नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2025 अक्टोबर 23

ओम शान्ति · BapDada · 2025 अक्टोबर 23

आजको मुरली — हरेक बिहान नयाँ।

18
मुरली2025 अक्टोबर 23 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

23-10-2025
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई पौडन सिकाउन , जसबाट तिमी यो दुनियाँबाट पार हुन्छौ । तिम्रो लागि दुनियाँ नै परिवर्तन हु न्छ।”
प्रश्न:– जो बाबाका मदतगार बन्छन्, उनीहरूलाई त्यस मदतको सट्टा के प्राप्त हुन्छ?
उत्तर:– जुन बच्चाहरू अहिले बाबाको मदतगार बन्छन्, उनीहरूलाई बाबाले यस्तो बनाइदिनुहुन्छ जसले गर्दा आधाकल्प कसैको मद्दत लिने वा राय लिने आवश्यकता नै हुँदैन। बाबा कति महान् हुनुहुन्छ, भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी मदतगार नबनी मैले स्वर्गको स्थापना कसरी गर्छु।

ओम् शान्ति। मीठा-प्यारा नम्बरवार अति मीठा रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाउनुहुन्छ किनकि धेरै बच्चाहरू बेसमझ बनेका छन्। रावणले धेरै बेसमझ बनाइदिएको छ। अब हामीलाई कति समझदार बनाउनुहुन्छ। कसैले प्रशासन सेवाको परीक्षा पास गरे भने सम्झन्छन्– धेरै ठुलो परीक्षा पास गरेँ। अहिले तिमीले त हेर कति ठुलो परीक्षा पास गर्छौ। अलिकति सोच त सही– पढाउने को हुनुहुन्छ! पढ्ने तिमीहरू को हौ! यो पनि निश्चय छ– हामी कल्प कल्प हर ५ हजार वर्षपछि बाबा, टिचर, सद्गुरुसँग फेरि पनि मिलिरहन्छौँ। केवल तिमी बच्चाहरूलाई मात्रै थाहा छ– हामीले कति उच्चभन्दा उच्च बाबाद्वारा उच्च वर्सा पाउँछौँ। टिचरले पनि पढाएर वर्सा दिन्छन् नि। तिमीलाई पनि पढाएर तिम्रो लागि दुनियाँलाई नै परिवर्तन गरिदिनुहुन्छ, नयाँ दुनियाँमा राज्य गर्नको लागि। भक्तिमार्गमा कति महिमा गाउँछन्। तिमीले उहाँद्वारा आफ्नो वर्सा पाइरहेका छौ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– पुरानो दुनियाँ परिवर्तन हुँदैछ। तिमीले भन्छौ– हामी सबै शिवबाबाका बच्चा हौँ। बाबा पनि आउनुपर्छ– पुरानो दुनियाँलाई नयाँ बनाउन। त्रिमूर्तिको चित्रमा पनि देखाउँछन्– ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना। त्यसैले अवश्य ब्रह्मामुख वंशावली ब्राह्मण-ब्राह्मणीहरू चाहिन्छ। ब्रह्माले त नयाँ दुनियाँ स्थापना गर्दैनन्। रचयिता हुनुहुन्छ नै बाबा। भन्नुहुन्छ– म आएर युक्तिले पुरानो दुनियाँको विनाश गराएर नयाँ दुनियाँ बनाउँछु। नयाँ दुनियाँका निवासी धेरै कम हुन्छन्। जनसङ्ख्या कम होस् भनेर सरकरले कोसिस गरिरहन्छ। तर जनसङ्ख्या त घट्दैन। लडाइँमा करोडौँ मानिसहरू मर्छन् तैपनि मानिसहरू कहाँ कम हुन्छन् र, जनसङ्ख्या त फेरि पनि बढ्दै जान्छ। यो पनि तिमीलाई थाहा छ। तिम्रो बुद्धिमा विश्वको आदि-मध्य-अन्त्यको ज्ञान छ। तिमीले आफूलाई विद्यार्थी पनि सम्झन्छौ। पौडन पनि सिक्छौ। भनिन्छ नि– हे भगवान मेरो जीवन नौका पार लगाउनुहोस्!। धेरै नामीग्रामी हुन्छन् जसले पौडन सिक्छन्। अहिले तिम्रो पौडाइ हेर कस्तो छ, एकदम माथि जान्छौ फेरि यहाँ आउँछौ। उनीहरूले त देखाउँछन्– यति माइल माथि गए। तिमी आत्माहरू कति माइल माथि जान्छौ। त्यो त स्थूल वस्तु हो, जसको गन्ती गर्छन्। तिम्रो त अनगिन्ती हुन्छ। तिमीलाई थाहा छ– हामी आत्माहरू आफ्नो घर जान्छौँ, जहाँ सूर्य-चन्द्र आदि हुँदैनन्। तिमीलाई खुसी छ– त्यो हाम्रो घर हो। हामी त्यहाँका निवासी हौँ। मानिसहरूले भक्ति गर्छन्, पुरुषार्थ गर्छन्– मुक्तिधाममा जानको लागि। तर कोही जान सक्दैनन्। मुक्तिधाममा भगवानसँग मिल्ने कोसिस गर्छन्। अनेक प्रकारका यत्न गर्छन्। कसैले भन्छन्– हामी ज्योति ज्योतिमा समाहित होऊँ। कसैले भन्छन्– मुक्तिधाममा जाऊँ। मुक्तिधामको विषयमा कसैलाई थाहा छैन। तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ, आफ्नो घर लैजानुहुन्छ। मीठा मीठा बाबा आउनुभएको छ, हामीलाई घर जान लायक बनाउन। जसको लागि आधाकल्प पुरुषार्थ गर्दा पनि कोही लायक बन्न सकेका छैनन्। न कोही ज्योतिमा समाहित हुन सके, न मुक्तिधाममा जान सके, न मोक्ष पाउन सके। जे जति पुरुषार्थ गरे त्यो व्यर्थ गयो। अहिले तिमी ब्राह्मण कुलभूषणहरूको पुरुषार्थ सत्य सिद्ध हुन्छ। यो खेल कस्तो बनेको छ। तिमीलाई अहिले आस्तिक भनिन्छ। बाबालाई राम्रोसँग तिमीले चिन्दछौ र बाबाद्वारा सृष्टि चक्रलाई पनि जानेका छौ। बाबा भन्नुहुन्छ– मुक्ति-जीवनमुक्तिको ज्ञान कसैमा पनि छैन। देवताहरूमा पनि यो ज्ञान हुँदैन। बाबालाई कसैले पनि चिन्दैनन् भने कसरी लैजानुहुन्छ। कति धेरै गुरुहरू छन्, कति उनीहरूका अनुयायी बन्छन्। सच्चा सच्चा सदगुरु हुनुहुन्छ शिवबाबा। उहाँका त पाउ छैनन्। उहाँ भन्नुहुन्छ– मेरा त पाउ छैनन्। मैले कसरी आफ्नो पुजा गराउँछु। बच्चाहरू विश्वका मालिक बन्छन्, उनीहरूबाट कहाँ पुजा गराउँछु र! भक्तिमार्गमा बच्चाहरू बाबाको पाउ पर्छन्। वास्तवमा बाबाको सम्पत्तिका मालिक त बच्चाहरू हुन्। तर दुनियाँमा नम्रता देखाउँछन्। साना बच्चाहरू आदि सबै गएर गुरुहरूको पाउ पर्छन्। यहाँ बाबा भन्नुहुन्छ– तिमीलाई पाउ पर्नबाट पनि छुटाउँछु। बाबा कति महान हुनुहुन्छ। भन्नुहुन्छ– तिमी बच्चाहरू मेरा मदतगार हौ। तिमी मदतगार हुँदैनथ्यौ भने मैले स्वर्गको स्थापना कसरी गर्थेँ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अहिले तिमी मेरा मदतगार बन फेरि मैले तिमीलाई यस्तो बनाउँछौ जहाँ कसैको मद्दत लिने आवश्यकता नै हुँदैन। तिमीलाई कसैको पनि रायको आवश्यकता हुँदैन। यहाँ बाबाले बच्चाहरूको मद्दत लिइरहनुभएको छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब फोहोरी नबन। मायाबाट हार नखाऊ। नत्र नाम बदनाम गरिदिन्छौ। बक्सिङ हुन्छ, त्यसमा कसैले जिते भने वाह वाह हुन्छ। हार खानेको मुख पहेँलो हुन्छ। यहाँ पनि हार खान्छन्। यहाँ हार खानेलाई भनिन्छ– कालो मुख पारे। आएका हुन् गोरो बन्नको लागि फेरि के गरिदिन्छन्। गरेको कमाइ सारा समाप्त हुन्छ, फेरि नयाँ सिराबाट सुरु गर्नुपर्छ। बाबाका मदतगार बनेर फेरि हार खाएर नाम बदनाम गरिदिन्छन्। दुई पार्टी छन्। एक छन् मायाका शिष्य, अर्का छन् ईश्वरका शिष्य। तिमीले बाबालाई प्यार गर्छौ। गायन पनि छ– विनाश काले विपरीत बुद्धि। तिम्रो छ प्रीतबुद्धि। त्यसैले तिमीले नाम बदनाम कहाँ गर्नुछ र। तिमी प्रीत बुद्धिले फेरि मायाबाट किन हार खान्छौ। हार्नेलाई दु:ख हुन्छ। जित्नेलाई ताली बजाएर वाह! वाह! भन्छन्। तिमी बच्चाहरूले बुझेका छौ– हामी त पहलमान हौँ। अब मायालाई जित्न अवश्य छ। बाबा भन्नुहुन्छ– देहसहित जे जति देख्छौ, ती सबैलाई भुलिदेऊ। म एकलाई याद गर। मायाले तिमीलाई सतोप्रधानबाट तमोप्रधान बनाइदिएको छ। अब फेरि सतोप्रधान बन्नुछ। मायालाई जितेर जगतजित बन्नुछ। यो हो नै हार र जित, सुख दु:खको खेल। रावण राज्यमा हार खान्छन्। अब बाबाले फेरि हीरातुल्य बनाउनुहुन्छ। बाबाले सम्झाउनुभएको छ– एक शिवबाबाको जयन्ती नै हीरातुल्य हो। अब तिमी बच्चाहरू यस्ता लक्ष्मी-नारायण बन्नुछ। त्यहाँ घर घरमा दीपमाला हुन्छ, सबैको ज्योति जाग्छ। मेन पावरबाट ज्योति जाग्छ। बाबाले कति सहज रीतिले बसेर सम्झाउनुहुन्छ। बाबा सिवाय मीठा-प्यारा लाडला सिकिलधे बच्चा अरू कसले भन्छ। रुहानी बाबाले नै भन्नुहुन्छ– हे मेरा मीठा लाडला बच्चाहरू! तिमीहरूले आधाकल्पदेखि भक्ति गर्दै आएका हौ। फर्केर एउटै पनि जान सक्दैनौ। बाबाले नै आएर सबैलाई लैजानुहुन्छ।

तिमीले सङ्गमयुगको विषयमा राम्रोसँग सम्झाउन सक्छौ, बाबाले कसरी आएर सबै आत्माहरूलाई लैजानुहुन्छ। दुनियाँमा यो बेहदको नाटकको विषयमा कसैलाई थाहा छैन, यो बेहदको ड्रामा हो। यो पनि तिमीले बुझेका छौ, अरू कसैले भन्न सक्दैन। कसैले बेहदको ड्रामा हो भन्छन् भने फेरि ड्रामाको वर्णन कसरी गर्छन्। यहाँ तिमीले ८४ को चक्रलाई जान्दछौ। तिमी बच्चाहरूले जानेका छौ, तिमीहरूले नै याद गर्नुछ। बाबाले कति सहजै बताउनुहुन्छ। भक्तिमार्गमा तिमीले कति धक्का खान्छौ। तिमी स्नान गर्न कति टाढा जान्छौ। एउटा तलाउ छ, भनिन्छ– त्यसमा डुबुल्की लगाउनाले परी बनिन्छ। अहिले तिमी ज्ञान सागरमा डुबुल्की लगाएर फरिस्ता (परीजादा) बन्छौ। कसैले राम्रो पहिरन गरेकी रहिछन् भने भन्छन्– यिनी त परी जस्तै बनेकी छन्। अहिले तिमी पनि रत्न बन्छौ। तर मानिसको उड्ने पखेटा आदि हुन सक्दैन। त्यसरी उड्न सक्दैनन्। उड्ने त हो नै आत्मा। आत्मा जसलाई रकेट पनि भनिन्छ, आत्मा कति सानो छ। सबै आत्माहरू गइसकेपछि, हुन सक्छ तिमी बच्चाहरूलाई साक्षात्कार पनि हुन्छ। बुद्धिले बुझ्न सक्छौ– यहाँ तिमीले वर्णन गर्न सक्छौ, हुन सक्छ जसरी विनाश देखिन्छ त्यसैगरी आत्माहरूको झुन्ड पनि देख्न सक्छौ– कसरी जान्छन्। हनुमान, गणेश आदि त छैनन्। तर उनीहरूको भावना अनुसार साक्षात्कार हुन्छ। बाबा त हुनुहुन्छ नै बिन्दु, उहाँको के वर्णन गर्छन्। भनिन्छ पनि– सानो स्टार छ जसलाई यी आँखाले देख्न सकिँदैन। शरीर कति ठुलो छ, जसबाट कर्म गर्नुछ। आत्मा कति सानो छ, त्यसमा ८४ को चक्र पहिल्यै निश्चित हुन्छ। एउटा पनि मानिस हुँदैन जसको बुद्धिमा हामीले ८४ जन्म कसरी लिन्छौँ भन्ने ज्ञान हुन्छ। आत्मामा कसरी पार्ट भरिएको छ। आश्चर्य छ। आत्माले नै शरीर लिएर पार्ट खेल्छ। त्यो हो हदको नाटक, यो हो बेहदको। बेहदका बाबा स्वयं आएर आफ्नो परिचय दिनुहुन्छ। जुन राम्रा सेवाधारी बच्चाहरू छन्, उनीहरूले विचार सागर मन्थन गरिरहन्छन्। कसलाई कसरी सम्झाउने। तिमीले एक एकको लागि मेहनत गर्छौ। फेरि पनि भन्छन्– बाबा हामीले बुझ्दै बुझ्दैनौँ। कसैले पढ्दैनन् भने भनिन्छ– यिनीहरू त पत्थरबुद्धि हुन्। तिमीले देख्छौ– यहाँ पनि कोही ७ दिनमा नै धेरै खुसीमा आएर भन्छन्– बाबाको पासमा जाऊँ। कसैले त केही पनि बुझ्दैनन्। मानिसहरूले त केवल भनिदिन्छन्– पत्थरबुद्धि, पारसबुद्धि, तर अर्थ जान्दैनन्। आत्मा पवित्र बन्यो भने पारसनाथ बन्छ। पारसनाथको मन्दिर पनि छ। सबै सुनको मन्दिर हुँदैन। माथि अलिकति सुन लगाइदिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई बागवान मिल्नुभएको छ, काँडाबाट फूल बन्ने युक्ति बताउनुहुन्छ। गायन पनि छ नि– गार्डेन अफ अल्लाह। तिमीसँग सुरुमा एक मुसलमान ध्यानमा जान्थ्यो, भन्थ्यो– खुदाले हामीलाई फूल दिनुभयो। खुदाको बगैँचा देख्थ्यो। अब खुदाको बगैँचा देखाउने त स्वयं नै खुदा हुनुहुन्छ। अरू कसैले कसरी देखाउँछन्। खुदाले तिमीलाई वैकुण्ठको साक्षात्कार गराउनुहुन्छ। खुदाले नै लैजानुहुन्छ। स्वयं त त्यहाँ रहनुहुन्न। खुदा त शान्तिधाममा रहनुहुन्छ। तिमीलाई वैकुण्ठको मालिक बनाउनुहुन्छ। कति राम्रा राम्रा कुरा तिमीले बुझेका छौ। खुसी हुन्छ। भित्र धेरै खुसी हुनुपर्छ– अहिले हामी सुखधाममा जान्छौँ। त्यहाँ दु:खको कुरा हुँदैन। बाबा भन्नुहुन्छ– सुखधाम, शान्तिधामलाई याद गर। घरलाई किन याद गर्दैनौ। आत्माले घर जानको लागि कति मेहनत गर्छ। जप, तप आदि धेरै मेहनत गर्छ तर जान कोही पनि सक्दैनन्। वृक्षबाट नम्बरवार आत्माहरू आइरहन्छन् फेरि बीचमा कसरी जान सक्छन्, जबकि बाबा नै यहाँ हुनुहुन्छ। तिमी बच्चाहरूलाई दिनहुँ सम्झाइरहनुहुन्छ– शान्तिधाम र सुखधामलाई याद गर। बाबालाई भुल्नाको कारणले नै फेरि दु:खी हुन्छन्। मायाको थप्पड लाग्छ। अब त अलिकति पनि सजाय खानुछैन। मूल हो देह अभिमान।

तिमीले अहिलेसम्म जुन बाबालाई याद गरिरहन्थ्यौ– हे पतित-पावन आउनुहोस्! उहाँ बाबाबाट नै तिमीले पढिरहेका छौ। बाबा तिम्रो आज्ञाकारी सेवक टिचर पनि हुनुहुन्छ। ओबीडियन्ट सर्वेन्ट बाबा पनि हुनुहुन्छ। ठुला मानिसहरूले पत्रमा तल सदा लेख्छन्– ओबीडियन्ट सर्वेन्ट। बाबा भन्नुहुन्छ– हेर मैले तिमी बच्चाहरूलाई कसरी बसेर सम्झाउँछु। सपुत बच्चाहरूमाथि नै बाबाको प्यार हुन्छ, कोही कपुत हुन्छन् अर्थात् बाबाको बनेर फेरि विश्वासघाती बन्छन्, विकारमा जान्छन् भने बाबाले भन्नुहुन्छ– यस्तो बच्चा त नजन्मेको भए राम्रो हुन्थ्यो। एकको कारणले कति नाम बदनाम हुन्छ। कतिलाई तकलिफ हुन्छ। यहाँ तिमीले कति उच्च काम गरिरहेका छौ। विश्वको उद्धार गरिरहेका छौ र तिमीलाई ३ पाउ पृथ्वी पनि मिल्दैन। तिमी बच्चाहरूले कसैको घरबार त छुटाउँदैनौ। तिमीले त राजाहरूलाई पनि भन्छौ– तपाईं पूज्य डबल सिरताज हुनुहुन्थ्यो अहिले पुजारी बन्नुभएको छ। अब बाबाले फेरि पूज्य बनाउनुहुन्छ भने बन्नुपर्छ नि। अलिकति समय लाग्छ। हामीले यहाँ कसैको लाख लिएर के गर्छौं। गरिबहरूलाई राज्यभाग्य मिल्नेछ। बाबा गरिब निवाज हुनुहुन्छ नि। तिमीले अर्थसहित बुझेका छौ– बाबालाई गरिब निवाज किन भनिन्छ! भारतवर्ष पनि कति गरिब छ, त्यसमा पनि तिमी गरिब माताहरू छौ। जो धनवान छन् उनीहरूले यो ज्ञानलाई लिन सक्दैनन्। कति गरिब अबलाहरू आउँछन्, उनीहरूमाथि अत्याचार हुन्छ। बाबा भन्नुहुन्छ– माताहरूलाई अगाडि बढाउनुछ। प्रभातफेरीमा पनि पहिला सुरुमा माताहरू रहनुपर्छ। तिम्रो ब्याज पनि फस्टक्लास छ। यो ट्रान्सलाइटको चित्र तिम्रो अगाडि हुनुपर्छ। सबैलाई सुनाऊ– दुनियाँ परिवर्तन हुँदैछ। बाबाबाट वर्सा मिलिरहेको छ कल्प पहिला अनुसार। बच्चाहरूले विचार सागर मन्थन गर्नुछ– कसरी सेवालाई अमलमा ल्याउने। टाइम त लाग्छ नि। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) बाबासँग पूरा पूरा प्रीत राखेर मदतगार बन्नुछ। मायाबाट हार खाएर कहिल्यै नाम बदनाम गर्नुछैन। पुरुषार्थ गरेर देहसहित जे जति देखिन्छ त्यसलाई भुलिदिनुछ।

२) भित्र खुसी रहोस्– हामी अहिले शान्तिधाम, सुखधाम जान्छौँ। बाबा ओबीडियन्ट टिचर बनेर हामीलाई घर लैजान लायक बनाउनुहुन्छ। लायक, सपुत बन्नुछ, कपुत बन्नुछैन।

वरदान:– हर सङ्कल्प , समय , वृत्ति र कर्मद्वारा सेवा गर्ने निरन्तर सेवाधारी भव
जसरी बाबा अति प्यारा हुनुहुन्छ, बाबाबिना जीवन छैन, त्यसैगरी सेवाबिना जीवन छैन। निरन्तर योगीका साथसाथै निरन्तर सेवाधारी बन। सुत्दा पनि सेवा होस्। सुतेको समयमा कसैले तिमीलाई देख्यो भने तिम्रो अनुहारबाट शान्ति, आनन्दको भाइब्रेसन अनुभव गरोस्। हरेक कर्मेन्द्रियद्वारा बाबाको यादको स्मृति दिलाउने सेवा गरिराख। आफ्नो पावरफुल वृत्तिद्वारा भाइब्रेसन फैलाइराख, कर्मद्वारा कर्मयोगी भवको वरदान दिइराख, हर कदममा पदमको कमाइ जम्मा गरिराख त्यसपछि भनिन्छ निरन्तर सेवाधारी अर्थात् सेवाधारी।
स्लोगन:– आफ्नो रुहानी पर्सन्यालिटीलाई स्मृतिमा राख अनि मायाजित बन्छौ।

अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

जसरी वाणीको प्राक्टिस गर्दागर्दा वाणीका शक्तिशाली भएका छौ, त्यसैगरी शान्तिको शक्तिका पनि अभ्यासी बन्दै जाऊ। पछि गएर वाणी वा स्थूल साधनहरूद्वारा सेवाको समय मिल्दैन। यस्तो समयमा शान्तिको शक्तिका साधन आवश्यक हुन्छन् किनकि जति जो महान् शक्तिशाली हुन्छ त्यो अति सूक्ष्म हुन्छ। त्यसैले वाणीभन्दा शुद्ध सङ्कल्प सूक्ष्म हुन्छन् त्यसैले सूक्ष्मको प्रभाव शक्तिशाली हुन्छ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।