| 19-04-2026 |
ओम् शान्ति
“अव्यक्त बापदादा”
रिभाइज
|
15/12/2009 |
“ परिवारसँग प्रीत नि र्वाह गर् नको लागि ज्ञा न वान बनेर बाबा समान साक्षीपनको स्थितिमा रह नुछ , बाबा , स्व यं , ड्रामा र परिवार चारैमा निश्चयबुद्धि बनेर विजयी ब न्नुछ ।”
आज समर्थ बाबाले आफ्ना समर्थ बच्चाहरूलाई देखिरहनुभएको छ किनकि हरेक बच्चाले धेरै लगन र स्नेहले बाबासमान बन्ने पुरुषार्थ गरिरहेका छन्। बापदादा बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ र दिलमा बच्चाहरूको गीत गाउनुहुन्छ– वाह बच्चाहरू वाह! किनकि बच्चाहरू बाबाका पनि शिरका ताज हुन्। हेर बच्चाहरूको पूजा डबल रूपमा हुन्छ, बाबाको पूजा एकरूपमा हुन्छ। त्यसैले बच्चाहरू बाबाभन्दा पनि बाबाद्वारा अगाडि बढ्छन् त्यसैले बाबा बच्चाहरूको पुरुषार्थलाई देखेर खुसी हुनुहुन्छ। नम्बरवार त छन् तर पुरुषार्थको लक्ष्य अगाडि बढाइरहेका छन्।
आज अमृतवेला चारैतिरका बच्चाहरूमा एउटा कुरा जुन ज्ञानको फाउन्डेसन हो त्यो देख्नुभयो। फाउन्डेसन हो निश्चय। भनिएको पनि छ निश्चयबुद्धि विजयी। त्यसैले तिमी सबैको निश्चय देख्नुभयो, सबैको नम्बरवार बाबामा त निश्चय छँदैछ, त्यसको निसानी सबैले बाबालाई चिनेर बाबाका बनेका छन् र यहाँ पनि बाबासँग मिल्नको लागि आएका छन्। बाबामा हरेक बच्चाको अटुट निश्चय छ तर बाबासँगै अरू पनि निश्चय पक्का हुनुपर्छ– त्यो हो स्वमा निश्चय। साथै ड्रामामा निश्चय र परिवारमा निश्चय। यी चार प्रकारका निश्चयमा पक्का हुनु अर्थात् निश्चयबुद्धि विजयी बन्नु। त्यसैले चेक गर– यी चारै निश्चयमा पक्का छौ? बाबामा त सबैले भन्छन्– मेरो बाबा र म बाबाको। बाबालाई मेरो भनेर बाबाको पूरा अधिकार प्राप्त गरेका छौ। सदा बाबाद्वारा अधिकारी बनेर सर्व खजानाको अधिकारी बन्यौ। साथै स्वमा पनि निश्चय किन आवश्यक छ? यदि स्वमा निश्चय छैन भने निराश बन्छौ। स्वमा निश्चय यही हो– म बाबाद्वारा स्वमानधारी हुँ, स्वराज्य अधिकारी हुँ। स्वयं बाबाले मलाई कति स्वमान दिनुभएको छ। एक एक स्वमानलाई स्मृतिमा ल्यायौ भने कति नसा चढ्छ! आजकाल कसैलाई पनि कुनै टाइटल मिल्यो भने त्यो पनि आफ्नो भाग्य सम्झन्छन्। तर तिमी बच्चाहरूलाई एक एक स्वमान कसले दिनुभयो! स्वयं बापदादाले हरेक बच्चालाई स्वमानधारी बनाउनुभएको छ। एक एक स्वमानलाई याद गर्दा खुसीमा उड्छौ। त्यसैले स्वमा पनि सदा निश्चयको यति नसा रहोस्– म बाबाद्वारा स्वराज्य अधिकारी, स्वमान अधिकारी करोडौँमा कोही बनेको आत्मा हुँ। जसरी बाबामा निश्चय छ भने साथै स्वमा पनि निश्चय आवश्यक छ किनकि यदि स्वमा निश्चय छ भने जहाँ निश्चय हुन्छ त्यहाँ हरेक कर्ममा निश्चयबुद्धि अर्थात् स्वमानधारी विजयी हुन्छ। निश्चयको अर्थ नै हो सफलता। यस्तो होइन– हाम्रो त बाबामा निश्चय छ, बाबामा निश्चय छ त्यो त धेरै राम्रो हो तर बाबाका साथै म को हुँ यो स्वको नसा पनि आवश्यक छ! एक एक स्वमानलाई याद गरेमा यो निश्चय र नसा तिम्रो चालचलन र चेहराबाट देखिन्छ। देखिइरहेको छ र देखिइरहनेछ। साथै तेस्रो कुरा– ड्रामामा पनि निश्चय धेरै आवश्यक छ किनकि ड्रामामा समस्याहरू पनि आउँछन् र सफलता पनि हुन्छ। यदि ड्रामामा पक्का निश्चय छ भने ड्रामाको निश्चयद्वारा जो निश्चयबुद्धि छ उसले समस्यालाई समाधानस्वरूप बनेर परिवर्तन गरिदिन्छ किनकि निश्चय अर्थात् विजय। त्यसोभए केमा विजयी बन्छौ? परिवर्तन गर्नमा, एक सेकेन्डमा समस्या परिवर्तन भएर समाधानरूप बन्छ। हलचलमा आउँदैनौ, अचल रहन्छौ किनकि ड्रामाको ज्ञानद्वारा अचल अडोल बन्छौ। म नै कल्प पहिला पनि समाधानस्वरूप अर्थात् सफल आत्मा बनेको थिएँ, बनेको छु र कल्पपछि पनि म नै बन्नेछु भन्ने यो निश्चय हुन्छ। यो ड्रामाको निश्चयले पक्का नसा गराउँछ, फखुर हुन्छ, शुद्ध गर्व हुन्छ म थिएँ, म नै हुँ र म नै बन्नेछु त्यसैले यो पुरुषार्थी जीवनमा ड्रामाको निश्चय पनि आवश्यक छ र साथै चौथो हो परिवारको निश्चय किनकि बाबा आउनासाथ परिवारलाई पैदा गर्नुभयो। त्यसैले जसरी बाबामा निश्चय छ त्यसैगरी परिवारमा पनि निश्चय आवश्यक छ किनकि परिवार कसको हो? यति ठुलो परिवार अरू कसको हुन सक्छ! त्यसैले परिवारमा पनि निश्चय अति आवश्यक छ किनकि यति ठुलो परिवार विश्वमा कसको छ? त्यसैले चेक गर– तिम्रो जत्रो परिवार विश्वमा अरू कसैको छ? परिवारको हिसाबले कुनै पनि डिभाइन फादरको पनि छैन त्यहाँ फलोअर हुन्छन्, यहाँ परिवार छ। तिमीहरू परिवारसँगै सेवामा, सम्बन्धमा रहन्छौ। यस्तो होइन– हाम्रो त बाबासँग नै कनेक्सन छ, परिवारसँग कनेक्सन भएन भने के भयो र! परिवारको निश्चय त तिम्रो २१ जन्म चल्नेछ। तिमीलाई थाहा छ नि! परिवारसँगै सम्बन्धमा आएपछि थाहा हुन्छ– म यति ठुलो परिवारमा सबैसँग निश्चयबुद्धि भएर बसेको छु, परिवारमा बस्नको लागि यसमा अटेन्सन दिनुपर्छ– परिवारमा हरेकका संस्कार भिन्न भिन्न छन् र हुनेछन्। तिम्रो यादगार माला हो, मालामा हेर कहाँ एक नम्बर र कहाँ १०८औँ नम्बर किनकि परिवारमा भिन्न भिन्न संस्कार हुन्छन्। त्यसैले यति ठुलो परिवारमा रहँदा संस्कारलाई बुझेर एकअर्कामा एक परिवार, एक बाबा, एक राज्य, त्यसैले एक भएर चल्नुछ। परिवारमा जस्तो ठुलो परिवार छ, त्यस्तै एकअर्कामा विशाल दिल, हरेकप्रति शुभभावना, शुभकामनाको स्थितिमा स्थित भएर चल्नुछ किनकि परिवारको बीचमा नै संस्कार स्वभाव आउँछ। तर कसैले सम्झन्छन्– परिवारसँग के सम्बन्ध चाहिन्छ, बाबासँग त छ। तर यहाँ धर्म र राज्य दुवैको स्थापना हुन्छ, केवल धर्म छैन, अरू जति पनि धर्म पिता आए उनीहरूको केवल धर्म छ, राज्य छैन, यहाँ त तिमी सबैले राज्य पनि गर्नेछौ। राज्यमा परिवारको आवश्यकता हुन्छ र २१ जन्म भिन्न भिन्न रूपले परिवारसँगै रहनुछ, परिवारलाई छोडेर कहीँ जान सक्दैनौ। त्यसैले चेक गर यस्तो नसम्झ– बाबाले जान्नुहुन्छ वा मैले जान्दछु। बाबासँग नै कार्य छ तर यदि यी चार निश्चयमध्ये एउटा पनि निश्चय कम छ भने हलचलमा आउनेछौ। सेवाका साथी, बाबाले त सकाश दिनुहुन्छ तर साथी को हुन्छ? साकारमा साथ त परिवारको हुन्छ त्यसैले बाबाले देख्नुभएको छ– तीन निश्चयमा धेरैजसो ठीकसँग चलिरहेका छन् तर परिवारसँग कर्तव्य निर्वाह गर्नु, संस्कार मिलाउनु, एक एकलाई कल्याणको भावनाले देख्नु र चल्नु, यसमा कैयौँ बच्चाहरू यथाशक्ति बन्छन्। तर बाबाले देख्नुभयो– जो परिवारको निश्चयमा ज्ञानवान भएर सदा बाबासमान साक्षीपनको स्थितिमा रहेर सम्बन्धमा आउँछन्, रहन्छन् उनीहरू नै नम्बरवन वा नम्बरवन (फस्ट) डिभिजनमा आउँछन्। चेक गर भाव स्वभाव परिवारमा हुन्छ, साना साना गल्तीहरू पनि हुन्छन्, विघ्न आउँछन् ती परिवारको सम्बन्धमा नै आउँछन्। त्यसैले सबैभन्दा आवश्यक यो परिवारको सम्बन्धमा पास हुनुछ। यदि परिवारसँग चल्नमा, सम्बन्ध निर्वाह गर्नमा कुनै पनि कमी भयो भने त्यो विघ्न सानो होस् वा ठुलो होस् तर त्यसले हैरान पार्छ। यो किन, यो कसरी, परिवारको कनेक्सनमा आउँछ। त्यसैले किनको सट्टा, किन भन्नुछैन, तर हामी मिलेर चल्नुछ, परिवारको प्रीत निर्वाह गर्नुछ किनकि यो बाबाको परिवार हो, भगवानको परिवार हो। साधारण (रिवाजी) परिवार होइन। नसा हुनुपर्छ– वाह बाबा, वाह ड्रामा, वाह म र वाह परिवार! ठीक छ? चेक गर्छौ? चारै विषयमा पास छौ? चारैमा? एकमा पनि कम होइन। चेक गर। अहिलेको अहिल्यै चेक गर किनकि विजयी बन्ने साधन नै यही हो। परिवारको बीचमा संस्कार निस्कन्छन् र त्यो संस्कार मिलाउनु स्वयंलाई पनि परिवर्तन गर्नु र परिवारलाई पनि यति उच्च दृष्टिले हेर्नु हो। बापदादाले पहिला पनि भन्नुभएको छ– बापदादा लास्ट बच्चालाई पनि अति भाग्यवान् सम्झनुहुन्छ किन? भगवानलाई चिन्नु, साधारण रूपमा बाबालाई चिन्नु, जो यति ठुला ठुला महात्माहरूले पनि चिन्न सकेनन्, तर बापदादाको लास्ट बच्चाले पनि मेरो बाबा भन्छ। दिलबाट मेरो बाबा भन्छ। त्यसैले बापदादाले जस्तै लास्ट बच्चाको पनि विशेषता देखेर, जसरी अरू बच्चाहरूलाई लाड प्यार, यादप्यार दिनुहुन्छ त्यसैगरी लास्टका बच्चाहरूलाई पनि दिनुहुन्छ। त्यसैले चेक गर– तीनमा ठीक छौ वा चारैमा ठीक छौ वा दुईमा ठीक छौ वा एकमा ठीक छौ? चेक गरियो? गरियो चेक? जसले सम्झन्छन्– म चारै निश्चयमा– बाबा, आफू, ड्रामा र परिवार, चारै निश्चयमा ठीक छु उनीहरूले हात उठाऊ। ठीक छौ? अच्छा ठीक छौ, पेपर लिऊँ? हुन्छ हात उठाऊ। अच्छा परिवारमा पास छौ? परिवारको सम्बन्धमा आउनु, किनकि परिवारलाई छोडेर त कहाँ जान्छौ र, यहीँ रहनु नै छ, परिवारमा सम्बन्ध निर्वाह गर्नु नै छ। त्यसैले यसमा पास छौ? कहिल्यै यस्तो आउँछ– यो नभएको भए राम्रो हुन्थ्यो, यो किन गर्छन्, यो किन हुन्छ, यो सङ्कल्प आउँछ... एकदम परिवारको नसा, चारैमा निश्चय भएकाले कहिल्यै पनि यस्तो त्यस्तो सङ्कल्पमा पनि गर्दैन। सङ्कल्पमा आए पनि यस्तो किन हुन्छ, तर मलाई त्यो किन वा के ले हल्लाउँदैन, मुड परिवर्तन गर्दैन, यसलाई भनिन्छ चारैमा पास। हात त उठायौ, बापदादालाई खुसी बनायौ तर बापदादालाई यो जुन परिवारको कुरा छ त्यसमा कहिलेकाहीँ कुरा सुन्नुपर्छ, देख्नुपर्छ। एकदम विशाल दिल होस्, सबैलाई शुभभावना, शुभकामनाले ठीक पार्नुछ, किनकि परिवार नै एउटै हो। एकमत भएर चल्नु र चलाउनुछ। केवल चल्नुछैन, चलाउनु पनि छ त्यसैले बापदादाले यो कुरामा अटेन्सन दिलाइरहनुभएको छ– परिवारमा जो कुनै पनि हलचलमा पास हुन्छन्, व्यर्थ चल्दैन, उनीहरूले अरूलाई पनि त्यस्तै बनाउनुछ। अहिले त तिमीहरू आ-आफ्नो सेन्टरमा कति रहन्छौ, बढीभन्दा बढी २५-५०, यति हुँदैनन् तर मानौँ ठुलो स्थान छ, त्यसमा पनि ५०-६०, ठीकै छ बढीभन्दा बढी १०० सम्झ, त्यति छैनन् तर सम्झिदेऊ, त्यसैले बापदादा सबै सेन्टरका बच्चाहरूलाई लास्टलाई पनि आफूले प्यारा बच्चा भनेर चलाउनुभयो र प्यारको निसानी हो दिनहुँ बापदादाले के यादप्यार दिनुहुन्छ? मीठे मीठे, बाबाले जान्नुहुन्छ कटु स्वभावका पनि छन् तर मीठो र कटु स्वभावका भनेर कहिल्यै यादप्यारमा भन्नुभएको छ? उनीहरूलाई पनि लाडले भन्नुहुन्छ, केवल भन्नुहुन्न तर मेरो बच्चा हो, मेरो भावले चलाउनुहुन्छ किनकि ड्रामामा, मालामा सबै एक नम्बर छैनन्, यो रिजल्ट हो। संस्कार भिन्न भिन्न हुन्छन्, हुनुछ, नत्र सबै राजा बान्नेछन्, प्रजा को बन्छन्! राज्य कसमाथि गर्छन्? राम्रा प्रजा पनि त चाहिन्छ, रोयल प्रजा, राजधानी हो नि। यसरी हरेकले आफूलाई चेक गर, परिवारमा कुनै पनि कुरामा संस्कार नराम्रा छन्, तर मेरो संस्कार के हो? यदि नराम्रोलाई देखेर मेरो संस्कार पनि नराम्रो भयो, भने म पनि त नराम्रो भएँ। नराम्रोले राम्रोलाई पनि परिवर्तन गरिदिन्छ।
बाबाले स्थापनाको बेलामा ३५०-४०० आत्माहरूलाई सँगै सम्हाल्नुभएको थियो, यतिका सँगै रहने परिवार त अहिले कसैको छैन। मानौँ, ड्युटी भिन्ना भिन्नै छ तर त्यो ड्युटी हो र परिवारमा ड्युटी हो। रिवाजी (साधारण) परिवार, रिवाजी ड्युटी, रिवाजी तरिकाले दिनचर्या बिताउनु, यो होइन, न्यारा र प्यारा परिवार हो। यसमा डिस्टर्ब हुनु, फेरि बहाना त यो बनाउँछन्– यसले गरेपछि यो भयो। यसो गरिदियो र यो भयो, तर बाबाको अगाडि पनि के अवरोध भएन! भागन्ती पनि भए नि! यो अवरोध होइन! तर बाबाले फेरि पनि भन्नुभयो, कोही भागन्ती भए भने पनि टोली पठाऊ, उनीहरूलाई बोलाउने कोसिस गर, सेवा गर, याद दिलाऊ। यसरी चारै निश्चयमा पास हुनुछ वा तीनमा, दुईमा? नम्बरवन हुनुछ। यसको लागि विनाशको तयारी हुँदा पनि अहिले विनाश रोकिएको छ। प्रकृति पनि बाबाको पासमा आउँछ, प्रकृतिले पनि भन्छ अब धेरै बोझ भयो। प्रकृति पनि बोझबाट छुट्न चाहन्छ। मायाले पनि भन्छ– मलाई थाहा छ, मेरो पार्ट अब जाने हो तर ब्राह्मण परिवारमा यस्ता बच्चा पनि छन् जो सानो कुरामा मेरो साथी बन्छन्। बसाइदिन्छन् मलाई। आफ्नो राज्य ल्याउनमा यी चार निश्चय पर्सेन्टमा छन् त्यसैले समय पनि रोकिएको छ। बाँकी माया र प्रकृति दुवै रेडी छन्। अब बताऊ आदेश दिऊँ? बच्चा एभररेडी छैनन् भने माया र प्रकृतिलाई आदेश दिऊँ? दिऊँ आदेश? हात उठाऊ, तयार छौ? यत्तिकै हात नउठाऊ। पेपर आउनेछ, आउनेछ पेपर। एभररेडी छौ?
अहिले बापदादाको हरेक बच्चासँग यही आशा छ– कसरीलाई मेटाएर यसरी बनाऊ। कसरी गरूँ, कसरी भयो, होइन। यसरी हो। के गरूँ होइन, यसरी गरूँ। यो आशा कहिलेसम्म पूरा गर्नेछौ? कति टाइम चाहिन्छ? किनकि सबै तयार हुनुछ। यदि तिमी तयार छौ, हात उठायौ, भने तिमीहरूको काम के हो? एकअर्कालाई आफूसमान बनाउनु। अच्छा– बापदादाले सबै समाचारको रिजल्ट सुन्नुभएको छ, जति पनि चल्यौ, राम्रो चल्यौ र रिजल्ट पनि राम्रो उमङ्ग-उत्साहको रह्यो त्यसैले अहिले लक्ष्य राख, हुनु नै छ, गर्नु नै छ, समाप्तिलाई समीप ल्याऊ। तिमी अलिकति विचलित भयौ भने समाप्ति पनि टाढा हुन्छ। तिमीले नै समाप्तिलाई समीप ल्याउनुछ किनकि राज्य गर्नेहरू तयार हुँदैनन् भने समयले मात्र के गर्नसक्छ? सबै बहाना, कारण, कारण शब्दलाई समाप्त गर। निवारण अगाडि ल्याऊ किनकि तिमी सबैको यही लक्ष्य हो नि– दुःखीहरूलाई सन्देश दिएर मुक्त गरूँ। उनीहरूलाई मुक्त नगरी तिमी मुक्तिमा जान सक्दैनौ। यिनीहरूलाई मुक्त गर किनकि बाबा आउनुभएको छ नि त्यसैले सारा विश्वका बच्चाहरूलाई वर्सा त दिनुहुन्छ नि। तिमीलाई जीवनमुक्तिको वर्सा दिनुहुन्छ तर सबै बच्चा त हुन् नि। उनीहरूलाई पनि वर्सा त दिनुछ नि। त्यसैले उनीहरूको वर्सा हो मुक्ति, तिम्रो वर्सा हो जीवनमुक्ति। मुक्ति नदिँएसम्म तिमी पनि जान सक्दैनौ। यसको लागि १२ पटक फरिस्तारूपको र १२ पटक निराकारीस्वरूपमा स्थित हुने ड्रिल गर। रात र दिनको २४ घण्टा हुन्छ र २४ पटक यो ड्रिल गर्नुछ, सुत्नेबेलामा सुत वा निदाऊ। बापदादाले यो भन्नुहुन्न– निदाउनु हुँदैन। निदाऊ तर दिनमा ड्रिल बढाऊ। कुनै कार्यक्रम गर्दा साराका सारा दिन काम गर्छौ नि। जाग्छौ नि! त्यसैगरी यो ड्रिलको लागि पनि समय निकाल। अच्छा।
चारैतिरका बाबाका स्नेही, जो स्नेही हुन्छन् उनीहरू सहयोगी अवश्य हुन्छन्, स्नेहको प्रतिफल प्रत्यक्षरूप उनीहरू हरेक कार्यमा तन-मन-धन-जनमा एकअर्काको सहयोगी अवश्य हुन्छन्। त्यसैले यस्ता स्नेही र सहयोगी बच्चा, जो सदा बाबाको प्यारमा लवलीन रहन्छन्, लभमा होइन, तर लवलीन रहने र सदा बाबाको सर्व कार्यमा समय र सङ्कल्प लगाउने, किनकि सङ्गमयुगमा समय र सङ्कल्पको धेरै महत्त्व छ, एक जन्ममा अनेक जन्मको प्रारब्ध बनाउने, यस्ता तीव्र पुरुषार्थी हर गुण, हर शक्तिलाई, सबै समय अनुसार कार्यमा लगाउने यस्ता गुणसम्पन्न, शक्तिसम्पन्न बच्चाहरूलाई धेरै धेरै पदम पदम गुणा यादप्यार एवम् नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
| वरदान:– |
विधातासँगै वरदाता बनेर सर्व आत्माहरूमा बल भर्ने रहमदिल भव कुनै आत्मा इच्छुक छ तर हिम्मत नहुने भएकाले चाहना हुँदा पनि प्राप्ति गर्न सक्दैन भने यस्ता आत्माहरूको लागि विधाता अर्थात् ज्ञानदाता बन्नुको साथसाथै रहमदिल बनेर वरदाता बन, उनीहरूलाई आफ्नो शुभभावनाको एक्स्ट्रा बल देऊ। तर तिम्रो हर सङ्कल्प बाबाप्रति कुर्बान भएपछि मात्र यस्ता वरदानीमूर्त बन्न सक्छौ। हर पल, हर सङ्कल्प, हर कर्ममा बलिहार जाऊँ को जुन वचन दिएका छौ, त्यसलाई पालन गर। |
| स्लोगन:– | आफ्नो सत्यस्वरूपको स्मृति भयो भने सत्यताको शक्ति आउनेछ। |
अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
बापदादा अब एक एक बच्चाको मस्तकमा सम्पूर्ण पवित्रताको चम्किरहेको मणि देख्न चाहनुहुन्छ। रुहानियतले चम्किरहेको नयन हेर्न चाहनुहुन्छ, बोलीमा मधुरता, विशेषता, अमूल्य बोली सुन्न चाहनुहुन्छ र कर्ममा सन्तुष्टता, निर्माणता सदा देख्न चाहनुहुन्छ।