| 21-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– ज्ञान सागर बाबा आउनुभएको छ तिमी बच्चाहरूको सामुन्ने ज्ञानको डान्स गर्न । तिमी होसियार सेवाधारी बन्यौ भने ज्ञानको डान्स पनि राम्रो हुन्छ।” | |
| प्रश्न:– | सङ्गमयुगमा तिमी बच्चाहरूले आफूमा कुन आदत बनाउँछौ? |
| उत्तर:– | यादमा रहने। यही हो रुहानी आदत। यस बानीको साथसाथै तिमीले दिव्य र अलौकिक कर्म पनि गर्नु छ। तिमी हौ ब्राह्मण, तिमीले सबैलाई सत्य सत्य कथा अवश्य सुनाउनु छ। तिमी बच्चाहरूमा सेवाको आदत पनि हुनुपर्छ। |
| गीत:– | धीरज धर मनुवा... |
ओम् शान्ति। जसरी कोही अस्पतालमा बिरामी रहेछन् भने बिरामीले दुःखबाट छुट्ने आस राख्छन्। डाक्टरलाई सोध्छन्– मेरो अवस्था कस्तो छ, यो बिमारी कहिले निको होला? ती त सबै हुन् हदका कुरा। यो हो बेहदको कुरा। बाबा आएर बच्चाहरूलाई राय दिनुहुन्छ। यो त तिमी बच्चाहरूले जानिसकेका छौ, अवश्य यो जीवन सुख र दुःखको खेल हो। हुन त तिमी बच्चाहरूलाई सत्ययुगमा जानुभन्दा पनि बढी फाइदा यहाँ छ किनकि जान्दछौ, यस समयमा हामी ईश्वरीय सन्तान हौँ, हामी ईश्वरीय गोदमा छौँ। यतिबेला हाम्रो धेरै उच्चभन्दा उच्च गुप्त महिमा छ। मनुष्य मात्रले बाबालाई शिव, ईश्वर, भगवान पनि भन्छन्, तर चिन्दैनन्। पुकारिरहन्छन्। ड्रामा अनुसार नै यस्तो भएको छ। ज्ञान र अज्ञान, दिन र रात। गाउँदै पनि आउँछन् तर यस्ता तमोप्रधान बुद्धि बनेका छन् जसले आफूलाई तमोप्रधान सम्झँदै सम्झँदैनन्। कसैको तकदिरमा बाबाको वर्सा छ भने मात्रै बुद्धिमा बस्न सक्छ। तिमी बच्चाहरूले जान्दछौ, हामी बिलकुलै घोर अन्धकारमा थियौँ। अब बाबा आउनुभएको छ त्यसैले कति उज्यालो मिलेको छ। बाबाले जुन ज्ञान सम्झाउनुहुन्छ त्यो कुनै पनि वेद, शास्त्र, ग्रन्थ आदिमा छैन। त्यो पनि बाबाले सिद्ध गरेर बताउनुहुन्छ। तिमी बच्चाहरूलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञानको प्रकाश दिन्छु, त्यो फेरि प्रायः लोप हुन्छ। मबाट बाहेक फेरि अरू कसैलाई ज्ञान मिल्न सक्दैन, फेरि यो ज्ञान प्रायः लोप हुन्छ। समझमा आउँछ, कलियुग बितेर गयो, फेरि ५ हजार वर्षपछि रिपिट हुनेछ। यो हो नयाँ कुरा। यो कुरा त शास्त्रहरूमा छैन।
बाबाले त यो ज्ञान सबैलाई एकैनासले पढाउनुहुन्छ, तर धारणामा नम्बरवार छौ। कोही राम्रा सेवाधारी बच्चाहरू आए भने बाबाको डान्स पनि त्यस्तै चल्छ। डान्सिङ गर्लको अगाडि हेर्नेहरू धेरै सौखिन रहेछन् भने उनले पनि खुसीले धेरै राम्रो डान्स गर्छिन्। थोरै बसेका रहेछन् भने साधारण तरिकाले डान्स गर्छिन्। वाह-वाह गर्नेहरू धेरै रहेछन् भने उनको पनि उमङ्ग उल्लास बढ्छ। त्यसैले यहाँ पनि यस्तै हुन्छ। मुरली सबै बच्चाहरूले सुन्छन्, तर सामुन्ने सुन्ने कुरा अर्कै छ नि। यो पनि देखाउँछन्, श्रीकृष्णले डान्स गर्थे। त्यो कुनै डान्स होइन। वास्तवमा हो ज्ञानको डान्स। शिवबाबा स्वयं बताउनुहुन्छ– म ज्ञानको डान्स गर्न आउँछु, म ज्ञानको सागर हुँ। त्यसैले राम्रा राम्रा प्वइन्टहरू निस्कन्छन्। यो हो ज्ञानको मुरली। काठको मुरली होइन। पतितपावन बाबा आएर सहज राजयोग सिकाउनुहुन्छ वा काठको मुरली बजाउनुहुन्छ? यो कसैको ख्यालमा छैन, बाबा आएर यसरी राजयोग सिकाउनुहुन्छ। अहिले तिमीले जानेका छौ, बाँकी कुनै पनि मनुष्य मात्रको बुद्धिमा यो कुरा आउन सक्दैन। आउनेहरूले पनि नम्बरवार पद पाउँछन्। जसरी कल्प पहिला गरेका थियौ त्यसरी नै पुरुषार्थ गरिरहन्छौ। तिमीलाई थाहा छ, कल्प पहिला अनुसार बाबा आउनुहुन्छ, आएर बच्चाहरूलाई सबै रहस्य खोलेर बताउनुहुन्छ। भन्नुहुन्छ– म पनि बन्धनमा बाँधिएको छु। हरेक यस ड्रामाको बन्धनमा बाँधिएको छ। जे जस्तो सत्ययुगमा भएको थियो, त्यही फेरि हुनेछ। अनेक प्रकारका कति योनिहरू छन्। सत्ययुगमा यतिका योनिहरू कहाँ हुन्छन् र! त्यहाँ त थोरै भेराइटी हुन्छन्। फेरि वृद्धि हुँदै जान्छन्। जस्तै धर्म पनि बढ्दै जान्छन् नि। सत्ययुगमा त अरू धर्म थिएनन्। जो सत्ययुगमा थिए उनीहरूलाई फेरि सत्ययुगमा नै देख्नेछौ। सत्ययुगमा कुनै पनि फोहोरी, अपवित्र बनाउने चिज हुन सक्दैन। ती देवीदेवताहरूलाई भनिन्छ नै भगवान-भगवती। अरू कुनै खण्डमा कहिल्यै पनि कसैलाई गड-गडेज भन्न सक्दैनन्। ती देवताहरूले अवश्य स्वर्गमा राज्य गर्थे। हेर उनीहरूको कति गायन छ।
तिमी बच्चाहरूमा अहिले धैर्यता आएको छ। तिमीलाई थाहा छ हाम्रो पद कति उच्च छ वा साधारण छ। हामी यति नम्बर ल्याएर पास हुन्छौँ। हरेकले आफैले बुझ्न त सक्छौ नि, फलानाले राम्रो सेवा गरिरहेको छ। हो, ज्ञानमा चल्दाचल्दै तुफान पनि आउँछन्। बाबा त भन्नुहुन्छ– बच्चाहरूलाई कुनै पनि ग्रहचारी, तुफान आदि नआओस्। मायाले राम्रा राम्रा बच्चाहरूलाई पनि लडाइदिन्छ। त्यसैले बाबाले धैर्यता दिइरहनुहुन्छ, बाँकी थोरै समय छ। तिमीले सेवा पनि गर्नु छ। स्थापना भएपछि त जानु नै छ। यसमा एक सेकेन्ड पनि अगाडि पछाडि हुन सक्दैन। यो रहस्य तिमी बच्चाहरूले मात्रै बुझ्न सक्छौ। हामी ड्रामाका कलाकारहरू हौँ, यसमा हाम्रो मुख्य पार्ट छ। भारतवर्षको नै हार र जितको खेल बनेको छ। भारतवर्ष नै पावन थियो। कति शान्ति, पवित्रता थियो। यो हिजोको मात्रै कुरा हो। हिजो हामीले नै पार्ट खेलेका थियौँ। ५ हजार वर्षको सारा पार्ट पहिल्यै निश्चित छ। हामी चक्कर लगाएर आएका छौँ। अब फेरि बाबासँग योग लगाउँछौँ, यसबाट नै खिया निस्कन्छ। बाबाको याद छ भने वर्सा पनि अवश्य याद आउँछ। पहिला सुरुमा बाबालाई जान्नुछ। बाबा भन्नुहुन्छ, तिमीले मलाई चिनेमा मद्वारा सबैथोक जान्नेछौ। ज्ञान त बडो सहज छ, एक सेकेन्डको। फेरि पनि सम्झाइरहनुहुन्छ। प्वइन्टहरू दिइरहनुहुन्छ। मुख्य प्वइन्ट हो मनमनाभव, यसमा नै विघ्न पर्छन्। देह अभिमान आएपछि नै फेरि अनेक प्रकारका बाधा आउँछन्, फेरि योगमा रहन दिँदैनन्। जसरी भक्तिमार्गमा श्रीकृष्णको यादमा बस्दा बुद्धि कहाँ कहाँ भाग्छ। भक्तिको अनुभव त सबैलाई छ। यस जन्मको कुरा हो। यस जन्मलाई जानेपछि केही न केही अघिल्लो जन्मलाई पनि बुझ्न सक्छौ। बच्चाहरूको बाबालाई याद गर्ने बानी परेको छ। जति याद गर्छौ त्यति खुसी बढ्छ। साथसाथै दिव्य अलौकिक कर्म पनि गर्नु छ। तिमी हौ ब्राह्मण। तिमीले सत्य नारायणको कथा, अमरकथा सुनाउँछौ। मूल कुरा एक छ– जसमा सबैथोक आउँछ। यादबाट नै विकर्म विनाश हुन्छ। यो एउटै बानी, रुहानी आदत हो। बाबा सम्झाउनुहुन्छ, ज्ञान त बडो सहज छ। कन्याहरूको नाम पनि गायन गरिएको छ। अधरकुमारी, कुमारी कन्या, कुमारीको नाम सबैभन्दा बढी प्रसिद्ध छ। उनीहरूको कुनै बन्धन हुँदैन। ती पतिले त विकारी बनाइदिन्छन्। यहाँ बाबाले त स्वर्गमा लैजानको लागि शृङ्गार गर्नुहुन्छ। स्विट सागरमा लैजानुहुन्छ। बाबा भन्नुहुन्छ– यस पुरानो दुनियाँलाई, पुरानो देहसहित बिलकुलै भुलिदेऊ। आत्माले भन्छ– मैले त ८४ जन्म पूरा गरेको छु। अब फेरि मैले बाबाबाट पूरा वर्सा लिनेछु। हिम्मत राख्छु, फेरि पनि मायासँग लडाइँ त हुन्छ। यी बाबा त अगाडि छन्। मायाका तुफान बढी यिनैकहाँ आउँछन्। धेरैले आएर सोध्छन्, बाबा हामीलाई यस्तो हुन्छ। बाबा बताउनुहुन्छ, प्यारा बच्चाहरू! यी तुफान त अवश्य आउँछन्। पहिला त मकहाँ आउँछन्। अन्त्यमा सबै कर्मातीत अवस्थामा पुग्नेछन्। यो कुनै नयाँ कुरा होइन। कल्प पहिला पनि भएको थियो। ड्रामामा पार्ट खेल्यौ, अब फेरि फर्केर घर जान्छौ। तिमी बच्चाहरूले जान्दछौ– यो पुरानो दुनियाँ नर्क हो। भन्छन् पनि, यी लक्ष्मीनारायण क्षीरसागरमा रहन्थे, यिनीहरूका मन्दिर कति राम्रा राम्रा बनाउँछन्। पहिला सुरुमा मन्दिर बनाउँदा दूधको नै तलाउ बनाएर विष्णुको मूर्तिलाई राखे होलान्। धेरै राम्रा राम्रा चित्र बनाएर पूजा गर्थे। त्यो समयमा त धेरै नै सस्तो थियो। बाबाले सबै देखेका छन्। अवश्य यो भारतवर्ष कति पवित्र, क्षीरको सागर थियो। मानौँ दुध घिउका नदीहरू थिए। यो त महिमा गरिदिएका हुन्। स्वर्गको नाम लिनासाथ मुखमा पानी आउँछ। तिमी बच्चाहरूलाई अब ज्ञानको तेस्रो नेत्र मिलेको छ। त्यसैले बुद्धिमा आएको छ। बुद्धि जान्छ आफ्नो घरतिर, फेरि स्वर्गमा आउनेछौ। त्यहाँ सबै चिज नयाँ नै नयाँ हुनेछ। बाबा, श्री नारायणको मूर्ति देखेर धेरै खुसी हुन्थे, धेरै प्यारले राख्थे। यो सम्झँदैनथे, म नै यो बन्छु। यो ज्ञान त अहिले बाबाबाट मिलेको छ। तिमीलाई ब्रह्माण्ड र सृष्टि चक्रको आदि-मध्य-अन्त्यको ज्ञान मिलेको छ। जान्दछौ, हामीले कसरी चक्कर लगाउँछौँ। बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। थोरै समय बाँकी छ। शरीरलाई केही न केही त भइरहन्छ। अब यो तिम्रो अन्तिम जन्म हो। अब तिम्रा सुखका दिन आउनेछन्, ड्रामा प्लान अनुसार। देखेका छौ, विनाश सामुन्ने छ। तिमीलाई तेस्रो नेत्र मिलेको छ। तिमीले मूलवतन, सूक्ष्मवतन, स्थूलवतनलाई राम्रोसँग जान्दछौ। यो स्वदर्शन चक्र तिम्रो बुद्धिमा घुमिरहन्छ। तिमीलाई खुसी हुन्छ। यस समयमा हामीलाई बेहदको बाबा, टिचर बनेर पढाउनुहुन्छ। तर नयाँ कुरा भएको हुनाले घरी घरी भुल्छौ। नत्र बाबा भन्नासाथ खुसीको पारा चढ्नुपर्छ। रामतीर्थ, श्रीकृष्णका भक्त थिए। त्यसैले श्रीकृष्णको दर्शनको लागि कति मेहनत गर्थे। उनलाई साक्षात्कार भयो अनि खुसी भए। तर त्यसबाट के भयो? मिल्न त केही पनि मिलेन। यहाँ त तिमी बच्चाहरूलाई खुसी पनि छ किनकि जान्दछौ, २१ जन्मको लागि हामीले यति उच्च पद पाउनेछौँ। तीन हिस्सा त तिमी सुखी रहन्छौ। यदि आधा आधा भयो भने त फेरि फाइदा भएन। तिमी तीन हिस्सा सुखमा रहन्छौ। तिमीले जस्तो सुख अरू कसैले देख्न सक्दैन। तिम्रो लागि त अपार सुख छ। अपार सुखमा त दुःखको बारेमा थाहै हुँदैन। सङ्गममा तिमीले दुवैलाई जान्न सक्छौ, अहिले हामी दुःखबाट सुखमा गइरहेका छौँ। शिर छ दिनतिर र खुट्टा छ राततिर। यस दुनियाँलाई लात मार्नुछ अर्थात् बुद्धिबाट भुल्नुछ। आत्माले जान्दछ, अब फर्केर घर जानु छ, धेरै पार्ट खेल्यौँ। आफैसँग यस्ता यस्ता कुरा गर्नुपर्छ। अहिले जति बाबालाई याद गर्छौ त्यति नै खिया निस्कनेछ। जति बाबाको सेवामा रहेर आफूलाई समान बनाउँछौ, त्यति नै बाबाको प्रत्यक्षता गर्नेछौ। बुद्धिमा छ, अब घर जानु छ। त्यसैले घरलाई नै याद गर्नुपर्छ। पुराना भवन ढल्दै जान्छन्। अब कहाँ नयाँ भवन, कहाँ पुराना भवन। दिनरातको फरक छ। यो त हुबहु विषय वैतरणी नदी हो। एकअर्कालाई पिट्छन्, झगडा गरिरहन्छन्। बाबा आउनुभएको छ, धेरै लडाइँ सुरु भएको छ। यदि स्त्री विकारमा गइनन् भने कति हैरान पार्छन्। कति मेहनत गर्छन्। कल्प पहिला पनि अत्याचार भएका थिए। त्यो अहिलेको कुरा भनिन्छ। देख्छौ, कति पुकार्छन्। त्यही ड्रामाको पार्ट चलिरहेको छ। यो कुरा बाबाले जान्नुहुन्छ र बच्चाहरूले जान्दछन्, अरू कसैले जान्दैनन्। पछि गएर सबैले बुझ्नेछन्। गाउँछन् पनि– पतितपावन, सबैका सद्गतिदाता बाबा हुनुहुन्छ। तिमीले जसलाई पनि सम्झाउन सक्छौ, भारतवर्ष स्वर्ग र नर्क कसरी बन्छ, आउनुभयो भने हामीले तपाईंलाई सारा विश्वको इतिहास भूगोल सम्झाउनेछौँ। यो बेहदको इतिहास भूगोल ईश्वरले नै जान्नुहुन्छ र तिमी ईश्वरका बच्चाहरूले जान्दछौ। पवित्रता, सुखशान्तिको स्थापना कसरी हुन्छ, यस इतिहास भूगोललाई जानेपछि तिमीले सबै विश्वको इतिहास भूगोल जान्नेछौ। बेहदको बाबाबाट तिमीले अवश्य बेहदको नै वर्सा लिन्छौ। यो आएर बुझ्नुछ। टपिक धेरै छन्। तिमी बच्चाहरूको त अब दिमाग नै भरपुर भएको छ। कति खुसीको पारा चढ्छ। सारा ज्ञान तिमी बच्चाहरूसँग छ। ज्ञानको सागर बाबाबाट ज्ञान मिलिरहेको छ। फेरि हामी नै गएर लक्ष्मीनारायण बन्छौँ। त्यहाँ फेरि यो ज्ञान केही पनि हुँदैन। बुझ्नुपर्ने कति गुह्य कुरा छन्। तिमी बच्चाहरूले सिँढीलाई राम्रोसँग बुझेका छौ नि। त्यसैले यो चक्र ८४ को हो। मानिसहरूलाई पनि स्पष्ट पारेर सम्झाउनु छ। यसलाई अब स्वर्ग वा पावन दुनियाँ कहाँ भनिन्छ र! सत्ययुग भिन्नै हो, कलियुग भिन्नै चिज हो। यो चक्र कसरी घुम्छ, यो सम्झाउनमा सहज छ। ज्ञान राम्रो लाग्छ। तर पुरुषार्थ गरेर यादको यात्रामा रहने कुरा, यो धेरैबाट हुन सक्दैन। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) यस पुरानो देह र दुनियाँलाई बुद्धिबाट भुलेर बाबा र घरलाई याद गर्नु छ। सदा यही खुसीमा रहनु छ, अब हाम्रा सुखका दिन आइ नै सकेका छन्।
२) ज्ञानका सागर बाबाबाट जुन ज्ञान मिलेको छ त्यसको याद गरेर दिमागलाई भरपुर राख्नुछ। देह अभिमानमा आएर कहिल्यै पनि कुनै प्रकारले अल्मलिनुछैन।
| वरदान:– |
सदा एकरस स्थितिको तख्तमा विराजमान रहने बापदादाको दिलतख्त नसिन भव सबैभन्दा श्रेष्ठ तख्त बापदादाको दिलतख्तनसिन बन्नु हो। तर यस तख्तमा बस्नको लागि अचल, अडोल, एकरस स्थितिको तख्त चाहिन्छ। यदि यस स्थितिको तख्तमा स्थित हुन सक्दैनौ भने बापदादाको दिलरूपी तख्तमा स्थित हुन सक्दैनौ। यसको लागि आफ्नो भृकुटीको तख्तमा अकालमूर्त बनेर स्थित होऊ, यस तख्तबाट बारम्बार डगमग भएनौ भने बापदादाको दिल तख्तमा विराजमान हुन सक्नेछौ। |
| स्लोगन:– | शुभचिन्तनद्वारा नकारात्मकलाई सकारात्मकमा परिवर्तन गर। |
अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
ब्रह्माबाबाले आफ्ना हरेक बच्चाको अनुहारमा, एक त सदा रुहानियतको मुस्कुराहट देख्न चाहनुहुन्छ र अर्को मुखबाट सदा मधुर बोली सुन्न चाहनुहुन्छ। एक शब्द पनि मधुरता बिना नहोस्। अनुहारमा रुहानियत होस्, मुखमा मधुरता होस् र मन, बुद्धिमा सदा शुभभावना, रहमदिलको भावना, दातापनको भावना होस्। हरेक पाइलामा फलो फादर होस्, बाबालाई यही पालनाको रिटर्न दिनु छ।