| 23-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– भोलानाथ परमप्रिय बाबा तिम्रो सामुन्ने बस्नुभएको छ , तिमीले प्यारले याद गर ेमा लगन बढ्दै जा न्छ , विघ्न समाप्त हु न्छ न्। ” | |
| प्रश्न:– | ब्राह्मण बच्चाहरूलाई कुन कुरा सदा याद रह्यो भने कहिल्यै पनि विकर्म हुँदैन? |
| उत्तर:– | जुन कर्म मैले गर्छु, मलाई देखेर अरूले पनि गर्नेछन्– यो याद रह्यो भने विकर्म हुँदैन। यदि कसैले लुकाएर पनि पाप कर्म गर्छ भने धर्मराजबाट लुक्न सक्दैन, तुरुन्त त्यसको सजाय मिल्नेछ। पछि गएर अझै सैनिक शासन (मार्सल ल) हुनेछ। यस इन्द्रसभामा कोही पतित लुकेर बस्न सक्दैन। |
| गीत:– | भोलेनाथ से निराला... |
ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूले जान्दछौ, अब रुहानी बाबाले हामीलाई यो सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहनुभएको छ। उहाँको नाम नै हो भोलानाथ। पिता धेरै भोला हुन्छन्, कति कष्ट सहेर पनि बच्चाहरूलाई पढाउँछन्, सम्हाल्छन्। फेरि ठुला भइसकेपछि सबैथोक उनीहरूलाई दिएर स्वयं वानप्रस्थ अवस्था लिन्छन्। सम्झन्छन्, हामीले कर्तव्य पूरा गरिदियौँ, अब बच्चाहरूले जान्दछन्। त्यसैले पिता भोला भए नि। यो पनि अहिले तिमीलाई बाबाले सम्झाउनुहुन्छ किनकि स्वयं भोलानाथ हुनुहुन्छ। हदका पिताको लागि पनि सम्झाउनुहुन्छ, उनीहरू कति भोला छन्। उनीहरू भए हदका भोला। यहाँ फेरि हुनुहुन्छ बेहदका भोलानाथ बाबा। परमधामबाट आउनुहुन्छ, पुरानो दुनियाँ, पुरानो शरीरमा, त्यसैले मानिसहरूले सम्झन्छन्, पुरानो पतित शरीरमा कसरी आउनुहुन्छ होला! नबुझेका हुनाले पावन शरीर भएका श्रीकृष्णको नाम राखिदिएका छन्। यिनै गीता, वेद, शास्त्र आदि फेरि पनि बन्नेछन्। हेर, शिवबाबा कति भोला हुनुहुन्छ। आउँदा पनि भासना यसरी दिनुहुन्छ मानौँ बाबा यहाँ नै बस्नुभएको छ। यी साकार बाबा पनि भोला छन् नि। कुनै दुपट्टा छैन, कुनै तिलक आदि छैन। साधारण बाबा त बाबा नै हुन्। बच्चाहरूले जान्दछौ– यो सारा ज्ञान शिवबाबाले नै दिनुहुन्छ, अरू कसैको तागत छैन जसले दिन सकोस्। दिन-प्रतिदिन बच्चाहरूको लगन बढ्दै जान्छ। जति बाबालाई याद गर्छौ त्यति बाबामा प्यार बढ्छ। परमप्रिय बाबा हुनुहुन्छ नि। केवल अहिले होइन, भक्तिमार्गमा पनि तिमीले उहाँलाई परमप्रिय सम्झन्थ्यौ। भन्थ्यौ– बाबा हजुर आउनुभयो भने अरू सबैसँगको प्यार छोडेर एक हजुरसँग प्यार गर्नेछौँ। तिमीले अहिले जानेका पनि छौ, तर मायाले यति प्यार गर्न दिँदैन। मायाले चाहँदैन, यिनीहरूले मलाई छोडेर बाबालाई याद गरून्। उसले चाहन्छ, देह अभिमानी भएर मलाई प्यार गरून्। यही मायाले चाहन्छ, त्यसैले कति विघ्न पार्छ। तिमीले विघ्नहरूलाई पार गर्नु छ। बच्चाहरूले केही मेहनत त गर्नुपर्छ नि। पुरुषार्थबाट नै तिमीले आफ्नो प्रारब्ध पाउँछौ। बच्चाहरूले जान्दछौ, उच्च पद पाउनको लागि कति पुरुषार्थ गर्नु छ। एक त विकारहरूको दान दिनु छ, अर्को बाबाबाट जुन अविनाशी ज्ञान रत्नहरूको धन मिल्छ, त्यो दान गर्नु छ। जुन अविनाशी धनबाट नै तिमी यति धनवान बन्छौ। ज्ञान हो आम्दानीको स्रोत। त्यो हो शास्त्रहरूको तत्त्वज्ञान (फिलोसफी), यो हो आध्यात्मिक ज्ञान। शास्त्र आदि पढेर पनि धेरै कमाउँछन्। एक कोठामा ग्रन्थ आदि राखिदिए, केही केही सुनाए, बस् आम्दानी हुन्छ। त्यो कुनै यथार्थ ज्ञान होइन। यथार्थ ज्ञान एक बाबाले नै दिनुहुन्छ। कसैलाई यो रुहानी ज्ञान नमिल्दासम्म त्यो शास्त्रहरूको तत्त्वज्ञान बुद्धिमा हुन्छ। तिम्रो कुरा सुन्दैनन्। तिमी धेरै कम छौ। यो त १०० पर्सेन्ट निश्चित छ, यो रुहानी ज्ञान बच्चाहरूले रुहानी बाबाबाट लिएका छौ। ज्ञान आम्दानीको श्रोत हो। धेरै धन मिल्छ। योगबाट सोर्स अफ हेल्थ अर्थात् निरोगी काया मिल्छ। ज्ञानबाट सम्पत्ति मिल्छ । यी हुन् दुई मुख्य विषय। फेरि कसैले राम्रोसँग धारण गर्छन्, कसैले थोरै धारण गर्छन्। त्यसैले सम्पत्ति पनि नम्बरवार थोरै नै मिल्छ। सजाय आदि खाएर पद पाउँछन्। पूरा याद गरेनौ भने विकर्म विनाश हुँदैन। फेरि सजाय खानुपर्छ। पद पनि भ्रष्ट हुन्छ। जसरी स्कुलमा हुन्छ। यो हो बेहदको ज्ञान, यसबाट बेडा पार हुन्छ। त्यस ज्ञानमा कानुन, चिकित्सा शास्त्र (डाक्टरी), इन्जिनियरिङ पढ्नुपर्छ। यो त एउटै पढाइ हो। योग र ज्ञानबाट सदा स्वस्थ, सम्पन्न बन्छौ। राजकुमार बन्छौ। त्यहाँ स्वर्गमा कोही वकील, न्यायाधीश आदि हुँदैनन्। त्यहाँ धर्मराजको पनि आवश्यकता हुँदैन। न गर्भ जेलमा सजाय, न धर्मराजपुरीको सजाय मिल्छ। गर्भ महलमा धेरै सुखी हुन्छन्। यहाँ त गर्भ जेलमा सजाय खानुपर्छ। यी सबै कुरा तिमी बच्चाहरूले नै अहिले बुझ्छौ। बाँकी शास्त्रहरूमा, संस्कृतमा श्लोक आदि मानिसहरूले बनाएका हुन्। सोध्छन्– सत्ययुगमा भाषा कुन हुनेछ? बाबा सम्झाउनुहुन्छ– जुन देवताहरूको भाषा हुन्छ, त्यही चल्नेछ। त्यहाँको जुन भाषा हुन्छ त्यो कहीँ हुन सक्दैन। यस्तो हुन सक्दैन, त्यहाँ संस्कृत भाषा हुन्छ। देवताहरू र पतित मानिसहरूको एउटै भाषा हुन सक्दैन। त्यहाँको जुन भाषा हुनेछ त्यही चल्नेछ। यो सोध्ने कुरा होइन। पहिला बाबाबाट वर्सा त लेऊ। जुन कल्प पहिला भएको थियो त्यही हुनेछ। पहिला वर्सा लेऊ, अरू कुनै कुरा सोध्दै नसोध। अच्छा, ८४ जन्म भएनन्, ८० वा ८२ हुन्छन्, यी कुरालाई तिमी छोडिदेऊ। बाबा भन्नुहुन्छ, अल्फ बाबालाई याद गर। स्वर्गको बादसाही अवश्य मिल्छ नि। अनेक पटक तिमीले स्वर्गको बादसाही लिएका छौ। चढेपछि ओर्लनु पनि त छ। अहिले तिमी मास्टर ज्ञान सागर, मास्टर सुखको सागर बन्छौ। तिमी पुरुषार्थी हौ। बाबा त सम्पूर्ण (कम्प्लिट) हुनुहुन्छ। बाबामा जुन ज्ञान छ त्यो बच्चाहरूमा पनि छ। तर तिमीलाई सागर भनिँदैन। सागर त एउटै हुन्छ, केवल अनेक नाम राखिदिएका छन्। बाँकी तिमी हौ ज्ञान सागरबाट निस्किएका नदीहरू। तिमी हौ मानसरोवर, नदीहरू। नदीहरूमा एउटा नाम पनि छ। ब्रह्मपुत्रा धेरै ठुलो नदी हो। कलकत्तामा नदी र सागरको सङ्गम छ। त्यसको नाम पनि छ, डायमन्ड हार्बर। तिमी ब्रह्मामुख वंशावली, हीराजस्तै बन्छौ। धेरै ठुलो मेला लाग्छ। बाबा यस ब्रह्मा तनमा आएर बच्चाहरूसँग मिल्नुहुन्छ। यी सबै बुझ्नुपर्ने कुरा हुन्। फेरि पनि बाबा भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गरिराख। उहाँ परमप्रिय, सबै सम्बन्धहरूमा स्याकरिन हुनुहुन्छ। ती सबै विकारी सम्बन्धी हुन्। तिनीहरूबाट दुःख मिल्छ। बाबाले तिमीलाई सबैको प्रतिफल दिनुहुन्छ। सबै सम्बन्धहरूको लभ दिनुहुन्छ, कति सुख दिनुहुन्छ। अरू कसैले यति सुख दिन सक्दैनन्। कसैले दिए भने अल्पकालको लागि। जसलाई नै संन्यासीले काग विष्टासमान सुख भन्छन्। दुःखधाममा त अवश्य दुःख नै हुन्छ। तिमी बच्चाहरूले जान्दछौ– हामीले अनेक पटक यो पार्ट खेलेका छौँ। तर हामीले उच्च पद कसरी पाउने, त्यसको फिक्र रहनुपर्छ। हामी त्यहाँ फेल नहोऊँ भनेर धेरै पुरुषार्थ गर्नु पर्छ। राम्रो नम्बरले पास भयौ भने उच्च पद पाउनेछन् र उनीहरूलाई खुसी पनि हुन्छ। सबै समान हुन सक्दैनन्। जति योग हुन्छ त्यति उच्च अवस्था हुन्छ। धेरै गोपिकाहरू छन् जो कहिल्यै मिलेका पनि छैनन्। बाबासँग मिल्नको लागि तड्पिन्छन्। साधु संन्यासीहरूकहाँ तड्पिने कुरा हुँदैन। यहाँ त शिवबाबासँग मिल्नको लागि आउँछन्। आश्चर्यजनक कुरा हो नि। घरमा बसेर याद गर्छन्, शिवबाबा म हजुरको बच्चा हुँ। आत्मालाई स्मृति आउँछ। तिमी बच्चाहरूले जान्दछौ– हामीले शिवबाबाबाट कल्प कल्प वर्सा लिन्छौँ। उहाँ बाबा नै कल्पपछि आउनुभएको छ। त्यसैले बाबालाई नदेखी रहन सक्दैनन्। आत्माले जान्दछ– बाबा आउनुभएको छ। शिवजयन्ती पनि मनाउँछन्, तर केही पनि जान्दैनन्। शिवबाबा आएर पढाउनुहुन्छ, यो केही पनि जान्दैनन्। नाम मात्रको शिवजयन्ती मनाउँछन्। सार्वजनिक बिदा पनि दिँदैनन्। जसले वर्सा दिनुभयो, उहाँको केही महत्त्व छैन। जसलाई वर्सा दिनुभयो (श्रीकृष्णलाई) उनको नाम प्रसिद्ध बनाइदिएका छन्। उहाँ आएर खास गरेर यस खण्डलाई हेभिन बनाउनुभएको छ। बाँकी सबैलाई मुक्ति दिनुहुन्छ। चाहन्छन् पनि सबैले यही कुरा। तिमीलाई थाहा छ मुक्तिपछि जीवनमुक्ति मिल्नेछ। बाबा आएर मायाको बन्धनबाट मुक्त गर्नुहुन्छ। बाबालाई भनिन्छ सबैको सद्गतिदाता। जीवनमुक्ति त सबैलाई मिल्छ, नम्बरवार पुरुषार्थ अनुसार। बाबा भन्नुहुन्छ, यो हो पतित दुनियाँ, दुःखधाम। सत्ययुगमा तिमीलाई कति सुख मिल्छ। त्यसलाई भन्छन् बहिश्त, स्वर्ग। अल्लाहले बहिश्त केको लागि रच्नुभयो? के केवल मुसलमानहरूको लागि रच्नुभयो? आ-आफ्नो भाषामा कसैले स्वर्ग भन्छन्, कसैले बहिश्त भन्छन्। तिमीलाई थाहा छ हेभिनमा केवल भारतवर्ष नै हुन्छ। यी सबै कुरा तिमी बच्चाहरूको बुद्धिमा नम्बरवार पुरुषार्थ अनुसार बसेका छन्। एक मुसलमानले पनि भन्थे– हामी अल्लाहको गार्डेनमा गयौँ। यी सबै साक्षात्कार हुन्छन्। ड्रामामा पहिल्यै निश्चित छ। ड्रामामा जे हुन्छ, सेकेन्ड पास भयो भनिन्छ कल्प पहिला पनि यस्तै भएको थियो। भोलि के हुनेछ, यो थाहा छैन। ड्रामामा निश्चय हुनुपर्छ, जसबाट कुनै फिक्र रहँदैन। हामीलाई त बाबाले हुकुम दिनुभएको छ– म एकलाई याद गर र आफ्नो वर्सालाई याद गर। सबै समाप्त त हुनु नै छ। कोही एकअर्काको लागि रुन पनि सक्दैनन्। मृत्यु आयो र गयो, रुने फुर्सत हुँदैन। आवाज नै निस्कँदैन। आजकाल त मानिसहरूले खरानी लिएर पनि कति परिक्रमा गर्छन्। भाव बसेको छ नि। सबै समय व्यर्थ गुमाउनु हो... यसमा के छ र! माटो, माटोमा मिल्छ। यसबाट संसार पवित्र बन्छ र? पतित दुनियाँमा जुन काम गर्छन्, पतित नै गर्छन्। दानपुण्य आदि पनि गर्दै आएका छन्। के भारतवर्ष पावन बनेको छ? सिँढी ओर्लनु नै छ। सत्ययुगमा सूर्यवंशी बन्छन्। फेरि सिँढी ओर्लनुपर्छ, बिस्तारै बिस्तारै गिर्छन्। जतिसुकै यज्ञ-तप आदि गरे पनि अर्को जन्ममा अल्पकालको फल मिल्छ। कसैले नराम्रो कर्म गर्छ भने त्यसको फल पनि उसलाई मिल्छ। बेहदको बाबालाई थाहा छ, बच्चाहरूलाई पढाउन आउनुभएको छ। तन पनि साधारण लिनुभएको छ। कुनै तिलक आदि लगाउने आवश्यकता छैन। भक्त मानिसहरूले त ठुला ठुला तिलक लगाउँछन्, तर ठग्छन् कति। बाबाले भन्नुभएको छ, म साधारण तनमा आउँछु, आएर बच्चाहरूलाई पढाउँछु। वानप्रस्थ अवस्था भयो। श्रीकृष्णको नाम किन राखे? यो जज गर्ने बुद्धि पनि छैन। अहिले बाबाले सत्य असत्य जज गर्ने बुद्धि दिनुभएको छ।
बाबा भन्नुहुन्छ– तिमीले यज्ञ-तप, दानपुण्य गर्दै, शास्त्र पढ्दै आयौ। के ती शास्त्रहरूमा केही छ? मैले त तिमीलाई राजयोग सिकाएर विश्वको बादसाही दिएँ कि श्रीकृष्णले दिए? जज गर। भन्छन्– बाबा हजुरले नै सुनाउनुभएको थियो। श्रीकृष्ण त साना राजकुमार हुन्, उनले कसरी सुनाउँछन्! बाबा हजुरकै राजयोगबाट हामी यस्ता बन्छौँ। बाबा भन्नुहुन्छ– शरीरको भरोसा छैन। धेरै पुरुषार्थ गर्नु छ। बाबालाई समाचार सुनाउँछन्– फलानो धेरै राम्रो निश्चयबुद्धि छ। मैले भन्छु– बिलकुलै निश्चय छैन, जसलाई धेरै प्यार गरियो उनीहरू आज छैनन्। बाबा त सबैसँग प्यारले चल्नुहुन्छ। जस्तो कर्म मैले गर्छु, मलाई देखेर अरूले पनि गर्नेछन्। कति त विकारमा जान्छन्, फेरि लुकेर आएर बस्छन्। बाबाले त तुरुन्तै सन्देशीलाई बताइदिनुहुन्छ। यस्ता कर्म गर्नेहरू धेरै नाजुक हुँदै जानेछन्। अगाडि बढ्न सक्दैनन्। अन्त्यमा नाजुक समयमा कसैले केही गरेमा एकदम सैनिक शासन चलाउँछन्। पछि गएर तिमीले धेरै देख्नेछौ। बाबाले के के गर्नुहुन्छ। बाबाले कहाँ सजाय दिनुहुन्छ र! धर्मराजद्वारा दिलाउनुहुन्छ। ज्ञानमा प्रेरणाको कुरा छैन। भगवानलाई त सबै मानिसहरूले भन्छन्– हे पतितपावन आउनुहोस्, हामीलाई आएर पावन बनाउनुहोस्! सबै आत्माहरूले इन्द्रियहरूद्वारा पुकार्छन्। बाबा हुनुहुन्छ ज्ञानको सागर। उहाँसँग धेरै किसिम किसिमका सामान छन्। यस्तो सामान फेरि कसैसँग हुँदैन। श्रीकृष्णको महिमा बिलकुलै भिन्नै छ। बाबाको शिक्षाबाट यिनीहरू (लक्ष्मीनारायण) कसरी बने? बनाउने त बाबा नै हुनुहुन्छ। बाबा आएर कर्म, अकर्म, विकर्मको गति सम्झाउनुहुन्छ। अब तिम्रो तेस्रो नेत्र खुलेको छ। तिमीलाई थाहा छ ५ हजार वर्षको कुरा हो। अब घर जानु छ, पार्ट खेल्नुछ। यो स्वदर्शन चक्र हो नि। तिम्रो नाम हो स्वदर्शन चक्रधारी, ब्राह्मण कुलभूषण, प्रजापिता ब्रह्माकुमार-कुमारीहरू। लाखौँको सङ्ख्यामा स्वदर्शन चक्रधारी बन्नेछन्। तिमीले कति ज्ञान सिक्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) यो समय धेरै नाजुक छ त्यसैले कुनै पनि उल्टो कर्म गर्नुछैन। कर्म-अकर्म-विकर्मको गतिलाई ध्यानमा राखेर सदा श्रेष्ठ कर्म गर्नु छ।
२) योगबाट सदाको लागि आफ्नो काया निरोगी बनाउनु छ। एक परमप्रिय बाबालाई नै याद गर्नु छ। बाबाबाट जुन अविनाशी ज्ञान धन मिल्छ, त्यो दान गर्नु छ।
| वरदान:– |
सहनशीलताको गुणद्वारा कठोर संस्कारलाई पनि शीतल बनाउने सन्तुष्टमणि भव जसमा सहनशीलताको गुण हुन्छ उनीहरू अनुहारबाट सदैव सन्तुष्ट देखिन्छन्, जो स्वयं सन्तुष्टमूर्त हुन्छन् उनीहरूले अरूलाई पनि सन्तुष्ट बनाइदिन्छन्। सन्तुष्ट हुनु अर्थात् सफलता पाउनु। जो सहनशील हुन्छन् उनीहरूले आफ्नो सहनशीलताको शक्तिबाट कठोर संस्कार वा कठिन कार्यलाई शीतल र सहज बनाइदिन्छन्। उनीहरूको अनुहार नै गुणमूर्त देखिन्छ। उनीहरू नै ड्रामाको कवचले टिक्न सक्छन्। |
| स्लोगन:– | जो वाणीद्वारा परिवर्तन हुँदैनन्, उनीहरूलाई शुभ भाइब्रेसनद्वारा परिवर्तन गर्न सक्छौ। |
अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
जसरी ब्रह्मा बाबाको बोली फरिस्ताहरूको बोली, थोरै बोली र मधुर बोली थियो। त्यस्तै यथार्थ बोली बोल। कारोबारको लागि भन्नुपर्छ तर त्यसलाई पनि लामो नबनाऊ। हरेक सङ्कल्प, बोली र कर्ममा फलो फादर गर। हरेक बोलीमा मधुरता, नम्रताको महानता होस्। यसको लागि स्वयंलाई निमित्त सम्झेर हरेक कार्य गरेमा महानताको साथ नम्रता आउनेछ र सफलतामूर्त बन्नेछौ।