| 27-11-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– भारतभूमि सबैको तीर्थस्थान हो , त्यसैले सबै धर्मकाहरूलाई भारतभूमि तीर्थको महिमा सुनाऊ , सबैलाई सन्देश देऊ।” | |
| प्रश्न:– | कुन पुरुषार्थले तिम्रो अन्त्य मति सो गति हुनेछ? निद्राजित बन्नेछौ? |
| उत्तर:– | राति जब सुत्न जान्छौ तब पहिला बाबा र वर्सालाई याद गर, स्वदर्शन चक्र फिराइराख। जब निद्रा आउँछ तब सुत अनि अन्त्य मति सो गति हुनेछ। बिहान उठ्दा त्यही पोइन्ट याद आइरहनेछ। यस्तो अभ्यास गर्दा तिमी निद्रालाई जित्ने बन्नेछौ। जसले गर्छ उसले पाउँछ। गर्नेहरूको चलन प्रसिद्ध हुँदै जान्छ। |
| गीत:– | जो पिया के साथ है... |
ओम् शान्ति। जो पियाको साथमा छन्। अब दुनियाँमा पिताहरू त धेरै छन् तर ती सबैका पिता रचयिता एक मात्र हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ। ज्ञानले नै सद्गति हुन्छ। सद्गति पनि मानिसको तब हुन्छ जब सत्ययुगको स्थापना हुनु छ। बाबालाई नै सद्गति दाता भनिन्छ। जब-जब सङ्गमको समय हुन्छ तब त ज्ञान सागरले आएर सद्गतिमा लैजानुहुन्छ। यतिबेला दुर्गति त सबैको छ। दुर्गति पनि सबैको एकै जस्तो हुँदैन। सबैभन्दा प्राचीन भारतवर्ष हो। तिमीहरूकै ८४ जन्म गाइएको छ। अवश्य जो पहिला-सुरुका मानिसहरू हुन्छन् उनीहरू नै ८४ जन्मको लायक हुनेछन्। देवताहरूको ८४ जन्म मतलब ब्राह्मणहरूको पनि ८४ जन्म। मुख्यलाई नै लिइन्छ। बाबाले ब्रह्माद्वारा नयाँ सृष्टि रच्नको लागि पहिला-सुरुमा सूक्ष्म लोक रच्नुहुन्छ अनि नयाँ सृष्टिको स्थापना हुन्छ। त्रिलोकीनाथ एक बाबा हुनुहुन्छ। बाँकी उहाँका बच्चाहरूले पनि आफूलाई त्रिलोकीको नाथ भन्न सक्छन्। यहाँ त धेरै मानिसहरूले त्रिलोकीनाथ नाम पनि राखिदिएका छन्। डबल देवताहरूको पनि नाम राखेका छन्– गौरीशङ्कर, राधेश्याम, अब राधे-कृष्ण अलग-अलग राजाइका थिए। जो असल बच्चाहरू छन् उनीहरूको बुद्धिमा धेरै राम्रा पोइन्टहरूको धारणा रहन्छ। जो होसियार डाक्टर हुन्छन्, उनीहरूको बुद्धिमा धेरै औषधीहरूका नाम हुन्छन्। यहाँ पनि दिनहुँ नयाँ-नयाँ पोइन्टहरू निस्कँदै जान्छन्। जसको राम्रो अभ्यास हुन्छ उनीहरूले नयाँ-नयाँ पोइन्टहरू धारण गर्दा हुन्। जसले धारणा गर्दैनन् उनीहरूलाई महारथी भनिँदैन। सारा आधार बुद्धिमा छ र तकदिरको पनि कुरा हो। यो पनि ड्रामा हो। ड्रामालाई कसैले जान्दैनन्। हामी आत्माले शरीर धारण गरेर पार्ट खेल्छौँ, यो पनि बुझ्छन्। तर ड्रामाको आदि-मध्य-अन्त्य जान्दैनन् अर्थात् केही जान्दैनन्। तिमीले त जान्नुपर्छ। अरूलाई बाबाको परिचय दिनु त बच्चाहरूको कर्तव्य हो। सारा दुनियाँलाई बताउनु छ, हामीलाई त थाहा नै थिएन भनेर कसैले नभनोस्। विदेशबाट पनि धेरै आउनेछन्। ती सबैको प्रबन्ध मुम्बईमा गर्नेछौ। ती त समर्थ पनि छन्। पैसा त उनीहरूसँग धेरै छ। शिवलाई आफ्नो ठुलो गुरु त मान्नेछन् नि, त्यसैले यी धर्म पिताहरूको पनि केही पार्ट छ। यी क्राइस्ट, इब्राहिम आदि सबै भेट्न आउनेछन्, यो बच्चाहरूले सुरुमा साक्षात्कार गरेका थिए। त्यसैले उनीहरूको मैदान बनाउनुपर्छ। सबै टुरिस्ट आदि मुम्बईमा आइरहन्छन्। भारतले सबैलाई धेरै तान्छ। वास्तवमा भारतभूमि बाबाको जन्मस्थान हो। फेरि सबैमा भगवान भन्नाले बेहदका बाबाको महत्त्व गुम गरिदिएका छन्। अब तिमीले भारतभूमि सबैभन्दा ठुलो तीर्थस्थान हो भनी सम्झाउँछौ। बाँकी सबै पैगम्बरहरू आफ्नो धर्म स्थापन गर्न आउँछन्। उनीहरूको पछाडि फेरि उनीहरूको धर्मकाहरू पनि आउँछन्। अब अन्त्य हो। हामी फिर्ता जाऔँ भनी कोसिस गर्छन्। तर उनीहरूलाई सोध– तपाईंलाई यहाँ कसले ल्यायो? क्राइस्टले क्रिस्चियन धर्म स्थापन गरे, के उनले तपाईंलाई तानेर यहाँ ल्याए? अहिले सबै फिर्ता जानको लागि हैरान भएका छन्। सबै पार्ट खेल्न नै आउँछन्। पार्ट खेल्दा-खेल्दा आखिरमा दुःखमा आउनु नै छ। फेरि दुःखबाट छुटाएर सुखमा लैजानु बाबाको नै काम हो। बाबाको जन्मस्थान भारतभूमि हो। यति महत्त्व तिमी बच्चाहरूले नै जान्दछौ। जसले जान्दछन् उनीहरूलाई नसा चढेको छ। कल्प-कल्प भारतभूमिमा बाबा आउनुहुन्छ। यो सबैलाई बताउनु छ, निमन्त्रण दिनु छ। रचनाको ज्ञान कसैले पनि जान्दैनन्। त्यसैले यस्तो सेवाधारी बनेर आफ्नो नाम उच्च पार्नुपर्छ। यो मेला चारैतिर जानेछ। जो तीक्ष्ण बच्चाहरू छन् उनीहरूको मदत मागिरहन्छन्। उनीहरूका नाम जपिरहन्छन्। एक त शिवबाबालाई जप्छन्, दोस्रो ब्रह्मा बाबालाई, तेस्रो फेरि कुमारका, गङ्गे, मनोहरलाई जप्छन्। भक्तिमार्गमा हातमा माला जप्छन्। अहिले मुखले नाम जप्छन्। फलानी धेरै सेवाधारी छिन्। निरहङ्कारी छिन्, मीठी छिन्। देह-अभिमान छैन। भन्छन् नि– घुर त घुराय... (स्नेह दियौ भने स्नेह मिल्छ)। अब बाबा भन्नुहुन्छ– तिमी दुःखी बनेका छौ। तिमीले मलाई याद गर्यौ भने म पनि मदत गर्नेछु। तिमीले घृणा गर्यौ भने यो त अर्थात् आफूमाथि घृणा गर्छौ, पद मिल्नेछैन। धन कति अथाह मिल्छ। कसैलाई चिट्ठा पर्छ भने कति खुसी हुन्छ। त्यसमा पनि कति इनाम आउँछन्। फेरि दोस्रो पुरस्कार, तेस्रो पुरस्कार पनि हुन्छ। यो पनि ईश्वरीय दौड हो। ज्ञान र योगको दौड हो, जो त्यसमा तीक्ष्ण जान्छन् उनीहरू नै गलाको हार बन्नेछन् र तख्तमा समीप बस्नेछन्।
तिमीहरू सबै कर्मयोगी हौ। आफ्नो घरलाई पनि सम्हाल। क्लासमा एक घण्टा पढ्नु छ। फेरि घरमा गएर रिभाइज गर्नु छ। स्कुलमा पनि यसरी नै गर्छन् नि। पढेर फेरि घरमा गएर रिभाइज गर्छन्। बाबा भन्नुहुन्छ– एक घडी आधी घडी... दिनमा ८ घडी हुन्छन्। त्यसमा पनि बाबा भन्नुहुन्छ– एक घडी, अच्छा आधी घडी, १५-२० मिनेट पनि क्लासमा पढेर धारणा गरेर फेरि काम-धन्दामा चक्कर लगाऊ। पहिला तिमीलाई बाबाले बसाउनुहुन्थ्यो– बाबाको यादमा बस। स्वदर्शन चक्र फिराऊ। यादको ज्ञान त थियो नि। बाबा र वर्सालाई याद गर्दै, स्वदर्शन चक्र फिराउँदै जब निद्रा आउन थाल्छ अनि सुत। तब अन्त्य मति सो गति हुनेछ। फेरि बिहान उठ्दा त्यही पोइन्टहरू याद आइरहनेछन्। यसरी अभ्यास गर्दा-गर्दा तिमी निद्रालाई जित्ने बन्नेछौ। जसले गर्छ उसले पाउँछ। गर्ने व्यक्तिको देखिन्छ, चलन प्रसिद्ध हुन्छ। देखिन्छ– यिनले विचार सागर मन्थन गर्छन्। धारणा गर्छन्। कुनै लोभ आदि त छैन? यो शरीर पुरानो छ, यसको पनि धेरै ख्याल गर्नु छैन। यो ठीक पनि तब रहनेछ जब ज्ञान-योगको पूरा धारणा हुनेछ। धारणा भएन भने शरीर झन् सड्दै जान्छ। सड्दा-सड्दै एकदमै चिहानमा दाखिल हुनेछ। नयाँ शरीर फेरि भविष्यमा मिल्नु छ। आत्मालाई पवित्र बनाउनु छ। यो त पुरानो गन्दा शरीर हो। यसलाई जतिसुकै पाउडर लगाए पनि कौडीको मूल्यको छ। अब तिमी सबैको मगनी शिवबाबासँग भएको छ। जब विवाह हुन्छ तब त्यस दिन पुराना कपडा लगाउँछन्। अब यस शरीरको स्थूल शृङ्गार धेरै गर्नु छैन। ज्ञान-योगले आफूलाई सजायौ भने परी बन्नेछौ। यो ज्ञान मानसरोवर हो। यसमा ज्ञानको डुबुल्की मारिराख्यौ भने तिमी स्वर्गका परीहरू बन्नेछौ। प्रजालाई परी भनिँदैन। श्रीकृष्णले भगाए अनि महारानी, पटरानी बनाए भन्छन्। भगाएर प्रजामा चण्डाल बनाए त भन्दैनन्। पटरानी बनाउनको लागि भगाए। तिमीले पनि यस्तो पुरुषार्थ गर्नुपर्छ। जे मिल्यो त्यसमै राजी हुनु हुँदैन। यो पाठशाला हो। यहाँ मुख्य पढाइ हो। गीता पाठशाला धेरै बनाउँछन्। बसेर गीता सुनाउँछन्, कण्ठ गराउँछन्। कसैले एउटा श्लोक लिएर फेरि त्यसमा विस्तारले बसेर सम्झाउँछन्। कसैले यसै पढ्छन्, कसैले एउटा श्लोकमा आधा पौने घण्टा भाषण गर्छन्, त्यसबाट केही पनि फाइदा हुँदैन। यहाँ त बाबा बसेर पढाउनुहुन्छ। उद्देश्य-लक्ष्य स्पष्ट छ। अरू कुनै पनि वेद-शास्त्र पढ्नमा उद्देश्य-लक्ष्य हुँदैन। पुरुषार्थ गरिराख। तर के मिल्छ? जब धेरै भक्ति गर्छन् तब भगवान मिल्नुहुन्छ। त्यो पनि रातपछि दिन अवश्य हुनेछ। कल्पको आयु कसैले के बताउँछन्, अब सम्झाउने ताकत पनि चाहिन्छ। योगबलले काम निकाल्नु छ। यदि गर्न सक्दैनौ अर्थात् ताकत छैन। योग छैन। बाबाले पनि उनीहरूलाई मदत गर्नुहुन्छ जो योगयुक्त बच्चाहरू छन्। ड्रामामा जे छ त्यो रिपिट हुन्छ। सेकेन्ड-सेकेन्ड जे विगत हुँदै जान्छ, टिक-टिक हुँदै जान्छ। हामी श्रीमत अनुसार अभिनयमा आउँछौँ। श्रीमतमा चलेनौ भने श्रेष्ठ बन्नेछैनौ। नम्बरवार त छन् नि। यी मानिसहरूले हामी एक होऔँ भनी सम्झन्छन्, तर अर्थको बारेमा थाहा नै छैन। त्यसोभए एक के होऔँ, के एक फादर हुनुपर्छ वा एक ब्रदर्स हुनुपर्छ? यदि ब्रदर्स भन्छौ भने पनि ठीक छ। श्रीमतले अवश्य हामी एक बन्न सक्छौँ। तिमीहरू सबै एक मतमा चल्छौ। तिम्रो बाबा, टिचर, गुरु एक मात्र हुनुहुन्छ। जो पूरा श्रीमतमा चल्दैनन् उनीहरू श्रेष्ठ बन्न सक्नेछैनन्। यदि एकदमै चलेनन् भने खत्तम हुनेछन्। दौडमा जो लायक होसियार हुन्छन् तिनलाई नै राख्छन्। ठुलो दौडमा राम्रा घोडा निकाल्छन् किनकि चिट्ठा पनि ठुलो राख्छन्। यो पनि मानव अश्व दौड हो। हुसेनको पनि घोडा देखाउँछन्।
तिमी बच्चाहरूलाई थाहा छ– हिंसा दुई प्रकारका हुन्छन्। नम्बर वन काम कटारी हो, जसले आधाकल्पदेखि आफ्नो पनि रगत, अरूको पनि रगत बगाउँदै आए। यस हिंसालाई कसैले जान्दै जान्दैनन्। संन्यासीहरूले पनि यसरी बुझ्दैनन्, केवल उनीहरूले यो विकार हो भनिदिन्छन्। बाबा त भन्नुहुन्छ– प्यारा बच्चाहरू, यो काम महाशत्रु हो, यो आदि-मध्य-अन्त्य दुःख दिनेवाला हो। हाम्रो प्रवृत्ति मार्ग हो, राजयोग हो, यो पनि सिद्ध गरेर बताउनु छ। तपाईंको हठयोग हो। तपाईंले शङ्कराचार्यबाट हठयोग सिक्नुहुन्छ। हामीले शिवाचार्यबाट राजयोग सिक्छौँ। पछि गएर तिम्रो प्रत्यक्षता अवश्य हुनेछ। कसैले प्रश्न सोध्छन् भने देवताहरूको ८४ जन्म ५ हजार वर्षमा भयो, क्रिस्चियनहरूको कति भयो? क्राइस्टको २ हजार वर्ष भयो, अब हिसाब गर उनीहरूको औसत कति जन्म भयो? ३०-३२, यो त स्पष्ट छ। जसले धेरै सुख देख्छन् उनीहरूले धेरै दुःख पनि देख्छन्। अरू धर्मकाहरूलाई कम सुख, कम दुःख मिल्छ। औसतको हिसाब निकाल्नु छ। मुख्य जो धर्मगुरुहरू छन् उनीहरूको जन्म निकाल्नेछौँ। पछि जो आउँछन् उनीहरूले थोरै-थोरै जन्म लिन्छन्। बुद्धको, इब्राहिमको पनि हिसाब निकाल्न सक्छौ। बढीमा एक-दुई जन्मको फरक पर्नेछ। एक्युरेट त बताउन सकिँदैन। करिबमा सम्झाउँछन्। यी सबै कुरा विचार सागर मन्थन गर्ने हुन्। कसैले सोध्यो भने के सम्झाउने? तैपनि भन– पहिला बाबालाई याद गर्नुहोस् किनकि बाबाबाट वर्सा लिनु छ। जन्म जति लिएका छौ त्यति नै लिनेछौँ। बाबाबाट वर्सा लिनुहोस्। राम्रोसँग सम्झाउनु छ। मेहनतको काम हो।
बच्चाहरूले मुम्बईमा धेरै मेहनत गरिरहेका छन् किनकि उनीहरू धेरै सफल हुनु छ। यसमा बुद्धि चाहिन्छ, बाबाको धनसँग धेरै लभ चाहिन्छ। कसैले त धन लिँदैनन्। अरे, ज्ञान रत्न लेऊ र धारण गर भन्दा भन्छन्– म के गरूँ! म बुझ्दिनँ। बुझ्दैनौ भने तिम्रो भावी। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) शरीरलाई ठीक राख्नको लागि ज्ञान-योगको धारणा गर्नु छ। कुनै पनि चिजको लोभ राख्नु छैन। यस ज्ञान-योगले सजिनु छ, स्थूल शृङ्गारले होइन।
२) एक घडी आधी घडी, पढाइ अवश्य पढ्नु छ। ज्ञान र योगमा दौड गर्नु छ।
| वरदान:– |
सङ्गमयुगको श्रेष्ठ चित्रलाई सामुन्ने राखेर भविष्यको दर्शन गर्ने त्रिकालदर्शी भव भविष्यभन्दा पहिला सर्व प्राप्तिहरूको अनुभव तिमी सङ्गमयुगी ब्राह्मणहरूले गर्छौ। अहिले डबल ताज, तख्त, तिलकधारी, सर्व अधिकारी मूर्त बन्छौ। भविष्यमा त सुनको चम्चा हुनेछ तर अहिले हीरा तुल्य बन्छौ। जीवन नै हीरा बन्छ। त्यहाँ सुन, हीराको झुलामा झुल्नेछौ, यहाँ बापदादाको काखमा, अतीन्द्रिय सुखको झुलामा झुल्छौ। त्यसैले त्रिकालदर्शी बनेर वर्तमान र भविष्यको श्रेष्ठ चित्रलाई हेर्दै सर्व प्राप्तिहरूको अनुभव गर। |
| स्लोगन:– | कर्म र योगको ब्यालेन्सले नै परमात्म ब्लेसिङको अधिकारी बनाइदिन्छ। |
अव्यक्त इसारा:– ब्रह्मा बाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
हरेक ब्राह्मण बाबा समान चैतन्य चित्र बन, लाइट र माइट हाउसको झाँकी बन। संकल्प शक्तिको, साइलेन्सको भाषण तयार गर र कर्मातीत स्टेजमा वरदानी मूर्तको पार्ट खेल तब सम्पूर्णता समीप आउनेछ। अनि सेकेन्डभन्दा पनि छिटो जहाँ कर्तव्य गराउनु छ त्यहाँ वायरलेसद्वारा निर्देशन दिन सक्नेछौ। सेकेन्डमा कर्मातीत स्टेजको आधारले संकल्प गर्यौ र जहाँ चाहन्छौ त्यहाँ त्यो संकल्प पुगोस्।