नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 अप्रिल 20

ओम शान्ति · BapDada · 2026 अप्रिल 20

आजको मुरली — हरेक बिहान नयाँ।

18
डाउनलोड PDF
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

20-04-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– तिमी ईश्वरीय मुक्तिसेना हौ , तिमीले सबैलाई सद्गति दि नु छ , सबैको प्रीत एक बाबासँग जोड ् नुछ ।”
प्रश्न:– मानिसहरूले आफ्नो अक्कल कुन कुरामा लगाउँछन् र तिमीले आफ्नो अक्कल कहाँ लगाउनु छ?
उत्तर:– मानिसहरूले त आफ्नो अक्कल आकाश र सृष्टिको अन्त्य पाउनमा लगाइरहेका छन् तर यसबाट त कुनै फाइदा छैन। यसको अन्त्य त मिल्न सक्दैन। तिमी बच्चाहरूले आफ्नो अक्कल लगाउँछौ– पूज्य बन्नमा। उनीहरूलाई दुनियाँले पुज्दैन। तिमी बच्चाहरू त पूज्य देवता बन्छौ।
गीत:– तुम्हें पाके हमने...

ओम् शान्ति। बच्चाहरूले बुझेका छौ, यो ज्ञानमार्ग हो, त्यो भक्तिमार्ग हो। अब प्रश्न उठ्छ– भक्तिमार्ग राम्रो कि ज्ञानमार्ग राम्रो? दुई कुरा भए नि। भनिन्छ ज्ञानबाट सद्गति हुन्छ। अवश्य भन्छन्, भक्ति र ज्ञान दुवै भिन्नाभिन्नै हुन्। मानिसहरूले सम्झन्छन्– भक्ति गरेमा ज्ञान मिल्छ र सद्गति हुन्छ। भक्तिको बीचमा ज्ञान आउन सक्दैन। भक्ति सबैको लागि हो, ज्ञान पनि सबैको लागि हो। यो समय कलियुगको अन्त्य पनि हो, त्यसैले अवश्य सबैको दुर्गति हुन्छ, पुकार्छन् पनि र गाउँछन् पनि– अरू सङ्ग तोडेर अब हजुरसँग सङ्ग जोड्छौँ। अब उहाँ को हुनुहुन्छ? कोसँग सङ्ग जोड्ने? यो त बुझ्दैनन्। प्रायः बुद्धि श्रीकृष्णतर्फ जान्छ। हामीले सच्चा प्रीत हजुरसँग जोडौँ। श्रीकृष्णसँग नै प्रीत जोड्छन् भने फेरि गुरु गोसाईं अरू कसैको आवश्यकता नै हुँदैन। श्रीकृष्णलाई नै याद गर्नु छ। श्रीकृष्णको चित्र त सबैसँग हुन्छ। श्रीकृष्णजयन्ती पनि मनाउँछन्, फेरि अरू कसैकहाँ जाने आवश्यकता नै छैन। जसरी मीराले एकसँग जोडिन्। कामकाज गर्दा श्रीकृष्णलाई नै याद गरिरहिन्। घरमा रहने, खानपिन त हुन्छ। सच्चा प्रीत एक श्रीकृष्णसँग जोडिन्। मानौँ उहाँ आशिक र उनी माशुक भइन्। श्रीकृष्णलाई याद गरेमा फल पनि मिल्छ। श्रीकृष्णलाई त सबैले चिन्छन्। गाउँछन् पनि– सच्चा प्रीत हामीले तिमीसँग जोड्यौँ, अरू सङ्गत तोड्यौँ। अब उच्चभन्दा उच्च सत्य त परमपिता परमात्मा नै हुनुहुन्छ। सबैलाई वर्सा दिने एउटै बाबा हुनुहुन्छ। उहाँलाई कसैले पनि चिन्दैनन्। भन्न त भन्छन्– परमपिता परमात्मा शिव, तर कहिले आउनुहुन्छ, यो जान्दैनन्। शिवजयन्ती हुन्छ भने अवश्य आउनुहुन्छ। कहिले, कसरी आउनुहुन्छ, आएर के गर्नुहुन्छ? कसैलाई थाहा छैन। कुनै पनि मनुष्य मात्रले जान्दैनन्, उहाँले सबैको सद्गति गर्नुहुन्छ। तर कसरी गर्नुहुन्छ? सद्गतिको अर्थ के हो! यो केही पनि बुझ्दैनन्। शिवबाबाले त अवश्य स्वर्गको बादसाही दिनुभयो होला नि! तिमी बच्चाहरू जो त्यस धर्मका थियौ, तिमीलाई पनि यो कुरा थाहा थिएन, तिमीले भुलेका थियौ भने फेरि अरूले कसरी जान्न सक्छन्। अहिले शिवबाबाबाट तिमीले यो कुरा जानेका छौ र अरूलाई बताउँछौ। तिमी हौ ईश्वरीय मुक्तिसेना। मुक्ति भन वा सद्गति सेना भन। अहिले तिमी बच्चाहरूमाथि जिम्मेवारी छ। तिमीले चित्रहरूमा पनि सम्झाउन सक्छौ। भाषाहरू धेरै छन्। मुख्य भाषाहरूमा चित्र बनाउनुपर्छ। भाषाहरूको पनि ठुलो झन्झट छ, त्यसैले प्रदर्शनी पनि गर्नुपर्छ। चित्रहरूमा सम्झाउन धेरै सहज हुन्छ। गोलामा पनि सारा ज्ञान छ, सिँढी केवल तिमीहरूको लागि हो। यसमा अरू कुनै धर्म छँदैछैन। यस्तो कहाँ हो र, भारतवर्ष तमोप्रधान बन्छ, अरू बन्दैनन्! तमोप्रधान त सबै बन्छन्। त्यसैले उनीहरूको लागि पनि हुनुपर्छ। यो सबै सेवाको ख्याल बुद्धिमा आउनुपर्छ। दुई पिताको रहस्य पनि सम्झाउनु छ। वर्सा रचयिताबाट मिल्छ। यो पनि सबै धर्म मान्नेहरूले जान्दछन्, लक्ष्मीनारायण भारतवर्षका पहिला महाराजा-महारानी थिए वा भगवान-भगवती थिए। त्यसोभए उनीहरूलाई यो स्वर्गको राज्य कसरी मिल्यो? अवश्य भगवानद्वारा मिल्यो। कसरी, कहिले मिल्यो, यो कसैलाई पनि थाहा छैन। गीतामा श्रीकृष्णको नाम राखेर फेरि प्रलय देखाइदिएका छन्। रिजल्ट केही पनि छैन। यो तिमी बच्चाहरूले सम्झाउनु छ। चित्र त सबैतिर छन्। लक्ष्मीनारायणका चित्र पनि होलान्। हुन त पहिरन, चेहरा आदि अर्कै होलान्। जसलाई जे आयो त्यही बसेर बनाएका छन्। श्रीनाथ-श्रीनाथिनी, यिनीहरू राधेकृष्ण हुन् नि। श्री राधा, श्रीकृष्णले त ताज लगाएका थिएनन्। काला पनि छैनन्। राजधानी लक्ष्मीनारायणको हुन्छ, न कि राधाकृष्णको। मन्दिर त अनेक प्रकारका बनाएका छन्। नाम त एउटै राख्छन् लक्ष्मीनारायण। राजवंश लक्ष्मीनारायणको भनिन्छ। रामसीताको घराना, लक्ष्मीनारायणको घराना, राधाकृष्णको घराना हुँदैन। यी कुरा मानिसहरूको ख्यालमा नै छैनन्। तिमी बच्चाहरूले पनि नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ, जसलाई सेवाको सोख छ– उनीहरू त बोलिरहन्छन्। कसैले भन्छन्– हामीले बुझेका छौँ तर बिस्तारै बिस्तारै मुख खोल्ने युक्तिहरू पनि रच्नुपर्छ। कतिले सम्झन्छन्– वेद, शास्त्र अध्ययन गरेमा, यज्ञ, तप आदि गरेमा, तीर्थ आदि गरेमा परमात्मालाई पाउन सक्छौँ। तर भगवान भन्नुहुन्छ– यी सबै मदेखि टाढा लैजाने मार्ग हुन्। ड्रामामा सबैले दुर्गति पाउनु नै छ त्यसैले फेरि यस्ता कुरा बताउँछन्। पहिला हामीले पनि भन्थ्यौँ, भगवानसम्म पुग्ने अनेक मार्ग छन्, कोही जहाँबाट पनि गए पनि जान सक्छ, त्यसैले मानिसहरूले अनेक प्रकारका मार्ग समातेका छन्। भक्तिमार्गका मार्ग समात्दा समात्दै थाक्छन् त्यसपछि फेरि भगवानलाई नै पुकार्छन्– हे पतितपावन, हजुर आएर पावन बन्ने मार्ग बताउनुहोस्! हजुरबिना पावन हुन सक्दैनौँ, थाकेका छौँ। भक्तिले दिन-प्रतिदिन पूरा थकाउँछ। अहिले त मेला आदिमा कति लाखौँ गएर जम्मा हुन्छन्, कति फोहर हुन्छ। अब त यसको अन्त्य हुनु छ। दुनियाँलाई परिवर्तन गर्नु छ। वास्तवमा दुनियाँ एउटै हो। दुई भाग बनाएका छन्। त्यसैले मानिसहरूले सम्झन्छन् स्वर्ग, नर्क भिन्नाभिन्नै दुनियाँ हुन् तर यो आधा आधा हो। माथि सत्ययुग, त्रेता फेरि द्वापर, कलियुग। कलियुगमा तमोप्रधान बन्नु नै छ। सृष्टि पुरानो हुन्छ, यी कुरालाई कसैले बुझ्दैनन्। अल्मलिएका छन्। कसैले श्रीकृष्णलाई भगवान, कसैले श्रीरामलाई भगवान भनिदिन्छन्। आजकाल त मानिसहरूले आफैलाई भगवान भनिदिन्छन्। म ईश्वरको अवतार हुँ। देवताहरूभन्दा पनि मानिसहरू तीक्ष्ण भएका छन्। देवताहरूलाई फेरि पनि देवता नै भनिन्छ। यिनीहरूले त फेरि मानिसलाई भगवान भनिदिन्छन्। यो हो भक्तिमार्ग। देवताहरू त स्वर्गमा बस्थे। अहिले कलियुगमा फेरि मानिस भगवान कसरी हुन सक्छन्? बाबा भन्नुहुन्छ– म आउँछु नै सङ्गमयुगमा, म आएर दुनियाँलाई ट्रान्सफर गर्नु छ। कलियुगबाट सत्ययुग हुन्छ, बाँकी सबै शान्तिधाममा जानेछन्। त्यो हो निराकारी दुनियाँ। यो हो साकारी दुनियाँ। निराकारी वृक्षको विषयमा पनि सम्झाउनको लागि ठुलो वृक्ष बनाउनुपर्छ। ब्रह्म महतत्त्व पनि यति ठुलो छ, जति ठुलो आकाश छ। दुवैको अन्त्य पाउन सक्दैनन्। कोसिस गर्छन्– हवाइजहाज आदिमा जान्छन् तर अन्त्य पाउन सक्दैनन्। समुद्र नै समुद्र... आकाश नै आकाश छ। त्यहाँ त केही पनि छैन। गर्न त कोसिस धेरै गर्छन् तर यी सबै कुराबाट के फाइदा छ र! सम्झन्छन्– हामीले आफ्नै अक्कल निकाल्छौँ। यो हो मानिसको अक्कल, मानिसहरूमा साइन्सको घमण्ड पनि छ। कसैले जतिसुकै अन्त्य पाए पनि उनीहरूलाई सारा दुनियाँले पूजा त गर्दैन। देवताहरूको त पूजा हुन्छ। तिमी बच्चाहरूलाई बाबाले कति उच्च बनाउनुहुन्छ। सबैलाई शान्तिधाम लैजानुहुन्छ। हुन त यो सबैले जान्दछन्, हामी मूलवतनबाट आउँछौँ तर जसरी तिमीले जानेका छौ त्यसरी दुनियाँले जान्दैन। त्यो शान्तिधाम के हो, आत्माहरू त्यहाँ कसरी रहन्छन्, फेरि नम्बरवार आउँछन्, यो कसैले जान्दैनन्। ब्रह्म महतत्त्वमा निराकारी वृक्ष छ। यो बुझ्दैनन्, सत्ययुगमा थोरै हुन्छन्। बाँकी सबै आत्माहरू मूलवतनमा हुन्छन्। जस्तो यो साकारी वतन छ त्यस्तै मूलवतन हुन्छ। वतन कहिल्यै खाली हुँदैन, न यो न त्यो। अन्त्य भएपछि ट्रान्सफर हुन्छन्। केही त यस वतनमा रहन्छन्। सारा वतन खाली भयो भने त प्रलय हुन्छ। प्रलय हुँदैन। यो त अविनाशी खण्ड हो नि। यी सबै कुरा बुद्धिमा राख्नु छ। सारा दिन यही विचार चलिरहोस्– हामीले कसैको कल्याण गरौँ। तिमीसँग प्रीत जोडियो भने उहाँ बाबाको परिचय दिन्छौ नि। उहाँ बाबा हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। वर्सा कसरी मिल्छ, त्यो हामीले बताउन सक्छौँ। बताउनेहरूमा पनि नम्बरवार छन्। कसैले त धेरै राम्रोसँग भाषण गर्छन्, कसैले भाषण गर्न सक्दैनन् भने सिक्नुपर्छ। हरेक बच्चाले आफ्नो कल्याण गर्नु छ। मार्ग मिलेको छ भने एकअर्काको कल्याण गर्नु छ। दिल हुन्छ अरूलाई पनि बाबाबाट वर्सा दिलाऊँ। रुहानी सेवा गरूँ। सबैले एकअर्काको सेवा गर्छन्।

बाबा आएर रुहानी सेवा सिकाउनुहुन्छ, अरू कसैले पनि रुहानी सेवा जान्दैनन्। रुहानी बाबाले नै रुहहरूको सेवा गर्नुहुन्छ। जिस्मानी सेवा त जन्मजन्मान्तर धेरै गरेका छौ, अब अन्तिम जन्ममा रुहानी सेवा गर्नु छ, जुन बाबाले सिकाउनुभएको छ। कल्याण यसैमा छ, अरू कुनै कुरामा फाइदा छैन। गृहस्थ व्यवहारमा पनि रहनु छ, कर्तव्य पनि निर्वाह गर्नु छ। उनीहरूलाई पनि यही कुरा सम्झाएर कल्याण गर्नु छ। प्रीत भयो भने केही सुन्नेछन्। कति त डराउँछन्, थाहा छैन हामीले पनि संन्यास गर्नु नपरोस्! आजकाल त संन्यासी धेरै छन् नि। गेरुवा वस्त्र (कफनी) लगायो, दुई शब्द सुनायो, खान त मिलिहाल्छ, कहीँ न कहीँबाट। कोही पसलमा जान्छन्, दुई पुरी दिन्छन्। फेरि अर्को कहाँ जान्छन्, पेट पूजा भइहाल्छ। भिख माग्नेहरू पनि अनेक प्रकारका हुन्छन्। उहाँ बाबाबाट त एकै प्रकारको वर्सा मिल्छ। बेहदको बादसाही मिल्छ, सदा निरोगी बन्छौ। धनवानहरू मुस्किलले जाग्छन्। गरिबहरूको पनि कल्याण गर्नुपर्छ। बाबाले धेरै प्रदर्शनीहरू गराइरहनुभएको छ किनकि गाउँहरू धेरै छन् नि। मन्त्री आदिले सम्झनेछन्, यो ज्ञान राम्रो छ त्यसैले सबैले सुन्न थाल्नेछन्। हो, पछि गएर तिम्रो नाम प्रसिद्ध हुनेछ, फेरि धेरै आउनेछन्। खिया निकाल्न टाइम लाग्छ। दिनरात कोही लाग्यो भने सायद निस्कन सक्छ। आत्मा पवित्र भएपछि फेरि यो शरीर पनि छोड्नेछ। यी सबै बुझ्नुपर्ने कुरा हुन्। प्रदर्शनीमा पनि सम्झाउनु छ। मुख्य हो सारा विश्वको कुरा। मनुष्यको उत्थान भएपछि सबैको उत्थान हुन्छ। प्रोजेक्टरबाट पनि प्रदर्शनीमा बढी सेवा हुन सक्छ। बिस्तारै बिस्तारै वृद्धि हुँदै जानेछन्। दिन-प्रतिदिन तिम्रो नाम प्रसिद्ध हुँदै जानेछ। यो पनि लेख्नुपर्छ, ५ हजार वर्ष पहिला पनि यस्तै भएको थियो। यी त बडो आश्चर्यजनक कुरा हुन्। बाबाले इसारा दिनुहुन्छ। बच्चाहरूले धेरै कुरा भुल्छन्। केही भयो भने भन्छौ– आजभन्दा ५ हजार वर्ष पहिला पनि यस्तै भएको थियो। यो धेरै क्लियर कुरा हो। तर कसैको बुद्धिमा यो कुरा बस्यो भने त हो! अखबारमा छपाउन सक्यौ भने केही त बुझ्ने छन् नि। ज्ञानमार्गमा बडो फस्टक्लास अवस्था हुनुपर्छ। यस्ता यस्ता कुरालाई याद गरेर हर्षित पनि हुनुपर्छ। प्राक्टिस भयो भने फेरि तिम्रो अवस्था धेरै प्रसन्न हुनेछ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) अरू सबैसँग बुद्धिको प्रीत तोडेर एक बाबासँग जोड्नुछ र सबैको प्रीत एक बाबासँग जोड्ने सेवा गर्नु छ।

२) सच्चा सच्चा रुहानी सेवाधारी बन्नु छ। आफ्नो पनि कल्याण गर्नु छ र अरूलाई पनि मार्ग बताउनु छ। धेरै प्रसन्न अवस्था बनाउनु छ।

वरदान:– आफ्नो श्रेष्ठ व्यवहारद्वारा सबै आत्माहरूलाई सुख दिने महान आत्मा भव
जति पनि महान आत्माहरू हुन्छन्, उनीहरूको हरेक व्यवहारबाट सबै आत्माहरूलाई सुखको दान मिल्छ। उनीहरूले सुख दिन्छन् र सुख लिन्छन्। त्यसैले चेक गर, महान आत्माको हिसाबले सारा दिनमा सबैलाई सुख दियौ? पुण्यको काम गरेका छौ? पुण्य अर्थात् कसैलाई यस्तो चिज दिनु जसबाट त्यस आत्माबाट आशीर्वाद निस्कियोस्। त्यसैले चेक गर, हरेक आत्माबाट आशीर्वाद मिलिरहेको छ कि छैन? कसैलाई पनि दुःख दिएका वा लिएका त छैनौ? तब भनिन्छ महान आत्मा।
स्लोगन:– गरिसकेपछि सोच्नु नै पश्चात्तापको रूप हो।

अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

संस्कार वा स्वभाव त हरेकको आ-आफ्नो हुन्छ तर सबैको स्नेही र सबै कुरामा, सम्बन्धमा सफल, मनसामा विजयी र वाणीमा मधुरता, स्वभावमा सरलता भएपछि मात्रै आउन सक्छ। सरल स्वभाव अर्थात् जस्तो समय, जस्तो व्यक्ति, जस्तो परिस्थिति त्यसलाई परख गरेर आफूलाई सरल बनाइदिनु। सरल अर्थात् मिलनसार, चाहे अनुसार परिवर्तन (मोल्ड) गरिहाल्ने। सरल अर्थात् लापरबाही नगर्ने।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।