| 28-03-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– हरेकको पाप चुस्ने फस्ट क्लास ब्लटिङ पेपर एक शिवबाबा हुनुहुन्छ , उहाँलाई याद गरेमा पाप खतम हुन्छ।” | |
| प्रश्न:– | आत्मामा सबैभन्दा गहिरो दाग कुन हो, त्यसलाई मेटाउनको लागि कुन मेहनत गर्नुछ? |
| उत्तर:– | आत्मामा देह अभिमानको धेरै गहिरो दाग लागेको छ, आत्मा घरी घरी कुनै देहधारीको नाम रूपमा फस्छ। बाबालाई याद नगरी देहधारीहरूलाई याद गरिरहन्छ। एक-अर्काको दिल दुःखाउँछ। यो दागलाई मेटाउनको लागि देहीअभिमानी बन्ने मेहनत गर। |
| गीत:– | मुखड़ा देख ले प्राणी... |
ओम् शान्ति। मीठा-प्यारा सबै सेन्टरका बच्चाहरूले गीत सुन्यौ। अब आफैलाई हेर, आफूभित्र कति पुण्य छन् र कति पाप मेटिएका छन्। सारा दुनियाँ साधुसन्त आदिले पुकार्छन्, हे पतित-पावन! एक मात्र पतितबाट पावन बनाउने बाबा हुनुहुन्छ। बाँकी सबैमा पाप छन्। यो त तिमीलाई थाहा छ, आत्मामा नै पाप छन्। पुण्य पनि आत्मामै छन्। आत्मा नै पावन, आत्मा नै पतित बन्छ। यहाँ सबै आत्माहरू पतित छन्। पापको दाग लागेको छ त्यसैले पाप आत्मा भनिन्छ। अब पाप निस्किन्छ कसरी? कुनै चिजमा मसी वा तेल पोखियो भने ब्लटिङ पेपर राख्छन्। त्यसले सबै चुस्छ। अहिले सबै मानिसले उहाँ एक बाबालाई याद गर्छन् किनकि उहाँ नै ब्लटिङ पेपर हुनुहुन्छ, पतित-पावन हुनुहुन्छ। उहाँ एक बाहेक अरू कुनै ब्लटिङ पेपर छैन। उनीहरू त जन्म जन्म गङ्गा स्नान गर्दै झन् पतित भएका छन्। पतितहरूलाई पावन बनाउने ब्लटिङ पेपर एक शिवबाबा मात्र हुनुहुन्छ। हुनुहुन्छ पनि सानोभन्दा सानो एक बिन्दु। सबैको पाप नष्ट गर्नुहुन्छ। कुन युक्तिले? केवल भन्नुहुन्छ म ब्लटिङ पेपरलाई याद गर। म त चैतन्य हुँ नि। तिमीलाई अरू कुनै तकलिफ दिन्नँ। तिमी पनि आत्मा बिन्दु, बाबा पनि बिन्दु हुनुहुन्छ। बाबा भन्नुहुन्छ– केवल मलाई याद गरेमा तिम्रा सबै पाप मेटिनेछन्। अब हरेकले आफ्नो दिललाई सोध, यादबाट कति पाप मेटिएका छन्? हामीले कति पाप गरेका छौँ? बाँकी कति पाप रहेका छन्? यो थाहा हुन्छ कसरी? अरूलाई पनि बाटो बताउँदै जाऊ, एक ब्लटिङ पेपरलाई याद गर। सबैलाई यो राय सल्लाह दिनु त राम्रो हो नि, यो पनि अचम्म छ, जसलाई राय सल्लाह दिन्छन् उनीहरू त बाबालाई याद गर्नमा लाग्छन्, अनि राय सल्लाह दिनेहरू आफैले याद गर्दैनन् त्यसैले पाप काटिँदैन। पतित-पावन त एकलाई भनिन्छ। अनेक पाप लागेका छन्। कामको पाप, देह अभिमान त पहिलो नम्बर पाप हो, जुन सबैभन्दा खराब छ। अहिले बाबा भन्नुहुन्छ देहीअभिमानी बन। जति म एकलाई याद गर्छौ, त्यति तिमीमा जुन खाद परेको छ, त्यो भस्म हुनेछ। याद गर्नुछ। अरूलाई पनि यो बाटो बताउनुछ। जति अरूलाई सम्झाउँछौ त्यति तिम्रो पनि भलो हुनेछ। यही धन्दामा नै लाग। अरूलाई पनि यो कुरा सम्झाउनुछ, बाबालाई याद गरेमा पुण्य आत्मा बन्छौ। तिम्रो काम हो अरूलाई पनि यो कुरा बताउनु हो, पतित-पावन एक हुनुहुन्छ। हुन त तिमी ज्ञान नदीहरू धेरै छौ तर तिमीले सबैलाई भन्छौ, एकलाई याद गर। उहाँ एक नै पतित-पावन हुनुहुन्छ। उहाँको धेरै महिमा छ। ज्ञानको सागर पनि उहाँ हुनुहुन्छ। उहाँ एक बाबालाई याद गर्नु, देहीअभिमानी भएर रहनु– यो एउटै कुरा कठिन हो। बाबाले केवल तिम्रो लागि भन्नुहुन्न, हुन त बाबाको ध्यानमा त सबै सेन्टरका बच्चाहरू छन्। बाबाले त सबै बच्चाहरूलाई हेर्नुहुन्छ नि, कहाँ राम्रा सर्भिसएबल बच्चाहरू रहन्छन्, शिवबाबाको फुलबारी हो नि। जुन फुलबारी राम्रो हुन्छ उनीहरूलाई नै बाबाले याद गर्नुहुन्छ। धनवान मानिसका ४-५ बच्चाहरू रहेछन् भने जुन ठुलो बच्चा हुन्छ उसलाई याद गर्छन्। फूलहरू विभिन्न प्रकारका हुन्छन् नि। त्यसैले बाबाले पनि आफ्ना ठुला बगैँचाहरूलाई याद गर्नुहुन्छ। कसैलाई पनि यो बाटो बताउन सहज छ, शिवबाबालाई याद गर। उहाँ नै पतित-पावन हुनुहुन्छ। आफै भन्नुहुन्छ मलाई याद गरेमा तिम्रा पाप भस्म हुन्छन्। कति फस्टक्लास ब्लटिङ पेपर हुनुहुन्छ सारा दुनियाँको लागि। सबैले उहाँलाई याद गर्छन्। कसैलाई पनि यो बाटो बताउन सहज छ, शिवबाबालाई याद गर।
बाबाले युक्ति बताउनुभएको छ, मलाई याद गरेमा तिमीमाथि जुन देह अभिमानको दाग छ त्यो मेटिन्छ। देहीअभिमानी बन्न मेहनत लाग्छ । बाबालाई कसैले सत्य बताउँदैनन्। कोहीकोहीले चार्ट लेखेर पठाउँछन् तर फेरि थाक्छन्। यो ठुलो मन्जिल हो। मायाले एकदम नसा तोडिदिन्छ अनि फेरि लेख्न पनि छोडिदिन्छन्। आधाकल्पको देह अभिमान हुन्छ, त्यो छुट्दैन। बाबा भन्नुहुन्छ केवल यही धन्दा गरिराख। बाबालाई याद गर र अरूलाई गराऊ। बस्, सबैभन्दा उच्च धन्दा हो यो। जसले आफैले याद गर्दैनन् उनीहरूले यो धन्दा गर्दैनन् नै। बाबाको याद– यो हो योग अग्नि, जसबाट पाप भस्म हुन्छ त्यसैले सोधिन्छ कहाँसम्म तिम्रा पाप भस्म भएका छन्? जति बाबालाई याद गर्छौ त्यति खुसीको पारा चढिरनेछ। हरेकको दिलको कुरा जान्न सक्छौ। अरूलाई पनि उनीहरूको सेवाबाट जान्न सक्छौ। अरूलाई बाटो देखाउँछौ– बाबालाई याद गर। उहाँ पतित-पावन हुनुहुन्छ। यहाँ यो त हो पतित तमोप्रधान दुनियाँ। सबै आत्माहरू र शरीर तमोप्रधान छन्। अब फर्केर जानुछ। त्यहाँ सबै आत्माहरू पवित्र हुन्छन्। पवित्र बनेपछि मात्र घर जान्छन्। अरूलाई पनि यही बाटो देखाउनुपर्छ। बाबाले युक्ति त धेरै सहज बताउनुहुन्छ। शिवबाबालाई याद गर। यही ब्लटिङ पेपर राख्यौ भने सबै पाप चुसिनेछन्। तिम्रो विकर्म विनाश हुनेछ। मूल कुरा हो पावन बन्नु यही ठुलो कुरा हो। मानिस पतित बनेका छन् त्यसैले त बोलाउँछन् हे पतित-पावन आउनुहोस्, आएर सबैलाई पावन बनाएर साथमा लैजानुहोस्! यो कुरा पनि लेखिएको छ, सबै आत्माहरूलाई पावन बनाएर लैजानुहुन्छ फेरि कुनै पनि पतित आत्मा रहँदैनन्। यो पनि सम्झाइएको छ सुरुसुरुमा स्वर्गवासी नै आउँछन्। बाबाले जुन औषधि दिनुहुन्छ– यो सबैको लागि हो। जति पनि आत्माहरू मिल्छन् उनीहरूलाई यही औषधि दिनुछ। तिमी बाबाको पासमा जान चाहन्छौ तर आत्मा पतित छ त्यसैले जान सक्दैन। पावन बनेपछि जान सक्छौ। हे आत्माहरू! मलाई याद गरेमा मैले तिमीलाई परमधाम लैजान्छु फेरि त्यहाँबाट तिमीलाई सुखमा लैजान्छु फेरि दुनियाँ पुरानो भएपछी तिमीले दुःख पाउँछौ। मैले कसैलाई दुःख दिन्नँ। हरेकले आफैलाई हेर मैले याद गर्छु? जति याद गर्छौ त्यति खुसीको पारा चढ्छ। कति सहज औषधि छ, अरू कुनै साधुसन्त आदिले यो औषधिलाई चिन्दैनन्। कतै पनि लेखिएको छैन। यो बिलकुल नयाँ कुरा हो। पापको खाता कुनै शरीरमा लागेको छैन। यति सानो आत्मा बिन्दुमा नै सारा पार्ट भरिएको छ। आत्मा पतित भयो भने जीवमा पनि असर पर्छ। आत्मा पावन बन्छ– फेरि शरीर पनि पवित्र मिल्छ। दुःखी, सुखी आत्मा बन्छ। शरीरमा चोट लागेमा आत्मालाई दुःख फिल हुन्छ। भनिन्छ पनि यो दुःखी आत्मा हो, यो सुखी आत्मा हो। यति सानो आत्माले कति पार्ट खेल्छ, अचम्म छ नि। बाबा हुनुहुन्छ नै सुखदायक, त्यसैले उहाँलाई याद गर्छन्। दुःख दिने रावणले हो। सबैभन्दा पहिला आउँछ देह अभिमान। अहिले बाबा सम्झाउनुहुन्छ तिमी आत्म अभिमानी बन्नुछ, यसमा धेरै मेहनत छ। बाबालाई थाहा छ सच्चा दिलले जुन युक्तिले याद गर्नुपर्छ, कसैले मुस्किलले याद गर्छ। यहीँ बसेर पनि धेरै भुल्छन्। देहीअभिमानी हुन्थ्यौ भने कुनै पाप गर्दैनथ्यौ। बाबाको आदेश छ हियर नो इभिल... यो कुरा बाँदरको लागि त होइन। यो त मानिसको लागि हो। मानिस बाँदरजस्तै छन् त्यसैले बाँदरको चित्र बनाएका छन्। धेरै छन् जसले सारा दिन परचिन्तन गरिरहन्छन्। त्यसैले बाबाले ज्ञान दिनुपर्छ। सबै सेन्टरमा कोही न कोही यस्ता हुन्छन् जसले एकअर्कालाई दुःख नै दिइरहन्छन्। कोही राम्रा पनि छन् जो बाबाको यादमा रहन्छन्। सम्झन्छन् मनसा, वाचा, कर्मणा कसैलाई दुःख दिनुहुँदैन। वाचाले पनि कसैलाई दुःख दियौ भने दुःखी भएर मर्नेछौ। बाबा भन्नुहुन्छ तिमी बच्चाहरूले सबैलाई सुख दिनुछ। सबैलाई भन्नुछ, देहीअभिमानी बन। बाबालाई याद गर अरू कुनै पैसाको लेनदेनको कुरा होइन। केवल परमप्यारा बाबालाई याद गरेमा तिम्रो विकर्म भस्म हुन्छ। तिमी विश्वको मालिक बन्नेछौ। भगवानुवाच– मनमनाभव एक बाबालाई र वर्सालाई याद गर। आपसमा अरू केही पनि नबोल केवल बाबालाई याद गर। अरूको कल्याण गर।
तिमी बच्चाहरूको अवस्था यस्तो मीठो होस् जसले गर्दा कसैले पनि आएर हेर्दा भन्छन् बाबाका बच्चाहरू त ब्लटिङ पेपर हुन्। अहिले त्यो अवस्था छैन। बाबासँग कसैले सोध्यो भने ब्लटिङ पेपर त के अहिले कागज पनि छैनन्। बाबाले सबै सेन्टरका बच्चाहरूलाई सम्झाउनुहुन्छ। मुम्बई, कोलकत्ता, देहली... सबै ठाउँमा बच्चाहरू त छन् नि। रिपोर्ट आउँछ बाबा फलानोले धेरै हैरान पार्छ। पुण्य आत्मा बनाउनुको सट्टा झन् पाप आत्मा बनाइदिन्छन्। बाबासँग कसैले सोध्यो भने तुरून्तै बताइदिनुहुन्छ। शिवबाबालाई त सबैथोक थाहा छ। उहाँसँग सारा हिसाबकिताब छ। यी बाबाले पनि बताउन सक्छन्। अनुहारबाट नै सबै थाहा हुन्छ। यिनी बाबाको यादमा मस्त छन्, यिनको अनुहार नै हँसिलो देवताहरूकोजस्तो छ। आत्मा खुसी भयो भने शरीर पनि खुसी देखिनेछ। शरीरलाई दुःख भएमा आत्मालाई दुःख फिल हुन्छ। एउटा कुरा सबैलाई सुनाइराख, शिवबाबा भन्नुहुन्छ मलाई याद गरेमा तिम्रा पाप विनाश हुनेछन्। उनीहरूले लेखिदिएका छन् श्रीकृष्ण भगवानुवाच, श्रीकृष्णलाई त धेरैले याद गर्छन् तर पाप त मेटिँदै मेटिँदैन झन् पतित बनेका छन्। यो थाहा नै छैन याद कसलाई गर्नुछ, परमात्माको रूप के हो। सर्वव्यापी भन्छन् भने पनि जसरी आत्मा स्टार हो त्यसरी नै परमात्मा पनि स्टार हुनुहुन्छ किनकि आत्मा सो परमात्मा भनिदिन्छन् त्यसैले यो हिसाबले पनि बिन्दु नै ठहरियो। सानो बिन्दु प्रवेश गर्नुहुन्छ। सबै बिन्दुहरूलाई भन्नुहुन्छ प्यारा बच्चाहरू! म एकलाई याद गर। इन्द्रियहरूद्वारा बोल्नुहुन्छ। इन्द्रियहरू बिना त आत्माले आवाज निकाल्न सक्दैन। तिमीले भन्न सक्छौ आत्मा परमात्माको रूप त एउटै हो नि। परमात्मालाई ठुलो लिङ्ग वा केही भन्न सकिँदैन। बाबा भन्नुहुन्छ म पनि त्यस्तै बिन्दु हुँ तर म पतित-पावन हुँ अनि तिमी सबै आत्माहरू पतित छौ। कति सीधा कुरा छ। अब देहीअभिमानी बनेर म बाबालाई याद गर, अरूलाई पनि बाटो बताऊ। मैले शब्द नै दुई भन्छु– मनमनाभव। फेरि अलिकति विस्तारमा बताउँछु, यी हाँगाबिँगा हुन्। पहिला सतोप्रधान सतो, रजो, तमो... मा आउँछन्। पाप आत्मा बनेमा कति दाग लाग्छन्। त्यो दाग मेटिन्छ कसरी? उनीहरूले सम्झन्छन् गङ्गास्नानबाट पाप मेटिन्छ। तर त्यो त शरीरको स्नान हो। बाबालाई याद गरेमा नै आत्मा पावन बन्न सक्छ। यसलाई यादको यात्रा भनिन्छ। कति सहज कुरा छ, जुन दिनहुँ बाबाले सम्झाइरहनुहुन्छ। गीतामा पनि जोड यसैमा छ– मनमनाभव। वर्सा त मिल्छ नै केवल मलाई याद गरेमा पाप मेटिन्छ। बाबा अविनाशी ब्लटिङ पेपर हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ मलाई याद गरेमा तिमी पावन बन्छौ फेरि रावणले पतित बनाउँछ त्यसैले यस्तो बाबालाई याद गर्नुपर्छ नि। यस्तो पनि हुन्छ जसले याद गर्दैनन्, उनीहरूको के हाल होला। बाबा सम्झाउनुहुन्छ प्यारा बच्चाहरू! अरू सबै कुरा छोडिदेऊ। केवल एउटा कुरा, देहीअभिमानी बन, म एकलाई याद गर। बस्। यो त जान्दछौ आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। आत्माले नै दुःखसुख भोग्छ। कहिल्यै पनि एकअर्काको दिल दुखाउनुहुँदैन। एकअर्कालाई सुख दिनुपर्छ। तिम्रो धन्दा यही हो। धेरै छन् जसले एकअर्कालाई दुःख दिइरहन्छन्। एकअर्काको देहमा फसिरहन्छन्। सारा दिन एकअर्कालाई याद गरिरहन्छन्। माया पनि तीक्ष्ण छ। बाबाले नाम लिनुहुन्न, त्यसैले बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू देहीअभिमानी भव! ज्ञान त धेरै सहज छ। याद गर्न नै मुस्किल छ। त्यो ज्ञान त फेरि पनि १५-२० वर्ष पढ्छन्। कति विषयहरू हुन्छन्। यो ज्ञान त धेरै सहज छ। ड्रामालाई जान्नु एउटा कहानी हो। मुरली चलाउनु ठुलो कुरा होइन। यादमा नै धेरै कठिनाइ छ। बाबाले फेरि भनिदिनुहुन्छ– ड्रामा। तैपनि पुरुषार्थ गरिराख। बाबालाई याद गरेमा योग अग्निबाट तिम्रा पाप भस्म हुनेछन्। राम्रा राम्रा बच्चाहरू यसमा फेल हुन्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) कहिल्यै पनि कसैको दिल दुःखाउनु हुँदैन। सबैलाई सुख दिनुछ। एक बाबाको यादमा रहनु र सबैलाई याद दिलाउनुछ।
२) पापको दाग मेटाउनको लागि देहीअभिमानी बनेर अविनाशी ब्लटिङ पेपर बाबालाई याद गर्नुछ। यस्तो मीठो अवस्था बनाउनुछ जसले सबैको कल्याण भइरहनेछ।
| वरदान:– |
आफ्नो श्रेष्ठताद्वारा नवीनताको झन्डा फहराउने शक्ति स्वरूप भव अहिले समय अनुसार, समीपता प्रमाण शक्तिरूपको प्रभाव अरूमाथि पारेमा अन्तिम प्रत्यक्षता समीप ल्याउन सक्छौ। जसरी स्नेह र सहयोगलाई प्रत्यक्ष गरेका छौ त्यसरी नै सेवाको ऐनामा शक्तिरूपको अनुभव गराऊ। आफ्नो श्रेष्ठताद्वारा शक्तिरूपको नवीनताको झन्डा फहराउँछौ अनि प्रत्यक्षता हुन्छ। आफ्नो शक्तिस्वरूपबाट सर्वशक्तिमान बाबाको साक्षात्कार गराऊ। |
| स्लोगन:– | मनसाद्वारा शक्तिहरूको र कर्मद्वारा गुणहरूको दान दिनु नै महादान हो। |
अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चिन्त होऊ”
बाबालाई बच्चाहरूमा यिनै मेरा बच्चाहरू विघ्नविनाशक आत्माहरू हुन्, पूज्य आत्माहरू हुन्, यी बच्चाहरू बाबाभन्दा पनि अगाडि छन् भन्ने पूरा निश्चय छ। निमित्त बनेका, सदा बाबालाई पनि निश्चिन्त बनाउनेहरू हुन्, सदा खुसखबरी सुनाउने हरेक बच्चा विशेष छन्। स्वयंमा पनि यस्तो निश्चय राखेर यही स्मृतिस्वरूपमा रह्यौ भने विजयी बन्नेछौ।