| 22-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– तिमी बाबाको यादमा एक्युरेट रह्यौ भने तिम्रो चेहरा सदा चम्किलो प्रसन्न रहनेछ ।” | |
| प्रश्न:– | यादमा बस्ने विधि कुन हो र त्यसबाट के के लाभ हुन्छ? |
| उत्तर:– | यादमा बस्दा बुद्धिबाट सबै कामधन्दा आदिको पञ्चायतलाई भुलेर आफूलाई देही (आत्मा) सम्झ। देह र देहका सम्बन्धहरूको ठुलो जाल छ, त्यस जाललाई समाप्त गरेर देह अभिमानबाट परै बस अर्थात् आफू मरेपछि दुनियाँ मर्यो। जीवन छँदै सबैथोक भुलेर एक बाबाको यादमा रहनु, यो हो अशरीरी अवस्था, यसबाट आत्माको खिया उत्रिँदै जानेछ। |
| गीत:– | रात के राही... |
ओम् शान्ति। प्यारा बच्चाहरू यादको यात्रामा बसेका छौ, जसलाई भनिन्छ नेष्ठामा अथवा शान्तिमा बसेका छौ। केवल शान्तिमा बसेका छैनौ, केही गरिरहेका छौ। स्वधर्ममा टिकेका छौ। तर यात्रामा पनि छौ। उहाँ यात्रा सिकाउने बाबाले साथै पनि लैजानुहुन्छ। त्यहाँ हुन्छन् जिस्मानी ब्राह्मण, जसले साथै तीर्थ यात्रामा लैजान्छन्। तिमी हौ रुहानी ब्राह्मण, ब्राह्मणहरूको वर्ण अथवा कुल भनिन्छ। अब तिमी बच्चाहरू यादको यात्रामा बसेका छौ, अरू सतसङ्गहरूमा बस्दा गुरुको याद आउँछ। गुरु आएर प्रवचन सुनाउँछन्। त्यो हो सारा भक्तिमार्ग। यो यादको यात्रा हो, जसबाट विकर्म विनाश हुन्छन्। तिमी यादमा बस्छौ, जङ्क अर्थात् खिया निकाल्नको लागि। बाबाको डाइरेक्सन छ– यादबाट खिया निस्कन्छ किनकि पतितपावन म नै हुँ। म कसैको यादबाट आउँदिन। म आउने कुरा पनि ड्रामामा पहिल्यै निश्चित छ। पतित दुनियाँ परिवर्तन भएर पावन दुनियाँ हुनु छ, आदि सनातन देवी देवता धर्म जुन प्रायः लोप भएको छ, बाबाले त्यसको स्थापना फेरि ब्रह्माद्वारा गर्नुहुन्छ। जुन ब्रह्माको लागि नै सम्झाउनुभएको छ– ब्रह्मा सो विष्णु, सेकेन्डमा बन्छन्। फेरि विष्णुबाट ब्रह्मा बन्नमा ५ हजार वर्ष लाग्छ। यो पनि बुद्धिले बुझ्ने कुरा हो। तिमी जो शूद्र थियौ, अब ब्राह्मण वर्णमा आएका छौ। तिमी ब्राह्मण बनेपछि शिवबाबाले ब्रह्माद्वारा तिमीलाई यो यादको यात्रा सिकाउनुहुन्छ, खाद निकाल्नको लागि। यो रचनाको चक्र कसरी घुम्छ त्यो त तिमीले बुझ्यौ। यसमा कुनै समय लाग्दैन। अहिले अवश्य कलियुग पनि छ। उनीहरूले केवल भन्छन्– कलियुगको अहिले आदि हो र बाबा बताउनुहुन्छ अहिले कलियुगको अन्त्य हो। विश्वमा घोर अन्धकार छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई यी सबै वेद शास्त्रहरूको सार सम्झाउँछु।
तिमी बच्चाहरू सबेरै यहाँ बस्दा यादमा बस्नुपर्छ। नत्र मायाका तुफान आउनेछन्। कामधन्दातर्फ बुद्धियोग जानेछ। यो सबै बाहिरको पञ्चायत हो नि। जसरी माकुराले कति जाल बनाउँछ। सारा कुरा निलि पनि दिन्छ। देहको कति प्रपञ्च छ। काका, चाचा, मामा, गुरु गोसाईं... कति जाल देखा पर्छन्। त्यो सारा देहसहित निलिदिनु छ। एक्लै देही बन्नुछ। मानिसहरूले शरीर छोड्दा सबैथोक भुल्छन्। आफू मरेपछि दुनियाँ मर्यो। यसको ज्ञान त बुद्धिमा छ, यो दुनियाँ खतम हुनेछ। बाबा सम्झाउनुहुन्छ– कसैको मुख खुल्दैन भने केवल बाबालाई याद गर। जसरी यिनले (ब्रह्माले) बाबालाई याद गर्छन्। कन्याले पतिलाई याद गर्छन् किनकि पति, परमेश्वर हुन् भनिएको हुन्छ त्यसैले बाबाबाट बुद्धि निस्केर पतिमा जान्छ। उहाँ त पतिहरूका पति हुनुहुन्छ, बेहुला हुनुहुन्छ नि। तिमी सबै हौ बेहुली, भगवानको सबैले भक्ति गर्छन्। सबै भक्तहरू रावणको पहरामा कैद भएका छन् त्यसैले बाबालाई अवश्य दया लाग्छ नि। बाबा रहमदिल हुनुहुन्छ, उहाँलाई नै रहमदिल भनिन्छ। यस समयमा गुरु त धेरै प्रकारका छन्। जसले केही शिक्षा दिन्छन्, उनीहरूलाई गुरु भनिदिन्छन्। यहाँ त बाबाले प्राक्टिकलमा राजयोग सिकाउनुहुन्छ। यो राजयोग परमात्मा बाहेक अरू कसैलाई सिकाउन आउँदैन। परमात्माले नै आएर राजयोग सिकाउनुभएको थियो। फेरि त्यसबाट के भयो? यो कसैलाई थाहा छैन। गीताको प्रमाण त धेरै दिन्छन्, साना कुमारीहरूले पनि गीता कण्ठ पार्छन् त्यसैले केही न केही महिमा हुन्छ। गीता कुनै गुम भएको छैन। गीताको ठुलो महिमा छ। गीता ज्ञानबाट नै बाबाले सारा दुनियाँलाई पुनर्जिवित गर्नुहुन्छ। तिम्रो काया कल्पतरु, कल्प वृक्षसमान अथवा अमर बनाइदिनुहुन्छ।
तिमी बच्चाहरू बाबाको यादमा रहन्छौ, बाबाको आह्वान गर्दैनौ। तिमीहरूले बाबाको यादमा रहेर आफ्नो उन्नति गरिरहेका छौ। बाबाको डाइरेक्सनमा चल्ने पनि सोख हुनुपर्छ। हामीले शिवबाबालाई याद गरेर मात्रै भोजन ग्रहण गर्नेछौँ। अर्थात् शिवबाबासँगै खान्छौँ। कार्यालयमा पनि केही न केही टाइम मिल्छ। बाबालाई केही लेख्दा, कुर्सीमा बस्दा यादमा बस्छन्। अफिसर आएर हेर्छन्, उनीहरू बस्दाबस्दै गुम हुन्छन् अर्थात् अशरीरी हुन्छन्। कसैको आँखा बन्द हुन्छ, कसैको खुलै हुन्छ। कोही यसरी बसेका हुन्छन् मानौँ केही पनि देख्दैनन्। गुम हुन्छन्। यस्तो यस्तो हुन्छ। बाबाले डोरी तान्नुभयो त्यसैले मौजमा बसेको हुन्छ। उनीहरूलाई सोधिन्छ– तिमीलाई के भयो? भन्नेछन्– म त बाबाको यादमा बसेको थिएँ। बुद्धिमा हुन्छ– म जानु छ बाबाकहाँ। बाबा भन्नुहुन्छ– आत्म अभिमानी बनेमा तिमी मेरो पासमा आउनेछौ। पवित्र नभइकन कहाँ त्यहाँ जान सक्छौ र! अब पवित्र बन्ने कसरी? त्यो बाबाले नै बताउन सक्नुहुन्छ। मानिसहरूले बताउन सक्दैनन्। तिमीले केही न केही बुझेका छौ भने अरूको पनि कल्याण गर्नेछौ। तिमीले कसैको कल्याण गर्ने, बाबाको परिचय दिने पुरुषार्थ अवश्य गर्नु छ। भक्तिमार्गमा पनि हे परमपिता परमात्मा! भनेर याद गर्छन्। परमपिता परमात्मा रहम गर्नुहोस्! पुकार्ने बानी परेको छ। बाबाले तिमी बच्चाहरूलाई आफूसमान कल्याणकारी बनाउनुहुन्छ। मायाले सबैलाई कति बेसमझ बनाइदिएको छ। लौकिक पिताले पनि बच्चाहरूको चालचलन राम्रो देखेनन् भने भन्छन्– तिमी त बेसमझ छौ। एक वर्षमा पिताको सारा सम्पत्ति उडाइदिनेछन्। त्यसैले बेहदको बाबा पनि भन्नुहुन्छ– तिमीलाई के बनाएको थिएँ, अहिले आफ्नो चालचलन त हेर। अहिले तिमी बच्चाहरूले बुझेका छौ कस्तो आश्चर्यजनक खेल छ। भारतवर्षको कति पतन हुन्छ। भारवर्षको पतन। उनीहरूले आफूलाई यस्तो सम्झँदैनन्– हामी गिरेका छौँ, हामी कलियुगी तमोप्रधान बनेका छौँ। भारतवर्ष स्वर्ग थियो अर्थात् मानिसहरू स्वर्गवासी थिए, तिनै मानिसहरू अब नर्कवासी छन्। यो ज्ञान कसैमा छैन। यी बाबाले पनि जान्दैनथे। अहिले बुद्धिमा चमत्कार भएको छ। ८४ जन्म लिँदालिँदा सिँढी त अवश्य ओर्लनुपर्छ, माथि चढ्ने ठाउँ पनि हुँदैन। ओर्लंदा ओर्लंदै पतित बन्नुछ। यो कुरा कसैको बुद्धिमा छैन। बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुभएको छ, तिमीले फेरि सबैलाई सम्झाउँछौ– हामी स्वर्गवासी थियौँ अहिले नर्कवासी बनेका छौँ। ८४ जन्म पनि हामीले लिएका छौँ। पुनर्जन्म त मान्छन् नि। अवश्य तल ओर्लनु छ। कति पुनर्जन्म लिएका छौ, त्यो पनि बाबाले सम्झाउनुभएको छ। यस समयमा तिमीले फिल गर्छौ– हामी पावन देवी देवता थियौँ, फेरि रावणले पतित बनायो। बाबा आएर पढाउनुपर्छ, शूद्रबाट देवता बनाउनको लागि। बाबालाई मुक्तिदाता, गाइड भन्छन्, तर अर्थ बुझ्दैनन्। अहिले त्यो समय छिट्टै आउँदैछ, सबैलाई थाहा हुनेछ, हेर केबाट के बनेका छौँ! ड्रामा कसरी बनेको छ, कसैको स्वप्नमा पनि थिएन– हामी लक्ष्मीनारायण जस्तो बन्न सक्छौँ। बाबाले कति स्मृतिमा ल्याउनुहुन्छ। अब बाबाबाट वर्सा लिनु छ भने श्रीमतमा चल्नुछ। यादको यात्राको प्राक्टिस गर्नु छ। तिमीलाई थाहा छ, पादरीहरू पैदल यात्रा गर्न जान्छन्, कति साइलेन्समा यसरी चल्छन्। उनीहरू क्राइस्टको यादमा रहन्छन्। उनीहरूको क्राइस्टसँग लभ हुन्छ। तिमी रुहानी पण्डाहरूको प्रीत बुद्धि छ परमप्रिय परमपिता परमात्मासँग। तिमी बच्चाहरूले जान्दछौ, नम्बरवार पुरुषार्थ अनुसार कल्प पहिला जसरी राजधानी अवश्य स्थापना हुन्छ, जति पुरुषार्थ गरेर श्रीमतमा चल्नेछौ। बाबाले त धेरै राम्रा राम्रा मत दिनुहुन्छ। फेरि पनि ग्रहचारी यसरी बस्छ जसले गर्दा श्रीमतमा चल्दै चल्दैनन्। तिमीलाई थाहा छ श्रीमतमा चल्नुमा नै विजय छ। निश्चयमा नै विजय छ। बाबा भन्नुहुन्छ– तिमी मेरो मतमा चल। यी ब्रह्माले मत दिन्छन् भन्ने किन सम्झन्छौ? सदैव सम्झ शिवबाबाले राय दिनुहुन्छ। उहाँले त सेवाको नै मत दिनुहुन्छ। कसैले भन्छन्– बाबा यो व्यापार कामधन्दा गरूँ? बाबाले कुनै यी कुराको लागि मत दिनुहुन्न। बाबा भन्नुहुन्छ– म आएको छु पतितबाट पावन बनाउने युक्ति बताउन, न कि यी कुराको लागि। मलाई पुकार्छन् पनि– हे पतितपावन आएर हामीलाई पावन बनाउनुहोस्! त्यसैले मैले त्यसको लागि धेरै सहज युक्ति बताउँछु। तिम्रो नाम नै छ गुप्त सेना। उनीहरूले फेरि हतियार बाण आदि देखाइदिएका छन्। तर यसमा बाण आदिको कुनै कुरा नै छैन। यो सबै हो भक्तिमार्ग।
बाबा आएर सत्यमार्ग बताउनुहुन्छ जसबाट आधाकल्प तिमी सचखण्डमा जान्छौ। त्यहाँ अर्को कुनै खण्ड हुँदैन। कसैलाई सम्झायौ भने पनि मान्दैनन्– यो कसरी हुन सक्छ, केवल भारतवर्ष नै थियो। क्राइस्टभन्दा ३ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो नि, त्यतिबेला अरू कुनै धर्म थिएन। फेरि वृक्ष वृद्धि हुँदै जान्छ। तिमीले केवल आफ्नो बाबालाई, आफ्नो धर्मलाई र कर्मलाई भुलेका छौ। आफूलाई देवीदेवता धर्मको सम्झेका भए अशुद्ध चिज आदि केही पनि खाँदैनथे। तर खान्छन् किनकि ती गुण छैनन् त्यसैले आफूलाई हिन्दु भनिदिन्छन्। नत्र लाज लाग्नुपर्छ– हाम्रा मान्यजन यस्ता पवित्र र हामी यस्ता पतित बनेका छौँ। आफ्नो धर्मलाई भुलेका छन्। अहिले तिमीले ड्रामाको आदि-मध्य-अन्त्यलाई राम्रोसँग बुझेका छौ। कुनै पनि यस्तो कुरा भयो भने तिमीले भन्न सक्छौ– यी प्वइन्टहरू अहिले बाबाले बताउनुभएको छैन। बस्। नत्र सित्तैमा अल्झिन्छन्। भन– हामीले पढिरहेका छौँ। सबैथोक अहिले नै जान्यौ भने फेरि त विनाश हुनेछ। तर होइन। अझै मार्जिन छ। हामीले पढिरहेका छौँ। अन्त्यमा सम्पूर्ण पवित्र हुनेछौँ। नम्बरवार पुरुषार्थ अनुसार खिया निस्कँदै जानेछ त्यसपछि सतोप्रधान बन्नेछौँ। फेरि यस पतित दुनियाँको विनाश हुनेछ। आजकाल भन्छन् पनि– परमात्मा कहीँ अवश्य आउनुभएको छ। तर गुप्त हुनुहुन्छ। समय त अवश्य विनाशको हो नि। बाबा नै मुक्तिदाता, गाइड हुनुहुन्छ जसले फर्काएर लैजानुहुन्छ, लामखुट्टे सदृश्य मर्नेछन्। यो पनि जान्दछन्, सबै एकरस यादमा बस्दैनन्। कसैको एक्युरेट योग हुन्छ, कसैको आधा घण्टा, कसैको १५ मिनेट। कोही त एक मिनेट पनि यादमा रहँदैनन्। कसैले भन्छन्– म सारा समय बाबाको यादमा रहन्छु, त्यसोभए त अवश्य उनीहरूको अनुहार प्रसन्नताले चम्किरहनु पर्ने हो। अतीन्द्रिय सुख यस्ता बच्चाहरूलाई हुन्छ। कहीँ पनि बुद्धि भड्किँदैन। तिनीहरूले सुख फिल गर्छन्। बुद्धिले पनि भन्छ– एक माशुकको यादमा बसिरह्यो भने कति खिया उत्रिन्छ। फेरि बानी पर्नेछ। यादको यात्राबाट तिमी सदा स्वस्थ, सदा सम्पन्न बन्छौ। चक्र पनि याद आउँछ। केवल यादमा रहने मेहनत गर्नु छ। बुद्धिमा चक्र पनि घुमिरहनेछ।
अहिले तिमी मास्टर बीजरूप बन्छौ। यादको साथै स्वदर्शन चक्र पनि घुमाउनु छ। तिमी बच्चाहरू लाइट हाउस हौ। तिमी आध्यात्मिक लाइट हाउसले सबैलाई घर जाने मार्ग बताउँछौ। त्यो पनि सम्झाउनुपर्छ नि। तिमीले मुक्ति जीवनमुक्तिको मार्ग बताउँछौ त्यसैले तिमी हौ आध्यात्मिक लाइट हाउस। तिम्रो स्वदर्शन चक्र घुमिरहन्छ। नाम लेख्नु छ भने सम्झाउनु पनि पर्छ। बाबाले सम्झाइरहनुहुन्छ– तिमी सामुन्ने बसेका छौ। जो पियाको साथमा छन् उनीहरूको लागि सामुन्ने बर्सात छ। सबैभन्दा बढी मजा सामुन्ने हुन्छ। फेरि सेकेन्ड नम्बर हो टेप। थर्ड नम्बर मुरली। शिवबाबाले ब्रह्माद्वारा सबैथोक सम्झाउनुहुन्छ। यिनले पनि जान्दछन् नि। फेरि पनि तिमीले यही सम्झ– ‘शिवबाबा भन्नुहुन्छ’, यो नबुझेका हुनाले धेरै अवज्ञा गर्छन्। शिवबाबाले जे भन्नुहुन्छ, त्यो कल्याणकारी नै हुन्छ। अकल्याण नै भए पनि त्यो कल्याणको रूपमा परिवर्तन हुनेछ। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) बाबाको हरेक डाइरेक्सनमा चलेर आफ्नो उन्नति गर्नु छ। एक बाबासँग सच्चा सच्चा प्रीत राख्नुछ। यादमा नै भोजन बनाउनु र खानु छ।
२) आध्यात्मिक लाइट हाउस बनेर सबैलाई मुक्ति-जीवनमुक्तिको मार्ग बताउनु छ। बाबा समान कल्याणकारी अवश्य बन्नुछ।
| वरदान:– |
ईश्वरीय सा नमा स्थित रहेर हरेक कर्म लाई सानदार बनाउने सबै परे सा नीहरूबाट मुक्त भव सदा यही ईश्वरीय सानमा रहनु छ– म बापदादाको नूरे रत्न हुँ, मेरो नयन वा नजरमा कुनै पनि चिज समाहित हुन सक्दैन। यस सानमा रहेमा भिन्न भिन्न प्रकारका परेसानीहरू स्वतः समाप्त हुनेछन्। कुनै पनि प्रकारको कम्प्लेन रहन सक्दैन। जति जो आफ्नो उच्च सानमा स्थित रहन्छन् त्यति उनीहरूलाई पनि स्वतः मान प्राप्त हुन्छ र उनीहरूको हरेक कर्म सानदार हुन्छ। |
| स्लोगन:– | ट्रस्टी त्यो हो जसले आफ्नो सबैथोक बाबालाई सुम्पिदिन्छ। |
अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
तिम्रो हर वचनमा मधुरता, सन्तुष्टता, सरलताको नवीनता हुनुपर्छ। ब्राह्मण आत्माहरूको वचन साधारण हुनु हुँदैन। यही महानता र यही नवीनता हो। मधुर वचन, मधुर संस्कार, मधुर स्वभावद्वारा अरूको पनि मुख मीठो बनाइराख। सदा अथक भव र मधुर भवको वरदानबाट अगाडि बढ्दै, उड्दै जाऊ।