नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 अप्रिल 24

ओम शान्ति · BapDada · 2026 अप्रिल 24

आजको मुरली — हरेक बिहान नयाँ।

18
डाउनलोड PDF
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

24-04-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– अब फ र्केर घर जा नु छ , त्यसैले देह भानलाई भुलेर आफूलाई अशरीरी आत्मा सम्झ , सबैसँग ममत्व मेटाइदेऊ।”
प्रश्न:– सङ्गमयुगमा तिमी बच्चाहरूले बाबाबाट कुन अक्कल सिक्छौ?
उत्तर:– तमोप्रधानबाट सतोप्रधान कसरी बन्ने, आफ्नो तकदिर उच्च कसरी बनाउने, यो अक्कल अहिले नै तिमीले सिक्छौ। जो जति योगयुक्त र ज्ञानयुक्त बनेका छन्, उनीहरूको त्यति नै उन्नति भइरहन्छ। उन्नति गर्ने बच्चाहरू कहिल्यै पनि लुक्न सक्दैनन्। बाबाले हरेक बच्चाको कर्मबाट बुझ्नुहुन्छ, कुन बच्चाले आफ्नो तकदिर उच्च बनाइरहेको छ।
गीत:– मरना तेरी गली में...

ओम् शान्ति। सबै बच्चाहरूले यो गीत सुन्यौ। बच्चाहरू भन्नासाथ सबै सेन्टरका बच्चाहरूले बुझ्दछन्, बाबाले हामी ब्राह्मणहरूको लागि भन्नुहुन्छ, बच्चाहरूले यो गीत सुन्यौ– जीवन छँदै गलाको हार बन्नको लागि अर्थात् मूलवतनमा गएर बाबाको घरमा बस्नको लागि। त्यो शिवबाबाको घर हो नि, जसमा तिमी सबै सालिग्रामहरू पनि रहन्छौ। तिमी प्यारा बच्चाहरू, ब्राह्मण कुलभूषण, स्वदर्शन चक्रधारीले जान्दछौ, अवश्य उहाँ बाबा नै आउनुभएको छ। भन्नुहुन्छ– अब तिमी अशरीरी बन्नुछ अर्थात् देहको भानलाई भुल्नुछ। यो पुरानो दुनियाँ त मेटिनेछ। यस शरीरलाई त छोड्नुछ अर्थात् सबैलाई छोड्नुछ किनकि यो दुनियाँ नै समाप्त हुनेछ। त्यसैले अब फर्केर घर जानु छ। सबै बच्चाहरूलाई अब खुसी हुन्छ किनकि आधाकल्प घर जानको लागि धेरै ठक्कर खाएका छौ। तर मार्ग मिलेन! झन् भक्तिमार्गको आडम्बर देखेर मानिसहरू फस्छन्। यो हो भक्तिमार्गको दलदल जसमा मानिसहरू घाँटीसम्म फसेका छन्। अब बच्चाहरूले भन्छन्– बाबा हामीले पुरानो दुनियाँ, पुरानो शरीरलाई भुल्छौँ। अब हजुरको साथमा अशरीरी बनेर घर जानेछौँ। सबैको बुद्धिमा छ– परमपिता परमात्मा परमधामबाट आउनुभएको छ, हामीलाई लैजानको लागि। केवल भन्नुहुन्छ– तिमी पवित्र बनेर मलाई याद गर। जीवन छँदै मर्नुछ। तिमीलाई थाहा छ– त्यहाँ घरमा आत्माहरू रहन्छन्। त्यो आत्मा पनि त बिन्दु हो। निराकारी दुनियाँमा सबै आत्माहरू जानेछन्, जति मानिसहरू छन् त्यति आत्माहरू त्यहाँ हुनेछन्। आत्माहरूले त्यस महतत्त्वको कति ठाउँ लिन्छन्! शरीर त यति ठुलो छ, कति ठाउँ लिन्छ? बाँकी आत्मालाई कति ठाउँ चाहिन्छ! हामी आत्माहरूले कति सानो ठाउँ लिन्छौँ? धेरै कम। बच्चाहरूलाई अहिले यी सबै कुरा बाबाद्वारा सुन्ने सौभाग्य मिल्छ। बाबाले नै बताउनुहुन्छ, तिमी नाङ्गै (शरीर बिना) आएका थियौ, फेरि शरीर धारण गरेर पार्ट खेल्यौ, अब फेरि जीवन छँदै मर्नुछ, सबैलाई भुल्नुछ। बाबा आएर मर्न सिकाउनुहुन्छ। भन्नुहुन्छ– आफ्नो बाबालाई, आफ्नो घरलाई याद गर। खुब पुरुषार्थ गर। योगमा रहेमा पाप नाश हुनेछ। फेरि आत्मा तमोप्रधानबाट सतोप्रधान बन्नेछ, त्यसैले बाबाले राय दिनुहुन्छ– कल्प पहिला पनि भन्नुभएको थियो, देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर। सबैका एक बाबा त उहाँ हुनुहुन्छ नि। तिमी प्रजापिता ब्रह्माका मुख वंशावली बच्चा हौ, जसले ज्ञान पाइरहन्छौ। शिवका बच्चा त हौ नै। यो त सबैलाई निश्चय छ– हामी भगवानका बच्चा हौँ। तर उहाँको नाम, रूप, देश, काललाई भुलेका हुनाले भगवानसँग कसैको पनि त्यति प्यार हुँदैन। कसैलाई दोष दिनुहुन्न। यो पनि ड्रामामा निश्चित छ।

बाबा सम्झाउनुहुन्छ, तिमी आत्मा कति सानो बिन्दु हौ, त्यसमा ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ। कति आश्चर्य छ! आत्माले कसरी शरीर लिएर पार्ट खेल्छ! अहिले तिमीलाई बेहदको पार्टको बारेमा थाहा भएको छ। यो ज्ञान अरू कसैलाई छैन। तिमी पनि देह अभिमानी थियौ। अहिले कति पल्टियौ। त्यो पनि हरेकको तकदिरमा छ। कल्प पहिलाको तकदिरको अब साक्षात्कार भइरहेको छ। दुनियाँमा कति धेरै मानिसहरू छन्, हरेकको आ-आफ्नो तकदिर छ। जस्तो जस्तो जसले कर्म गरेका छन् त्यसै अनुसार दुःखी, सुखी, धनवान, गरिब बन्छन्। बन्ने आत्मा हो। आत्मा कसरी सुखमा आउँछ, फेरि दुःखमा आउँछ, यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। तमोप्रधानबाट सतोप्रधान बन्ने अक्कल बाबाले नै सिकाउनुहुन्छ कल्प पहिला अनुसार। जति जसले अक्कल पाएका थिए त्यति अहिले पनि पाइरहेका छन्। अन्त्यसम्ममा हरेकको तकदिरलाई बुझ्नेछौ। फेरि भन्छौ– कल्प कल्प हरेकको तकदिर यस्तै रहनेछ। जो राम्रो योगयुक्त, ज्ञानयुक्त हुन्छ, उसले सेवा पनि गरिरहन्छ। पढाइमा सदैव उन्नति भइरहन्छ। कुनै बच्चाहरूले छिट्टै उन्नति गर्छन्, कसैले धेरै दिमाग लगाउँछन्। यहाँ पनि यस्तै छन्। कल्प पहिला अनुसार जस-जसले उन्नति गर्छन्, उनीहरू छिप्न सक्दैनन्। बाबाले त जान्नुहुन्छ नि– सबैको कनेक्सन शिवबाबासँग छ। यो कुरा पनि बच्चाहरूको कर्म देखेर बुझ्नुहुन्छ, त्यसैले उहाँले पनि देख्नुहुन्छ। यिनीबाट कसैले लुकाए पनि शिवबाबाबाट त लुकाउन सक्दैनन्। भक्तिमार्गमा परमात्मासँग छिपाउन सक्दैनन् भने ज्ञानमार्गमा कसरी लुकाउन सक्छन्! बाबा सम्झाइरहनुहुन्छ, पढाइ त धेरै सहज छ। कर्म पनि गर्नु छ। बस्न पनि मित्र सम्बन्धीहरूकहाँ पुरानो दुनियाँमा बस्नुछ। त्यहाँ बसेर मेहनत गर्नु छ। यहाँ बसेर पुरुषार्थ गर्नेहरूभन्दा त्यहाँ घरमा बसेर पुरुषार्थ गर्नेहरू तीक्ष्ण हुन सक्छन्। यदि त्यस्तै लगन छ भने। शास्त्रहरूमा अर्जुन र भिलको उदाहरण छ नि। हुन त भिलहरू बाहिर बस्थे तर अभ्यासबाट उनी अर्जुनभन्दा पनि तीर चलाउनमा होसियार भए। त्यसैले गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहनु छ। यो उदाहरण पनि तिमीले देख्नेछौ। गृहस्थ व्यवहारमा रहेर धेरै राम्रो सेवा गर्न सक्छन्। उनीहरूले बढी उन्नति गर्दै जानेछन्। यहाँ बस्नेहरूलाई पनि मायाले छोड्दैन। यस्तो होइन, बाबाकहाँ आएपछि छुट्छन्। होइन, हरेकको आ-आफ्नो पुरुषार्थ हुन्छ। गृहस्थ व्यवहारमा बस्नेहरूले यहाँ बस्नेहरूभन्दा राम्रो पुरुषार्थ गर्न सक्छन्। धेरै राम्रो बहादुरी देखाउन सक्छन्, उनीहरूलाई नै महावीर भनिन्छ, जसले गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बनेर देखाउँछन्। भन्छन्, बाबा हजुरले त छोड्नुभयो। बाबा भन्नुहुन्छ– मैले कहाँ छोडेको छु र, मलाई नै छोडेर गएका हुन्। बाबाले त कसैलाई पनि छोडेर आउनुभएको होइन। झन् घरमा बच्चाहरू आएका छन्। बाँकी कन्याहरूको लागि त बाबा भन्नुहुन्छ, तिमीले यो ईश्वरीय सेवा गर। यी पनि बाबा हुन्, उहाँ पनि बाबा हुनुहुन्छ। कुमारहरू पनि धेरै आए तर चल्न सकेनन्। कन्याहरू फेरि पनि राम्रा छन्। कन्या १०० ब्राह्मणहरूभन्दा उत्तम मानिन्छ। त्यसैले कन्या उनै हुन् जसले २१ कुलको उद्धार गर्छन्, ज्ञानको बाण हान्छन्। बाँकी जो गृहस्थमा रहन्छन् उनीहरू पनि बि.के. हुन्। पछि गएर उनीहरूको पनि बन्धन समाप्त हुनेछ। सेवा त गर्नु छ नि। सेवा गर्ने कति बच्चाहरू बापदादाको दिलमा चढेका छन्, जसले हजारौँको कल्याण गरिरहेका छन्। त्यसैले यस्ता सर्भिसएबुल बच्चाहरूमाथि आशीर्वाद पनि आइरहन्छ। उनीहरू दिलमा चढिरहनेछन्। जो दिलमा छन् उनीहरू नै तख्तमा बस्नेछन्। बाबा भन्नुहुन्छ– आपसमा मिलेर युक्ति रचिराख, सबैलाई मार्ग देखाउने। चित्र पनि बनिरहन्छन्। यी सबै प्राक्टिकल कुरा हुन्।

अहिले तिमीले सम्झाउँछौ, परमपिता परमात्मा निराकार हुनुहुन्छ, उहाँ बिन्दु पनि हुनुहुन्छ। तर उहाँ ज्ञानका सागर, पतित पावन हुनुहुन्छ। आत्मा पनि बिन्दु हो। बच्चा फेरि पनि सानो हुन्छ। पिता र बच्चामा फरक त हुन्छ नि। आजकाल त १५-१६ वर्षका पनि पिता बन्छन्। तैपनि बच्चा पिताभन्दा सानो नै भयो नि। यहाँ वन्डर हेर न– बाबा पनि आत्मा, बच्चा पनि आत्मा। उहाँ हुनुहुन्छ सुप्रिम आत्मा, ज्ञानका सागर। बाँकी सबैले आफ्नो पढाइ अनुसार नीच वा उच्च पद पाउँछन्। सारा पढाइमा आधारित छ । राम्रो कर्म गरेमा उच्च पद पाउनेछन्। अहिले तिमी बच्चाहरूलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। स्वर्गमा केवल भारतवर्ष नै थियो, अरू कुनै खण्ड थिएन। त्यसैले सानो आफ्नो स्वर्ग देखाऊ। जस्तै द्वारिका नाम होइन, लक्ष्मीनारायणको राजवंशको राज्य लेख्नुपर्छ। बुद्धिले पनि भन्छ– सत्ययुगमा पहिला दैवी राजवंशको राज्य हुन्छ। उनीहरूका गाउँ हुनेछन्, साना साना इलाका हुनेछन्। यो पनि विचार सागर मन्थन गर्नु छ। साथसाथै शिवबाबासँग बुद्धिको योग पनि लगाउनु छ। हामीले यादबाट नै बादसाही लिन्छौँ। यादबाट नै खिया उत्रनेछ, यसमा नै सारा मेहनत छ। कतिको बुद्धि बाहिर ठक्कर खाइरहन्छ, यहाँ बसेर पनि सारा समय यादमा रहन सक्दैनन्, बुद्धि अरूतर्फ जान्छ। भक्तिमार्गमा पनि यस्तै हुन्छ। श्रीकृष्णको भक्ति गर्दागर्दै बुद्धि अरूतर्फ जान्छ। नवधा भक्ति गर्नेले दर्शनको लागि धेरै मेहनत गर्छन्। कति घण्टा बस्छन्, श्रीकृष्ण बाहेक अरू कोही याद नआओस्, धेरै मेहनत छ। यसमा ८ को र फेरि १६१०८ को माला हुन्छ। उनीहरूले त लाखौँको माला पनि देखाउँछन्। तर ज्ञानमार्गको माला धेरै किमती छ। भक्तिमार्गको माला सस्तो छ किनकि यसमा रुहानी मेहनत छ। श्रीकृष्णलाई देखेर खुसी भएर डान्स गर्छन्। भक्ति र ज्ञानमा रातदिनको फरक छ, तिमीलाई यो सम्झाइँदैन, श्रीकृष्णलाई याद गरेमा खिया निस्कन्छ। यहाँ त सम्झाइन्छ, जति बाबालाई याद गर्छौ त्यति पाप नाश हुन्छन्।

तिमी बच्चाहरू अहिले योगबलबाट विश्वको मालिक बन्छौ। यो कसैलाई स्वप्नमा पनि ख्याल हुँदैन। लक्ष्मीनारायणले कुनै लडाइँ आदि गरेका छैनन्। विश्वको मालिक फेरि कसरी बने? यो त तिमी बच्चाहरूले नै जान्दछौ। बाबा भन्नुहुन्छ– योगबलबाट तिमीलाई राजाइ मिल्नेछ। तर तकदिरमा छैन भने सेवा नै गर्दैनन्। सर्भिसएबुल बन्दैनन्। बाबाले त डाइरेक्सन दिइरहनुहुन्छ, यसरी यसरी प्रदर्शनी गर। कमसेकम १५०-२०० प्रदर्शनीहरू एक दिनमा होऊन्। गाउँ गाउँमा चक्कर लगाऊ। जति सेन्टर, त्यति प्रदर्शनीहरू। एक एक सेन्टरमा प्रदर्शनी भएमा सम्झाउनमा सहज हुन्छ। सेन्टरहरू पनि दिन प्रतिदिन ठुला हुँदै जानेछन् जसले चित्र आदि पनि राख्न सक्छन्। चित्रहरूको पनि आविष्कार निस्कँदै जान्छ। भारतवर्षका वैकुण्ठका चित्रहरूमा सुन्दर महलहरू आदि बनाउनुपर्छ। पछि गएर सम्झाउनको लागि राम्रा राम्रा चित्र निस्कँदै जानेछन्। वानप्रस्थ अवस्थामा भएकाहरूले घुम्दै पनि सेवा गरिरहनु छ, जसको भाग्य उदय हुन्छ उनीहरू निस्कनेछन्। कति बच्चाहरूले कुकर्म गरेर आफ्नो इज्जत गुमाउँछन् भने यज्ञको इज्जत गुमाउँछन्। जस्तो चालचलन त्यस्तै पद। जसले धेरैलाई सुख दिन्छन्, उनीहरूको त नाम गायन गरिन्छ नि। अहिले सर्वगुण सम्पन्न त बनेका छैनौ नि। कोही कोहीले धेरै राम्रो सेवा गरिरहेका छन्। यस्ता यस्ताको नाम सुनेर बाबा खुसी हुनुहुन्छ। सर्भिसएबुल बच्चाहरूलाई देखेर बाबा खुसी हुनुहुन्छ नि। राम्रो सेवामा मेहनत गरिरहन्छन्। सेन्टरहरू पनि खोलिरहन्छन्, जसबाट हजारौँको कल्याण हुनु छ। उनीहरूद्वारा फेरि धेरै निस्कँदै जानेछन्। सम्पूर्ण त कोही बनेको छैन। भुलहरू पनि केही न केही हुनेछन्। मायाले छोड्दैन। जति सेवा गरेर आफ्नो उन्नति गर्छन् त्यति नै दिलमा चढ्नेछन्। त्यति नै उच्च पद पाउनेछन्। फेरि कल्प कल्प यस्तै पद हुनेछ। शिवबाबाबाट त कसैले लुकाउन सक्दैन। अन्त्यमा हरेकलाई आफ्ना कर्महरूको साक्षात्कार त हुन्छ। फेरि के गर्न सक्छन् र! धुरुधुरु रुनुपर्छ, त्यसैले बाबा सम्झाइरहनुहुन्छ, यस्तो कुनै पनि कर्म नगर जसले अन्त्यमा सजायको भागी बन्नुपरोस्, पश्चात्ताप गर्नुपरोस्। तर जतिसुकै सम्झाए पनि तकदिरमा छैन भने सेवा गर्दैनन्। आजकालका मानिसहरूले त बाबालाई चिन्दैनन्। भगवानलाई याद गर्छन् तर चिन्दैनन्। उहाँको भनाइ मान्दैनन्। अहिले उहाँ बेहदको बाबाबाट तिमीलाई सत्ययुगी स्वराज्यको वर्सा मिल्छ सेकेन्डमा। शिवबाबाको नाम त सबैले मन पराउँछन् नि। तिमी बच्चाहरूले जान्दछौ, उहाँ बेहदको बाबाबाट स्वर्गको वर्सा मिलिरहेको छ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) आफ्नो चालचलनबाट बाबाको वा यज्ञको नाम प्रसिद्ध गर्नु छ, यस्तो कुनै कर्म गर्नुछैन जसले बाबाको इज्जत जान्छ। सेवाबाट आफ्नो भाग्य आफै बनाउनु छ।

२) बाबा समान कल्याणकारी बनेर सबैको आशीर्वाद लिएर अगाडिको नम्बर लिनु छ। गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान रहने राम्रो बहादुरी देखाउनु छ।

वरदान:– सतोप्रधान स्थितिमा स्थित रहेर सदा सुख शान्तिको अनुभूति गर्ने डबल अहिंसक भव
सदा आफ्ना सतोप्रधान संस्कारहरूमा स्थित रहेर सुख-शान्तिको अनुभूति गर्नु– यो सत्य अहिंसा हो। हिंसा अर्थात् जसबाट दुःख-अशान्तिको प्राप्ति हुन्छ। त्यसैले चेक गर, १- सारा दिनमा कुनै पनि प्रकारको हिंसा त गरिन! यदि कुनै शब्दद्वारा कसैको स्थितिलाई डगमग बनाइदियौ भने यो पनि हिंसा हो। २- आफ्ना सतोप्रधान संस्कारहरूलाई दबाएर अरू नै संस्कारहरूलाई प्राक्टिकलमा ल्याउँछौ भने यो पनि हिंसा हो, त्यसैले महीनतामा गएर महान आत्माको स्मृतिबाट डबल अहिंसक बन।
स्लोगन:– सत्यसँग असत्य मिसिनासाथ खुसी गायब हुन्छ।

अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

तिम्रो एक एक वचन अलौकिक होस्, फरिस्ताहरूको समान होस्। हरेक वचन मधुर होस्। यस कुरालाई अहिले अन्डरलाइन गरेमा प्रत्यक्षता हुनेछ किनकि अहिलेसम्म वाणीको शक्ति व्यर्थ गइरहेको छ, त्यसैले वाणीमा जुन बाबालाई प्रत्यक्ष गर्ने शक्ति हुनुपर्छ त्यो थोरै छ, वचनलाई व्यर्थबाट बचायौ भने बाबालाई प्रत्यक्ष गर्ने आवाज बुलन्द हुनेछ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।