नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 मार्च 29

ओम शान्ति · BapDada · 2026 मार्च 29

आजको मुरली — हरेक बिहान नयाँ।

18
मुरली2026 मार्च 29 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

29-03-2026
ओम् शान्ति
“अव्यक्त बापदादा”
रिभाइज
25/10/2009

सर्व खजानाहरूले सम्पन्न आफ्नो चेहरा ( अनुहार ) र चालचलनबाट अलौकिकताको साक्षात्कार गराऊ

आज (बापदादाले) सर्व खजानाका दाता आफ्ना खजानाहरूका मालिक बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चा सर्व खजानाहरूले सम्पन्न छ किनकि बाबाले सबै बच्चाहरूलाई एउटै समयमा एकैनास सबै खजानाहरू दिनुभएको छ। त्यसैले बापदादा आफ्ना बालक सो मालिक बच्चाहरूसँग मिल्न आउनुभएको छ। बच्चाहरूले बोलायौ र बाबा बच्चाहरूको स्नेहमा आइपुग्नुभएको छ। खजानाहरू त धेरै छन्, सबैभन्दा पहिलो खजाना हो ज्ञान धन, जुन ज्ञान धनबाट मालामाल भएका छौ, महादानी बनेर अरूलाई पनि बाँडिरहन्छौ। जुन ज्ञानका खजानाबाट भिन्न भिन्न बन्धनहरूमा फसेका आत्मा, ती सबै बन्धनहरूबाट मुक्त भए। बन्धनयुक्तबाट बन्धनमुक्त भए। साथै योग अर्थात् यादको खजाना, जसबाट अनेक शक्तिहरू प्राप्त गरेका छौ। त्यसरी नै धारणाद्वारा सर्व गुणहरूको अनुभूति अर्थात् खजाना मिलेको छ। साथसाथै धारणाको शक्तिबाट सर्वको स्नेहको शक्ति, सर्वको प्यारा र न्यारापनको शक्तिको खजाना प्राप्त गरेका छौ, सर्वको स्नेहको खजाना अनुभव गरेका छौ। साथै सर्व ब्राह्मण सम्बन्धबाट अपार खुसीको खजाना अनुभव गरेका छौ। तर सर्व खजानाहरूको साथै जुन विशेष खजाना छ त्यो हो सङ्गमको समयको खजाना। जुन आत्मालाई समयको खजानाको महत्त्व छ उनीहरू सदा अनेक प्राप्तिहरूका मालिक बन्छन् किनकि सङ्गमयुगको समय धेरै छोटो छ तर समयबाट प्राप्तिहरू धेरै छन्। सबैभन्दा बढी सङ्गमयुगको श्रेष्ठभन्दा श्रेष्ठ प्राप्ति हो स्वयं भगवान बाबाको रूपमा, शिक्षकको रूपमा, सदगुरुको रूपमा मिल्नुहुन्छ। सङ्गमयुगमा छोटो जन्ममा २१ जन्मको प्राप्ति, जसमा तन, मन, धन, जन सर्व प्राप्ति छन् अनि ग्यारेन्टी छ २१ जन्म पूरा, आधा होइन, पौने होइन तर पूरा २१ जन्मको ग्यारेन्टी छ। त्यसैले सबैभन्दा बढी जुन महत्त्व छ त्यो हो सङ्गमयुगको एक एक सेकेन्ड अनेक वर्षसमान छ। त्यसो हो भने भन, सर्व खजानाहरूले सम्पन्न छौ? सम्पन्न छौ नि? त्यसैले बापदादाले सदा समयको स्मृति दिलाइरहनुभएको छ। कति बच्चाहरूले सम्झन्छन्, एक दुई मिनेट अरू केही सोच्यौँ भने, २ मिनेट नै त हो। तर जति समयको महत्त्व छ त्यस अनुसार त २ मिनेट होइन, २ महिना पनि होइन, दुई वर्षसमान छ। यति महत्त्व छ सङ्गमको समयको। सर्व शक्तिहरूको, सर्व गुणहरूको, परमात्म प्यारको, ब्राह्मण परिवारको प्यारको र कल्प पहिलाको ईश्वरीय हकको, यो छोटो युगमा यी सर्व प्राप्तिहरू हुन्छन् त्यसपछि कुनै पनि युगमा यो सर्व प्राप्ति हुँदैन। राज्य भाग्य हुनेछ, तिमी सबैको राज्य हुनेछ, सुख शान्ति सबै हुनेछ तर परमात्म मिलनको, अतीन्द्रिय सुखको, सर्व ब्राह्मण परिवारको प्यारको, आदि, मध्य, अन्त्यको ज्ञानको भाग्य अहिले सङ्गममा नै मिलेको छ, हरेक कल्प मिलिरहनेछ।

बापदादा हरेक बच्चाको अनुहारमा देख्नुहुन्छ, कति खजाना जम्मा भएका छन्? खजाना त मिले तर हरेकले जम्माको खाता कति बढाएका छौ, त्यो कुरा हरेकको अनुहारबाट, चालचलनबाट देखिन्छ र तिमी सबैले पनि जान्दछौ, मैले कति जम्मा गरेको छु! अहिले बापदादाको दिलको यही आश छ, खजाना मिलेको त छ तर अब समय केवल वर्णन गर्ने होइन तर तिम्रो चेहरा र चालचलनले प्रत्यक्ष अनुभव गराउन्, यी आत्माहरू कोही विशेष हुन्, न्यारा हुन् र परमात्म प्यारा हुन् किनकि पछि गएर समय परिवर्तन भएपछि तिम्रो सेवा केवल वर्णन गरेर होइन, समय नाजुक भएपछि त्यति समय कसैले निकाल्न सक्दैन तर तिम्रो खजानासम्पन्न अनुहारबाट, चालचलनबाट तिम्रो अलौकिकताको टाढाबाट नै साक्षात्कार हुनेछ। त्यसैले आफ्नो यस्तो पुरुषार्थ अहिले नै प्रत्यक्ष गर। जसरी ब्रह्माबाबालाई देख्यौ, हुन त सङ्गठनको बीचमा पनि रहनुभयो तैपनि टाढैबाट त्यो व्यक्तित्व (पर्सनालिटी), चमक अनुभव भयो। त्यसरी नै अहिले डबल विदेशीहरूले विशेष डबल पुरुषार्थ गर। बापदादाले डबल पुरुषार्थी भन्नुहुन्छ त्यसैले बापदादा आज डबल विदेशी निमित्त बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। वृद्धिको लागि राम्रो पुरुषार्थ गरिरहेका छौ, निमित्त बनेका आत्माहरूबाट पालना पनि सबैलाई धेरै राम्रो मिलिरहेको छ अनि बापदादालाई एउटा कुरा सबैको धेरै राम्रो लाग्छ, सर्व आत्माहरूले हरेक वर्ष आफ्नो सङ्गठनको विशेष मिलन मधुबनमा गर्छौ किनकि मधुबनको वायुमण्डलले रिफ्रेसमेन्टमा धेरै सहयोग दिन्छ अनि एउटै जिम्मेवारी छ– स्वपरिवर्तन, मनसा सेवा, एकअर्काको अनुभवहरूको पनि राम्रो चान्स मिल्छ। त्यसैले बापदादा यो कुरामा बधाई दिनुहुन्छ।

अब आआफ्नो स्थानमा गएर केही कमाल गर्नु, केही न्यारापन जुन बाबालाई प्यारो छ त्यो प्राक्टिकलमा अनुभव गराउनु जसबाट मधुबनको रिफ्रेसमेन्टको सहयोग त्यहाँ पनि अनुभव गरिरहनेछौ। त्यसैले आज विशेष डबल पुरुषार्थी ग्रुपको मिलन हो अनि हेर तिमी सबैसँग इन्डियाका बच्चाहरूको यति प्यार छ जसले पहिलो चान्स तिमीलाई नै दिन्छन्। त्यसैले पहिलो चान्सको रिजल्ट पहिलो नम्बर लिनुछ। यो कुरा राम्रो लाग्छ, बापदादाले पहिला पनि सुनाउनुभएको छ, डबल विदेशी वा डबल पुरुषार्थी बच्चाहरूले बाबाको एउटा विशेष टाइटल प्रत्यक्ष गरेका छन्। जसले विदेशमा धेरैजसो बाबाका बच्चाहरूलाई निकालेर उनीहरूको पनि भाग्यको तस्बिर बनाइदिएका छन्, त्यसैले लगनले जसले चारैतीर मेहनत गरिरहेका छौ, त्यसबाट बाबाको विश्वकल्याणकारी कर्तव्य प्रसिद्ध गरेका छौ त्यसैले बापदादा हरेक बच्चालाई वाह! बच्चा वाह! को बधाई दिनुहुन्छ। अहिले पनि जसरी भारतवर्षमा कुना कुनामा सन्देश दिने सेवा चलिरहन्छ त्यसैगरी त्यहाँ पनि उमङ्ग उत्साह छ, बाँकी रहेका देशमा सन्देश दिइहालौँ किनकि समयको कुनै भरोसा छैन। बापदादाले पहिलादेखि नै भन्नुभएको छ, अचानक जे पनि हुन सक्छ त्यसैले सन्देश दिने वा आफ्नो प्रगतिको लागि अहिलेको अहिल्यै, कहिलेकाहीँ होइन, बापदादाले भन्नुभएकै छ, वास्तवमा ब्राह्मणहरूको डिक्सनरीमा कहिलेकाहीँ शब्द सुहाउँदैन, अहिलेको अहिल्यै, सङ्कल्प गरेका छौ, गर्नु नै छ। हेर्नेछौँ, गर्नेछौँ, यो ‘हेर्नेछौँ, गर्नेछौँ’ शब्द नै होइन त्यसैले तिम्री मम्माले पनि यही लक्ष्य राखिन् र सबैलाई याद दिलाइन्– “अहिले नभए कहिल्यै हुँदैन”।

अब डबल पुरुषार्थी बच्चाहरू अहिलेको अहिल्यै गर्ने हौ वा कहिलेकाहीँ? जसले सम्झन्छौ, अहिलेको अहिल्यै गरेर देखाउनेहरू हौँ, तिमीहरूले हात उठाऊ। गर्नु नै छ। गर्नु नै छ। गर्नेछौँ होइन, गर्नु नै छ। याद राख्नु, आफैले आफ्नो चार्ट राख्नु अनि बापदादाले पहिला नै सुनाउनुभएको छ, हर रात बापदादालाई आफ्नो सारा दिनको चार्ट सुनाएपछि आफ्नो दिमाग खाली गरेर सुतेमा तिमीलाई निद्रा पनि राम्रो आउँछ साथै दिनहुँको हालचाल दिएमा अर्को दिन याद हुन्छ, बाबालाई हामीले आफ्नो हालचाल भनेका छौँ, त्यसैले त्यो स्मृतिले सहयोग दिन्छ। फेरि धर्मराजपुरीमा जानु पर्दैन। दियौ नि, परिवर्तन गरेमा धर्मराजपुरीबाट बच्नेछौ। अब अर्को वर्ष, देखेको त कसैले छैन तर अब लक्ष्य राख, वर्षलाई छोड, कमसेकम जति थोरै समयमा बाबाको जुन आश छ, चेहरामा देखियोस्, चालचलनमा देखियोस्, त्यो छिटोभन्दा छिटो प्राक्टिकलमा गरेर देखाऊ। हिम्मत छ भने, हात उठाऊ। हिम्मत छ? हिम्मत छ? अच्छा बधाई छ। बापदादाले त हरेक बच्चामा निश्चय र हिम्मतको उमङ्ग-उत्साह अहिलेको अहिल्यै देखिरहनुभएको छ। तर जाँदाजाँदै प्लेनमा अलिकति नघटाउनु। बढाइरहनु। बापदादाले जुन दृढ सङ्कल्पको साँचो दिनुभएको छ त्यसलाई सदैव कायम राख्नुछ। गर्नु नै छ, अहिलेको अहिल्यै, हेर्नेछौँ, गर्नेछौँ होइन। अब त्यो समय गयो। भइहाल्नेछ होइन, हुनु नै छ। बापदादाले जुन डबल पुरुषार्थीको टाइटल दिनुभएको छ, त्यसलाई सदा याद राख्नुछ।

बाँकी बापदादाले रिजल्ट सुन्नुभयो, बापदादाले जुन सेवाको प्लान दिनुभयो, त्यसमा भारतवर्षले पनि कम गरेन अनि विदेशले पनि कम गरेन। यो वरदानलाई मेजोरिटी स्थानहरूमा उमङ्ग-उत्साहले गरेका छन् अनि रिजल्ट पनि भिन्नाभिन्नै स्थानको आइरहेको छ। त्यसैले बापदादा चाहे भारतवर्षका बच्चाहरूलाई, चाहे विदेशका बच्चाहरूलाई पद्म-पद्मगुणा प्लानलाई प्राक्टिकलमा ल्याएकोमा बधाई दिइरहनुभएको छ।

अब यो वर्षमा विशेष कुन कुरा प्राक्टिकलमा गर्नुछ, त्यो सुनाइदिनुभयो, अब तिमीलाई जसले देखे पनि उसको तिम्रो अनुहारमा चमक देखियोस्। प्रत्यक्षताको निमित्त बन्नुछ, बाबालाई प्रत्यक्ष गर्नुछ भने के गर्नुछ? सदा मुस्कुराइरहेको अनुहार, कुनै चिन्तनमा, कुनै उल्झनमा होइन। बापदादाले सुनाउनुभएको थियो, अहिले दुई शब्द याद गर– मायालाई इसारा गर गेट आउट अनि आफूलाई गेस्ट हाउसमा अनुभव गर। यो दुनियाँ तिम्रो होइन, गेस्ट हाउस हो, अब त घर जानु नै छ। घरको दृश्य मनमा बुद्धिमा देखियोस्। त्यसपछि स्वतः घर आइ नै हाल्छ। तिम्रो एउटा गीत छ– अब घर जानुछ। त्यसैले यो लहर हरेक स्थानमा होस्, चाहे भारत, चाहे विदेश, अब यो अनुभव प्रत्यक्ष गरेर देखाऊ। बेहदको वैराग्य, गेस्ट हाउसमा मन लाग्दैन, जानुछ, जानुछ, याद रहन्छ। त्यसैले यो बेहदको वैराग्यले कुनै पनि प्रकारको मनका सङ्कल्पहरूलाई, आपसमा सङ्गठनको मायाका विघ्नहरूलाई एकदम समाप्त गरिदिन्छ। यी मायाका तुफानहरू तिम्रो लागि उपहार बन्छन्। यी जो सानातिना परीक्षा आउँछन् यी परीक्षा लाग्दैनन् तर एउटा अनुभव बढाउने लिफ्ट लाग्छन्। गिफ्ट र लिफ्ट। बुझ्यौ। अब लक्ष्य राख बेहदको वैरागी बन्ने। हिम्मत राख अनि उमङ्ग-उत्साहको पखेटाले उडिराख र उडाइराख्ने। अब उड्ने समय हो। सदा चेक गर तिम्रा पखेटा कमजोर त भइरहेका छैनन्!

बापदादा डबल विदेशीहरूको विस्तार देखेर खुसी हुनुहुन्छ, अब के हेर्न चाहनुहुन्छ? हरेक बच्चा बाबासमान सम्पन्न र सम्पूर्ण, सर्व खजानाहरूले सम्पन्न अनि जुन हरेक श्रीमत मिलिरहेको छ त्यसमा सम्पूर्ण। राम्रो लाग्यो? राम्रो लाग्यो भने ताली बजाऊ। अच्छा। यो ताली हरेक दिन याद गर्नु, आफै मनमा बजाउनु, बाहिरबाट होइन मनमा बजाउनु। यो होमवर्क हो। अच्छा।

९० देशबाट २३०० भाइबहिनीहरू आएका छन्:– (पाँचै खण्डका भाइबहिनीहरूलाई भिन्नाभिन्नै ग्रुपमा उठाउनुभयो) १– अमेरिका, क्यानडा र क्यारेबियनका भाइ-बहिनीहरू, २– अस्ट्रेलिया, एसिया, न्युजिल्यान्ड, फिजी, ३– युरोप, यु.के., मिडिल इस्ट ४– अफ्रिका, साउथ अफ्रिका, मौरिसस, ५– रसिया, सी.आई.एस., बाल्टिक मुलुकहरू सबैले अगाडि बढ्ने सङ्कल्प पनि गरेका छन् अनि आपसमा रुहरिहान पनि गरेका छन्। बापदादाको पासमा समाचार आइरहन्छ। अब एभररेडी ग्रुप बनाऊ। जुन देशबाट जति पनि आएका छन्, ती बच्चाहरूलाई बापदादाले प्राइज दिनुहुन्छ, के प्राइज दिनुहुन्छ त्यो त हेर्नुहुनेछ त्यसै समयमा। तर बापदादा डबल पुरुषार्थी बच्चाहरूको हरेक एरियाको ग्रुपलाई यही भन्नुहुन्छ, कुनै पनि ग्रुप जो नम्बरवन जान्छ त्यसलाई प्राइज दिनुहुन्छ। एक देशको एक एक सहरमा जति पनि सेन्टर छन्, मानौँ अमेरिका छ, अमेरिकाको कनेक्सनमा जति पनि देश छन्, ती सबै देशले आपसमा राय सल्लाह गरेर प्रोग्राम बनाऊन्, यहाँ सबै निर्विघ्न रहनेछौँ, एभररेडी रहनेछौँ, मायाजित रहनेछौँ, स्नेही र सेवामा सहयोगी रहनेछौँ। जो नम्बरवन हुन्छ उसलाई बापदादाले प्राइज दिनुहुनेछ। एकलाई होइन तीनलाई दिनुहुन्छ। एक, दुई, तीन। तीन नम्बर। हुन त एकलाई दिइन्छ तर डबल पुरुषार्थी हौ नि त्यसैले तीनलाई चान्स दिनुहुन्छ। राम्रो लाग्यो? हो भने हात हल्लाऊ। राम्रो लाग्यो? कति टाइम चाहिन्छ? यो कुरा टिचरले सुनाउनुछ, कति टाइम चाहिन्छ प्राइज लिनमा? बताऊ। (सबैले भने फेब्रुअरीसम्म) सबै देशका टिचरहरूले हात उठाऊ। ठीक छ? तयार हुन्छौ नि! फेरि बापदादाले प्राइज दिनुहुनेछ। धेरै राम्रो। यसमा ताली त बजाऊ। अच्छा। भारतवर्षको पनि टर्न आउनेछ। अहिले त तिमीहरूको टर्न हो। बापदादा पनि खुसी हुनुहुन्छ वाह तीव्र पुरुषार्थी बच्चाहरू वाह! अच्छा।

चारैतर्फका तीव्र पुरुषार्थी हिम्मत र उमङ्ग-उत्साहले उड्ने, हिँड्ने होइन, उड्ने, चारैतर्फका बाबासमान सम्पन्न र सम्पूर्ण बन्ने बापदादाको दिलतख्तनसिन, सदा बाबाको कम्बाइन्ड रूपको अनुभव र सहयोग लिने हरेक बाबाका सिकिलधे, स्नेही बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

दादीहरूसँग:– बाबाको साथै तिमी सबैको पनि सहयोग रहेको छ नि। बच्चाहरू र बाबा दुवैको सहयोगले यज्ञ चलेको छ, चलिरहनेछ। निमित्त त तिमी पनि हौ नि। साकारमा एउटाले भन्यो अर्काले गरिदियो। एकअर्काको सहयोगी बनेर उडिरहेका छौ। उडिरहेको देखेर बाबा खुसी हुनुहुन्छ। (दादी जानकीले भन्नुभयो कमाल छ, गुल्जार दादीको) उनी त साथमा छिन् नै। बापदादाको यही शुभ इच्छा छ, तिमी सबै जो निमित्त बनेका छौ तिमीहरू सदा एक देखिनुछ। भिन्न भिन्न होइन, एक देखिनुछ। एउटाले भन्यो अर्काले राय दियो अनि एक भए। तब त यज्ञ चलिरहेको छ। तिमी सबैको एकताबाट नै चलिरहेको छ, बाहिरबाट नदेखिए पनि सङ्कल्पमा, विचारहरूमा एकमत भएर अझ अगाडि बढाउनुछ किनकि अहिले तिमीहरू सबैमाथि नजर छ। अच्छा।

वरदान:– आफ्नो श्रेष्ठ वृत्तिद्वारा शुद्ध वायुमण्डल बनाउने सदा शक्तिशाली आत्मा भव
जो सदा आफ्नो श्रेष्ठ वृत्तिमा स्थित रहन्छन् उनीहरू कुनै पनि वायुमण्डल, भाइब्रेसनमा डगमगाउन सक्दैनन्। वृत्तिबाट नै वायुमण्डल बन्छ, यदि तिम्रो वृत्ति श्रेष्ठ छ भने वायुमण्डल शुद्ध बन्नेछ। कतिले वर्णन गर्छन्, के गरौँ वायुमण्डल नै यस्तो छ, वायुमण्डलको कारण मेरो वृत्ति चञ्चल भयो, त्यसो भए त्यस समयमा शक्तिशाली आत्माको सट्टा कमजोर आत्मा बन्छन्, तर व्रत (प्रतिज्ञा) को स्मृतिले वृत्तिलाई श्रेष्ठ बनाइदियौ भने शक्तिशाली बन्नेछौ।
स्लोगन:– गुणमूर्त बनेर सर्वलाई गुणमूर्त बनाउनु नै महादानी बन्नु हो।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त होऊ”

आपसमा एकअर्काप्रति सच्चा स्नेह भयो भने स्नेही आत्माप्रति कहिल्यै आशङ्का गरिँदैन। उनीहरूको स्नेहको बोली, साधारण भए पनि फिल हुँदैन। उनीहरूको सामान्य बोली पनि यस्तो लाग्छ– यिनले अवश्य कुनै मतलबले भनेका होलान्। बेमतलब, व्यर्थ लाग्दैन। जहाँ स्नेह हुन्छ, त्यहाँ विश्वास अवश्य हुन्छ। त्यसैले ब्राह्मण परिवारमा एकअर्काप्रति स्नेह वा विश्वास राखेर, सम्पूर्ण निश्चयबुद्धि बनेमा ब्रह्मा बाबाका आशा पूरा गर्न सक्नेछौ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।