| 29-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– पतित जगतसँग नाता तोडेर एक बाबासँग बुद्धियोग लगायौ भने मायाबाट हार हुन सक्दैन।” | |
| प्रश्न:– | समर्थ बाबा साथमा हुँदाहुँदै पनि यज्ञमा अनेक विघ्न किन पर्छन्? यसको कारण के हो? |
| उत्तर:– | यी विघ्न त ड्रामा अनुसार पर्नु नै छ किनकि यज्ञमा असुरहरूका विघ्न परेपछि त पापको घडा भरिन्छ। यसमा बाबाले केही गर्न सक्नुहुन्न, यो त ड्रामामा पहिल्यै निश्चित छ। विघ्न पर्नु नै छ तर विघ्नहरूबाट तिमी आत्तिनु हुँदैन। |
| गीत:– | कौन है माता, कौन पिता है... |
ओम् शान्ति। बच्चाहरूले बेहदको बाबाको आदेश सुन्यौ। यी जुन यस जगतका माता-पिता (मम्मा बाबा) छन्, यो जुन तिम्रो नाता छ, यो नाता देहसँग छ किनकि देहको पहिला सुरुमा मातासँग फेरि पितासँग लगाव हुन्छ फेरि भाइबन्धु आदिसँग हुन्छ। त्यसैले बेहदको बाबाको भनाइ छ, यस जगतमा तिम्रा जुन माता-पिता छन् उनीहरूसँग बुद्धिको योग तोडिदेऊ। यस जगतसँग नाता नराख किनकि यी सबै हुन् कलियुगी विकारी नाता। जगत अर्थात् दुनियाँ। यस पतित दुनियाँबाट बुद्धिको योग तोडेर म एकसँग जोड अनि फेरि नयाँ जगतसँग जोड, किनकि अब तिमी मेरो पासमा आउनुछ। केवल नाता जोड्ने कुरा हो अरू कुनै कुरा होइन त्यसैले कुनै कष्ट छैन। नाता जोड्छन् उनीहरूले जसलाई डाइरेक्सन मिल्छ। सत्ययुगमा पहिला राम्रो सतोप्रधान नाता हुन्छ, फेरि तल ओर्लंदै जान्छन्। फेरि जुन सुखको नाता हुन्छ त्यो बिस्तारै बिस्तारै कमजोर हुँदै जान्छ। अब त बिल्कुलै यस पुरानो दुनियाँसँग नाता तोड्नुपर्छ। बाबा भन्नुहुन्छ मसँग नाता जोड। श्रीमतमा चल अनि जुन पनि देहका नाता छन् ती सबै छोडिदेऊ। विनाश त हुनु नै छ। बच्चाहरूलाई थाहा छ बाबा जसलाई परमपिता परमात्मा भनिन्छ, उहाँले पनि ड्रामा अनुसार सेवा गर्नुहुन्छ। उहाँ पनि ड्रामाको बन्धनमा बाँधिनुभएको छ। मानिसहरूले त सम्झन्छन् उहाँ सर्वशक्तिमान् हुनुहुन्छ। जस्तै श्रीकृष्णलाई पनि सर्वशक्तिमान् मान्छन्, उहाँको स्वदर्शनचक्र देखाइदिइएका छन्। सम्झन्छन् त्यसबाट गला काट्छन्। तर यो बुझ्दैनन्, देवताहरूले हिंसाको काम कसरी गर्छन्? उनीहरूले त हिंसा गर्न सक्दैनन्। देवताहरूको लागि त भनिन्छ– अहिंसा परमो धर्म थियो। उनीहरूमा हिंसा कहाँबाट आयो? जसलाई जे आयो त्यो बसेर लेखिदिएका छन्। धर्मको कति ग्लानि गरेका छन्। बाबा भन्नुहुन्छ यी शास्त्रहरूमा सत्य त बिल्कुल पिठोमा नुनजस्तै छ। यो पनि लेखिएको छ, रुद्र ज्ञान यज्ञ रचेका थिए। त्यसमा असुरहरूले विघ्न पार्थे। अबलाहरूमाथि अत्याचार हुन्थ्यो। त्यो त ठिक लेखिएको छ। अहिले तिमीले बुझेका छौ– शास्त्रहरूमा सत्य के हो, झुटो के हो। भगवान आफै भन्नुहुन्छ यस रुद्र ज्ञान यज्ञमा विघ्न अवश्य पर्छन्। ड्रामामा पहिल्यै निश्चित छ। यस्तो होइन परमात्मा साथै हुनुहुन्छ भने विघ्नहरूलाई हटाइदिनुहुन्छ। यसमा बाबाले के गर्नुहुन्छ! ड्रामामा हुनु नै छ। यी सबैले विघ्न पारेपछि नै पापको घडा भरिन्छ नि। बाबा सम्झाउनुहुन्छ ड्रामामा जुन पहिल्यै निश्चित छ त्यही हुनेछ। असुरहरूका विघ्न अवश्य पर्छन्। जसबाट तिम्रो राजधानी स्थापन भइरहेको छ। आधाकल्प मायाको राज्यमा मानिस कति तमोप्रधान बुद्धि, भ्रष्टाचारी बन्छन्। फेरि उनीहरूलाई श्रेष्ठाचारी बनाउने बाबाको काम हो नि। आधाकल्प लाग्छ भ्रष्टाचारी बन्नमा। फेरि एक सेकेन्डमा बाबाले श्रेष्ठाचारी बनाउनुहुन्छ। निश्चय हुनमा कहाँ समय लाग्छ र? यस्ता धेरै राम्रा बच्चाहरू छन् जसलाई निश्चय हुन्छ, तुरुन्तै प्रतिज्ञा गर्छन्, तर माया पनि त पहलमान हो नि। मनसामा केही न केही तुफान ल्याउँछ। पुरुषार्थ गरेर कर्मणामा ल्याउनु हुँदैन। सबैले पुरुषार्थ गरिरहेका छन्। कर्मातीत अवस्था त भएको छैन। कर्मेन्द्रियहरूबाट केही न केही गल्ती भइहाल्छ। कर्मातीत अवस्थासम्म पुग्नमा बीचमा विघ्न अवश्य पर्छन्। बाबाले सम्झाउनुभएको छ– पुरुषार्थ गर्दागर्दै अन्त्यमा गएर कर्मातीत अवस्था हुनेछ त्यसपछि यो शरीर नै रहनेछैन, त्यसैले टाइम लाग्छ। केही न केही विघ्न पर्छन्। कहीँ मायाले हराइ पनि दिन्छ। बक्सिङ हो नि। चाहन्छन् बाबाको यादमा बसौँ, तर बाबाको यादमा बस्न सक्दैनन्। धेरथोर जुन टाइम बचेको छ, त्यसमा बिस्तारै बिस्तारै त्यो अवस्था धारण गर्नुछ। कोही जन्मनासाथ त राजा हुँदैनन्। सानो बच्चा बिस्तारै बिस्तारै ठुलो हुन्छ नि, यसमा पनि टाइम लाग्छ। अब त बाँकी थोरै समय रहेको छ। सारा कुरा पुरुषार्थमा आधारित छ। अटेन्सन दिनुछ, हामीले जसरी पनि बाबाबाट अवश्य वर्सा लिन्छौँ। मायाको सामना अवश्य गर्छौं त्यसैले प्रतिज्ञा गर्छन्। माया पनि कम छैन। हल्कासँग हल्का रूपमा पनि आउँछ। पहलमानका अगाडि राम्ररी बल गर्छ। यी कुरा कुनै शास्त्रहरूमा छैनन्। बाबा भन्नुहुन्छ, मैले तिमी बच्चाहरूलाई अहिले सम्झाउँछु। बाबाद्वारा तिमीले सद्गति पाउँछौ। फेरि यस ज्ञानको आवश्यकता नै हुँदैन। ज्ञानबाट सद्गति हुन्छ। सद्गति भनिन्छ सत्ययुगलाई।
त्यसैले मीठा-प्यारा बच्चाहरूलाई लक्ष्य मिलेको छ– यो पनि बुझ्छन् ड्रामा अनुसार वृक्ष बढ्न टाइम त लाग्छ नै। विघ्न त धेरै पर्छन्। चेन्ज हुनुपर्छ। कौडीबाट हीराजस्तो बन्नुपर्छ। रातदिनको फरक छ। अहिलेसम्म पनि देवताहरूका मन्दिर बनाइरहन्छन्। तिमी ब्राह्मणहरूले अहिले मन्दिर बनाउँदैनौ किनकि त्यो हो भक्तिमार्ग। दुनियाँलाई यो थाहा नै छैन, अब भक्तिमार्ग खतम भएर ज्ञानमार्ग जिन्दावाद हुनुछ। यो केवल तिमी बच्चाहरूलाई थाहा छ। मानिसहरूले त सम्झन्छन् अहिले कलियुग बच्चा छ। उनीहरूका सारा कुरा शास्त्रहरूमा आधारित छन्। तिमी बच्चाहरूलाई त बाबा बसेर सबै वेद शास्त्रहरूको रहस्य सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– अहिलेसम्म तिमीले जे पढेका छौ, त्यो सबै भुलिदेऊ। त्यसबाट कसैको सद्गति हुँदैन। हुन त अल्पकालको सुख मिल्दै आएको छ। सदा सुख नै सुख मिल्ने, यस्तो हुन सक्दैन। यो हो क्षणभङ्गुर सुख। मानिसहरू दुःखमा रहन्छन्। मानिसहरूलाई यो थाहा छैन, सत्ययुगमा दुःखको नामनिसान हुँदैन। उनीहरूले त्यहाँको लागि पनि यस्ता कुरा बताइदिएका छन्। त्यहाँ कृष्णपुरीमा कंश थियो, यो थियो..। श्रीकृष्णले जेलमा जन्म लिए। धेरै कुरा लेखिदिएका छन्। तर श्रीकृष्ण स्वर्गको पहिलो नम्बर राजकुमार हुन्, उनले के पाप गरे? यी हुन् दन्त्यकथाहरू, त्यो पनि तिमीले अहिले बुझेका छौ, अहिले बाबाले सत्य बताउनुभएको छ। बाबा नै आएर सचखण्ड स्थापन गर्नुहुन्छ। सचखण्डमा कति सुख थियो, झुटखण्डमा कति दुःख छ। यी सबै कुरा भुलेका छन्। तिमीलाई थाहा छ हामी श्रीमतमा सचखण्ड स्थापन गरेर त्यसको मालिक बन्छौँ।
बाबा सम्झाउनुहुन्छ, यसरी श्रीमतमा चलेमा तिमीले उच्च पद पाउन सक्छौ। बच्चाहरूलाई यो थाहा छ हामी यो पढाइ पढेर सूर्यवंशी महाराजा-महारानी बन्नुछ। सबैको दिल हुन्छ उच्च पद पाउने। सबैको पुरुषार्थ चल्छ। जो राम्रा पक्का भक्त छन् उनीहरूले चित्र साथमा राख्छन् जसबाट घरी घरी उनको याद हुन्छ। बाबा पनि भन्नुहुन्छ त्रिमूर्तिको चित्र साथमा राख्यौ भने घरी घरी बाबाको याद आउँछ। बाबालाई याद गरेमा हामी सूर्यवंशी घरानामा आउँछौँ। कोठामा त्रिमूर्तिको चित्र राखिएको छ भने घरी घरी नजर सामुन्ने चित्रमा पर्छ। बाबाबाट हामी यस सूर्यवंशी घरानामा जान्छौँ। बिहान उठ्नासाथ नजर त्यस चित्रमा जान्छ। यो पनि एउटा पुरुषार्थ हो। बाबा राय दिनुहुन्छ– राम्रा राम्रा भक्तहरूले धेरै पुरुषार्थ गर्छन्। आँखा खोल्नासाथ श्रीकृष्णको याद आओस् भनेर श्रीकृष्णको चित्र सामुन्ने राख्छन्। तिम्रो लागि त अझै सहज छ। सहजै याद आउँदैन, मायाले हैरान पार्छ भने यी चित्रहरूले मदत गर्छन्। शिवबाबाले हामीलाई ब्रह्माद्वारा विष्णुपुरीको मालिक बनाउनुहुन्छ। हामी बाबाबाट विश्वको मालिक बनिरहेका छौँ। यस यादमा रहेमा पनि धेरै मदत मिल्छ। जुन बच्चाहरूले घरी घरी याद गर्न भुलिन्छ भन्ने सम्झन्छन् तिनीहरूलाई बाबा राय दिनुहुन्छ, चित्र सामुन्ने राखिदियौ भने बाबा पनि अनि वर्सा पनि याद आउँछ। तर ब्रह्मालाई याद गर्नुहुँदैन। मगनी गरेपछि कहाँ दलालको याद आउँछ र? तिमीले बाबालाई राम्रोसँग याद गरेमा बाबाले पनि तिमीलाई याद गर्नुहुन्छ। यादबाट याद मिल्छ। अहिले मासुकको कर्तव्यको विषयमा तिमीलाई थाहा भएको छ। शिवका कति धेरै भक्तहरू छन्। शिव शिव भनिरहन्छन्। शिवकाशी, विश्वनाथ फेरि गङ्गा भनिदिन्छन् तर यो गलत हो। पानीको किनारमा गएर बस्छन्। यो बुझ्दैनन्, ज्ञानको सागर बाबा हुनुहुन्छ। बनारसमा धेरै विदेशीहरू आदि हेर्न जान्छन्। त्यहाँ ठुला ठुला घाट छन् तैपनि सबैलाई बाबाको मन्दिरले त आकर्षित गरिहाल्छ नि। सबै उहाँको पासमा जान्छन्। मन्दिर त कसैको पासमा जाँदैन। मन्दिरका देवताहरूले आकर्षित गर्छन्। शिवबाबाले पनि आकर्षित गर्नुहुन्छ। नम्बरवन हुनुहुन्छ शिवबाबा फेरि सेकेन्ड नम्बरमा यी ब्रह्मा, सरस्वती सो विष्णु। विष्णु सो ब्रह्मा। ब्राह्मण सो विष्णुपुरीका देवताहरू। विष्णुपुरीका देवताहरू सो ब्राह्मण। अब तिम्रो कामधन्दा यो भयो, हामी नै देवता बनिरहेका छौँ भने हामीले अरूलाई पनि बाटो बताउनुछ। अरू सबै हुन् जङ्गलमा लैजानेहरू। तिमीले जङ्गलबाट निकालेर बगैँचामा लैजान्छौ। शिवबाबा आएर काँडाहरूलाई फूल बनाउनुहुन्छ। तिमीले पनि यो काम गर्छौ। यी कुरालाई तिमीले नै जानेका छौ। कोही राजा रानी त छैनन् जसलाई तिमीले सम्झाउँछौ। पाण्डवहरूलाई ३ पाइला पृथ्वी मिल्दैनथ्यो भनिएको छ। बाबा समर्थ हुनुहुन्थ्यो त्यसैले उनीहरूलाई विश्वको बादशाही दिनुभयो। अहिले पनि त्यही पार्ट चल्छ नि। बाबा हुनुहुन्छ गुप्त। श्रीकृष्णलाई त कुनै विघ्न पर्न सक्दैन। अब बाबा आउनुभएको छ, आएर बाबासँग वर्सा लिनुछ, यसको लागि मेहनत गर्नुपर्छ। दिनप्रतिदिन नयाँ नयाँ प्वइन्टहरू निस्कँदै जान्छन्। देखिनेछ, प्रदर्शनीमा सम्झाएमा राम्रो प्रभाव पर्छ। बुद्धिले काम लिइन्छ, प्रदर्शनीबाट राम्रो प्रभाव पर्छ वा प्रोजेक्टरबाट? प्रदर्शनीमा सम्झाउँदा अनुहार हेरेर सम्झाउन सकिन्छ। यो त जानेका छौ गीताको भगवान बाबा हुनुहुन्छ, त्यसैले बाबाबाट फेरि वर्सा लिने पुरुषार्थ गर्नुछ। ७ दिन समय दिनुछ। लेखेर देऊ। नत्र बाहिर जानासाथ मायाले भुलाइदिन्छ।
तिम्रो बुद्धिमा आएको छ– हामीले ८४ को चक्कर लगाएका छौँ, अब घर जानुछ। तमोप्रधानबाट सतोप्रधान बन्नुछ। यी चित्र त साथमा हुनु नै पर्छ। धेरै राम्रा छन्। बिडला आदिले पनि यो जान्दैनन्, यी लक्ष्मीनारायणले यो राज्यभाग्य कहिले र कसरी लिए? तिमीलाई थाहा छ त्यसैले तिमीलाई धेरै खुसी हुनुपर्छ। तिमीले लक्ष्मीनारायणको चित्र लिएर तुरुन्तै कसैलाई सम्झाउँछौ। तिनीहरूले यो पद कसरी पाए? यी बुद्धिले बुझ्ने र बुझाउने कुरा हुन्। मञ्जिल उच्च छ । जो जस्तो टिचर छ उसले त्यस्तै सेवा गर्छ। हेरिन्छ– आफ्नो अवस्था अनुसार को कोले सेन्टर सम्हालिरहेका छन्। नसा त सबैलाई छ। तर विवेकले भन्छ सम्झाउने जति होसियार हुन्छ त्यति सेवा राम्रो हुन्छ। सबै त होसियार हुन सक्दैनन्। सबैलाई उस्तै टिचर मिल्न सक्दैन। जसरी कल्प पहिला चलेको थियो त्यसरी नै चलिरहेको छ। बाबा भन्नुहुन्छ आफ्नो अवस्था परिपक्व बनाइराख। यो कल्प कल्पको बाजी हो। देखिइरहेको छ– कल्प पहिला अनुसार हरेकको पुरुषार्थ चलिरहेको छ। जे जति हुन्छ– त्यसमा हामीले भनिदिन्छौँ कल्प पहिला पनि यस्तै भएको थियो। फेरि खुसी पनि हुन्छ, शान्ति पनि हुन्छ। बाबा भन्नुहुन्छ कर्म गर्दा बाबालाई याद गर। बुद्धिको योग त्यहाँ लागिरह्यो भने धेरै कल्याण हुन्छ, जसले गर्छ उसले पाउँछ। राम्रो गरे राम्रै पाइन्छ। मायाको मतमा सबैले नराम्रो नै गर्दै आएका छन्। अहिले मिलेको छ श्रीमत। भलो गरेमा भलो नै हुन्छ। हरेकले आफ्नै लागि मेहनत गर्छन्। जस्तो गर्छन् त्यस्तै पाउँछन्। त्यसैले किन हामीले योग लगाउँदै सेवा नगरिरहने? योगबाट आयु बढ्छ। यादको यात्राबाट निरोगी बन्नुछ भने किन हामी बाबाको यादमा नरहने? यथार्थ कुरा हो भने किन हामीले कोसिस नगर्ने? ज्ञान त बिल्कुल सहज छ। साना बच्चाहरूले पनि बुझ्छन् अनि सम्झाउँछन्। तर उनीहरू योगी त ठहरिएनन् नि। यो त पक्का गराउनुछ, बाबालाई याद गर। कसैले घरी घरी भुलिन्छ भन्ने सम्झन्छन् भने चित्र राखिदिऊन्, त्यो पनि राम्रो हो। सबेरै चित्र देख्नासाथ याद आउँछ। शिवबाबाबाट हामीले विष्णुपुरीको वर्सा लिइरहेका छौँ। यो त्रिमूर्तिको चित्र नै मुख्य हो, जसको अर्थ त तिमीले अहिले बुझेका छौ। दुनियाँमा यस्तो त्रिमूर्तिको चित्र अरू कसैसँग छैन। यो त बिल्कुल सहज छ। हामीले लेखौँ वा नलेखौँ। यो त सबैले जान्दछन् ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) मायाको बक्सिङमा कहिल्यै पनि हार नहोस्– यसमा ध्यान राख्नुछ। कल्प पहिलाको स्मृतिबाट आफ्नो अवस्थालाई परिपक्व बनाउनुछ। खुसी र शान्तिमा रहनुछ।
२) आफ्नो भलो गर्नको लागि श्रीमतमा चल्नुछ। यस पुरानो दुनियाँसँग नाता तोडिदिनुछ। मायाका तुफानहरूबाट बच्नको लागि चित्रहरूलाई सामुन्ने राखेर बाबा र वर्सालाई याद गर्नुछ।
| वरदान:– |
मननद्वारा बाबाको सम्प त्ति लाई आफ्नो सम्प त्ति बनाउने दिव्य बुद्धि मा न् भव बाबाद्वारा जति पनि खजाना मिल्छन्, तिनलाई मनन गरेमा मनमा समाहित हुँदै जान्छ। सम्पत्ति त सबैलाई समान रूपमा मिलेको छ तर जसले मनन गरेर त्यसलाई आफ्नो बनाउँछन्, उनीहरूलाई त्यसको नसा र खुसी हुन्छ त्यसैले भनिन्छ– अपनी घोट तो नसा चढे। जो मननको मस्तीमा सदा मस्त रहन्छन् उनीहरूलाई दुनियाँको कुनै पनि चिज, उल्झनले आकर्षित गर्न सक्दैन। उनीहरूलाई दिव्य बुद्धिको वरदान स्वतः मिल्छ। |
| स्लोगन:– | मनको उल्झनलाई समाप्त गर्नको लागि निर्णय शक्तिलाई बढाऊ। |
अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
यस्तो नसम्झ हामी त सदैव झुकिरहन्छौँ तर हाम्रो कुनै मान छैन, जो झुक्दैनन् वा झुटो बोल्छन् उनीहरूको नै मान हुन्छ– होइन। यो अल्पकालको हो, तर तिमीले दूरदर्शी बुद्धि बनाऊ, यहाँ जति सामुन्ने झुक्छौ अर्थात् नम्रताको गुणलाई धारण गर्छौ त्यति सारा कल्प नै सर्व आत्माहरूले तिमीलाई नमन गर्छन्। सत्ययुग त्रेतामा राजाको आदरमा शिरले होइन, बरु मनले झुक्छन् अनि द्वापर कलियुगमा शिर झुकाउँछन्।