नेपाली मुरली · Brahma Kumaris

आजको मुरली

ओम शान्ति · BapDada · 2026 नोभेम्बर 28

आजको मुरली — nepali murli today, aajako murali.

18
मुरली2026 नोभेम्बर 28 · नेपाली
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

28-11-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– सबैलाई एक बाबाको नै परिचय देऊ , एक बाबासँग लेन-देन राख , बाबालाई नै आफ्नो सच्चा चार्ट देऊ।”
प्रश्न:– बच्चाहरूबाट आजसम्म पनि अनेक प्रकारका भूल भइरहन्छन्, त्यसको कारण के हो?
उत्तर:– मुख्य कारण हो– योगमा धेरै कच्चा छन्। बाबाको यादमा रहने हो भने कहिल्यै कुनै नराम्रो काम हुन सक्दैन। नाम-रूपमा फस्यौ भने योग लाग्न सक्दैन। तिमी पतितबाट पावन बन्ने धुनमा बस। निरन्तर शिवबाबाको यादमा बस, तिमीहरूको आपसमा शारीरिक प्रेम हुनु हुँदैन।
गीत:– जले न क्यों परवाना...

ओम् शान्ति। यी भक्तिमार्गका गीत गाइएका छन्। आखिरमा यी सबै बन्द हुनेछन्, यिनको आवश्यकता छैन। गायन पनि छ– एक सेकेन्डमा बाबाबाट वर्सा मिल्छ। तिमीलाई थाहा छ– बेहदका बाबाबाट जीवनमुक्तिको वर्सा मिल्छ। जीवनमुक्ति अर्थात् यस दुःखधामबाट मुक्त, भ्रष्टाचारीपनबाट मुक्त। फेरि के बन्नेछौ? त्यसको लागि उद्देश्य-लक्ष्य त धेरै राम्रोसँग सम्झाउनुपर्ने छ। बाबाले राति पनि सम्झाउनुभयो– कोही पनि आउँछन् भने पहिला उच्चभन्दा उच्च भगवानको परिचय देऊ। यहाँको उद्देश्य के हो भनी सोध्छन्। तब पहिला सुरुमा बेहदका बाबाको परिचय दिनु छ। अब उहाँ भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पावन बन्नेछौ। हे पतित-पावन आउनुहोस् भनी गाउँछन् पनि। त्यसोभए बाबालाई अवश्य कुनै अधिकार होला नि। कुनै त पार्ट मिलेको होला। उहाँलाई उच्चभन्दा उच्च बाबा भनिन्छ। उहाँ भारतभूमिमा नै आउनुहुन्छ। विश्वलाई नै आएर उच्चभन्दा उच्च बनाउनुहुन्छ। वैकुण्ठको सौगात लिएर आउनुहुन्छ। मनुष्य सृष्टिमा उच्चभन्दा उच्च देवी-देवताहरू, सूर्यवंशी घराना हुन्, जसले सत्ययुगमा राज्य गर्थे। सत्ययुग स्थापना गर्ने उच्चभन्दा उच्च भगवान नै हुनुहुन्छ। उहाँलाई स्वर्ग स्थापना गर्ने, स्वर्ग रच्ने परमपिता पनि भन्छन्। उहाँ बाबा हुनुहुन्छ, उहाँको लागि बाबा सर्वव्यापी हुनुहुन्छ भनी कहिल्यै यसरी भन्न सकिँदैन। सर्वव्यापी भन्नाले बाबाको वर्सा गुम हुन्छ। कति मीठा कुरा छन्, बाबा अर्थात् वर्सा। अवश्य आफ्ना बच्चाहरूलाई नै वर्सा दिनुहुन्छ। सबै बच्चाहरूको बाबा एक मात्र हुनुहुन्छ। उहाँ आएर सुख-शान्तिको वर्सा दिनुहुन्छ, राजयोग सिकाउनुहुन्छ। बाँकी त सबै आत्माहरू हिसाब-किताब चुक्ता गरेर फिर्ता जानेछन्। अहिले पुरानो दुनियाँ खत्तम हुनेछ। त्यसको लागि यो महाभारत लडाइँ हो। अनेक धर्महरूको विनाश, एक धर्मको स्थापना हुनु छ। बुद्धिले पनि भन्छ– अवश्य कलियुगपछि सत्ययुग आउनुपर्छ। देवी-देवताहरूको इतिहास रिपिट हुन्छ। ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ भनेर गाइएको पनि छ। उच्चभन्दा उच्च पद प्राप्त गराउनुहुन्छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, यो अन्तिम जन्म पवित्र बन। अब मृत्युलोक मुर्दाबाद र अमरलोक जिन्दाबाद हुनु छ। तिमीहरू सबै पार्वतीहरू हौ, अमरकथा सुनिरहेका छौ। बच्चा र बच्चीहरू दुवै अमर बन्नेछन् नि। यसलाई अमरकथा भन, तीजरीको कथा भन। प्रायः माताहरूले नै कथा सुन्छन्। के अमरपुरीमा पुरुषहरू हुँदैनन् र? दुवै नै हुनेछन्, भक्तिमार्गका शास्त्रहरूले के भन्छन् र बाबाले के भन्नुहुन्छ भनी बाबाले नै सम्झाउनुहुन्छ। यो पनि भन्छन्– भक्तिको फल दिन भगवान आउनुहुन्छ अवश्य सत्ययुगमा यी देवी-देवताहरूकै विश्वमा राज्य थियो। यिनीहरूलाई कसले फल दियो? कुनै पनि साधु-संन्यासी आदिले त दिन सक्दैनन्। यो पनि थाहा छ, भक्ति पनि सबैले एकै जस्तो गर्दैनन्। जसले धेरै भक्ति गर्छ उसलाई फल पनि अवश्य त्यस्तै मिल्नेछ। जो पूज्य थिए उनीहरू नै पुजारी बने, फेरि पूज्य बन्नेछन्। भक्तिको फल त मिल्छ नि। यी सबै कुरा पनि सम्झाउनुपर्छ। पहिला सुरुमा त्रिमूर्तिमा सम्झाउनु छ। पहिला सिँढीको चित्रमा लैजाने होइन। यी विस्तारका कुरा हुन्। पहिला सुरुमा बाबाको परिचय दिनु छ। उहाँ उच्चभन्दा उच्च हुनुहुन्छ। अनि ब्रह्मा, विष्णु, शङ्करको, फेरि लक्ष्मी-नारायणको। बाँकी भक्तिमार्गका चित्र त अथाह छन्। पहिला सुरुमा यो भन– बेहदको बाबा हुनुहुन्छ, जसबाट हामीले बेहद स्वर्गको वर्सा लिन्छौँ। उच्चभन्दा उच्च भगवानले वर्सा पनि उच्चभन्दा उच्च दिनुहुन्छ। भारतवर्षमा शिव जयन्ती पनि मनाइन्छ, अवश्य स्वर्ग रच्ने परमपिताले आएर स्वर्ग स्थापना गर्नुभएको होला। बाबाले नै स्वर्ग स्थापना गर्नुहुन्छ अनि ५ हजार वर्षपछि नर्क हुन्छ। राम पनि आउनुपर्छ, त्यस्तै समयमा रावण पनि आउनुपर्छ। रामले वर्सा दिनुहुन्छ, रावणले श्राप दिन्छ। ज्ञान अर्थात् दिन पूरा भएर रात हुन्छ। दिनमा केवल सूर्यवंशी, चन्द्रवंशी। यी कुरा संक्षेपमा सम्झाउन धेरै सहज छन्। पहिला सुरुमा उच्चभन्दा उच्च बाबाको परिचय दिएर पक्का गराउनुपर्छ। मूल कुरा नै यही हो। सत्ययुगमा देवी-देवता घराना थियो। सतोप्रधान थिए अनि सतो-रजो-तमोमा आए। यो चक्र हो। एउटै चिज कायम रहन सक्दैन। तिमी बच्चाहरूको बुद्धिमा यही याद रहोस्– उच्चभन्दा उच्च बाबालाई याद गर्नु छ। यस यादमा धेरै कच्चा छन्। बाबाले पनि आफ्नो अनुभव सुनाउँछन्– याद नै घरि-घरि भुलिन्छ किनकि यिनलाई धेरै ख्यालहरू रहन्छन्। तब त जसको शिरमा जिम्मेवारी छ, उनीहरू कसरी यादमा रहन सकून् भनिन्छ। बाबाको सारा दिन ख्याल चलिरहन्छ। कति कुरा सामुन्ने आउँछन्। बाबालाई बिहान उठेर बस्नमा धेरै मज्जा आउँछ। नसा पनि रहन्छ। बस्, यो स्थापना भएपछि म फेरि विश्वको महाराजा बन्नेछु। जसरी बाबाले मुख्य कुरा बाबाको परिचय हो भनी आफ्नो अनुभव सुनाउँछन्। अरू जुनसुकै कुरा कसैले भनोस्, भन– यसबाट कुनै फाइदा छैन। हामी तपाईंलाई उच्चभन्दा उच्च बाबाको परिचय दिन्छौँ। उहाँले नै विश्वको मालिक बन्ने उच्चभन्दा उच्च वर्सा दिनुहुन्छ। आर्य समाजीले देवताहरूका चित्रहरूलाई मान्दैनन्। तिमीहरूसँग चित्र देख्छन् तब नै बिग्रन्छन्। जसले वर्सा लिनु छ उनीहरूले शान्तिले आएर सुनिरहनेछन्। मुख्य एक कुरा नै उच्चभन्दा उच्च भगवानको हो। उच्चभन्दा उच्च ब्रह्मा, विष्णु, शङ्करलाई भनिँदैन। उच्चभन्दा उच्च बाबाबाट नै वर्सा मिल्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। यो कुरा पक्का गर। भगवान एक हुनुहुन्छ। बाबा अर्थात् वर्सा। भारतभूमिमा आएर वर्सा दिनुहुन्छ। ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना, शङ्करद्वारा विनाश। यस महाभारत लडाइँले नै स्वर्गको गेट खुल्छ। पतितबाट पावन बन्छन्। बेहदका बाबाबाट नै विश्वलाई वर्सा मिलिरहेको छ। अर्को कुनै कुरा छैन। यहाँ एक कुरा छ। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि तिम्रो खोट निस्कन्छ। यो कुरा जब बुझ्छन् तब अरू केही सम्झाउनू। यी जुन यति चित्र छन्, यी विस्तार हुन्। हामी भन्छौँ– ज्ञान अमृत पिएर पवित्र बन। उनीहरू भन्छन्– विष चाहिन्छ। त्यसमा पनि यी चित्र छन्, तब अमृत छोडेर विष किन खाने भन्छन्।

यो रुहानी ज्ञान रुहानी पिताले नै दिनुहुन्छ। उहाँ बाबा कसरी सर्वव्यापी हुनुहोला र? तपाईंले बाबालाई सर्वव्यापी मान्नुहुन्छ भने मान्नुहोस्, हामी अब मान्दैनौँ। पहिला हामी मान्थ्यौँ। अब बाबाले यो भूल हो भनी बताउनुभएको छ। बाबाबाट वर्सा मिल्छ। अहिले भारतवर्ष नर्क छ, त्यसलाई फेरि हामीले स्वर्ग अर्थात् पवित्र गृहस्थ आश्रम बनाउँछौँ। आदि सनातन देवी-देवताहरूको पवित्र गृहस्थ आश्रम थियो। अहिले अपवित्र विकारी दुनियाँ छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। उच्चभन्दा उच्च शिवबाबा रचयिता हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। अहिले कलियुगमा धेरै मानिसहरू छन्, सत्ययुगमा त धेरै कम मानिसहरू हुन्छन्। त्यसबेला बाँकी सबै शान्तिधाममा हुन्छन्। अवश्य अब लडाइँ लाग्नेछ तब त मुक्तिमा जानेछन्। यी सबै कुरा बच्चाहरूको बुद्धिमा रहनुपर्छ। बच्चाहरूले सेवा अवश्य गर्नु छ। सेवाले नै उच्च पद पाउनेछौ। आपसमा मिलाप भएन भनेर शिवबाबालाई भुल्ने वा शिवबाबाको सेवा गर्न छोडिदिने होइन। नत्र त यो पद भ्रष्ट हुनेछ। फेरि यिनले सेवा गर्नुको सट्टा डिससर्भिस गरिदिनेछन्। आपसमा नुनपानी भएर सेवालाई छोडिदिनु, यो जस्तो नराम्रो काम कुनै हुँदैन। बाबालाई याद गर्यौ भने कमाइ पनि हुनेछ। अहिले ज्ञान मिलेको छ, होली बन र बाबालाई याद गर। धुरिया ज्ञानको रिमझिमलाई भनिन्छ। ज्ञान र विज्ञान भनिन्छ। विज्ञान योग हो, ज्ञान सृष्टि चक्रको हो। होली-धुरिया, मानिसहरू केही बुझ्दैनन्। बाबालाई याद गर्नु र ज्ञान सबैलाई सुनाउनु। बाबाले बारम्बार सम्झाउनुहुन्छ– उच्चभन्दा उच्च बाबालाई सर्वव्यापी भन्न सकिँदैन। नत्र स्वयंले कसलाई याद गर्छन्? बाबा भन्नुहुन्छ– निरन्तर मलाई याद गर। तर रचयितालाई जान्दैनन् भने के मिल्छ र! नजानेको कारणले सर्वव्यापी भनिदिन्छन्। त्यसैले उच्चभन्दा उच्च सिद्ध गरेर सम्झायौ भने सर्वव्यापीका कुरा बुद्धिबाट निस्कन्छन्। हामी सबै भाइहरू हौँ। बाबाले हरेक ५ हजार वर्षपछि आएर वर्सा दिनुहुन्छ। सत्ययुगमा देवी-देवता हुनेछन्। बाँकी सबै मुक्तिमा जानेछन्। सबैलाई बाबाको परिचय दिइराख। क्राइस्टको प्रार्थना गर्छन्– भन, क्राइस्ट त सबैका फादर होइनन् नि। सबैको फादर त निराकार हुनुहुन्छ, जसलाई नै आत्माले पुकार्छ– ओ गड फादर, क्राइस्ट उहाँको पुत्र गाइएको छ। पुत्रबाट कसरी वर्सा मिल्छ? क्राइस्ट त रचना हुन्। क्राइस्टलाई याद गर्नाले आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ, यसरी कुनै पनि शास्त्रमा लेखिएको छैन। केवल गीतामा नै छ– म एकलाई याद गर। परमपिता परमात्माको शास्त्र गीता नै हो। केवल बाबाको नाम बदलेर श्रीकृष्णको नाम लेखिदिएका छन्। यो भूल गरिदिएका छन्। उच्चभन्दा उच्च बाबा हुनुहुन्छ, उहाँले नै सुख-शान्तिको वर्सा दिनुहुन्छ। शिवको चित्र सबैले आफूसँग राख्नु छ। शिवबाबाले यो वर्सा दिनुहुन्छ अनि ८४ जन्ममा गुमाइदिन्छन्। सिँढीमा सम्झाउनु छ– पतित-पावन बाबाले नै आएर पावन बन्ने युक्ति बताउनुहुन्छ। उनीहरू श्रीकृष्ण भगवानुवाच भन्छन्, तिमी शिव भगवानुवाच भन्छौ। पहिलो तलामा उच्च बाबा बस्नुहुन्छ अनि दोस्रो तलामा सूक्ष्मवतन। यो तेस्रो तला हो। सृष्टि यहाँ छ, पछि सूक्ष्मवतनमा जान्छन्। त्यहाँ धर्मराजको अदालत बस्छ, सजाय मिल्छ। सजाय खाएर पवित्र बनेर माथि जान्छन्। बाबाले सबै बच्चाहरूलाई लैजानुहुन्छ। अहिले सङ्गम हो। यसलाई १०० वर्ष दिनुपर्छ। बच्चाहरूले सोध्छन्– बाबा, स्वर्गमा के-के हुनेछ? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, त्यो पछि गएर हेर्नू। पहिला तिमी बाबालाई चिन, पतितबाट पावन बन्ने धुनमा बस। स्वर्गमा जे हुनु छ त्यो भइरहनेछ। तिमी यस्तो पावन बन जसले गर्दा नयाँ दुनियाँको बाबाको पूरा वर्सा मिलोस्। बाँकी बीचमा के हुन्छ, यो पनि पछि गएर हेर्नु छ। त्यसैले यी सबै कुरा याद राख्नुपर्छ। याद नरहेको कारणले समयमा बुझ्दैनन्, भुल्छन्। बच्चाहरूले कर्म पनि असल गर्नु छ। बाबाको यादमा रहनाले नराम्रो काम हुँदै हुँदैन। धेरै नराम्रा कर्म पनि गर्छन्। केवल यही ब्राह्मणीको राम्रो लाग्छ भन्ने हुँदैन। ती ब्राह्मणी गइन् भने स्वयं पनि खलास। ब्राह्मणीको कारणले मर्छन्। अर्थात् बाबाबाट वर्सा लिनबाट मरे। यसलाई पनि दुर्भाग्य भनिन्छ।

कति बच्चाहरू एक-अर्काको नाम-रूपमा फसेर मर्छन्। यहाँ तिम्रो शारीरिक प्रेम हुनु हुँदैन। निरन्तर शिवबाबालाई याद गर्नु छ। कसैसँग पनि लिनु-दिनु छैन। भन– मलाई किन दिन्छौ? तिम्रो योग त शिवबाबासँग छ नि। जसले प्रत्यक्ष दिँदैनन्, उनीहरूको शिवबाबाकहाँ जम्मा हुँदैन। ब्रह्माद्वारा स्थापना हुन्छ भने उनैद्वारा सबैथोक गर्नु छ। बीचमा कसैले खाइदियो भने शिवबाबाकहाँ त जम्मा भएन। शिवबाबालाई दिनु छ भने ब्रह्मामार्फत देऊ। सेन्टर पनि ब्रह्मामार्फत नै खोल। आफैँ सेन्टर खोल्छन् भने त्यो सेन्टर भयो र? बापदादा दुवै सँगै हुनुहुन्छ। यिनको हातमा आयो अर्थात् शिवबाबाको हातमा आयो। कति सेन्टरहरू छन् जसको कुनै समाचार नै छैन। शिवबाबा, हजुरको सेन्टरको यो चार्ट हो भनी लेख्नुपर्छ। सेठकहाँ हिसाब आउनुपर्छ नि। धेरैको शिवबाबाकहाँ जम्मा हुँदैन। यति अक्कल पनि छैन, चाहे ज्ञान धेरै छ तर युक्ति आउँदैन। बस्, मैले सेन्टर खोलेँ। तिमीले जसलाई दियौ, उसले सेन्टर खोल्यो। त्यो शिवबाबाले खोल्नुभयो र? त्यो सेन्टरले फेरि जोर पनि भर्दैन। सेन्टर खोल्नु छ भने शिवबाबामार्फत खोल। शिवबाबा, म यो दिन्छु, यसमा लगाइदिनुहोला। बच्चाहरूले धेरै भूल गर्छन्। योगमा धेरै कच्चा छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) ज्ञानको साथ-साथै आफ्नो भविष्य बनाउने युक्ति पनि सिक्नु छ। एक बाबाबाट वर्सा लिनु छ। कुनै देहधारीको पछाडि दुर्भाग्यशाली बन्नु छैन।

२) आपसमा कुनै कुराको कारणले बाबाको सेवा छोड्नु छैन। बिहान सवेरै उठेर आफैँसँग कुरा गर्नु छ। याद गर्ने मेहनत गर्नु छ।

वरदान:– आफ्ना श्रेष्ठ धारणाहरूप्रति त्यागमा भाग्यको अनुभव गर्ने सच्चा त्यागी भव
ब्राह्मणहरूको श्रेष्ठ धारणा सम्पूर्ण पवित्रता हो। यही धारणाको लागि गायन छ– “प्राण जाओस् तर धर्म नजाओस्।” कुनै पनि प्रकारको परिस्थितिमा आफ्नो यस धारणाप्रति केही पनि त्याग गर्नुपरे, सहन गर्नुपरे, सामना गर्नुपरे, साहस राख्नुपरे तापनि खुसी-खुसीले गर– यसमा त्यागलाई त्याग नसम्झेर भाग्यको अनुभव गर तब सच्चा त्यागी भनिन्छ। यस्तो धारणा भएकालाई नै सच्चा ब्राह्मण भनिन्छ।
स्लोगन:– सर्वशक्तिहरूलाई आफ्नो अर्डरमा राख्नेहरू नै मास्टर सर्वशक्तिमान् हुन्।

अव्यक्त इसारा:– ब्रह्मा बाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

जसरी साकारमा देख्यौ– अन्तिम सम्पन्न र कर्मातीत स्टेजको पार्ट केवल ब्लेसिङ दिने रह्यो, ब्यालेन्सको पनि विशेषता र ब्लेसिङको पनि कमाल रह्यो। यसरी नै फलो फादर गर। सहज र शक्तिशाली सेवा यही हो। अब विशेष आत्माहरूको पार्ट ब्लेसिङ दिने हो। चाहे नयनहरूबाट देऊ, चाहे मस्तकमणिद्वारा। कर्म गर्दा पनि कर्मका बन्धनहरूबाट सदा अतीत अर्थात् न्यारा रहने गर। कहिल्यै कर्महरूको वशीभूत होइन, कर्मेन्द्रियहरूद्वारा हरेक कर्म गर्दै अधिकारीपनको नसामा रहने गर, यही सम्पूर्णताको स्टेज हो।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

Also searched asnepali murli today · aajako murali nepali · aajko murli · नेपाली मुरली · bk murli today in nepali · bk nepali murli · nepali murali · nepali murli · todays murli in nepali · nepali pdf murli · daily murli nepali

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।