| 25-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– बाबा दूरदेशबाट आउनुभएको छ तिमी बच्चाहरूको लागि नयाँ राज्य स्थापना गर्न , तिमी अहिले स्वर्गको लायक बनिरहेका छौ।” | |
| प्रश्न:– | जुन बच्चाहरूको शिवबाबामा अटुट निश्चय छ, त्यसको निसानी के हुन्छ? |
| उत्तर:– | उनीहरू जुनसुकै आज्ञा मिले पनि आँखा बन्द गरेर बाबाको श्रीमतमा चलिरहन्छन्। यसमा केही नोक्सान नहोस् भन्ने ख्याल कहिल्यै पनि आउँदैन किनकि यस्ता निश्चयबुद्धि बच्चाहरूको जिम्मेवार स्वयं बाबा हुनुहुन्छ। उनीहरूलाई निश्चयको बल मिल्छ। अवस्था अडोल र अचल हुन्छ। |
| गीत:– | तुम्हीं हो माता, तुम्हीं पिता हो... |
ओम् शान्ति। यो महिमा कसको सुन्यौ? जसलाई तिमी बच्चाहरू बाहेक दुनियाँमा अरू कसैले चिन्दैनन्। यो हो उच्चभन्दा उच्च बाबाको महिमा। बाँकी जसको पनि महिमा गर्छन् त्यो फाल्तु हो। उच्चभन्दा उच्च एउटै बाबा हुनुहुन्छ। तर बाबाको पहिचान कसले दिने। स्वयं बाबा नै आएर आत्माको र आफ्नो पहिचान दिनुहुन्छ। कुनै पनि मानिसलाई आत्माको पहिचान छैन। भन्न त भन्छन्– महान आत्मा, जीव आत्मा। शरीर छुटेपछि भन्छन्– आत्मा निस्कियो। शरीर मुर्दा हुन्छ। आत्मा अविनाशी छ। त्यो कहिल्यै समाप्त हुँदैन। आत्मा जुन स्टारजस्तै छ, त्यो अति सूक्ष्म छ। यी आँखाहरूबाट देखिँदैन। कर्तव्य सबै आत्माले नै गर्छ। तर घरी घरी देह अभिमानमा आएपछि भन्छन्– म फलानो हुँ, मैले यो गर्छु। वास्तवमा गर्छ सबै आत्माले। शरीर त अंगहरू हुन्। यी साधु आदिले पनि जान्दछन्, आत्मा धेरै सूक्ष्म छ, जुन भृकुटीको बीचमा रहन्छ। तर उनीहरूलाई यो ज्ञान छैन, आत्मामा यो पार्ट खेल्ने संस्कार छ। कसैले भन्छन्– आत्मामा संस्कार हुँदैन, आत्मा निर्लेप छ। कसैले भन्छन्– संस्कार अनुसार जन्म मिल्छ। मतभेद धेरै छ। यो पनि कसैलाई थाहा छैन, कुन आत्माले ८४ जन्म लिन्छन्। तिमीलाई थाहा छ, सूर्यवंशीहरूले नै ८४ को चक्कर लगाउनुपर्छ। आत्मा नै ८४ को चक्कर लगाएर पतित बन्छ। उनीहरूलाई अब पावन कसले बनाउँछ? पतितपावन उच्चभन्दा उच्च एउटै बाबा हुनुहुन्छ, उहाँको महिमा सबैभन्दा उच्च छ। ८४ जन्म सबैले त लिँदैनन्। पछि आउनेहरूले त ८४ जन्म लिन सक्दैनन्। सबै त सँगसँगै आउँदैनन्। जुन सूर्यवंशी राजा र प्रजा पहिला सुरुमा सत्ययुगमा आउँछन्, उनीहरूका ८४ जन्म हुन्छन्। अन्त्यमा त मानिसहरूको धेरै वृद्धि हुन्छ नि। फेरि कसैका ८३, कसैका ८० जन्म हुन्छन्। त्यहाँ सत्ययुगमा त पूरा १५० वर्षको आयु हुन्छ। कोही तुरुन्तै मर्न सक्दैनन्। यी कुरा बाबाले नै बसेर सम्झाउनुहुन्छ। तर कसैले परमपिता परमात्मालाई चिन्दैनन्। बाबा भन्नुहुन्छ– जस्तो तिमी आत्मा छौ, म आत्मा पनि त्यस्तै छु। तिमी केवल जन्म मरणमा आउँछौ, म आउँदिनँ। मलाई पनि आत्माहरू पतित बनिसकेपछि मात्रै पुकार्छन्। धेरै दुःखी भएपछि मात्रै पुकार्छन्। यस समयमा तिमी बच्चाहरूलाई शिवबाबाले पढाइरहनुभएको छ।
कसैले सोध्छन्– परमात्मा आउनुहुन्छ भनेर कसरी मान्ने! त्यसैले उनीहरूलाई सम्झाउनु छ, सबैले पुकार्छन्– हे पतितपावन आउनुहोस्! तर उहाँ हुनुहुन्छ निराकार। उहाँको आफ्नो शरीर छैन, आउनु हुन्छ पनि पतित दुनियाँमा। पावन दुनियाँमा त आउनुहुन्न। यसरी सम्झाउनुपर्छ। यो पनि सम्झाउनु छ– परमात्मा यति सानो हुनुहुन्छ जति आत्मा सानो छ, तर उहाँ हुनुहुन्छ मनुष्य सृष्टिको बीजरूप, ज्ञानको सागर। बाबा भन्नुहुन्छ– तिमीले मलाई परमपिता परमात्मा भन्छौ। पुकार्छौ भने अवश्य आउनुहुन्छ नि। गायन पनि छ– दूरदेशका रहने वाला आया देश पराये। अहिले बाबाबाटै थाहा भएको छ, अहिले हामी पराइ देश अर्थात् रावणको देशमा छौँ। सत्ययुग त्रेतामा हामी ईश्वरीय देश अर्थात् आफ्नै देशमा थियौँ, फेरि द्वापरदेखि लिएर हामी पराइ देश, पराइ राज्यमा आउँछौँ। वाममार्गमा आउँछौँ। फेरि भक्ति सुरु हुन्छ। पहिला सुरुमा शिवबाबाको भक्ति गर्न थाल्छन्, उनीहरूले शिवको यति ठुलो लिङ्ग बनाउँछन्, तर उहाँ त यति ठुलो हुनुहुन्न। अहिले तिमीले बुझेका छौ– आत्मा र परमात्मामा के फरक छ। उहाँ ज्ञानको सागर, सदा पावन, सुखको सागर, आनन्दको सागर हुनुहुन्छ। यो परम आत्माको महिमा हो नि। अब पुकार्छन्, हे पतितपावन आउनुहोस्! उहाँ हुनुहुन्छ परमपिता जो कल्प कल्प आउनुहुन्छ। दूरदेशमा बस्ने यात्रीलाई पुकार्छन्, उहाँको महिमा गाउँछन्। ब्रह्मा, सरस्वतीलाई त पुकार्दैनन्। पुकार्छन् निराकार परमात्मालाई। आत्माले पुकार्छ– दूरदेशमा बस्ने अब आउनुहोस् पराइ देशमा, किनकि सबै पतित बनिसकेका छन्। म पनि आउँछु रावण राज्य समाप्त हुने बेलामा। म आउँछु पनि सङ्गमयुगमा। यो कसैलाई पनि थाहा छैन। भन्छन् पनि– उहाँ परम आत्मा, बिन्दु हुनुहुन्छ। आजकाल फेरि भन्छन्– आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। आत्मा सो परमात्मा हुन सक्दैन। आत्मा र परमात्मा दुवै भिन्नाभिन्नै हुनुपर्छ। रूप दुवैको उस्तै छ। तर आत्मा पतित बन्छ, आत्माले ८४ जन्मको पार्ट खेल्नुपर्छ। परमात्मा जन्म मरणरहित हुनुहुन्छ। यदि आत्मा सो परमात्मा भन्छन् भने के सतोप्रधान परमात्मा, तमोप्रधानतामा आउनुहुन्छ? आउनुहुन्न, यो त हुन सक्दैन। बाबा भन्नुहुन्छ, म आउँछु, सबै आत्माहरूको सेवा गर्न। मेरो जन्म पनि भनिँदैन। म आउँछु नै नर्कवासीहरूलाई स्वर्गवासी बनाउन। पराइ देशमा आउनुभएको छ, आफ्नो स्वर्ग स्थापना गर्न। बाबाले नै आएर हामीलाई स्वर्गको लायक बनाउनुहुन्छ। यो पनि सम्झाउनुभएको छ– आत्माहरूको पार्ट आ-आफ्नो छ। परमात्मा जन्ममरणरहित हुनुहुन्छ। आउनु पनि अवश्य हुन्छ त्यसैले त शिवरात्रि मनाउँछन्। तर उहाँ कहिले आउनुभयो, यो कसैले जान्दैनन्। यसरी नै शिवजयन्ती मनाउँदै आएका छन्। अवश्य पनि सङ्गममा आउनुभएको होला, स्वर्ग स्थापना गर्न। पतितहरूलाई पावन बनाउन अवश्य सङ्गममा आउनुहुन्छ नि। पावन सृष्टि हो स्वर्ग। भन्छन्– पतितपावन आउनुहोस्! फेरि अवश्य पतित दुनियाँको विनाशको समय हुन्छ, त्यसपछि मात्रै पावन दुनियाँ स्थापना गर्नुहुन्छ। युग युगमा त आउनुहुन्न। बाबा भन्नुहुन्छ– मैले सङ्गममा नै आएर पतित दुनियाँलाई पावन बनाउनु छ। यो पराइ देश हो, रावणको देश। अहिले रावणको राज्य चलिरहेको छ, तर यो कहाँ कुनै मानिसले जान्दछन् र! कहिलेदेखि यो रावण राज्य सुरु भयो, केही पनि थाहा छैन। पहिलो मुख्य कुरा आत्मा र परमात्माको रहस्य सम्झाउनु छ, फेरि सम्झाउनु छ– उहाँ कल्पको सङ्गमयुगमा आउनुहुन्छ, पावन बनाउन। यो काम उहाँको नै हो, न कि श्रीकृष्णको। श्रीकृष्ण त स्वयं नै ८४ जन्म लिएर तल ओर्लन्छन्। सूर्यवंशी सबै तल ओर्लन्छन्। वृक्ष आधा ताजा, आधा पुरानो कहाँ हुन्छ र! सबैको जीर्ण अवस्था हुन्छ। कल्पको अवधिको विषयमा पनि मानिसहरूलाई थाहा छैन। शास्त्रहरूमा कल्पको अवधि लामो भनिदिएका छन्। यो कुरा बाबा नै बसेर सम्झाउनुहुन्छ। यसमा अरू प्रश्न उठ्न सक्दैन। रचयिता बाबाले सत्य नै बोल्नुहुन्छ। हामी यति बि.के. छौँ, सबैले मान्छन्। अवश्य यही हो त्यसैले त मान्छन्। पछि गएर निश्चय भएपछि मात्रै समझमा पनि आउनेछ। पहिला सुरुमा मानिसहरूलाई यो सम्झाउनु छ– निराकार परमपिता परमात्मा दूरदेशबाट आउनुभएको छ। तर कुन शरीरमा आउनुभयो? सूक्ष्मवतनमा आएर के गर्नुहुन्छ? अवश्य यहाँ आउनुपर्छ। प्रजापिता ब्रह्मा पनि यहाँ हुनुपर्छ। ब्रह्मा को हुन्, यो पनि बाबाले बसेर सम्झाउनुहुन्छ। जसमा प्रवेश गर्नुभएको छ, उनले आफ्ना जन्महरूलाई जान्दैनथे भने बच्चाहरूले पनि जान्दैनथे। बच्चा पनि मैले एडप्ट गरेपछि मात्र बन्छन्। मैले यिनी (साकार) सहित बच्चाहरूलाई सम्झाउँछु– के तिमीले आफ्ना जन्महरूलाई भुल्यौ? अब सृष्टिको चक्र पूरा हुन्छ फेरि रिपिट हुनेछ। म आएको छु पावन बनाउनको लागि, राजयोग सिकाउन। पावन बन्ने अरू कुनै मार्ग छैन। यो रहस्य मानिसहरूले जानेका भए गङ्गा आदिमा स्नान गर्न, मेला आदिमा जाँदैनथे। यी पानीका नदीहरूमा त सदैव स्नान गरिरहन्छन्। द्वापरदेखि गर्दै आएका छन्। सम्झन्छन्, गङ्गामा डुबुल्की मार्नाले पाप नाश हुन्छ। तर कसैको पनि पाप नाश हुँदैन। पहिला सुरुमा त आत्मा र परमात्माको रहस्य नै बताउनु छ। आत्माहरूले नै परमात्मा बाबालाई पुकार्छन्, उहाँ निराकार हुनुहुन्छ, आत्मा पनि निराकार हो। यी इन्द्रियहरूद्वारा आत्माले पुकार्छ। भक्तिपछि भगवान आउनु छ, ड्रामामा यो पार्ट पनि छ।
बाबा भन्नुहुन्छ– म नयाँ दुनियाँ स्थापना गर्न आउनुपर्छ। शास्त्रहरूमा पनि छ, भगवानलाई सङ्कल्प उठ्यो भने अवश्य ड्रामा प्लान अनुसार सङ्कल्प उठेको होला। पहिला यी कुरालाई कहाँ जान्दथे र! दिन-प्रतिदिन बुझ्दै जान्छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई नयाँ नयाँ गुह्यभन्दा गुह्य कुरा सुनाउँछु। सुन्दासुन्दै बुझ्दै जान्छन्। पहिला यसरी भन्दैनथे, शिवबाबाले पढाउनुहुन्छ। अब त राम्रोसँग बुझेका छन्, अझै पनि बुझ्न धेरै बाँकी छ। दिनहुँ सम्झाइरहनुहुन्छ, कसरी कसलाई सम्झाउनुपर्छ। पहिला यो निश्चय गर्नु छ, बेहदको बाबाले सम्झाउनुहुन्छ त्यसैले उहाँले अवश्य सत्य बताउनुहुन्छ। यसमा अल्मलिने कुरा नै छैन। बच्चाहरू कोही पक्का छन्, कोही कच्चा छन्। कच्चा रहेछन् भने कसैलाई सम्झाउन सक्दैनन्। त्यसो त स्कुलमा पनि नम्बरवार हुन्छन्। धेरैलाई यो संशय हुन्छ, हामीले कसरी बुझौँ, परमपिता परमात्मा आएर पढाउनुहुन्छ किनकि उनीहरूको बुद्धिमा छ– श्रीकृष्णले ज्ञान सुनाएका हुन्। अब पतित दुनियाँमा त श्रीकृष्ण आउन सक्दैनन्। यो उनीहरूलाई सिद्ध गर, परमात्मालाई नै आउनुपर्छ, पतित दुनियाँ र पतित शरीरमा। बाबालाई यो पनि थाहा छ, हरेकको आ-आफ्नो बुद्धि छ। कसैले त तुरुन्तै बुझ्छन्। जति सकिन्छ सम्झाउनु छ। सबै ब्राह्मण उस्तै हुँदैनन्। तर बच्चाहरूमा धेरै देह अभिमान छ। यी बाबाले पनि जान्दछन्, बच्चाहरू नम्बरवार छन्। बच्चाहरू डाइरेक्सनमा चल्नुपर्छ। बडा बाबाले जे भन्नुहुन्छ, त्यो मान्नुपर्छ। गुरु आदिको कुरा त मान्दै आएका छौ। अब बाबा जसले स्वर्गमा लैजानुहुन्छ, उहाँको कुरा त आँखा बन्द गरेर मान्नुपर्छ। तर यस्ता निश्चयबुद्धि छैनन्। त्यसमा नोक्सान होस् वा फाइदा होस्, तर मान्नुपर्छ। मानौँ नोक्सान पनि हुन्छ। फेरि पनि बाबा भन्नुहुन्छ नि, सदैव यस्तो सम्झ– शिवबाबाले नै भन्नुहुन्छ, ब्रह्माले भनेको पनि नसम्झ। जिम्मेवार शिवबाबा हुनुहुन्छ। उहाँको यो रथ हो, उहाँले ठीक पारिदिनुहुन्छ। भन्नुहुन्छ– म बसेको छु। सदैव सम्झ– शिवबाबाले नै भन्नुहुन्छ, यिनले केही जान्दैनन्। यसरी नै सम्झ। एकातर्फ त निश्चय राख्नुपर्छ, शिवबाबा भन्नुहुन्छ– मेरो कुरा मानिरह्यौ भने तिम्रो कल्याण भइरहनेछ। यी ब्रह्माले पनि केही भन्छन् भने त्यसको पनि मै जिम्मेवार छु। तिमी बच्चाहरूले फिक्र नगर। शिवबाबालाई याद गरेमा अवस्था अझै पक्का हुनेछ। निश्चय भएमा विकर्म पनि विनाश हुनेछ, बल पनि मिल्नेछ। जति बाबालाई याद गर्छौ त्यति बढी बल मिल्नेछ। जसले श्रीमतमा चलेर सेवा गर्छन् उनीहरूले नै उच्च पद पाउनेछन्। धेरैजसोमा धेरै देह अभिमान हुन्छ। हेर बाबा सबै बच्चाहरूसँग कसरी प्यारले चल्नुहुन्छ। सबैसँग कुरा गरिरहनुहुन्छ। बच्चाहरूलाई सोध्नुहुन्छ, राम्रोसँग बसेका छौ! कुनै कष्ट त छैन! प्यार हुन्छ बच्चाहरूसँग। बेहदको बाबाले बच्चाहरूलाई धेरै धेरै प्यार गर्नुहुन्छ। जसले जति श्रीमतमा सेवा गर्छन् त्यस अनुसार प्यार हुन्छ। सेवामा नै फाइदा छ। सेवामा हड्डी हड्डी दिनु छ। कुनै पनि काम गरिरहे भने उनीहरू फेरि दिलमा पनि रहन्छन्, यो बच्चा फस्टक्लास छ। तर चल्दाचल्दै कसैमाथि ग्रहचारी पनि बस्छ। मायाको अवरोध हुन्छ नि। ग्रहचारीको कारण फेरि ज्ञान लिन सक्दैनन्। कतिले त फेरि अथक भएर कर्मणा सेवा गर्छन्।
तिम्रो काम हो सबैलाई सुखधामको मालिक बनाउनु। कसैलाई दुःख नदिनु। ज्ञान छैन भने फेरि धेरै दुःख दिन्छन्। फेरि जति सम्झाए पनि बुझ्दैनन्। पहिला सुरुमा आत्मा र परमात्माको ज्ञान दिनु छ। कसरी आत्मामा ८४ जन्मको पार्ट भरिएको छ, जुन अविनाशी पार्ट हो। कहिल्यै परिवर्तन हुँदैन, ड्रामामा पहिल्यै निश्चित छ। यो निश्चय हुनेहरू कहिल्यै विचलित हुँदैनन्। धेरै त विचलित हुन्छन्। अन्त्यमा सृष्टिमा आगो लागेपछि अचल बन्नेछन्। अहिले त धेरै युक्तिले सम्झाउनु छ। राम्रा राम्रा बच्चाहरू त सेवामा रहन्छन्। दिलमा चढेका हुन्छन्। धेरै तीक्ष्ण हुँदै जान्छन्। धेरै मेहनत गर्छन्। उनीहरूलाई सेवाको धेरै सोख हुन्छ। जसमा जुन गुण छन् त्यो बाबाले वर्णन गर्नुहुन्छ। अच्छा।
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) सेवामा हड्डी हड्डी दिनु छ, कुनै पनि कुरामा संशय उठाउनु हुँदैन। सबैलाई सेवाबाट सुख दिनु छ, दुःख दिनुछैन।
२) निश्चयको बलबाट आफ्नो अवस्थालाई अचल अडोल बनाउनु छ। जुन श्रीमत मिल्छ, त्यसमा कल्याण समाहित छ किनकि जिम्मेवार बाबा हुनुहुन्छ त्यसैले फिक्र गर्नुछैन।
| वरदान:– |
योगयुक्त स्थितिद्वारा सूक्ष्म र कडा बन्धनहरूलाई पार गर्ने बन्धनमुक्त भव योगयुक्तको निसानी हो– बन्धनमुक्त। योगयुक्त बन्नमा सबैभन्दा ठुलो अन्तिम बन्धन हो– १- स्वयंलाई समझदार सम्झेर श्रीमतलाई आफ्नो बुद्धिको कमाल सम्झनु अर्थात् श्रीमतमा आफ्नो बुद्धि मिसाउनु, जसलाई बुद्धिको अभिमान भनिन्छ। २- कहिल्यै कसैले कुनै कमजोरीको इसारा दिए अथवा नराम्रो व्यवहार गरेमा त्यस समयमा अलिकति पनि व्यर्थ सङ्कल्प चल्यो भने पनि त्यो बन्धन हो। यी बन्धनहरूलाई पार गरेर हारजित, निन्दा-स्तुतिमा समान स्थिति बनाऊ तब भनिन्छ सम्पूर्ण बन्धनमुक्त। |
| स्लोगन:– | पहिला सोच्नु त्यसपछि गर्नु– यही ज्ञानी आत्माको गुण हो। |
अव्यक्त इसारा:– महान बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
जसरी अन्जान बच्चाले नोक्सान पार्ने चिजलाई खेलौना सम्झियो भने उसलाई केही दिएर छुटाउनुपर्छ, त्यसैगरी जसले अल्पकालको मान, शान वा अल्पकालको इच्छा राख्छन्, उनीहरूलाई मान दिएर स्वयं निर्मान बन। त्यस समयमा उनीहरूलाई शिक्षा दियौ भने टकराब पैदा हुन्छ त्यसैले यस्तो समयमा युक्तियुक्त व्यवहारबाट, परोपकारी बनेर क्षमाभावबाट सम्मान दिएर पहिला उनीहरूलाई समझदार बनाऊ, जसबाट उनीहरूले स्वयं महसुस गर्छन्, यो कुरा नोक्सानदायी छ।