नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 नोभेम्बर 20

ओम शान्ति · BapDada · 2026 नोभेम्बर 20

आजको मुरली — हरेक बिहान नयाँ।

18
डाउनलोड PDF
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

20-11-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– सर्भिसको साथसाथै यादको यात्रालाई पनि कायम राख्नु छ , यस रुहानी यात्रामा कहिल्यै सुस्त नहुनु।”
प्रश्न:– बच्चाहरूको दिल यदि रुहानी सर्भिसमा लाग्दैन भने त्यसको कारण के हो?
उत्तर:– यदि रुहानी सर्भिसमा दिल लाग्दैन भने अवश्य देह-अभिमानको ग्रहदशा छ। चल्दा-चल्दै देह-अभिमानको कारण जब आपसमा रुष्ट हुन्छन्, तब सर्भिस नै छोडिदिन्छन्। एक-अर्काको अनुहार देख्नेबित्तिकै सर्भिसको विचार उड्छ, त्यसैले बाबा भन्नुहुन्छ– यस ग्रहदशाबाट सम्हाल गर।
गीत:– हमारे तीर्थ न्यारे हैं....

ओम् शान्ति। यस गीतको लाइनले बच्चाहरूलाई होसियार बनाइदियो। के भन्यो? बुद्धिमा यो याद राख्नु छ– म तीर्थयात्रामा छु र मेरो यो यात्रा सबैभन्दा न्यारा छ। यस यात्रालाई नभुल। यात्रामा नै सारा आधार छ, अरू त शारीरिक यात्राहरूमा गएर फेरि फर्किएर आउँछन् र जन्म-जन्मान्तर यात्रा गर्दै नै आउँछन्। हाम्रा तीर्थ ती होइनन्। अमरनाथमा गएर फेरि मृत्युलोकमा फर्किएर आउनु। तिम्रो त्यो यात्रा होइन। सबै मानिसहरूको ती यात्राहरू हुन्। तीर्थमा गएर, चक्कर लगाएर फेरि आएर पतित बन्छन्। किसिम-किसिमका यात्राहरू छन् नि। देवीका मन्दिरहरू पनि अथाह छन्। विकारीहरूका साथ कति यात्रामा जान्छन्। तिमी बच्चाहरूले त निर्विकारी रहने प्रण गरेका छौ। तिमी निर्विकारीहरूको यो यात्रा हो। निर्विकारी बाबा जो सदा पवित्र हुनुहुन्छ, उहाँलाई याद गर्नु छ। पानीको सागरलाई विकारी वा निर्विकारी भनिँदैन। न त्यसबाट निस्किएका गङ्गाहरूले नै निर्विकारी बनाउँछन्। मनुष्य मात्र यति पतित बनेका छन्, केही पनि बुझ्दै बुझ्दैनन्। ती शारीरिक यात्राहरू हुन्– अल्पकाल क्षणभङ्गुरका यात्राहरू। यो यात्रा विशेष छ। तिमी बच्चाहरूले उठ्दा-बस्दा यात्राको ख्याल राख्नु छ। यात्रामा जाँदा काम-धन्दा, गृहस्थ व्यवहार आदि सबै भुल्नुपर्ने हुन्छ। अमरनाथको जय... बस्, यसरी भन्दै जान्छन्। एक-दुई महिना तीर्थयात्रा गरेर फेरि आएर फोहोरी बन्छन्। फेरि गङ्गा स्नान गर्न जान्छन्। उनीहरूलाई म दिनहुँ पतित हुन्छु भन्ने थाहा नै छैन। गङ्गा-जमुनामा रहनेहरू पनि दिनहुँ पतित हुन्छन्। दिनहुँ गङ्गामा गएर स्नान गर्छन्। एक त नियम हुन्छ, दोस्रो फेरि विशेष दिनहरूमा जान्छन्, सम्झन्छन्– गङ्गा पतित-पावनी हो। खास त्यस एक दिनमा गङ्गा पावन बनाउने बन्छ, फेरि रहँदैन भन्ने त होइन। जुन दिन मेला लाग्छ, त्यस दिन त्यो पतित-पावनी बन्छ। यस्तो होइन। त्यो त जस्तो छ त्यस्तै छ। दिनहुँ पनि स्नान गर्न जान्छन्। मेलामा पनि खास दिन जान्छन्। अर्थ छैन। गङ्गा-जमुना चिज त त्यही हो। त्यसमा मुर्दा पनि बगाइदिन्छन्।

अहिले तिमी बच्चाहरू रुहानी यात्रामा रहनु छ। बस्, अब म घर जान्छु। यसमा गङ्गा स्नान गर्ने वा शास्त्र पढ्ने कुनै कुरै छैन। बाबा आउने पनि एकै पटक हो। सारा दुनियाँ पनि पतितबाट पावन एकै पटक बन्छ। सत्ययुग नयाँ दुनियाँ हो, कलियुग पुरानो दुनियाँ हो भन्ने पनि थाहा छ। बाबालाई आउनु छ अवश्य, नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गर्न। यो उहाँकै काम हो। तर मायाले यस्तो तमोप्रधान बुद्धि बनाइदिएको छ जसले गर्दा केही पनि बुझ्दैनन्। प्रदर्शनीमा कति धेरै ठुला मानिसहरू आउँछन्। संन्यासीहरू पनि आउनेछन् तैपनि बुझ्नेछन् करोडौँमा कोहीले। तिमीले लाखौँ-करोडौँलाई सम्झाउँछौ, तब कोही विरला आउँछ। बहुतलाई सम्झाउनु पर्नेछ। आखिरमा तिम्रो यो ज्ञान र चित्र आदि सबै अखबारहरूमा पनि छापिनेछन्। सिँढी पनि अखबारमा छापिनेछ। भन्नेछन्– यो त यहाँको लागि नै हो, अरू धर्मकाहरू कहाँ जानेछन्? कयामतको समय पनि गाइएको छ। कयामत अर्थात् फिर्ता जाने समय। पुरानो दुनियाँको विनाश र नयाँ दुनियाँको स्थापना हुनेछ भने अवश्य सबै फिर्ता जानेछन् नि। सबैको विनाश हुनु छ। नयाँ दुनियाँ स्थापना भइरहेको छ। यी कुरा तिमी बच्चाहरू बाहेक कसैले जान्दैनन्। तिमीलाई थाहा छ– नर्कवासीहरूको विनाश, स्वर्गवासीहरूको स्थापना भइरहेको छ। कल्प-कल्प यस्तै हुन्छ। अहिले जुन थोरै टाइम छ, यसमा पनि धेरैलाई ज्ञान मिल्दै जानेछ। मेलाहरू भइरहनेछन्। चारैतिरबाट लेखिरहन्छन्– हामी मेला गरौँ, प्रदर्शनी गरौँ। तर साथसाथै आफ्नो यादको यात्रा पनि भुल्नु हुँदैन। बच्चाहरू एकदमै सुस्त चलिरहेका छन्। बुढाबुढीले जस्तो यात्रा गर्छन्। मानौँ तागत नै छैन, केही खाएकै छैनन्। बाबाको कति विचार चलिरहन्छ। विचार गर्दा-गर्दै निद्रा नै भाग्छ। विचार सागर मन्थन त सबैले गर्नुपर्छ नि। बच्चाहरूलाई थाहा छ– मलाई बेहदका बाबाले पढाउनुहुन्छ। त्यसैले बच्चाहरूलाई कति अपार खुसी हुनुपर्छ। यस पढाइबाट म विश्वको मालिक बन्छु। कोही-कोहीको त चलन गँगटो जस्तो छ। गँगटाहरूलाई बाबाले देवता बनाउनुहुन्छ। तैपनि चलन मुस्किलले कसैको सुध्रिन्छ। यस सिँढीको चित्रमा धेरै राम्रो ज्ञान छ। तर बच्चाहरूले त्यति काम गर्दैनन्। यात्रा नै गर्दैनन्। बाबालाई याद गरे त बुद्धिको ताला पनि खुल्दै जाओस्। स्वर्णिम बुद्धि बन्दै जाओस्। तिमी बच्चाहरूको पारसबुद्धि हुनुपर्छ, बहुतको कल्याण गर्नुपर्छ। तिमी सतोप्रधानबाट अहिले तमोप्रधान बनेका छौ, फेरि सतोप्रधान बन्नु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। श्रीकृष्णलाई श्याम-सुन्दर भन्छन्। बाबाले श्यामको आत्मालाई बसेर सम्झाउनुभएको छ। यस आत्मालाई थाहा छ– बाबाले मलाई विश्वको मालिक बनाउनुहुन्छ, त्यसैले खुसीले दिमाग कति पुर (भरपुर) हुनुपर्छ। यसमा घमण्डको कुनै कुरा छैन। बाबा कति निरहङ्कारी हुनुहुन्छ। बुद्धिमा कति खुसी रहन्छ। भोलि मैले हीरा-जुहारतका महल बनाउनेछु। नयाँ दुनियाँमा राजधानी चलाउनेछु। यो त एकदम पतित दुनियाँ हो। यस दुनियाँका मानिसहरू त कुनै कामका छैनन्, केही जान्दैनन्। हीरा जस्तो जीवन थियो, यो पनि देखाउनुपर्छ। उनीहरू नै फेरि ८४ जन्म लिएर कौडी तुल्य बन्छन्। यो सिँढीको चित्र नम्बर वन हो। फेरि दोस्रो नम्बरमा छ त्रिमूर्ति।

तिमीले भन्छौ– निकट भविष्यमा श्रेष्ठाचारी भारतवर्ष बन्नेछ। श्रेष्ठाचारी दुनियाँमा धेरै कम मानिसहरू हुनेछन्, अहिले कति धेरै मानिसहरू छन्। महाभारत लडाइँ पनि सामुन्ने खडा छ। सबै आत्माहरू लामखुट्टे जस्तै जानेछन्। आगो भड्किरहेको छ। सुधार्ने जति कोसिस गर्छन्, उति नै बिग्रिँदै जान्छन्। बाबाले बच्चाहरूलाई राजयोग सिकाइरहनुभएको छ। बच्चाहरूलाई कति नसा चढाउनुहुन्छ। कोही-कोही त यहाँबाट बाहिर निस्किएपछि सारा ज्ञान उड्छ। स्मृति केही पनि रहँदैन। नत्र गएर सर्भिस गरूँ भन्ने सोख होस्। बाबाले पनि गुण हेरेर सर्भिसमा पठाउनुहुन्छ नि। यसमा धेरै हर्षित रहनेछन्। सर्भिसमा खुसीको पारा चढ्नेछ। राम्रा-राम्रा पुराना बच्चाहरू साना-साना कुरामा आपसमा रुष्ट हुन्छन्। यी कुराहरूको कारण तिमीले सर्भिस नगर्ने हो र? सर्भिस त खुसीले गर्नुपर्छ। जसका साथ मिल्दैन, उसको अनुहार देख्नासाथ सर्भिसको विचार उड्छ। सर्भिसमा दिल लाग्दैन, तब किनारा गर्छन्। फेरि त ज्ञानी र अज्ञानीमा कुनै फरक रहेन। देह-अभिमानको ग्रहदशा आएर बस्छ। यो हो पहिलो नम्बरको रोग। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, देही-अभिमानी बन। आत्माले नै सबैथोक गर्छ नि। आत्मा नै विकारी र निर्विकारी बन्छ। स्वर्गमा निर्विकारी थियो। रावणराज्यमा आत्मा नै विकारी बनेको छ। यो पनि ड्रामा यस्तै बनेको छ, त्यसैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। जो निर्विकारी थिए, उनीहरू नै पतित विकारी बनेका छन्। म नै निर्विकारी थिएँ, अब विकारी बनेको छु, यो कसैको पनि बुद्धिमा छैन। म आत्मा मूलवतनको बासिन्दा हुँ। त्यहाँ त म आत्मा निर्विकारी हुनेछु। यहाँ शरीरमा आएर पार्ट खेल्दा-खेल्दै विकारी बनेका हौँ। यो बाबाले बसेर सम्झाउनुहुन्छ। आत्मा शान्तिधामबाट आउँदा अवश्य पवित्र नै हुन्छ, फेरि अपवित्र बनेको छ। पवित्र दुनियाँमा ९ लाख हुन्छन्। फेरि यति सबै आत्माहरू कहाँबाट आए? अवश्य शान्तिधामबाट आएका हुन्। त्यो हो पिसफुल निराकारी दुनियाँ। त्यहाँ सबै आत्माहरू पवित्र रहन्छन्, फेरि पार्ट खेल्दा-खेल्दै सतो-रजो-तमोमा आउँछन्। पावनबाट पतित हुनु छ। फेरि बाबा आएर सबैलाई पावन बनाउनुहुनेछ। यो ड्रामा चलिरहन्छ। ड्रामाको आदि-मध्य-अन्तको रहस्य बाबा बाहेक अरू कसैले बताउन सक्दैन। उहाँ बाबालाई कसैले चिन्दै चिन्दैनन्। ऋषि-मुनिहरू पनि नेति-नेति भनेर गए– हामीले भगवानलाई र उहाँको रचनालाई जान्दैनौँ। फेरि भन्छन् पनि– ईश्वर ज्ञानका सागर हुनुहुन्छ। उहाँ परमात्मा सर्व आत्माहरूका पिता, बीजरूप हुनुहुन्छ। उहाँ हुनुहुन्छ आत्माहरूको बीजरूप र यी प्रजापिता ब्रह्मा हुन् मनुष्य सृष्टिको बीजरूप। उहाँ निराकार बाबाले यिनमा प्रवेश गरेर मानिसद्वारा मानिसहरूलाई सम्झाउनुहुन्छ। उहाँलाई मनुष्य सृष्टिको बीजरूप भनिँदैन। उहाँ हुनुहुन्छ आत्माहरूका पिता र यी ब्रह्मा हुन् मनुष्य सृष्टिका प्रजापिता, जसमार्फत बाबा आएर ज्ञान दिनुहुन्छ। शरीर अलग, आत्मा अलग हो नि। मन-बुद्धि, चित्त आत्मामा हुन्छ। आत्मा पार्ट खेल्नको लागि आएर शरीरमा प्रवेश गर्छ।

तिमीलाई थाहा छ– कसैले शरीर छोड्छन् भने गएर अर्को पार्ट खेल्नेछन्, यसमा रुनाले के हुन्छ? गयो त गयो, फेरि आएर मेरो मामा, काका बन्छ र? रुनाले के फाइदा? तिम्री मम्मा गइन्, ड्रामा अनुसार पार्ट खेलिरहेकी छिन्। यसरी धेरै जान्छन्। कसैले कहाँ गएर जन्म लिन्छन्। जस्तो-जस्तो आज्ञाकारी बच्चा हुन्छ, त्यति नै अवश्य राम्रो घरमा जन्म लिएको होला। यहाँकाहरू राम्रै घरमा जानेछन्। नम्बरवार त हुन्छन् नि। जसले जस्तो कर्म गर्छन्, त्यस्तै घरमा जान्छन्। पछाडि तिमीले गएर राजाइ घरमा जन्म लिन्छौ। को राजाहरूको समीप जानेछन्, त्यो स्वयं बुझ्न सक्छन् नि। तैपनि दैवी संस्कार त लैजान्छन् नि। यसमा धेरै विशाल बुद्धिले विचार सागर मन्थन गर्नुपर्ने हुन्छ। बाबा ज्ञानका सागर हुनुहुन्छ। बच्चाहरू पनि ज्ञानको सागर बन्नु छ। नम्बरवार त छँदै छन्। पछि गएर उन्नति हुँदै जानेछ भनी बुझिन्छ। हुन सक्छ, आज जो काम गर्न सक्दैनन्, उनीहरू भोलि अरु भन्दा तीक्ष्ण जान सक्छन्। ग्रहदशा उतरियोस्। कसैमा राहुको ग्रहदशा बस्छ, तब नालीमा गिर्न पुग्छन्। हाड-जोर्नी नै खिइन्छन्। बेहदका बाबासँग प्रतिज्ञा गरेर फेरि गिर्छन् भने धर्मराजद्वारा सजाय पनि धेरै मिल्छ। यहाँ बेहदका बाबा, बेहदका धर्मराज हुनुहुन्छ, फेरि बेहदको सजाय मिल्छ। कुनै कुरामा आनाकानी गर्यौ वा उल्टो काम गर्यौ भने सजाय अवश्य खानेछौ। मैले भगवानको अवज्ञा गर्छु भनी बुझ्दैनन्। यति सबै कुरा बाबाले सम्झाइरहनुहुन्छ। श्रीमतमा चल, सर्भिसमा मदतगार बन। योगको यात्रामा बस। चित्रहरूमा सम्झाउने अभ्यास गर्यौ भने बानी पर्छ। नत्र उच्च पद कसरी मिल्नेछ? अज्ञानकालमा कसैको बच्चा बडो सपूत हुन्छ, कोही त कपूत पनि हुन्छन्। यहाँ पनि कोही-कोहीले त झट्टै बाबाको काम गरेर देखाउँछन्। त्यसैले बच्चाहरूले सर्भिस बेहदको गर्नु छ। बेहदका आत्माहरूको कल्याण गर्नु छ। सन्देश दिनु छ– मनमनाभव। बाबालाई याद गर्नाले तपाईंको बुद्धि तमोप्रधानबाट सतोप्रधान बन्नेछ। अहिले कलियुगी तमोप्रधान दुनियाँको अन्त छ। अब सतोप्रधान बन्नु छ। आत्माहरूको पनि त्यहाँ नम्बरवार दुनियाँ छ नि, जसले फेरि नम्बरवार आएर पार्ट खेल्छन्। आउने पनि नम्बरवार ड्रामा अनुसार नै हुन्। अहिले सबै आत्माहरू रावण राज्यमा दुःखी छन्। त्यो पनि कहाँ बुझ्छन् र? यदि कसैलाई तिमी पतित हौ भनिदियौ भने रिसाउँछन्। बाबा सम्झाउनुहुन्छ– यो हो नै विकारी दुनियाँ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो राज्य-भाग्य लिनेछौ। बाँकी सबै विनाश भएर फिर्ता जानेछन्। महाभारत लडाइँ लाग्नु छ, जसबाट सबै धर्म समाप्त भएर बाँकी एक धर्म रहनेछ भनी गाइएको छ। यस लडाइँ पछि स्वर्गको द्वार खुल्छ। कति राम्रोसँग बच्चाहरूलाई सम्झाउनुहुन्छ। पछि गएर तिम्रा कुरा सुनिरहनेछन् र आउँदै जानेछन्। सूर्यवंशी, चन्द्रवंशी जो पतित बनेका छन्, उनीहरूले नै आएर नम्बरवार आफ्नो वर्सा लिनेछन्। प्रजा त धेरै बन्नेछन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) भगवानका आज्ञाहरूको अवज्ञा कहिल्यै गर्नु छैन। बेहद सेवामा सपूत बच्चा बनेर मदतगार बन्नु छ।

२) ज्ञान धनको गुप्त खुसीले बुद्धिलाई भरपुर राख्नु छ। आपसमा कहिल्यै पनि रुष्ट हुनु छैन।

वरदान:– हरेक पाइला आदेशमा चलेर मायालाई कुर्बान गराउने सहजयोगी भव
जुन बच्चाहरू हरेक पाइला आदेशमा चल्छन्, उनीहरूको अगाडि सारा विश्व कुर्बान हुन्छ, साथसाथै माया पनि आफ्नो वंशसहित कुर्बान हुन्छ। पहिला तिमी बाबामाथि कुर्बान होऊ, तब माया तिमीमाथि कुर्बान हुनेछ र आफ्नो श्रेष्ठ स्वमानमा रहँदै हरेक आदेशमा चलिरह्यौ भने जन्म-जन्मान्तरको मुस्किलबाट छुट्नेछौ। अहिले सहजयोगी र भविष्यमा सहज जीवन हुनेछ। त्यसैले यस्तो सहज जीवन बनाऊ।
स्लोगन:– स्वयमको परिवर्तनद्वारा अन्य आत्माहरूको परिवर्तन गर्नु नै जीवनदान दिनु हो।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

संकल्प गर्यो र जुन स्थितिमा स्थित हुन चाह्यो त्यसमा स्थित हुने, यही हो बाबा समान सम्पूर्ण अवस्था वा कर्मातीत अन्तिम स्टेज। जति सम्पूर्ण अवस्थाको नजिक हुनेछौ अर्थात् बाबाको नजिक हुनेछौ, त्यसै अनुसार भविष्य प्रारब्धमा पनि राज्य अधिकारी हुनेछौ। जति नसा हुनेछ त्यति आफ्नो कर्मातीत अवस्थाको निसाना नजिक देखिनेछ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।