| 30-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– तिम्रो यो अद्भुत युनिभर्सिटी हो , जसमा बिग्रिए का लाई बनाउने भोलानाथ बाबा टिचर बनेर तिमीलाई पढाउनुहुन्छ।” | |
| प्रश्न:– | यस महाविनाश (कयामत) को समयमा तिमी बच्चाहरूले सबैलाई कुन लक्ष्य दिन्छौ? |
| उत्तर:– | हे आत्माहरू अब पावन बनौँ, पावन नबनी फिर्ता जान सकिँदैन! आधाकल्पको जुन रोग लागेको छ, त्यसबाट मुक्त हुनको लागि तिमीले सबैलाई ७ दिन भट्ठीमा बसाउँछौ। जसबाट पतितहरूको सङ्गतबाट टाढै रहन्छन्, कोही पनि याद आउँदैन त्यसपछि बुद्धिमा केही ज्ञानको धारणा हुन्छ। |
| गीत:– | तूने रात गँवाई... |
ओम् शान्ति। यो गीत बच्चाहरूलाई कसले भन्यो? किनकि स्कुलमा बसेका छौ भने अवश्य टिचरले भन्नुभयो। प्रश्न उठ्छ यो टिचरले भन्नुभयो, बाबाले भन्नुभयो वा सद्गुरुले भन्नुभयो? यी महावाक्य कसले भन्नुभयो? बच्चाहरूको बुद्धिमा पहिला सुरुमा यो आउनुपर्छ, हाम्रो बेहदको बाबा हुनुहुन्छ, जसलाई परमपिता परमात्मा भनिन्छ। त्यसैले बाबाले पनि भन्नुभयो, शिक्षकले पनि भन्नुभयो अनि साथसाथै सद्गुरुले पनि भन्नुभयो। यो कुरा तिमी जो स्टुडेन्ट हौ, तिम्रो बुद्धिमा छ। अरू कलेज वा युनिभर्सिटीमा टिचरले पढाउँछन्, उनीहरूलाई कसैले पिता वा गुरु भन्दैनन्। यो पनि पाठशाला हो, फेरि युनिभर्सिटी भन वा कलेज भन। यो त पढाइ हो नि। पहिला सुरुमा यो बुझ्नुछ, पाठशालामा हामीलाई कसले पढाउनुहुन्छ? बच्चाहरूलाई थाहा छ उहाँ निराकार जो सबै आत्माहरूका बाबा हुनुहुन्छ, सर्वका सद्गतिदाता हुनुहुन्छ उहाँले हामीलाई पढाइरहनुभएको छ। यो सारा रचना उहाँ एक रचयिताको सम्पत्ति हो। त्यसैले उहाँ स्वयम् बसेर रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। तिमी बच्चाहरूले जन्म लिएका छौ– बाबाको पासमा। तिमीले बुद्धिले जानेका छौ हामी सबै आत्माहरूका उहाँ बाबा हुनुहुन्छ, जसलाई ज्ञानको सागर, नलेजफुल भनिन्छ। ज्ञानको सागर हुनुहुन्छ, पतित-पावन हुनुहुन्छ। ज्ञानबाट नै सद्गति हुन्छ, मानिस पतितबाट पावन बन्छन्। अब तिमी बच्चाहरू यहाँ बसेका छौ। अरू कुनै स्कुलमा कसैको बुद्धिमा हुँदैन, हामीलाई ज्ञानको सागर निराकार बाबाले पढाइरहनुभएको छ। यो यहाँ मात्रै तिमीले जान्दछौ। तिमीलाई नै सम्झाइन्छ। सारा विश्वमा यस्तो कसैले पनि सम्झँदैनन्, हामीलाई निराकार परमात्माले पढाउनुहुन्छ। उनीहरूलाई पढाउने त मनुष्य टिचर नै हुन्छन्। अनि फेरि यस्तो ज्ञान पनि छैन जसले सम्झन्छन्– हामी आत्मा हौँ। आत्माले नै पढ्छ। आत्माले नै सबै थोक गर्छ। फलानो नोकरी आत्माले गर्छ– यी इन्द्रियहरूद्वारा। उनीहरूमा त यो हुन्छ, हामी फलाना हौँ। तुरुन्तै आफ्नो नाम रूप याद आउँछ। हामीले यो गर्छौं, हामीले यस्तो गर्छौं। शरीरको नाम नै याद आउँछ, तर त्यो गलत हो। हामी त पहिला आत्मा हौँ नि। पछि यो शरीर लिएका हौँ। शरीरको नाम परिवर्तन भइरहन्छ, आत्माको नाम त परिवर्तन हुँदैन। आत्मा त एउटै हो। बाबाले भन्नुभएको छ म आत्माको एउटै नाम शिव हो। यो सारा दुनियाँलाई थाहा छ। बाँकी यति सबै नाम शरीरको राखिन्छ। शिवबाबालाई त शिव नै भन्छन्, बस। उहाँको कुनै शरीर देखिँदैन। मानिसको नाम राखिन्छ, म फलानो हुँ। हामीलाई फलानो टिचरले पढाइरहनुभएको छ। नाम लिन्छन् नि। वास्तवमा आत्माले शरीरद्वारा टिचरको काम गर्छ, उनीहरूका आत्मालाई पढाउँछ। संस्कार आत्मामा हुन्छन्। इन्द्रियहरूद्वारा पढाउँछ, पार्ट खेल्छ, संस्कार अनुसार। तर देहको जुन नाम राखिएको छ, त्यसैमा सारा काम आदि चल्छन्। यहाँ तिमी बच्चाहरूलाई थाहा छ हामीलाई निराकार बाबाले पढाउनुहुन्छ। तिम्रो बुद्धि कहाँ गयो! हामी आत्मा उहाँ बाबाका बनेका छौँ। आत्माले सम्झन्छ निराकार पिता आएर हामीलाई यस साकारद्वारा पढाउनुहुन्छ। उहाँको नाम हो शिव। शिवजयन्ती पनि मनाउँछन्। शिव त हुनुहुन्छ बेहदको बाबा, उहाँलाई नै परमपिता परमात्मा भनिन्छ। उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ, अब उहाँको जयन्ती कसरी मनाउँछन्? आत्मा शरीरमा प्रवेश गर्छ वा गर्भमा आउँछ? माथिबाट आउँछ, यो कसैलाई थाहा हुँदैन। क्राइस्टलाई धर्म स्थापक भन्छन्। उनको आत्मा पहिला सुरुमा माथिबाट आउनुपर्छ। सतोप्रधान आत्मा आउँछ। कुनै पनि विकर्म गरेको हुँदैन। पहिला सतोप्रधान फेरि सतो, रजो, तमोमा आउँछ अनि विकर्म हुन्छन्। पहिला जुन आत्मा आउँछ, सतोप्रधान भएको कारण कुनै दुःख भोग्न सक्दैन। आधा टाइम पूरा भएपछि विकर्म गर्न थाल्छ।
आजभन्दा ५ हजार वर्ष पहिला अवश्य सूर्यवंशी राज्य थियो अनि सबै धर्म पछि आएका हुन्। यहाँका मानिसहरू विश्वका मालिक थिए। भारतवर्षलाई अविनाशी खण्ड भनिन्छ अरू कुनै खण्ड थिएन। त्यसैले शिवबाबा हुनुहुन्छ बिग्रिएकोलाई बनाउने, भोलानाथ शिवलाई भनिन्छ, न कि शङ्करलाई। भोलानाथ शिवले बिग्रिएकोलाई बनाउनुहुन्छ। शिव र शङ्कर एउटै होइनन्, भिन्नाभिन्नै हुन्। ब्रह्मा, विष्णु, शङ्करको कुनै महिमा छैन। महिमा केवल एक शिवको छ जसले बिग्रिएकोलाई बनाउनुहुन्छ। भन्नुहुन्छ– म साधारण वृद्ध तनमा आउँछु। यिनले ८४ जन्म पूरा गरे, अब खेल पूरा भयो। यो पुरानो चोला, पुराना सम्बन्ध पनि खलास हुनेछ। अब कसलाई याद गर्ने? खतम हुने चिजलाई याद गरिँदैन। नयाँ घर बनाउँदा फेरि पुरानो घरबाट मन हट्छ। यो फेरि हो बेहदको कुरा। सर्वको सद्गति हुन्छ अर्थात् रावणको राज्यबाट सबैलाई छुटकारा मिल्छ। रावणले सबैलाई बिगारीदिएको छ। भारतखण्ड बिल्कुलै कङ्गाल भ्रष्टाचारी छ। मानिसहरूले भ्रष्टाचार सम्झन्छन् भ्रष्टाचार, मिसावटलाई, चोरी ठगीलाई। तर बाबा भन्नुहुन्छ– पहिलो भ्रष्टाचार हो विकारी बन्नु। शरीर विकारबाट पैदा हुन्छ त्यसैले यसलाई विकारी दुनियाँ भनिन्छ। सत्ययुगलाई निर्विकारी भनिन्छ। हामी सत्ययुगमा प्रवृत्तिमार्ग भएका देवीदेवता थियौँ। भन्छन् पवित्र रहेमा विकारविना बच्चा कसरी पैदा हुन्छन्? भन, हामीले आफ्नो राजधानी बाहुबलले होइन योगबलले स्थापन गर्छौं। त्यसोभए के योगबलबाट बच्चा पैदा हुन सक्दैनन् र! जब कि हो नै निर्विकारी दुनियाँ, पवित्र गृहस्थ आश्रम। यथा राजा रानी सम्पूर्ण निर्विकारी तथा प्रजा। यहाँ छन् सम्पूर्ण विकारी। सत्ययुगमा विकार हुँदैनन्। त्यसलाई भनिन्छ ईश्वरीय राज्य, ईश्वर बाबाले स्थापन गर्नुभएको। अहिले त रावण राज्य छ। शिवबाबाको पूजा हुन्छ, जसले स्वर्ग स्थापन गर्नुभयो। रावण, जसले नर्क बनायो त्यसलाई जलाउँदै आएका छन्। द्वापर कहिले सुरु भयो, यो पनि कसैलाई थाहा छैन। यो पनि समझको कुरा हो। यो हो नै तमोप्रधान आसुरी दुनियाँ। त्यो हो ईश्वरीय दुनियाँ। त्यसलाई स्वर्ग दैवी पावन दुनियाँ भनिन्छ। यो हो नर्क, पतित दुनियाँ। यी कुरा पनि जसले दिनहुँ पढ्छन् उनीहरूले नै बुझ्छन्। धेरैले भन्छन् फलानो ठाउँमा स्कुल कहाँ छ र? अरे हेड अफिस त छ नि। तिमी आएर डाइरेक्सन लिएर जाऊ। ठुलो कुरा त होइन। सृष्टि चक्रलाई सेकेन्डमा सम्झाइन्छ। सत्ययुग, त्रेता बितेर गयो फेरि द्वापर, कलियुग, यो पनि बितेर जान्छ। अहिले सङ्गमयुग छ। नयाँ दुनियाँमा जानको लागि पढ्नुछ। पढ्न पाउनु हरेकको हक हो। बाबा हामीले नोकरी गर्छौं। अच्छा एक हप्ता ज्ञान लिएर फेरि जाऊ, मुरली मिलिरहन्छ। पहिला ७ दिन भट्ठीमा अवश्य बस्नु छ। आउन त ७ दिन आउँछन् तर सबैको बुद्धि समान हुँदैन। ७ दिन भट्ठी अर्थात् कसैको पनि याद नआओस्। कसैसँग पत्र व्यवहार आदि पनि नहोस्। सबैले त समान रूपले बुझ्न सक्दैनन्। यहाँ पतितहरूलाई पावन बन्नुछ। यो पतितपन पनि रोग हो, आधाकल्पका महारोगी मानिस हुन्। उनीहरूलाई अलग्गै बसाउनुपर्छ। कसैको पनि सङ्गत नहोस्। बाहिर जान्छन्, उल्टोसुल्टो खान्छन्, पतितको हातको खान्छन्। सत्ययुगमा देवताहरू पावन हुन्छन् नि। उनीहरूको लागि हेर खास मन्दिर बन्छन्। देवताहरूलाई फेरि पतितले छुन सक्दैनन्। यस समयमा त मानिस बिल्कुलै पतित भ्रष्टाचारी छन्। शरीर विषबाट पैदा हुन्छ त्यसैले यिनीहरूलाई भ्रष्टाचारी भनिन्छ। संन्यासीहरूको शरीर पनि विषबाट बनेको छ। बाबा भन्नुहुन्छ पहिला सुरुमा आत्मा पवित्र हुनुपर्छ, फेरि शरीर पनि पवित्र चाहिन्छ त्यसैले पुराना अपवित्र शरीर सबै विनाश हुन्छन्। सबै फर्केर जानुछ। यो हो कयामतको समय। सबै पवित्र बनेर फर्केर जानुछ। भारतवर्षमा नै होलिका मनाउँछन्। यहाँ ५ तत्त्वका शरीर तमोप्रधान छन्। सत्ययुगमा शरीर पनि सतोप्रधान हुन्छन्। श्रीकृष्णको चित्र छ नि। नर्कलाई लात मार्नुपर्छ किनकि सत्ययुगमा जानुछ। मुर्दालाई पनि मसानघाटमा लैजाँदा पहिला मुख सहरतिर, गोडा मसानघाटतिर फर्काउँछन्। फेरि मसानघाट भित्र पसेपछि मुख मसानघाटतिर फर्काइदिन्छन्। अहिले तिमी स्वर्गमा जान्छौ त्यसैले तिम्रो मुख त्यसतर्फ छ। शान्तिधाम र सुखधाम, खुट्टा दुःखधामतिर छन्। त्यो त मुर्दाको कुरा हो, यहाँ त पुरुषार्थ गर्नुपर्छ। स्विट होमलाई याद गर्दागर्दै तिमी आत्माहरू स्विट होममा जान्छौ। यो हो बुद्धिको अभ्यास। यो सबै रहस्य बाबा बसेर सम्झाउनुहुन्छ। तिमीलाई थाहा छ अब हामी आत्माहरू जानुछ घर। यो पुरानो चोला पुरानो दुनियाँ हो, नाटक पूरा भयो अर्थात् ८४ जन्म पार्ट खेल्यौ। यो पनि सम्झाइएको छ, सबैले ८४ जन्म लिँदैनन्। जो अरू धर्ममा आउँछन् नै पछि, अवश्य उनीहरूका थोरै जन्म हुन्छन्। इस्लामीहरूभन्दा बौद्धहरूका कम। क्रिस्चियनहरूका उनीहरूभन्दा कम। गुरुनानकका सिखहरू नै अहिले आएका हुन्। गुरुनानक आएको ५०० वर्ष भयो भने उनले कहाँ ८४ जन्म लिन्छन् र? हिसाब गरिन्छ। ५ हजार वर्षमा यति जन्म, भने ५०० वर्षमा कति जन्म भए होलान्? १२-१३ जन्म। क्राइस्ट आएको २ हजार वर्ष भयो भने उनका कति जन्म होलान्? आधाभन्दा पनि कम हुन्छन्। हिसाब छ नि। यसमा कसैका कति, कसैका कति एक्युरेट भन्न सकिँदैन। यी कुरामा वादविवाद गरेर धेरै समय गुमाउनु हुँदैन। तिम्रो काम हो बाबालाई याद गर्नु। फाल्तु कुरामा बुद्धि जानु हुँदैन। बाबासँग योग लगाउनुछ, चक्रलाई जान्नुछ। बाँकी पाप नष्ट हुन्छन् यादबाट। यसमा नै मेहनत छ त्यसैले भारतवर्षको प्राचीन योग भन्छन्, जुन बाबाले नै सिकाउनुहुन्छ। सत्ययुग, त्रेतामा त योगको कुरा नै हुँदैन। फेरि भक्तिमार्गमा हठयोग सुरु हुन्छ। यो हो सहज राजयोग। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा पावन बन्छौ। मूल कुरा यादको हो। कुनै पनि पाप गर्नुहुँदैन। देवीदेवताहरूका मन्दिर छन् किनकि देवी-देताहरू पावन हुन्छन्। पुजारी मानिसहरू त पतित हुन्छन्। पावन देवताहरूलाई स्नान आदि गराउँछन्। वास्तवमा पतितको हात पनि लाग्नु हुँदैन। यी सबै भक्तिमार्गका रीतिरिवाज हुन्। अहिले त हामी पावन बनिरहेका छौँ। पवित्र बन्यौँ भने फेरि देवता बन्छौँ। त्यहाँ त पूजा आदिको आवश्यकता हुँदैन। सर्वका सद्गतिदाता हुनुहुन्छ नै एक बाबा। उहाँलाई नै भोलानाथ भनिन्छ। म आउँछु पतित दुनियाँ, पतित शरीरमा पुरानो रावण राज्यमा। हो, कसैको पनि तनमा प्रवेश गरेर मुरली चलाउन सक्छु। यसको मतलब यो होइन सर्वव्यापी छु। हरेकमा त आ-आफ्नो आत्मा छ। फाराममा पनि लेखाउन लगाइन्छ तिम्रो आत्माको पिता को हुनुहुन्छ? तर बुझ्दैनन्। आत्माहरूका बाबा त एउटै हुनुहुन्छ। हामी सबै भाइ भाइ हौँ। पिता एक हुनुहुन्छ। उहाँबाट जीवनमुक्तिको वर्सा मिल्छ। उहाँ नै मुक्तिदाता, पथप्रदर्शक हुनुहुन्छ। सबै आत्माहरूलाई लैजानुहुन्छ स्विट होम त्यसैले पुरानो दुनियाँको विनाश हुन्छ। होलिका हुन्छ नि। शरीर सबै खतम हुन्छन्। बाँकी आत्माहरू सबै फर्केर जान्छन्। सत्ययुगमा त फेरि धेरै कम हुन्छन्। बुझ्नुपर्छ, स्वर्गको स्थापना कसले गराउनुहुन्छ, कलियुगको विनाश कसले गराउनुहुन्छ? त्यो त क्लियर लेखिएको छ। भन्छन् नि– प्यार गरियो भने प्यार मिल्छ। बाबा भन्नुहुन्छ– जसले मानिसलाई देवता बनाउन धेरै सेवा गर्छन्, उनीहरू धेरै प्रिय लाग्छन्। जसले पुरुषार्थ गर्छन् उनीहरूले नै उच्च वर्सा पाउँछन्। आत्माहरूले वर्सा पाउनुछ परमात्मा बाबाबाट। आत्म अभिमानी बन्नुपर्छ। कतिले धेरै भुलहरू पनि गर्छन्, पुराना बानीहरू पक्का भएका छन्। त्यसैले जतिसुकै सम्झाए पनि ती बानी छुट्दैनन्, त्यसबाट आफ्नै पद घटाइदिन्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणा को लागि मुख्य सार:–
१) कुनै पनि कुराको वादविवादमा आफ्नो समय व्यर्थ गुमाउनुछैन। व्यर्थका कुरामा बुद्धि धेरै नजाओस्। जति सकिन्छ यादको यात्राबाट विकर्म विनाश गर्नुछ। आत्म अभिमानी रहने बानी बसाल्नुछ।
२) यस पुरानो दुनियाँबाट आफ्नो मुख फर्काउनुछ। शान्तिधाम र सुखधामलाई याद गर्नुछ। नयाँ घर बनिरहेको छ त्यसैले पुरानोबाट मन हटाउनुछ।
| वरदान:– |
ईश्वरीय कुलको स्मृतिद्वारा मायाको सामना गर्ने सदा समर्थ स्वरूप भव कुनै पनि कार्यमा सफलता प्राप्त गर्नुछ भने पहिला स्मृतिद्वारा सामर्थ्यस्वरूप बन। सामर्थ्य आएमा मायाको सामना गर्न सहज हुन्छ। जस्तो स्मृति हुन्छ त्यस्तै स्वरूप बन्छ त्यसैले सदा यो शक्तिशाली स्मृति रहोस्– जबसम्म यो ईश्वरीय जन्म रहँदासम्म हर सेकेन्ड, हर सङ्कल्प, हर कार्य ईश्वरीय सेवामा छु। हाम्रो यो ईश्वरीय कुल हो, यो स्मृतिको सिटले सर्व कमजोरीहरूलाई समाप्त गरिदिनेछ। |
| स्लोगन:– | समय अनुसार सत्य स्वयं सिद्ध हुन्छ त्यसलाई सिद्ध गर्ने आवश्यकता छैन। |
अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
धेरैजसोको अगाडि सेवामा बाधा पार्ने मुख्य विघ्न आउँछ– मैले यो गरेँ, मैले मात्रै यो गर्न सक्छु... यो मैँपन आउनु यसलाई नै भनिन्छ ज्ञानको अभिमान, बुद्धिको अभिमान, सेवाको अभिमान, यी रूपहरूमा नै विघ्न आउँछन्। यस प्रकारका विघ्नहरूलाई समाप्त गर्नको लागि सदा एक शब्द याद राख्नुछ, म निमित्त हुँ। निमित्त बनेमा नै निराकारी, निरअहंकारी र नम्रचित्त, निःसङ्कल्प अवस्थामा रहन सक्छौ, यिनै धारणाले वायुमण्डललाई निर्विघ्न बनाइदिन्छन्।