नेपाली मुरली · Brahma Kumaris

आजको मुरली

ओम शान्ति · BapDada · 2026 नोभेम्बर 26

आजको मुरली — हरेक बिहान नयाँ।

18
मुरली2026 नोभेम्बर 26 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

26-11-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– स्विट फादर र स्विट राजधानीलाई याद गर्यौ भने धेरै-धेरै स्विट (मीठो) बन्छौ।”
प्रश्न:– तिमी बच्चाहरू कुनचाहिँ पुरुषार्थ गरेर मनुष्यबाट देवता बन्छौ?
उत्तर:– तिमी अहिले ज्ञान मानसरोवरमा डुबुल्की मारेर ज्ञान परी बन्छौ, ज्ञान स्नानले तिम्रो चरित्र राम्रो बन्दै जान्छ। जुन पनि अवगुणहरू छन्, निस्कँदै जान्छन्। बाबा र विष्णुपुरीलाई याद गरेर तिमी पावन देवता बन्छौ। देवताहरूमा पवित्रताको नै आकर्षण छ। यही कारणले मानिसहरू देवताहरूका मन्दिरहरूमा टाढा-टाढाबाट तानिएर जान्छन्।
गीत:– हमारे तीर्थ न्यारे हैं...

ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। बच्चाहरू नै लकी सितारा भनेर गायन गरिएको छ। ज्ञान सूर्य, ज्ञान चन्द्रमा, ज्ञान लकी सितारा। ती सूर्य चन्द्रमाले त मण्डपलाई उज्यालो गर्छन्, त्यसैले तिम्रो महिमा गाइएको छ। तिमी ज्ञान सितारा हौ, तिनलाई ज्ञान सितारा भनिँदैन। ज्ञान सूर्य नाम सुनेर सायद त्यो सूर्य ज्ञान स्वरूप सम्झन्छन् किनकि ढुङ्गा-माटोमा भगवान हुनुहुन्छ भन्ने सम्झन्छन्, त्यसैले सूर्यलाई धेरै मान्छन्। आफूलाई सूर्यवंशी कहलाउँछन्। सूर्यको पूजा गर्छन्, झण्डा पनि सूर्यको छ। तिम्रो हो त्रिमूर्तिको झण्डा। कति वन्डरफुल छ। यसमा सत्यमेव जयते पनि लेखिएको छ। साँच्चै विश्वमा विजय त उहाँले नै प्राप्त गराउनुहुन्छ। तिमी शिव शक्ति पाण्डव सेना हौ। उनीहरूले नाम राखिदिएका छन्– त्रिमूर्ति मार्ग, त्रिमूर्ति हाउस। यसको अर्थ पनि बाबा सम्झाउनुहुन्छ– यी त्रिमूर्तिबाट म के कर्तव्य गराउँछु। ब्रह्माद्वारा स्थापना...। उनीहरूले त्रिमूर्तिबाट शिवलाई निकालेर चित्र खण्डित गरिदिएका छन्। अब तिमीलाई थाहा छ– यस त्रिमूर्तिको चित्रमा कति रहस्य छ। सत्य शिवबाबाले ब्रह्माद्वारा राजाइ दिनुहुन्छ। हामी बच्चाहरूले शिवबाबाद्वारा कल्प पहिला अनुसार फेरि पवित्रता, सुख-शान्ति र सम्पत्तिको राज्य लिइरहेका छौँ। पढाइ सधैँ ब्रह्मचर्यमा नै पढिन्छ। अहिले त कसै-कसैले विवाहपछि पनि कोर्स उठाउँछन् किनकि आम्दानी धेरै हुन्छ। यहाँ तिम्रो आम्दानी अनगिन्ती छ। बच्चाहरूलाई थाहा छ– शिवबाबा हामीलाई विश्वको मालिक बनाउन आउनुभएको छ। श्रीमत श्रेष्ठ गाइएको छ। बाबाको बच्चा बन्यो भने अवश्य बाबाको मतमा चल्नेछ। भाइ-भाइको मतमा होइन। त्यसमा त अनेक जन्म चले, त्यसबाट केही फाइदा भएन। अब बाबाको मतमा चल्नु छ। साधु-सन्त आदि सबै भाइ-भाइ हुन्। अहिले बाबा उच्च मत दिन आउनुभएको छ। प्राकृतिक चिकित्साका पनि धेरै औषधीहरू गर्छन्। ती सबै अल्पकालको लागि हुन्। यो २१ जन्मको लागि प्राकृतिक चिकित्सा हो। उनीहरूले चिसो पानीमा स्नान गर भन्छन्। यो गर, खान-पानको परहेज गर। यहाँ त्यो खान-पानको कुरा छैन। यहाँ त स्विट फादरले बच्चाहरूलाई भन्नुहुन्छ– अब मलाई याद गर्यौ भने तिमी धेरै स्विट बन्नेछौ। देवताहरू स्विट छन् नि, उनीहरूमा कति आकर्षण रहन्छ। पहिला शिवका मन्दिरहरू पनि अग्ला-अग्ला पहाडहरूमा बन्थे। मानिसहरू पैदल हिँडेर दर्शन गर्न जान्थे किनकि पवित्रताले तान्थ्यो। देवताहरू जब पवित्र थिए तब विश्वमा राज्य गर्थे। अब उनीहरूका चित्रहरूको अगाडि गएर वन्दना नमन गर्छन्। अब उहाँ स्विट फादरलाई याद त सबैले गर्छन्। उहाँ आउनु पनि यहीँ नै छ। अवश्य उहाँबाट वैकुण्ठका सुख मिल्छन् तब त उहाँलाई याद गर्छन्। जब रावण राज्यको अन्त्य हुनेछ तब त बाबा आएर स्वर्गको राजाइ दिनुहुनेछ। बाबा आउनु पनि भारतभूमिमा नै हुन्छ। शिव जयन्ती पनि यहाँ मनाउँछन् तर उहाँबाट के मिल्छ, कसैलाई थाहा छैन। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई स्विट बनाउन आएको हुँ। तिमी कति फोहोरी बनेका थियौ। बाबा नलेजफुल हुनुहुन्छ, अब तिमीलाई सबै ज्ञान मिलिरहेको छ। बीजलाई नै सारा ज्ञान हुन्छ नि। उहाँ बीज हुनुहुन्छ, सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ र फेरि ज्ञानको सागर हुनुहुन्छ, सत्य बोल्नुहुन्छ। उहाँ पनि आत्मा हुनुहुन्छ, तर परम हुनुहुन्छ। परम आत्मा अर्थात् परमात्मा। उहाँ सदैव परमधाममा बस्नुहुन्छ, उच्चभन्दा उच्च हुनुहुन्छ। नाम-रूपभन्दा न्यारा हुनुहुन्छ धेरैले भन्छन्। तर नाम-रूपभन्दा न्यारा कुनै पनि वस्तु हुँदैन। उहाँको नाम शिव हो। सबैले उहाँको पूजा गर्छन्, उहाँ निराकार हुनुहुन्छ। अब आउनुभएको छ। पहिला हामी देह-अभिमानी थियौँ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, आत्म-अभिमानी भव। गीतामा पनि मन्मनाभव छ। केवल त्यसमा शिवको सट्टा श्रीकृष्णको नाम राख्नाले खण्डन भएको छ। तैपनि किताब पढ्नाले राजाइ मिल्छ र? राजाइ सत्ययुगमा हुन्छ। अवश्य बाबा सङ्गममा आउनुहुनेछ। अहिले ड्रामा अनुसार भक्ति पूरा हुन्छ। भक्तिपछि ज्ञान छ। यो पुरानो दुनियाँ हो, सत्ययुग नयाँ दुनियाँ हो। सत्ययुगमा सूर्यवंशीले राज्य गर्थे। यो राजयोग हो। नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने। सत्ययुगमा यिनीहरूको राज्य थियो। अब कलियुगमा हेर के छ! अब तिमी सत्ययुगमा जानको लागि फेरि पढिरहेका छौ। भक्तिमार्गका जुन पनि यति वेद-शास्त्र आदि छन् तिनलाई छोड्नुपर्छ। ज्ञान मिल्यो अनि भक्तिको आवश्यकता छैन। ज्ञानबाट हामी विश्वको मालिक बन्छौँ।

बाबा भक्तिको फल दिन आउनुभएको छ। ज्ञान सुनाइरहनुभएको छ। अब हामी पतितबाट पावन पनि अवश्य बन्नु नै छ किनकि पतित त फिर्ता जान सक्दैनन्। मुक्तिधाममा पनि सबै पावन आत्माहरू रहन्छन्। सुखधाममा पनि सबै पवित्र रहन्छन्। अहिले कलियुगमा सबै पतित छन्। अब उनीहरूलाई पावन कसले बनाउँछ? पतित-पावन एक बाबा हुनुहुन्छ। अब बाबा भन्नुहुन्छ– म यिनको धेरै जन्महरूको अन्तको जन्ममा आउँछु। सबैभन्दा धेरै नम्बर वन भक्त यी दादा थिए। फेरि ब्रह्मा भन वा लक्ष्मी-नारायणको आत्मा भन। यो बुझ्नको लागि धेरै गूढ कुरा हो। विष्णुको नाभिबाट ब्रह्मा र ब्रह्माको नाभिबाट विष्णु निस्किए... विष्णु ८४ जन्मपछि ब्रह्मा बन्छन्। यी कुरा कुनै शास्त्रहरूमा छैनन्। बाबा पनि गीता पाठी थिए। जब ज्ञान आयो, बाबाले त विश्वको बादशाही दिनुहुन्छ भनी देखे। विष्णुको पनि साक्षात्कार भयो अनि तुरुन्तै गीता आदि छुट्यो। बाबाको प्रवेशता थियो नि। फेरि कहिल्यै हात पनि लगाएनन्। एक बाबालाई नै याद गर्न थाले। यिनी भन्छन्– म पनि ती बाबाबाट सुन्न थालेँ। शिवबाबा भन्नुहुन्छ– मैले जब बच्चाहरूलाई सुनाउँथेँ तब यिनले पनि सुन्थे। यिनको तनमा म प्रवेश गरेर आएको छु, त्यसैले यिनको नाम अर्जुन राखिएको छ। शास्त्रहरूमा घोडाको रथ देखाउँछन्। कति फरक छ। घोडा गाडीमा एक जनालाई बसेर ज्ञान दिनुभयो र? यो कसरी हुन सक्छ भनी अहिले तिमीले बुझेका छौ। तिमीले यथार्थमा देखिरहेका छौ– बाबाले कसरी पढाउनुहुन्छ। कति सेन्टरहरू छन्। पढाउनको लागि अवश्य पाठशाला चाहिन्छ, न कि युद्धको मैदान। बाबाले राजयोग सिकाउनुहुन्छ। सत्ययुगमा कुनै शास्त्र हुँदैन। मैले अब ज्ञान सुनाएँ बस्, सत्ययुगमा आवश्यकता नै हुँदैन। पुरानो दुनियाँको जे जति छ यो सबै खाकमा मिल्नेछ। यो राजस्व अश्वमेध यज्ञ हो। अश्व यस रथलाई भनिन्छ, यसलाई पनि स्वाहा गर्नु छ। आत्मा बाबाको बन्यो अनि यो पुरानो शरीर पनि खत्तम हुनेछ। कृष्णपुरीमा यो फोहोरी शरीर जान्छ र? आत्मा अमर छ। होलीमा देखाउँछन्– रोटी जल्छ, धागो जल्दैन। बाबाले फेरि बेहदको कुरा सम्झाउनुहुन्छ– आजसम्म जे सुनेका छौ त्यो भुलिदेऊ। अब भारतवर्ष झुटखण्ड बनेको छ, हिजो सचखण्ड थियो। सचखण्ड बाबाले बनाउनुभयो अनि रावणले झुटखण्ड बनायो। यो रावण सबैको पुरानो दुश्मन हो। बस्, कसैले जे बोल्यो त्यसमा चलिहाल्छन्। जस्तै देलवाडा मन्दिरमा आदि देवको नाम महावीर राखिदिएका छन्। महावीर हनुमानलाई भनिन्छ। अब कहाँ उनी, कहाँ यिनी। यस मन्दिरमा हुबहु तिम्रो यादगार छ। माथि स्वर्ग, तल तपस्या। आदिनाथको मूर्ति सुनको बनाएका छन्। भन्छन् नि– भारतवर्ष सुनको चरा थियो। भारतवर्षमा जति सुन अरू कुनै ठाउँमा छैन। सुनका महल बनेका थिए। छतहरूमा, पर्खालहरूमा हीरा-जुहारत जडिएका थिए। मन्दिरहरूमा कति हीरा-जुहारत थिए जुन पछि लुटिए। मस्जिदहरूमा गएर लगाए। त्यसो भए त्यसबेला के मूल्य होला! अथाह धन थियो तब त लुटेर लगे। प्राचीन भारतवर्ष धेरै धनवान् थियो, यो सबैलाई थाहा छ। अहिले कति गरिब बनेको छ। गरिबमाथि दया लाग्छ। रावणले कति कङ्गाल बनाएको छ। बाबाले फेरि सम्पन्न बनाउनुहुन्छ। यो बेहदको नाटक हो, यसको आदि-मध्य-अन्त्य कसैले पनि जान्दैनन्। बाबा नलेजफुल हुनुहुन्छ। सबैको भित्र बसेर हेर्छु भन्ने त्यस्तो होइन। यो सबै ड्रामामा निश्चित छ। जसले पाप गर्छन् उनीहरूलाई सजाय त मिल्छ नै। मलाई त नलेजफुल, पतित-पावन नै भन्छन्। पुकार्छन्– हे बाबा आउनुहोस्, आएर हामीलाई ज्ञान दिनुहोस्। पावन बनाउनुहोस्, त्यसैले म यो कार्य आएर गर्छु। बाँकी शास्त्रहरूका जुन कुरा छन्, ती भुलिदेऊ र म जे सुनाउँछु त्यो सुन भनी बाबा भन्नुहुन्छ। अब बाबाद्वारा राजयोग सिकिरहेका छौ। फेरि सूर्यवंशी बन्नेछौ। फेरि चन्द्रवंशी, वैश्यवंशी, शूद्रवंशी बन्नेछौ। यो ज्ञान तिम्रो बुद्धिमा छ। सत्ययुगमा सबै भुलिनेछ। त्यहाँ बाबालाई कसैले याद गर्दैनन्। वर्सा मिल्यो अनि केको लागि याद गर्छन् र? कति राम्रोसँग सम्झाइन्छ। यी कुरा कुनै शास्त्रहरूमा छैनन्। वृक्षपति बाबा नै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– मलाई याद गर। रचयिता एक हुनुहुन्छ कि ढुङ्गा-माटो पनि रचयिता हुन्छन्?

बाबा भन्नुहुन्छ– रावणले तिम्रो बुद्धि कति खराब गरिदिएको छ। ठुला-ठुला विद्वानहरूलाई कति अहङ्कार छ। बाबालाई जान्दै जान्दैनन्। न रचनाको आदि-मध्य-अन्त्य जान्दछन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई राजाइ दिएँ। तिमीले सबै धन-दौलत खत्तम गरिदियौ, अब भीख मागिरहेका छौ, त्यसैले आसुरी सम्प्रदाय भनिएको हो। देवताहरूको कति महिमा गाएका छन्। फेरि भन्छन्– हम निर्गुण हारे में कोई गुण नाही। अब तिमी बच्चाहरूले गुण धारण गर्नु छ, अवगुणहरूलाई निकालिदेऊ। रावणले तिमीलाई बाँदर समान बनाइदिएको छ। अब बाबाले तिमीलाई देवता बनाउनुहुन्छ। जसमा ५ विकार छन् उनीहरूलाई बाँदर भनिन्छ। (नारदको उदाहरण) अहिले तिम्रो चरित्र सुध्रिदै जान्छ अनि हामी देवता बन्नेछौ। यस ज्ञान मानसरोवरमा डुबुल्की मारेर हामी ज्ञान परी बन्छौ। उनीहरूले फेरि पानीलाई मानसरोवर सम्झिएका छन्। यो ज्ञान स्नानको कुरा हो। बाबाले हुबहु ५ हजार वर्ष पहिला अनुसार हामीलाई सम्झाइरहनुभएको छ भनी यो त बच्चाहरूलाई थाहा छ– यसमा कुनै संशय पर्न सक्दैन। पतित-पावन बाबालाई र विष्णुपुरीलाई याद गर्यौ भने तिमी पावन बन्नेछौ। मानिसहरूले मुक्तिको लागि कति मेहनत गर्छन् तर घरको कसैलाई पनि थाहा छैन। कसैले आत्मा लीन हुन्छ भन्ने सम्झन्छन्। कसैले आत्माले अर्को शरीर लिँदैन भन्ने सम्झन्छन्। अनेक मत छन्, बाबालाई कसैले जान्दै जान्दैन। सारा दुनियाँले श्रीकृष्ण भगवानुवाच सम्झन्छ। यहाँ बाबा भन्नुहुन्छ– शिव भगवानुवाच। कति रात-दिनको फरक छ। नाम नै एकदम बदलिदिएका छन्। अच्छा!

मीठा-प्यारा बच्चाहरू, बापदादा दुवै भन्नुहुन्छ। दुवैका बच्चाहरू हौ नि। यिनी पनि विद्यार्थी, तिमीहरू पनि विद्यार्थी। यिनले पनि पढिरहेका छन्। जो विश्वलाई पावन बनाउने सेवामा छन्, उनीहरू नै बच्चाहरू ठहरिए। जो पावन बन्दैनन् उनीहरूलाई देखेर पनि बाबाले देख्नुहुन्न। सम्झनुहुन्छ सजाय खाएर फेरि आएर भान्से बन्नेछन्। जो पावन बन्छन्, उनीहरू विश्वको मालिक बन्नेछन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) स्विट बन्नको लागि स्विट बाबालाई धेरै स्नेहले याद गर्नु छ। सच्चा बाबासँग सच्चा रहनु छ। एक बाबाको श्रेष्ठ मतमा चल्नु छ।

२) पुरुषार्थ गरेर सम्पूर्ण बन्नु छ। विश्वलाई पावन बनाउने सेवा गर्नु छ। कुनै पनि कुरामा संशय उठाउनु छैन।

वरदान:– ज्ञानी तू आत्मा बनेर ज्ञान सागर र ज्ञानमा समाउने सर्व प्राप्ति स्वरूप भव
जो ज्ञानी तू आत्माहरू हुन् उनीहरू सदा ज्ञान सागर र ज्ञानमा समाइरहन्छन्, सर्व प्राप्ति स्वरूप भएको कारणले इच्छा मात्रम् अविद्याको स्टेज स्वतः रहन्छ। जो अंश मात्र पनि कुनै स्वभाव-संस्कारको अधीन छन्, नाम-मान-शानका मगन्ते छन्, के, किनको प्रश्नमा चिच्याउने, पुकार्ने, भित्र एउटा बाहिर अर्को रूप भएका छन्– उनीहरूलाई ज्ञानी तू आत्मा भन्न सकिँदैन।
स्लोगन:– यस जीवनमा अतीन्द्रिय सुख र आनन्दको अनुभूति गर्नेहरू नै सहजयोगी हुन्।

अव्यक्त इसारा:– ब्रह्मा बाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

ब्राह्मण जीवनको लक्ष्य ब्रह्मा बाबा समान सम्पन्न वा कर्मातीत बन्नु हो। यस लक्ष्यलाई पाउनको लागि विशेष स्वयंमा समेट्ने शक्ति, समाउने शक्ति धारण गर। कर्मबन्धनी आत्माहरू जहाँ छन् त्यहीँ नै कार्य गर्न सक्छन् जबकि कर्मातीत आत्माहरूले एउटै समयमा चारैतिर सेवाको पार्ट खेल्न सक्छन् किनकि कर्मातीत हुन्। उनीहरूको स्पिड धेरै तीव्र हुन्छ, सेकेन्डमा जहाँ चाहे त्यहाँ पुग्न सक्छन्।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।