| 27-03-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– ज्ञान सागर बाबा बाट तिमी मास्टर ज्ञान सागर बनेका छौ , तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ , त्यसैले तिमी हौ त्रिनेत्री , त्रिकालदर्शी र त्रिलोकीनाथ।” | |
| प्रश्न:– | विश्वको रुहानी सेवा तिमी बच्चाहरू बाहेक अरू कसैले गर्न सक्दैन– किन? |
| उत्तर:– | किनकि तिमीलाई नै सुप्रिम रुह (शिवबाबा) को शक्ति मिल्छ। पहिला तिमी आत्माहरूलाई सुप्रिम रुहद्वारा ज्ञानको इन्जेक्सन लाग्छ, जसबाट तिमीले ५ विकारहरूमाथि स्वयं पनि विजय प्राप्त गर्छौ र अरूलाई पनि विजयी गराउँछौ। यस्तो सेवा अरू कसैले गर्न सक्दैन। कल्प कल्प तिमी बच्चाहरूले नै यो रुहानी सेवा गर्छौ। |
ओम् शान्ति। बाबाको यादमा बस्नुछ अनि कुनै पनि देहधारीको यादमा बस्नुछैन। जो नयाँ नयाँआउँछन् तिनीहरूले बाबालाई त चिन्दैचिन्दैनन्। उहाँको नाम त धेरै सहज छ शिवबाबा। बाबालाई बच्चाहरूले चिन्दैनन्, कति अचम्म छ। शिवबाबा उच्चभन्दा उच्च, सर्वको सद्गतिदाता हुनुहुन्छ। सर्व पतितहरूलाई पावन गराउने, सर्वको दुःखहर्ता पनि भन्छन् तर उहाँ को हुनुहुन्छ, यो कुरा तिमी बी.के. बाहेक अरू कसैलाई थाहा छैन। तिमी हौ उहाँका नातिनातिनाहरू। त्यसैले त अवश्य आफ्नो बाबा र उहाँको रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। बाबाबाट बच्चाहरूले नै सबै थोक जान्दछन्। यो हो नै पतित दुनियाँ। सर्व कलियुगी पतित आत्माहरूलाई सत्ययुगी पावन कसरी बनाउनुहुन्छ त्यो त बी.के. बाहेक दुनियाँमा अरूकसैलाई थाहा छैन। कलियुगी दुर्गतिबाट निकाल्ने सत्ययुगी सद्गतिदाता बाबा नै हुनुहुन्छ। शिवजयन्ती पनि यहाँ नै हुन्छ। अवश्य उहाँ आउनुहुन्छ तर यहाँ आएर के दिनुहुन्छ, यो कसैलाई थाहा छैन। हरेक वर्ष शिवजयन्ती मनाउँछन् तर ज्ञानको तेस्रो नेत्र छैन त्यसैले बाबालाई चिन्दैनन्।
यो मानिसहरूले नै बनाएको गीत हो– हामी सबै नयनहीन छौँ। यो स्थूल नयन त सबैको छ तर आफूलाई नयनहीन किन भन्छन्? त्यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ– ज्ञानको तेस्रो नेत्र कसैको छैन। बाबालाई नचिन्नु यो भयो अज्ञान। बाबालाई बाबाबाट नै चिन्नु यसलाई भनिन्छ ज्ञान। बाबाले ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ, जसबाट तिमीले सारा रचनाको आदि, मध्य, अन्त्यलाई जान्दछौ। ज्ञान सागरका बच्चाहरू तिमी मास्टर ज्ञान सागर बन्छौ। तेस्रो नेत्र अर्थात् नै त्रिनेत्री, त्रिकालदर्शी, त्रिलोकीनाथ बन्छौ। यो कुरा कसैलाई यो थाहा छैन, यी लक्ष्मीनारायण जो सत्ययुगका मालिक थिए, यिनलाई यो वर्सा कसरी मिल्यो? यिनीहरू कहिले आए? फेरि कहाँ गए? फेरि कसरी राज्य लिए? केही पनि जान्दैनन्। यी देवताहरू पावन छन् नि। पावन त अवश्य बाबाले नै बनाउनुहुन्छ।
बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। जसले देवताहरूलाई, शिवलाई मान्छन्। शिवको जन्म पनि यहाँ नै भएको हो। उच्चभन्दा उच्च हुनुहुन्छ भगवान। शिवजयन्ती पनि यहीँ मनाउँछन्। जगदम्बा, जगत् पिता ब्रह्मा र सरस्वतीको जन्म पनि यहाँ नै हुन्छ। लक्ष्मीनारायणको जन्म पनि यहाँ नै हुन्छ, उनीहरू नै राधेकृष्ण हुन्, यो पनि कसैलाई थाहा छैन। पतित-पावन आउनुहोस् भन्छन् त्यसैले अवश्य सबै पतित छन्। साधुसन्त ऋषिमुनि आदि सबैले पुकार्छन्, हामीलाई पावन बनाउन आउनुहोस्! अर्कातीर कुम्भको मेला आदिमा पाप धुन जान्छन्। सम्झन्छन् गङ्गा पतितपावनी हुन्। आफैले पतित-पावन आउनुहोस् भनेर पुकार्छन् भने मानिसले कसलाई कसरी पावन बनाउन सक्छन्? बाबा सम्झाउनुहुन्छ– तिमी पहिला देवीदेवता धर्मका थियौ त्यतिबेला सबै पावन थियौ। अहिले पतित छौ। मानिसहरूले भन्छन्, मार्ग बताउनुहोस् प्रभु! त्यसोभए कहाँको मार्ग? भन्छन् बाबा जीवनमुक्तिको मार्ग बताउनुहोस्! हामीमा ५ विकार छन्। बाबा हामी सबै स्वर्गमा हुँदा निर्विकारी थियौँ। अहिले विकारी पतित बनेका छौँ, यसको केही राज त सम्झाउनुहोस्। यी कुनै दन्त्यकथाहरू होइनन्। बाबा सम्झाउनुहुन्छ– श्रीमत भगवत् गीता अथवा परमात्माले सुनाउनुभएको गीता हो। पतितहरूलाई पावन बनाउने निराकार भगवान हुनुहुन्छ। मानिसलाई भगवान भन्न सकिँदैन। बाबा भन्नुहुन्छ– यति ठुला ठुला गुरु हुँदाहुँदै पनि विश्व यति पतित कौडीजस्तो किन बन्यो। हिजोको कुरा हो, भारतवर्ष स्वर्ग थियो। बाबाले भारतवर्षलाई स्वर्गको सौगात दिनुभएको थियो। आएर सबै पतितहरूलाई राजयोग सिकाएर पावन बनाउनुभएको थियो। अहिले फेरि बाबा बच्चाहरूको पासमा आउनुभएको छ सेवाधारी बनेर। बाबा हुनुहुन्छ रुहानी सेवाधारी। बाँकी सबै मनुष्यमात्र त हुन् जिस्मानी सेवाधारी। संन्यासी पनि जिस्मानी सेवाधारी हुन्। उनीहरू बसेर पुस्तक आदि सुनाउँछन्। बाबा भन्नुहुन्छ– म निराकार साकार साधारण वृद्ध तनमा प्रवेश गरेर आएर बच्चाहरूलाई सम्झाउँछु। हे प्यारा बच्चाहरू! हेर रुहानी बाबाले रुहहरूलाई बसेर सम्झाउनुहुन्छ। यी ब्रह्माले सुनाउँदैनन् तर उहाँ निराकार बाबाले यो तनको आधार लिनुहुन्छ। शिवको त आफ्नो शरीर छैन। सालिग्राम आत्माहरूको त आआफ्नो शरीर छ। पुनर्जन्ममा आउँदा आउँदा पतित बन्छन्। अहिले त सारा दुनियाँ पतित छ। पावन एउटा पनि छैनन्। तिमी सतोप्रधान थियौ फेरि खाद परेपछि सतोबाट रजो, तमोमा आएका छौ। शिवबाबा तिमी बच्चाहरूको पासमा आएर शरीर धारण गर्नुहुन्छ जसलाई भगीरथ पनि भनिन्छ। मन्दिरहरूमा शङ्करका चित्र देखाउँछन् किनकि उनीहरूले शिव शङ्कर एउटै सम्झन्छन्। यो बुझ्दैनन्, शिव त निराकार हुनुहुन्छ, शङ्कर त आकारी हुन्। शिव शङ्कर एउटै कसरी भन्छन्। अच्छा फेरि साँढेमा सवारी कसले गर्छ। शिव वा शङ्करले? सूक्ष्मवतनमा साँढे कहाँबाट आयो? शिव रहनुहुन्छ मूलवतनमा, शङ्कर सूक्ष्मवतनमा। मूलवतनमा सबै आत्माहरू रहन्छन्। सूक्ष्मवतनमा केवल ब्रह्मा, विष्णु, शङ्कर हुन्छन्, त्यहाँ जनावर हुँदैनन्। बाबा भन्नुहुन्छ– म साधारण वृद्ध तनमा प्रवेश गरेर तिमीलाई सम्झाउँछु। तिमी बच्चाहरूले आफ्ना जन्महरूको विषयमा जान्दैनौ। सत्ययुगदेखि लिएर तिमीले कति जन्म लिएका छौ? ८४ जन्म लियौ। अहिले यो हो अन्त्यको जन्म। भारतवर्ष जुन अमरलोक पावन थियो, त्यो अहिले मृत्युलोक पतित छ। सर्वको सद्गतिदाता त एक हुनुहुन्छ नि। रुद्रमाला हो नै परमपिता परमात्मा निराकार शिवको। श्री श्री १०८ रुद्रमाला भनिन्छ। सबै शिवका गलाका हार हुन्। बाबा त हुनुहुन्छ पतित-पावन सर्वको सद्गतिदाता, सर्वलाई वर्सा दिने। लौकिक पिताबाट हदको वर्सा मिल्छ जसलाई संन्यासीले काग विष्टासमान सुख सम्झन्छन्। बाबा भन्नुहुन्छ– अवश्य यो तिम्रो सुख काग विष्टासमान छ। बाबा नै आएर पतितहरूलाई पावन अथवा काँडाहरूलाई फूल बनाउनुहुन्छ ज्ञान (नलेज) बाट। यो गीताको ज्ञान हो। यो ज्ञान कुनै मानिसले सम्झाउन सक्दैनन्। ज्ञानको सागर पतित-पावन बाबाले नै सम्झाउन सक्नुहुन्छ। बाबाबाट नै वर्सा मिल्छ जुन तिमीले लिइरहेका छौ। तिमी मात्रै केवल सद्गतितर्फ गइरहेका छौ। अहिले त सङ्गममा छौ, उनीहरू त कलियुगमा छन्। अहिले हो कलियुगको अन्त्य। महाभारत लडाइँ पनि सामुन्ने उपस्थित छ। ५ हजार वर्ष पहिला पनि तिमीले राजयोग सिक्नेबेलामा सृष्टिमा आगो लागेको थियो। अहिले तिमीले राजयोग सिकिरहेका छौ, यी लक्ष्मीनारायण बन्नको लागि। बाँकी त हो भक्तिमार्ग। बाबा आउनुभएपछि आएर स्वर्गको ढोका खोल्नुहुन्छ। बाबा भन्नुहुन्छ– यी शिवशक्ति भारत माताहरूले त विश्वलाई स्वर्ग बनाउँछन् श्रीमतमा। तिमी हौ शिवशक्ति भारत माताहरू, जसले पूरै विश्वलाई स्वर्ग बनाइरहेका छौ। तिमी बच्चाहरूले ५ हजार वर्ष पहिला पनि विश्वको रुहानी सेवा गरेका थियौ। ती जिस्मानी सेवा समाजसेवीहरूले गर्छन्। यो हो रुहानी सेवा। सुप्रिम रुह आएर आत्मालाई इन्जेक्सन लगाउनुहुन्छ, पढाउनुहुन्छ। आत्माले नै सुन्छ। तिमीहरू आत्मा हौ। तिमीले नै ८४ जन्म लिन्छौ। एउटा शरीर छोडेर अर्को लिन्छौ। ८४ जन्म लिएर ८४ आमाबुबा बनाएका छौ। सत्ययुग त्रेतामा तिमीले स्वर्गको सुख पायौ, अहिले फेरि बेहदको बाबाद्वारा सुखको वर्सा लिइरहेका छौ। अवश्य भारतखण्डमा यो लक्ष्मीनारायणको राज्य थियो। त्यहाँ दैत्य आदि कोही थिएनन्। तिमीलाई थाहा छ अहिले यो पुरानो दुनियाँमा आगो लाग्नुछ। म आएर ज्ञान यज्ञ रच्छु। तिमी सबै पवित्र देवता बन्छौ। हजारौँ छन् जसले देवता बन्ने पुरुषार्थ गरिरहेका छन्। बाबा आउनुभएको छ बच्चाहरूको सद्गति गर्न। तिमी बच्चाहरूलाई काँडाबाट फूल बनाइरहनुभएको छ। तिमीलाई ज्ञानको तेस्रो नेत्र दिइरहनुभएको छ जसबाट तिमीले सारा ड्रामालाई, शिवबाबाको के पार्ट हुन्छ, सबै जान्दछौ। ब्रह्मा र विष्णुको कनेक्सन के हो, त्यो पनि जान्दछौ। उनीहरूले देखाउँछन्, विष्णुको नाभिबाट ब्रह्मा निस्किए। ब्रह्मा नै गएर विष्णु बन्छन्। ब्राह्मण नै फेरि देवता बन्छन्। विष्णुबाट ब्रह्मा बन्नमा ५ हजार वर्ष लाग्यो। तिमीलाई यो कुराको ज्ञान छ। तिमी ब्राह्मणहरूको नाभि कमलबाट विष्णुपुरी प्रकट भइरहेको छ। उनीहरूले त चित्र बनाएका छन्, विष्णुको नाभिबाट ब्रह्मा निस्किए। फेरि सबै वेद शास्त्रहरूको सार सुनाए। अहिले तिमीले ब्रह्माद्वारा सारा सार सुन्छौ। बाबा भन्नुहुन्छ– मुख्य धर्मशास्त्र छन् ४, पहिला दैवी धर्मको शास्त्र हो गीता। गीता कसले गाउनुभयो? शिवबाबाले। ज्ञान सागर पतित-पावन, सुखको सागर शिवबाबा हुनुहुन्छ। उहाँ बसेर विश्वलाई स्वर्ग बनाउनुभएको हो, न कि श्रीकृष्णले। श्रीकृष्ण त मबाट ज्ञान सुनेर फेरि श्रीकृष्ण बने। त्यसैले यो गुप्त कुरा भयो नि। नयाँ नयाँ बच्चाहरूले यी कुराहरू बुझ्न सक्दैनन्।
शिवबाबाले स्वर्गको स्थापना गर्नुभयो, त्यसमा यी लक्ष्मीनारायणले राज्य गर्थे। अहिले तिमी मानिसबाट देवता बनिरहेका छौ। बाबा भन्नुहुन्छ– यो मृत्युलोक, दुःखधाममा तिम्रो अन्तिम जन्म हो। भारतवर्ष अमरलोक थियो। त्यहाँ दुःखको नाम थिएन। भारतवर्ष परिस्तान थियो, अहिले कब्रिस्तान बनेको छ, फेरि परिस्तान हुनेछ। यी सबै बुझ्ने कुराहरू हुन्। यो हो मानिसबाट देवता बन्ने पाठशाला। यो कुनै संन्यासीहरूको सतसङ्ग होइन, जहाँ बसेर शास्त्र सुनाउँछन्। यी कुराहरूलाई नयाँ कसैले बुझ्न सक्दैनन् जबसम्म ७ दिनको कोर्स गरेका हुँदैनन्। यस समयमा भक्त त सबै मनुष्यमात्र हुन्, उनीहरूको आत्माले पनि याद गर्छ। परमात्मा एक माशुकका सबै आशिक हुन्।
बाबा आएर सचखण्ड बनाउनुहुन्छ। आधाकल्पपछि फेरि रावण आएर झुठखण्ड बनाउँछन्। अहिले हो सङ्गम। यी सबै बुझ्नुपर्ने कुराहरू हुन्। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) बाबाको श्रीमतमा चलेर सच्चा सच्चा रुहानी सेवा गर्नुछ। सर्वशक्तिमान बाबाबाट शक्ति लिएर ५ विकाररूपी शत्रुहरूमाथि विजय पाउनुछ।
२) मानिसबाट देवता बन्नको लागि पवित्र अवश्य बन्नुछ। ज्ञान धारण गरेर काँडाबाट फूल बन्नु र बनाउनुछ।
| वरदान:– |
विनाशको समय मा परीक्षा मा पास हुने आकारी लाइट रूप धारी भव विनाशको समयमा परीक्षामा पास हुन वा सर्व परिस्थितिहरूको सामना गर्नको लागि आकारी लाइटरूपधारी बन। हिँड्दा-डुल्दा लाइट हाउस बनेपछि तिम्रो यो रूप (शरीर) देखिँदैन। जसरी पार्ट खेल्ने बेलामा चोला धारण गर्छौ, कार्य समाप्त भयो चोला उतारिदियौ। एक सेकेन्डमा धारण गर र एक सेकेन्डमा न्यारा होऊ– यो अभ्यास भएपछि देख्नेहरूले अनुभव गर्छन्, यिनी लाइटको वस्त्रधारी हुन्, लाइट नै यिनको सिँगार हो। |
| स्लोगन:– | उमङ्ग-उत्साहको पखेटा सदा साथमा भयो भने हरेक कार्यमा सहजै सफलता मिल्छ। |
अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त होऊ”
बाबा सर्वशक्तिमान हुनुहुन्छ भने उहाँको हात समात्नेहरू जसरी पनि पुगिहाल्छन्– यसमा विश्वास राख। तिमी आफू कमजोर नै भए पनि साथी त मजबुत हुनुहुन्छ नि! त्यसैले पार भइहाल्छौ। सदा यस्ता निश्चयबुद्धि विजयी रत्न हौँ, यही स्मृतिमा रहनु। जे भयो भयो, बिन्दु लगाएर अगाडि बढ।
सूचना:– आज प्यारा बापदादाकी अति लाडली, देशविदेशका सर्व ब्राह्मण परिवारकी अत्यन्तै प्यारी, हामी सबैको दिलमा राज गर्ने मीठी दादी जानकीजीको पुण्य स्मृति दिवस हो। दादीजीले १०४ वर्षको उमेरसम्म विदेही वा जीवनमुक्त स्थितिमा रहेर, ज्ञान दानको साथसाथै गुणहरूको दान गर्दै पूरै परिवारको अलौकिक पालना गर्नुभएको छ। उहाँका सारगर्भित अनेक ज्ञानका गुह्य रहस्यहरूले भरपुर क्लासहरूले सबैलाई मार्गदर्शन गरिरहेका छन्। आज पनि उहाँको छत्रछाया र उहाँद्वारा मिलेका अनमोल शिक्षाहरू अनेक ब्रह्मा वत्सहरूको कानमा गुन्जिरहन्छन्। दादीजी सच्चाइ, सफाइ र सादगीको प्रतिमूर्ति हुनुहुन्थ्यो। दादीजीद्वारा मिलेका अनेक अनमोल शिक्षाहरूमध्ये केही शिक्षा सूत्रहरू लेखिरहेका छौँ, सबैले यसलाई आत्मसात् गर्नुहुनेछ।
१) आफ्नो सूक्ष्म अभिमानलाई पहिचान गरेर त्यसलाई छिटो खतम गर्नु नै आफैलाई आशीर्वाद दिनु हो।
२) धेरै सोच्नाले, बोल्नाले र चिन्ता गर्नाले शक्ति खर्च हुन्छ, साइलेन्समा बस्यौँ भने शक्ति जम्मा हुन्छ।
३) कसैको गल्ती चित्तमा नहोस्, चित्त सफा राख्यौँ भने चैनले बस्न सकिन्छ।
४) समझले व्यर्थ वा नकारात्मकलाई खतम गरिदियौँ भने शान्तिप्रिय बन्न सकिन्छ।
५) बाबाबाट प्राइज लिनुछ भने नियमहरूमा चलौँ, अलिकति पनि कतै लगाव झुकाव नहोस्।
६) कर्म र सम्बन्धको विषयमा गुणहरूबाट थाहा हुन्छ त्यसैले कर्ममा रुहानियत र सम्बन्धमा सच्चाइ होस्।
७) नम्रता र सत्यतालाई आफ्नो साथी बनायौँ भने हरेक कुरा एक्युरेट हुनेछ।
८) प्यार माग्नुको सट्टा स्वमानमा बसौँ र सबैलाई मान दियौँ भने प्यारको पात्र बन्नेछौँ।
९) जो सच्चा, स्वच्छ र सर्भिसएबल छन्, उनीहरू नै परमात्म प्यारको पात्र हुन्।
१०) सेवा गर्दा डबल लाइट रहनु, यही सबैभन्दा ठुलो सेवा हो।
११) ठुलो कुरालाई सानो बनाइदियौँ भने सुली पनि काँडा हुनेछ।
१२) चिन्तनले साधनामा विघ्न हाल्छ र यादले साधनाद्वारा सिद्धि दिलाउँछ।
१३) खुसीको खजाना सदा कायम राख्नुछ भने सकारात्मक सोच्ने तरिका सिकौँ।
१४) अहिलेको स्थिति नै अन्त्यमा काम आउँछ त्यसैले आफ्नो स्थिति बनाउनमा ध्यान दिनुछ।
१५) मनोबल यसरी बढाउनुछ, जसले काँडाहरूको जङ्गलमा आफू पनि सुरक्षित रहन सकियोस् र अरूलाई पनि सहयोग दिन सकियोस्।
१६) अपवित्रताबाट मुक्त हुनुछ भने आन्तरिक वैराग्य वृत्ति धारण गरौँ।