| 17-11-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– मैले तिमी बच्चाहरूको लागि हत्केलामा वैकुण्ठ ल्याएको छु , तिमीले मलाई याद गर्यौ भने स्वर्गको बादसाही मिल्छ।” | |
| प्रश्न:– | बेहदको खुसी कुन बच्चाहरूलाई निरन्तर रहन सक्छ? |
| उत्तर:– | जसले बेहदको संन्यास गरेका छन् र अरू सङ्ग तोडेर एक सङ्ग जोडेका छन्, उनीहरू नै निरन्तर खुसीमा रहन सक्छन्। २– जसले पिताको अनुसरण गर्छन्, जसलाई सर्भिसको शौक छ, उनीहरूको खुसी कहिल्यै गायब हुन सक्दैन। |
| गीत:– | छोड भी दे आकाश सिंहासन... |
ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यो कसले भन्यो? बाबाले बच्चाहरूलाई भन्नुभयो– गीत सुन्यौ? जब अति दुःख हुन्छ, तब बोलाउँछन्। बच्चाहरूलाई थाहा छ, बाबाले नै सुखधाम वा पावन दुनियाँ रच्नुहुन्छ अथवा भगवान-भगवतीको राज्य स्थापना गर्नुहुन्छ। भगवान र भगवती मानौँ स्वर्गका मालिक ठहरिए। तिमीले देखेका छौ– लक्ष्मी-नारायण कति धनवान थिए, कति ठुलो राजधानी थियो। उनीहरूको राजधानीमा कहिल्यै कुनै उपद्रव हुँदैन। बाबाले बच्चाहरूलाई वर्सा नै यस्तो दिनुहुन्छ, त्यसैले कति खुसीमा रहनुपर्छ। तर नम्बरवार पुरुषार्थ अनुसार त छँदै छन्। कोही-कोही त पूरा ज्ञान नबुझेका कारण न त्यहाँको खुसीमा रहन्छन् र न यहाँको खुसीमा रहन्छन्। उनीहरूलाई भनिन्छ– दुवै लोकबाट गए किनकि बाबाबाट वर्सा लिँदा-लिँदै गिर्न पुग्छन्। दुनियाँमा यो कसैलाई थाहा छैन, भगवान आएर स्वर्ग स्थापना गरिरहनुभएको छ किनकि उहाँ गुप्त रूपमै आउनुहुन्छ। भन्छन्– अवश्य भगवान यस समयमा हुनुपर्छ किनकि सबै घोर अन्धकारमा छन्। राति १२ बज्छ, तब त्यसलाई घोर अन्धकार भनिन्छ। रातमा घोर अन्धकार, दिनमा घोर प्रकाश हुन्छ। बच्चाहरूलाई थाहा छ, अब भक्तिमार्गको रात पूरा हुन्छ, जसमा दुःखै-दुःख छ। मानिसहरूले सम्झन्छन्– भक्ति पछि भगवान मिल्नुहुन्छ। तिमीलाई थाहा छ– बाबा नै आएर हामी सबैको सद्गति गर्नुहुन्छ। तिमी बच्चाहरूमा पनि नम्बरवार त अवश्य छन्। कसैको त खुसीको पारा चढिरहन्छ। मेहनत पनि खुसीले गर्छन्। कसैलाई गएर सम्झाऊँ भन्ने सर्भिसको शौक रहन्छ, त्यसैले बाबाले प्रदर्शनी, मेलाको पनि प्रबन्ध रचिरहनुहुन्छ जसले गर्दा अरूलाई सम्झाउनाले खुसीको पारा चढोस्। यहाँ जससँग धन छ, उनीहरूले सम्झन्छन्– म स्वर्गमा बसेको छु। उनीहरूको लागि ज्ञान लिन मुस्किल छ, त्यसैले गाइएको छ– करोडौँमा कोही नै यति समझदार बनेर बाबाको वर्साको अधिकारी बन्छन्। पिताको अनुसरण गर भनेर गायन छ। त्यसैले बाबाको श्रीमतमा चल्नुपर्छ। जो राम्रोसँग श्रीमतमा चल्छन्, उनीहरूको अनुसरण गर्नुपर्छ। जस्तै यिनी (ब्रह्मा) बच्चा राम्रोसँग चलिरहेका छन्। लौकिक बच्चाहरू सल्लाहमा चलेनन्, तब भन्नुभयो– तिमीहरूले आफ्नो बाटो समात। रावणको मतमा चल्नेहरू र रामको मतमा चल्नेहरू एकसाथ रहन सक्दैनन्। तिमी बच्चाहरूले बुझेका छौ, भारतवर्षमा नै आदि सनातन देवी-देवता धर्म थियो। उनीहरू ८४ जन्म लिएर पतित बनेका छन्, तब पुकार्छन्– हे पतित-पावन आउनुहोस्। अहिले तिमी बच्चाहरूले बुझेका छौ, बाँकी थोरै दिन छ। दैवी राजधानी स्थापना गर्नमा टाइम त लाग्छ। यो हो गुप्त। यसमा लडाइँको कुरा छैन। चढाइ गरेर राज्य लिने होइन। होइन, यो त बाबा आएर राजाहरूको राजा बनाउनुहुन्छ। जुन बाबालाई दुःखहर्ता सुखकर्ता आउनुहोस् भनेर याद गर्छन्। संन्यासी गुरुहरू दुःखहर्ता हुन सक्छन् र? उनीहरूको संन्यास हो हदको। तिम्रो हो बेहदको। यसमा बेहदको खुसी रहन्छ। यी लक्ष्मी-नारायण भगवती-भगवानलाई पनि बेहदको खुसी हुन्छ नि। पतित मानिसहरूलाई त जे आउँछ, त्यही बोल्छन्। तिमी त एक-एक शब्द अर्थसहित बोल्छौ। नयाँ दुनियाँमा एक धर्म मात्र हुन्छ। त्यसको कसैसँग पनि तुलना गरिँदैन। पुरानो दुनियाँमा तुलना गरिन्छ। नयाँ दुनियाँमा पुरानो दुनियाँमा के हुनेछ भन्ने थाहा हुँदैन। त्यहाँ सबैथोक भुलिन्छ। यहाँ तिमीलाई सबैथोक बताइन्छ– नयाँ दुनियाँ कहिले स्थापना हुनेछ? पुरानो दुनियाँ कहिले विनाश हुनेछ? तिमीलाई सबै ज्ञान छ। अब तिमीलाई स्वर्गको स्थापना गर्ने बाबा मिल्नुभएको छ। त्यसैले उहाँबाट राम्रोसँग वर्सा लिनुपर्छ। वर्सा मिल्नु पनि उनीहरूलाई नै छ जसले कल्प पहिला राम्रोसँग पुरुषार्थ गरेका थिए। उनीहरूमा पनि नम्बरवार छन्। यो हो काँडाहरूको दुनियाँ। पहिलो नम्बरको काँडा त सबैमा छँदै छ। पुरानो दुनियाँ फोहोरी, नयाँ दुनियाँ राम्रो हुन्छ। स्वर्ग कसलाई भनिन्छ, यो पनि कसैलाई थाहा छैन। यसै फलानो स्वर्गवासी भयो भनिदिन्छन्। स्वर्ग कहाँ छ र स्वर्गवासी भयो?
तिमीलाई थाहा छ– स्वर्ग पनि यस भारतवर्षमा थियो। नर्क पनि भारतवर्षमा छ। त्यसैले यो शब्द ती मानिसहरूले समातेर स्वर्ग नर्क यहीँ छ भनिदिन्छन्। जसलाई धेरै धन छ, उनीहरू स्वर्गमा छन्। तर यस्तो होइन। भारतवर्ष नयाँ हुँदा सत्ययुग थियो, जसलाई स्वर्ग भनिन्छ। अहिले पतित दुनियाँ नर्क छ। दुनियाँ त एउटै हो। नयाँ दुनियाँमा लक्ष्मी-नारायणको राज्य थियो। पुरानो दुनियाँमा रावणको राज्य छ। भगवानुवाच, म तिमीलाई ८४ जन्मको रहस्य बताउँछु। यस राजयोगद्वारा तिमीलाई राजाहरूको राजा, स्वर्गको मालिक बनाउँछु। त्यसैले नर्कको अवश्य विनाश हुनैपर्छ। शास्त्रहरूमा श्रीकृष्णको नाम राखिदिएर लडाइँ आदि देखाइदिएका छन्। पाण्डवहरूको कुनै सेना त छैन। आजभोलि कन्याहरू, माताहरूको पल्टन बनाएर उनीहरूलाई बन्दुक आदि चलाउन सिकाउँछन्। यहाँ तिम्रो हातमा बन्दुक आदि केही छैन। शिवशक्ति सेना को हो भन्ने उनीहरूलाई के थाहा? शिवबाबाले त कहिल्यै हिंसा गराउन सक्नुहुन्न। लडाइँको कुनै कुरै छैन। तिमीलाई थाहा छ– शिवबाबाको रुहानी सेना छ। शिवबाबाले हामीलाई डबल अहिंसक बनाउनुहुन्छ। त्यसलाई १०० प्रतिशत अहिंसा भनिन्छ। यहाँ छ १०० प्रतिशत हिंसा। एउटै बमले कतिको विनाश गरिदिन्छन्। बेहदको अहिंसा र हिंसामा कति फरक छ। तिमी अहिले यस समयमा बेहदको साइलेन्समा छौ। उता जति लडाइँको तयारी हुँदै जान्छ, त्यति आवाज बढ्दै जान्छ। विनाशमा कति हङ्गामा हुन्छ। स्थापनामा त कति साइलेन्समा बसेका छौ। हिंसाको कुनै कुरै छैन। तिम्रो अब प्राक्टिकल जीवन छ। बाबाबाट योगबलद्वारा वर्सा पाइरहेका छौ। बाबा अल्फलाई याद गर्नाले स्वर्गको बादसाही मिल्छ, कति सहज छ। बाबा कति प्यारा हुनुहुन्छ। कति दूरदेशबाट आउनुहुन्छ। जस्तै विदेशबाट कसैको पिता आउँछन्, तब बच्चाहरू धेरै खुसी हुन्छन्– बुवाले हाम्रो लागि विदेशबाट राम्रा-राम्रा सौगात ल्याउनुहुनेछ। यहाँ बेहदका बाबा त एकैपटक आउनुहुन्छ। कुनचाहिँ सौगात लिएर आउनुहुन्छ? भन्नुहुन्छ– मैले तिम्रो लागि हत्केलामा वैकुण्ठ लिएर आएको छु। जस्तै हनुमानले सञ्जीवनी बुटीको पहाड लिएर आए भन्छन्। अब पहाड त कसैले उठाउन सक्दैन। त्यसरी नै बाबा भन्नुहुन्छ– मैले हत्केलामा वैकुण्ठ लिएर आएको छु। अब बहिश्त कुनै हत्केलामा उठ्छ र? यो त समझको कुरा हो। बच्चाहरूलाई त थाहा छ, बाबाले मेरो लागि नम्बर वन सौगात ल्याउनुभएको छ। बाबा भन्नुहुन्छ– म तिमीलाई पावन दुनियाँको मालिक बनाउन आएको छु, त्यसैले पावन बन्नुपर्छ। यो राजयोग हो नि। भारतवर्षको प्राचीन राजयोग गीताका भगवानले नै सिकाउनुभएको थियो र राजाइ दिनुभएको थियो। अब फेरि राजयोग सिकाइरहनुभएको छ। तिमीले भन्छौ– म स्वर्गको स्थापना गर्ने बाबाको बच्चा हुँ, बाबाले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ भने अवश्य कसैलाई त बादसाही मिलेको होला नि। स्वर्गमा रहनेहरूलाई मात्र बाबाले दिनुभएको होला भन्ने पनि होइन। अरू सबैलाई पनि त बाबाले दिनुहुन्छ नि। बाँकी सबैलाई ड्रामा अनुसार मुक्तिको पार्ट मिलेको छ। सबै मुक्त हुन्छन्। एक मात्र बाबा सर्वको सद्गति दाता हुनुहुन्छ, अर्को कोही छैन। तिमीकहाँ प्रदर्शनीमा जो प्रसिद्ध आउँछन्, जसले मान्छन्– अवश्य गीताको भगवान श्रीकृष्ण होइनन्, शिव हुनुहुन्छ, तब उनीहरूबाट लेखाउनुपर्छ। ठुला मानिसहरूको नै कुरा सुन्नेछन्। गरिबको त कसैले सुन्दैनन्, त्यसैले प्रदर्शनीमा कोसिस गरेर यो लेखाऊ– गीताका भगवान एक मात्र हुनुहुन्छ। उहाँ सबैका पिता हुनुहुन्छ। आजभन्दा ५ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो, लक्ष्मी-नारायणको राज्य थियो। अहिले त सारा विश्वमा रावणको राज्य छ, यही सबैको दुस्मन हो, जसलाई वर्षैपिच्छे जलाउँछन्। तैपनि मर्दैन। अहिले भारतवर्षको ठुलो दुस्मन यो रावण हो, यो कुरा केवल तिमीलाई थाहा छ। अब राम परमपिता परमात्माले रावणमाथि जित दिलाउनुहुन्छ। भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो पाप नाश हुन्छ, तिमी योग्य बन्छौ, तब फेरि नयाँ दुनियाँ चाहिन्छ। अवश्य पुरानो दुनियाँको विनाश पनि भएको थियो, त्यही हुनेछ। महाभारत लडाइँ लाग्ने नै तब हो जब रावण राज्य विनाश भएर रामराज्य स्थापना हुन्छ। रावण राज्यमा नै हाहाकार सुरु हुन्छ। हाहाकार पछि जयजयकार हुन्छ, दुनियाँ परिवर्तन हुन्छ। जसरी पुरानो घर भत्काएर नयाँ बनाइन्छ, यो पनि स्थापना भइरहेको छ। बम आदि बनाइरहन्छन्। तयारी भइरहेको छ। अहिले दशैँ आयो, तब रावणको पुत्ला पनि बनाए। तिम्रो हो बेहदको कुरा। तिम्रो बुद्धिमा आउँछ– यिनीहरूले यो के गर्छन्। तिमीले जब सम्झाउँछौ तब बुझ्नेछन्– हामीले यो के गर्छौँ। हाँसो पनि उठ्नेछ। कसैलाई पनि सम्झाउन सक्छौ– यति ठुलो रावण त हुँदै हुँदैन। अब बाबा भन्नुहुन्छ– तिमीले रामराज्य लेऊ। ५ विकारको दान देऊ, तब ग्रहण छुटोस्। बाबा आएर सम्झाउनुहुन्छ– यो ५ विकारको ग्रहण सारा दुनियाँमा लागेको छ। एकदमै कालो हुन्छन्। तिमी बच्चाहरूलाई त अथाह खुसी हुनुपर्छ। बाँकी थोरै दिन छ।
तिमीले अहिले रचयिता, डाइरेक्टर, मुख्य कलाकारहरू र ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दछौ, अरू कसैले जान्दैनन्। तिम्रो अब स्वच्छ बुद्धि बनेको छ। तिमी बाबाको बनेका छौ भने अवश्य स्वर्गमा पठाइदिनुहुनेछ। ज्ञान आम्दानीको स्रोत हो भनिन्छ। यो हो रुहानी ज्ञान, जुन बाबाले नै दिनुहुन्छ। मानिसले मानिसलाई दिन सक्दैन। दुनियाँमा सबै मानिसले मानिसहरूलाई ज्ञान दिन्छन्। तिमीलाई त बाबा सर्वोच्च आत्माले आएर ज्ञान दिनुहुन्छ। बाँकी सबै हुन् भक्तिमार्गको दन्त्यकथा सुनाउनेहरू। सत्यनारायणको कथा, रामायणको कथा.... जुन बितिसकेको छ, त्यसैमा केही न केही बनाइरहन्छन्। यो त हो पढाइ। पढाइमा इतिहास-भूगोल सुनाइन्छ। यो हो विशाल विश्वको इतिहास-भूगोल। तिमीले सम्झाउँछौ– बाबाले ५ हजार वर्ष पहिला पनि भन्नुभएको थियो, ती गीता पढ्नेहरूले केही बुझ्छन् र? यादव, कौरव, पाण्डव कसलाई भनिन्छ– तिमीले यथार्थमा देखेका छौ। युरोपवासी यादवहरूले मुसल निकाले, विनाश भयो। विनाश पछि के भयो, त्यो केही देखाउँदैनन्। उनीहरूले प्रलय भयो भनी सम्झन्छन्। उनीहरूले भन्छन्– तपाईहरूले शास्त्रहरूलाई मान्नुहुन्छ? भन– हो, हामी शास्त्रहरूलाई जान्दछौँ, मान्दछौँ– यी सबै भक्तिमार्गका हुन्। ज्ञान त एक बाबाले नै सुनाउनुहुन्छ, जो ज्ञानका सागर हुनुहुन्छ। अब भक्ति खत्तम भएर ज्ञान जिन्दावाद भइरहेको छ। पुरानो दुनियाँको विनाश सामुन्ने खडा छ, केही नयाँ होइन। मेरो प्रीत बाबासँग छ। मैले अरू सङ्ग तोडेर एक सङ्ग जोड्छु। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मसँग योग लगाऊ– यसलाई नै भारतवर्षको प्राचीन योग भनिन्छ, जुन बाबाले नै सिकाउनुहुन्छ। श्रीकृष्णको आत्मा पनि यस समयमा अन्तिम जन्ममा छ, यिनलाई भन्नुहुन्छ– तिमीले आफ्ना जन्महरूलाई जान्दैनौ। यो तिम्रो धेरै जन्महरूको अन्तको जन्म हो, त्यसैले मैले यिनमा प्रवेश गरेको छु। म यिनमा बसेर तिमी बच्चाहरूलाई ब्रह्मा मुखवंशावली बनाएर राज्य-भाग्य दिन्छु। बाबा बाहेक अरू कसैले बताउन सक्दैन। यो त बाबा स्वयं यस मुखद्वारा सुनाइरहनुभएको छ। यी बाबाले पनि पहिला केही जान्दैनथे, तिमीले पनि केही जान्दैनथ्यौ। यहाँका मानिसहरूलाई नै सम्झाउनुपर्छ। ८४ जन्मको चक्र कसरी घुम्छ, यो त्यही लडाइँ खडा छ, जसबाट स्वर्गको गेट खुलेको थियो, जतिबेला बाबा आएर राजयोग सिकाएर मनुष्यबाट देवता बनाउनुभएको थियो। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) जो राम्रोसँग श्रीमतमा चल्छन्, उनीहरूको अनुसरण गर्नु छ। बेहदको खुसीमा रहनको लागि आफू समान बनाउने सेवा गर्नु छ।
२) प्रीतबुद्धि बनेर अरू सङ्ग तोडेर एक बाबासँग जोड्नु छ। डबल अहिंसक बनेर साइलेन्समा बसेर आफ्नो राजाइ स्थापना गर्नु छ।
| वरदान:– |
त्याग र तपस्याद्वारा सेवामा सफलता प्राप्त गर्ने सच्चा सेवाधारी भव सेवामा सफलताको मुख्य साधन हो त्याग र तपस्या। त्याग अर्थात् मन्सा संकल्पबाट पनि त्याग, कुनै परिस्थितिको कारण, मर्यादाको कारण, बाध्यताले त्याग गर्नु– यो त्याग होइन तर ज्ञान स्वरूपले, संकल्पले पनि त्यागी बन र तपस्वी अर्थात् सदा बाबाको लगनमा लवलीन, ज्ञान, प्रेम, आनन्द, सुख, शान्तिको सागरमा समाहित। यस्ता त्यागी, तपस्वी नै सेवामा सफलता प्राप्त गर्ने सच्चा सेवाधारी हुन्। |
| स्लोगन:– | आफ्नो तपस्याद्वारा शान्तिको भाइब्रेसन फैलाउनु नै विश्व सेवाधारी बन्नु हो। |
अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
तिमी सम्पूर्ण आत्माहरूको अन्तिम वाहन हो– कर्मबन्धन मुक्त, कर्मातीत स्थिति। यस्तो स्थिति बनाउनको लागि ब्रह्माबाबा समान सर्व हदहरूमाथि विजय प्राप्त गर्ने विजयी रत्न बन, तब अन्तिम कर्मातीत स्वरूपको अनुभवी बन्नेछौ। अनेक प्रकारका हदहरू अर्थात् अनेक मेरो-मेरो। जब म र मेरो, तँ र तेरो... यी चार शब्द एक बाबा शब्दमा समाउनेछन् तब सम्पूर्णता समीप आउनेछ।
सूचना: – आज मधुवनमा अव्यक्त बापदादा मिलनको शुभ दिन हो।