाँ नै पतित-पावन हुनुहुन्छ। अवश्य पावन बनाउनको लागि यहाँ आएर सम्झाउनुहुन्छ। जसरी बाबाले यहाँ तिमीलाई भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमीलाई स्वर्गको मालिक बनाएको थिएँ, तिमी आदि सनातन देवी-देवता धर्मवालाहरू विश्वका मालिक थियौ, त्यसैगरी तिमीले पनि भन्नुपर्छ– बाबाले यो भन्नुहुन्छ। कसैको भाषणको यस्तो समाचार आएको छैन। शिवबाबा भन्नुहुन्छ– मलाई उच्चभन्दा उच्च मान्छौ, पतित-पावन पनि मान्छौ, म आउँछु पनि भारतवर्षमा र राजयोग सिकाउन आउँछु, भन्छु– म एकलाई याद गर, म उच्च बाबालाई याद गर किनकि उहाँ बाबा दिनेवाला दाता हुनुहुन्छ। अवश्य भारतवर्षमा तिमी विश्वका मालिक थियौ नि। अर्को कुनै धर्म थिएन। बाबाले हामी बच्चाहरूलाई सम्झाउनुहुन्छ, हामीले फेरि तपाईंलाई सम्झाउँछौँ। बाबा भन्नुहुन्छ– तिमी भारतवर्षवासी कति धनवान थियौ। सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण देवता धर्म थियो, तिमी पवित्र थियौ, काम कटारी चलाउँदैनथ्यौ। धेरै धनवान थियौ। फेरि बाबा भन्नुहुन्छ– तिमीले यति ठुलो दिवालियापन कसरी ल्यायौ– कारण थाहा छ? तिमी विश्वका मालिक थियौ। अहिले तिमी विश्वका गुलाम किन बनेका छौ? सबैसँग ऋण लिइरहन्छौ। त्यति सबै पैसा कहाँ गयो? जसरी बाबाले भाषण गरिरहनुभएको छ त्यसैगरी तिमीले पनि भाषण गर त्यसबाट धेरैलाई आकर्षण हुन्छ। तिमीहरूले बाबालाई याद गर्दैनौ त्यसैले कसैलाई तीर लाग्दैन। त्यो तागत मिल्दैन। नत्र तिम्रो एउटै यस्तो भाषण सुने भने कमाल हुन्छ। शिवबाबा सम्झाउनुहुन्छ– भगवान त एउटै हुनुहुन्छ। जो दु:खहर्ता सुखकर्ता हुनुहुन्छ, नयाँ दुनियाँ स्थापना गर्नेवाला हुनुहुन्छ। यही भारतवर्षमा स्वर्ग थियो। हीरा-जुहारतका महल थिए, एउटै राज्य थियो। सबै क्षीरखण्ड थिए। जसरी बाबाको महिमा अपरम्पार छ, त्यसैगरी भारतवर्षको महिमा पनि अपरम्पार छ। भारतवर्षको महिमा सुनेर खुसी हुन्छन्। बाबाले बच्चाहरूसँग सोध्नुहुन्छ– यति धन दौलत कहाँ गुमायौ? भक्तिमार्गमा तिमीले कति खर्च गर्दै आयौ। कति मन्दिर बनाउँछौ। बाबा भन्नुहुन्छ– ख्याल गर– तिमी पावनबाट पतित कसरी बन्यौ? भन्छौ पनि नि– बाबा दु:खमा हजुरको याद गर्छौँ, सुखमा गर्दैनौँ। तर तिमीलाई कसले दु:खी बनाउँछ? घरी घरी बाबाको नाम लिइराख। तिमीले बाबाको सन्देश दिन्छौ। बाबा भन्नुहुन्छ– मैले त स्वर्ग, शिवालय स्थापना गरेको थिएँ, स्वर्गमा यी लक्ष्मी-नारायणको राज्य थियो नि। तिमीले यो पनि भुल्यौ। तिमीलाई यो पनि थाहा छैन– राधा-कृष्ण नै स्वयंवरपछि लक्ष्मी-नारायण बन्छन्। श्रीकृष्ण जो विश्वका मालिक हुनुहुन्थ्यो, उहाँलाई कलङ्क लगाउँछौ, मलाई पनि कलङ्क लगाउँछौ। म तिम्रो सदगतिदातालाई, तिमीले मलाई कुकुर बिरालो, कण कणमा छु भनिदिन्छौ। बाबा भन्नुहुन्छ– तिमी कति पतित बनेका छौ। बाबा भन्नुहुन्छ– सबैको सदगतिदाता, पतित-पावन म नै हुँ। तिमीले फेरि पतित-पावनी गङ्गालाई भनिदिन्छौ। मसँग योग नलगाउनाले तिमी झन् पतित बन्छौ। मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। घरी घरी बाबाको नाम लिएर सम्झाऊ त्यसपछि शिवबाबाको याद हुन्छ। भन, हामीले बाबाको महिमा गर्छौँ, बाबा स्वयं भन्नुहुन्छ– म कसरी धेरै जन्महरूको अन्त्यमा साधारण पतित तनमा आउँछु। यिनका नै धेरै जन्म हुन्छन्। यिनी अब मेरा बनेका छन्, त्यसैले यो रथद्वारा तिमीलाई सम्झाउँछु। यिनलाई आफ्नो जन्महरूको विषयमा थाहा छैन। भागीरथ यिनी हुन्, यिनको पनि वानप्रस्थ अवस्थामा म आउँछु। शिवबाबाले यसरी सम्झाउनुहुन्छ। यस्तो भाषण अरू कसैको सुनिएको छैन। बाबाको त नाम नै लिँदैनन्। सारा दिन बाबालाई बिल्कुलै याद नै गर्दैनन्। परचिन्तनमा लागिरहन्छन् र लेख्छन्– हामीले यस्तो भाषण गर्यौँ, हामीले यो सम्झायौँ। बाबाले बुझ्नुहुन्छ– अहिले त तिमी कमिला हौ। माकुरा पनि बनेका छैनौ र अहङ्कार कति हुन्छ। बुझ्दैनन्– शिवबाबाले ब्रह्माद्वारा भन्नुहुन्छ। शिवबाबालाई तिमीले भुलिदिन्छौ। ब्रह्मासँग तुरुन्तै रिसाउँछन्। बाबा भन्नुहुन्छ– तिमीले मलाई मात्रै याद गर, तिम्रो काम मसँग छ। मलाई याद गर्छौ नि। तर तिमीलाई पनि थाहा छैन– बाबा के चीज हुनुहुन्छ, कहिले आउनुहुन्छ। गुरुहरूले तिमीलाई भन्छन्– कल्प लाखौँ वर्षको छ र बाबा भन्नुहुन्छ– कल्प हो नै ५ हजार वर्षको। पुरानो दुनियाँ सो फेरि नयाँ हुन्छ। नयाँ सो फेरि पुरानो हुन्छ। तर नयाँ दिल्ली छ कहाँ? दिल्लीलाई त परिस्तान भएपछि मात्र नयाँ दिल्ली भनिन्छ। नयाँ दुनियाँमा नयाँ दिल्ली थियो, यमुना घाटमा। त्यसमा लक्ष्मी-नारायणका महल थिए। परिस्तान थियो। अब त कब्रिस्तान हुनुछ, सबै दफन हुनुछ त्यसैले बाबा भन्नुहुन्छ– म उच्चभन्दा उच्च बाबालाई याद गर त्यसपछि पावन बन्छौ। सदा यसरी नै बाबा! बाबा! भनेर सम्झाऊ। बाबाको नाम लिँदैनौ त्यसैले तिम्रो कुरा कसैले सुन्दैनन्। बाबाको याद नहुनाले तिमीमा जौहर भरिँदैन। तिमी देह अभिमानमा आउँछौ। बाँधेलीहरू जसले मार खान्छन् उनीहरू तिमीभन्दा ज्यादा यादमा रहन्छन्, कति पुकार्छन्। बाबा भन्नुहुन्छ– तिमी सबै द्रौपदीहरू हौ नि। अब तिमीलाई नाङ्गिनबाट बचाउँछु। माताहरू पनि यस्ता कोही हुन्छन् जसलाई कल्प पहिला पनि पूतना आदि नाम दिइएको थियो। तिमीले भुल्यौ।
बाबा भन्नुहुन्छ– भारतवर्ष शिवालय भएको बेलामा त्यसलाई स्वर्ग भनिन्थ्यो। यहाँ फेरि जसका भवन, विमान आदि छन् उनीहरूले सम्झन्छन्– हामी स्वर्गमा छौँ। कति मूढमति छन्। हरेक कुरामा भन– बाबा भन्नुहुन्छ। यी हठयोगीहरूले तिमीलाई मुक्ति कहाँ दिन सक्छन् र। सबैको सदगतिदाता एक हुनुहुन्छ फेरि गुरु किन बनाउँछौ? के तिमीलाई संन्यासी बन्नुछ वा हठयोग सिकेर ब्रह्ममा लीन हुनुछ? लीन त कोही हुन सक्दैन। पार्ट सबैले खेल्नुछ। सबै कलाकारहरू अविनाशी छन्। यो अनादि अविनाशी ड्रामा हो, मोक्ष कसैलाई कसरी मिल्न सक्छ! बाबा भन्नुहुन्छ– म यी साधुहरूको पनि उद्धार गर्न आउँछु। फेरि पतित-पावनी गङ्गा कसरी हुन सक्छ। पतित-पावन तिमीले मलाई भन्छौ नि। तिम्रो मसँग योग टुटेको हुनाले यो हाल भएको हो। अब फेरि मसँग योग लगाऊ त्यसपछि तिम्रा विकर्म विनाश हुन्छन्। मुक्तिधाममा पवित्र आत्माहरू रहन्छन्। अहिले त सारा दुनियाँ पतित छ। पावन दुनियाँको विषयमा तिमीलाई थाहै छैन। तिमी सबै पुजारी हौ, पूज्य एउटै पनि छैनौ। तिमीले बाबाको नाम लिएर सबैलाई जगाउन सक्छौ। बाबा जसले विश्वको मालिक बनाउनुहुन्छ–तिमी बसेर उहाँको ग्लानि गर्छौ। श्रीकृष्ण सानो बच्चा, सर्वगुण सम्पन्न, उहाँ बसेर यस्तो कामधन्दा कसरी गर्नुहुन्छ! श्रीकृष्ण सबैका पिता कसरी हुन सक्नुहुन्छ। भगवान त एक हुनुहुन्छ नि। मेरो श्रीमतमा नचलेसम्म खिया कसरी उत्रन्छ। तिमीले सबैको पूजा गरिरहन्छौ, त्यसैले के हालत भयो, त्यसोभएको त फेरि मलाई आउनुपर्छ। तिमी कति धर्म कर्म भ्रष्ट भएका छौ। बताऊ हिन्दु धर्म कसले कहिले स्थापना गरेका हुन्? यस्तो राम्रो चुनौती दिएर भाषण गर। तिमीलाई घरी घरी बाबाको याद नै आउँदैन। कहिलेकाहीँ कसैले लेख्छन्– हामीमा त मानौँ बाबाले आएर भाषण गर्नुभयो। बाबाले धेरै मद्दत गरिरहनुहुन्छ। तिमी यादको यात्रामा रहँदैनौ त्यसैले कमिलाको गतिमा सेवा गर्छौ। बाबाको नाम लिएपछि मात्रै कसैलाई तीर लाग्छ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीले नै अलराउन्ड ८४ को चक्कर लगाएका छौ, त्यसैले तिमीलाई नै आएर सम्झाउनुपर्छ। म भारतवर्षमा नै आउँछु। जो पूज्य थिए उनीहरू पुजारी बन्छन्। म त पूज्य पुजारी बन्दिनँ।
“बाबा भन्नुहुन्छ, बाबा भन्नुहुन्छ”, यसको त धुन लगाइदिनुपर्छ। तिमीले यस्ता यस्ता भाषण गर्न थाल्छौ र मैले पनि त्यो सुन्छु अनि मैले बुझ्छु– अब तिमी कमिलाबाट माकुरा बनेका छौ । बाबा भन्नुहुन्छ– मैले तिमीलाई पढाउँछु, तिमीले केवल म एकलाई याद गर। यो रथद्वारा तिमीलाई केवल भन्छु– मलाई याद गर। रथलाई कहाँ याद गर्नुछ र। बाबा यस्तो भन्नुहुन्छ, बाबा यो सम्झाउनुहुन्छ, यस्ता यस्ता बचन तिमीले बोल फेरि हेर तिम्रो कति प्रभाव निस्कन्छ। बाबा भन्नुहुन्छ– देहसहित सबै सम्बन्धहरूबाट बुद्धिको योग तोडिदेऊ। आफ्नो देह पनि छोडिदियौ भने बाँकी रह्यो आत्मा। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। कसैले भन्छन्– “अहम् ब्रह्मास्मि” । बाबा भन्नुहुन्छ, तिनलाई यो पनि थाहा छैन– माया केलाई भनिन्छ र सम्पत्ति केलाई भनिन्छ! तिनले धनलाई माया भनिदिन्छन्। यस्ता यस्ता कुरामा तिमीले सम्झाउन सक्छौ। धेरै राम्रा राम्रा बच्चाहरूले पनि मुरली पढ्दैनन्। बाबालाई याद गर्दैनन् भने तीर लाग्दैन किनकि यादको बल मिल्दैन। बल मिल्छ यादबाट। जुन योगबलबाट तिमी विश्वका मालिक बन्छौ। प्यारा बच्चाहरू! हरेक कुरामा बाबाको नाम लिइरहने गरेमा कहिल्यै कसैले केही भन्न सक्दैन। सबैका भगवान बाबा त एक हुनुहुन्छ वा सबै भगवान हुन्? भन्छन्– हामी फलानो संन्यासीका अनुयायी हौं। अब ती संन्यासी र तिमी गृहस्थी, त्यसैले तिमी अनुयायी कसरी भयौ? गायन पनि छ– झूठी माया, झूठी काया, झूठा सब संसार। सच्चा त एक बाबा नै हुनुहुन्छ। उहाँ बाबा नआएसम्म हामी सच्चा बन्न सक्दैनौँ। मुक्ति-जीवनमुक्तिदाता उहाँ एक नै हुनुहुन्छ। बाँकी कसैले पनि मुक्ति कहाँ दिन्छन् र जसबाट हामी उनीहरूका बन्छौँ। बाबा भन्नुहुन्छ– यो पनि ड्रामामा थियो। अब सावधान भएर आँखा खोल। बाबाले यसो भन्नुहुन्छ, यो भन्नाले तिमी छुट्छौ। तिमीसँग कसैले नचाहिने कुरा गर्दैनन्। त्रिमूर्ति शिवबाबा भन्नुछ, केवल शिव होइन। त्रिमूर्तिलाई कसले रच्नुभयो? ब्रह्माद्वारा स्थापना कसले गराउनुहुन्छ? के ब्रह्मा रचयिता हुन्? यस्ता यस्ता कुरा नशाले भन अनि काम गर्न सक्छौ। नत्र देह अभिमानमा बसेर भाषण गर्छौ।
बाबा सम्झाउनुहुन्छ– यो अनेक धर्महरूको कल्प वृक्ष हो। पहिला सुरुमा हुन्छ देवी-देवता धर्म। अब त्यो देवता धर्म कहाँ गयो? लाखौं वर्ष भनिदिन्छन्, यो त ५ हजार वर्षको कुरा हो। तिमीले मन्दिर पनि उनीहरूकै बनाइरहन्छौ। देखाउँछन्– पाण्डव र कौरवहरूको लडाइँ भयो। पाण्डवहरू पहाडमा गलेर मरे फेरि के भयो? मैले कसरी हिंसा गर्छु। मैले त तिमीलाई अहिंसक वैष्णव बनाउँछु। काम कटारी नचलाउनुलाई नै वैष्णव भनिन्छ। तिनीहरू हुन् विष्णुका वंशावली। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) सेवामा सफलता प्राप्त गर्नको लागि अहङ्कारलाई छोडेर हरेक कुरामा बाबाको नाम लिनुछ। यादमा रहेर सेवा गर्नुछ। परचिन्तनमा आफ्नो समय गुमाउनुछैन।
२) सच्चा सच्चा वैष्णव बन्नुछ। कुनै पनि हिंसा गर्नुछैन। देहसहित सबै सम्बन्धहरूबाट बुद्धियोग तोड्नुछ।
| वरदान:– |
ह ुन्छ हजुर को पाठद्वारा सेवामा महान् बन्ने सबैको आशीर्वादको पात्र भव कुनै पनि सेवा खुसी र उमङ्गले गर्दा सदा ध्यान रहोस्– जुन सेवा हो त्यसमा सबैको आशीर्वाद प्राप्त होस् किनकि जहाँ आशीर्वाद हुन्छ त्यहाँ मेहनत हुँदैन। अब यही लक्ष्य राख– जसको सम्पर्कमा आउँदा पनि उसको आशीर्वाद लिएरै जाऊँ। हुन्छ हजुर को पाठ नै आशीर्वाद लिने साधन हो। कोही गलत छ भने पनि उसलाई गलत भनेर धक्का दिनुको सट्टा सहारा दिएर उभ्याऊ। सहयोगी बन। त्यसबाट पनि सन्तुष्टताको आशीर्वाद मिल्छ। जो आशीर्वाद लिनमा महान् बन्छन् उनीहरू स्वत: महान् बन्छन्। |
| स्लोगन:– | हार्ड वर्कर बन्नुका साथसाथै आफ्नो स्थिति पनि हार्ड (मजबुत) बनाउने लक्ष्य राख। |
अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर
योगको प्रयोग अर्थात् आफ्ना शुद्ध सङ्कल्पहरूको प्रयोग तनमा, मनमा, संस्कारहरूमा अनुभव गर्दै अगाडि बढ्दै जाऊ, यसमा एकअर्कालाई नहेर। यिनले के गर्छन्, यिनले गर्दैनन्, पुरानाले गर्छन् वा गर्दैनन्, यो नहेर। पहिला म यो अनुभवमा अगाडि आऊँ किनकि यो आफ्नो आन्तरिक पुरुषार्थको कुरा हो। यसरी व्यक्तिगत रूपमा यही प्रयोगमा लागिरहेमा वृद्धि हुँदैजान्छौ र एक एकको शान्तिको शक्तिको सङ्गठितरूपमा विश्वको सामुन्ने प्रभाव पर्छ।