नेपाली मुरली · Brahma Kumaris

आजको मुरली · 2026 अप्रिल 27

ओम शान्ति · BapDada · 2026 अप्रिल 27

आजको मुरली — हरेक बिहान नयाँ।

18
डाउनलोड PDF
0:00--:--

पाठ छान्नुहोस् → हाइलाइट / बक्स / रेखाङ्कन

27-04-2026
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन
“ मीठे बच्चे– तिमीले फूल बनेर सबैलाई सुख दि नुछ , फूल बच्चाहरूले मुखबाट रत्न निकाल्छन्।”
प्रश्न:– फूल बन्ने बच्चाहरूप्रति भगवानको कुन यस्तो शिक्षा छ, जसले गर्दा उनीहरू सदा सुगन्धित बनिरहन्छन्?
उत्तर:– हे मेरा फूल बच्चाहरू! तिमीले आफैभित्र हेर– मभित्र कुनै आसुरी अवगुण रूपी काँडा त छैन! यदि भित्र कुनै काँडा छ भने जसरी अरूको अवगुणप्रति घृणा आउँछ त्यसरी नै आफ्नो आसुरी अवगुणप्रति घृणा गरेमा त्यो काँडा निस्कन्छ। आफैलाई हेरिराख– मनसा-वाचा-कर्मणा यस्तो कुनै विकर्म त हुँदैन जसको दण्ड भोग्नु परोस्?

ओम् शान्ति। रुहानी बच्चाहरूप्रति रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। यस समय यो रावण राज्य भएकाले सबै मानिसहरू देह अभिमानी छन् त्यसैले उनीहरूलाई जङ्गलको काँडा भनिन्छ। यो कसले सम्झाउनुहुन्छ? बेहदको बाबाले, जसले अहिले काँडाहरूलाई फूल बनाइरहनुभएको छ। कहीँ कहीँ माया यस्तो हुन्छ जसले फूल बन्दाबन्दै तुरुन्तै फेरि काँडा बनाइदिन्छ। यसलाई भनिन्छ नै काँडाहरूको जङ्गल, यसमा अनेक प्रकारका जनावर जस्ता मानिसहरू हुन्छन्। हुन् मानिस, तर एकअर्कामा जनावर जस्तै लडाइँ झगडा गर्छन्। घरघरमा झगडा हुन थालेको छ। सबै विषय सागरमा नै पुगेका छन्, यो सारा दुनियाँ ठुलो विषको सागर हो, जसमा मानिसहरूले गोता खाइरहेका छन्। यसलाई नै पतित भ्रष्टाचारी दुनियाँ भनिन्छ। अहिले तिमी काँडाबाट फूल बनिरहेका छौ। बाबालाई बागवान पनि भनिन्छ। बाबा बसेर सम्झाउनुहुन्छ– गीतामा ज्ञानका कुरा छन् र फेरि मानिसहरूको चालचलन कस्तो छ, त्यसको भागवतमा वर्णन छ। के के कुरा लेखिदिएका छन्! सत्ययुगमा यस्तो कहाँ भन्छन् र? सत्ययुग त हो नै फूलहरूको बगैँचा। अहिले तिमी फूल बनिरहेका छौ। फूल बनेर फेरि काँडा बन्छौ। आज धेरै राम्रोसँग चल्छन् फेरि मायाका तुफानहरू आउँछन्। बस्दाबस्दै मायाले के हाल बनाइदिन्छ। बाबाले भनिरहनुहुन्छ मैले तिमीलाई विश्वको मालिक बनाउँछु। भन्नुहुन्छ तिमी विश्वको मालिक थियौ। हिजोको कुरा हो। लक्ष्मीनारायणको राज्य थियो। हीरा जुहारतका महलहरू थिए। त्यसलाई भनिन्छ नै गार्डन अफ अल्लाह, ईश्वर बाबाको बगैँचा। जङ्गल यहीँ छ, फेरि बगैँचा पनि यहाँ नै हुन्छ नि। भारतवर्ष स्वर्ग थियो, त्यसमा फूल नै फूल थिए। बाबाले नै फूलहरूको बगैँचा बनाउनुहुन्छ। फूल बन्दाबन्दै फेरि सङ्गदोषमा आएर बिग्रन्छन्। बस्, बाबा हामीले त विवाह गर्छौं। मायाको शो देख्छन् नि। यहाँ मधुवनमा त बिल्कुल शान्ति छ। यो सारा दुनियाँ जङ्गल हो। जङ्गलमा अवश्य आगो लाग्छ। त्यसैले जङ्गलमा बस्नेहरू पनि खतम हुन्छन् नि। त्यही आगो लाग्नुछ जुन ५ हजार वर्ष पहिला लागेको थियो, जसको नाम महाभारत लडाइँ राखिएको छ। आणविक बमको लडाइँ त पहिला यादवहरूले नै लड्छन्। त्यसको पनि गायन छ। विज्ञानबाट मिसाइलहरू बनाएका छन्। शास्त्रहरूमा त धेरै कथाहरू छन्। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– यसरी कुनै पेटबाट कहाँ मुसल आदि निस्कन सक्छन् र? अहिले तिमीले देखेका छौ, विज्ञानद्वारा कति बम आदि बनाउँछन्। पहिला (दोश्रो विश्व युद्धमा) केवल दुईटै बम पट्काए त्यसबाट कति सहर खतम भए। कति मानिस मरे। लाखौँ मरे। अब यो यति ठुलो जङ्गलमा करोडौँ मानिसहरू बस्छन्, यसलाई आगो लाग्नेछ।

शिवबाबा सम्झाउनुहुन्छ, बाबा त फेरि पनि दयालु हुनुहुन्छ। बाबाले त सबैको कल्याण गर्नुछ। फेरि पनि जान्छन् कहाँ? देख्नेछन् अवश्य आगो लागेपछि फेरि पनि बाबाको शरण लिन्छन्। बाबा हुनुहुन्छ सर्वका सद्गतिदाता, पुनर्जन्मरहित। उहाँलाई फेरि सर्वव्यापी भनिदिन्छन्। अहिले तिमी हौ सङ्गमयुगी। तिम्रो बुद्धिमा सारा ज्ञान छ। मित्र-सम्बन्धी आदिसँग पनि कर्तव्य निर्वाह गर्नुछ। उनीहरूमा आसुरी अवगुण छन्, तिमीमा दैवीगुण छन्। तिम्रो काम हो अरूलाई पनि यही सिकाउनु। मनमनाभवको मन्त्र दिइराख। प्रदर्शनीद्वारा तिमीले कति सम्झाउँछौ। तिमीहरूका ८४ जन्म पूरा भएका छन्। अब बाबा आउनुभएको छ– मानिसबाट देवता बनाउन अर्थात् नर्कवासी मानिसहरूलाई स्वर्गवासी बनाउनुहुन्छ। देवताहरू स्वर्गमा हुन्छन्। अहिले आफैलाई आसुरी अवगुणहरूदेखि घृणा आउँछ। आफैलाई हेर्छौ, म दैवीगुणयुक्त बनेको छु? ममा कुनै अवगुण त छैनन्? मनसा-वाचा-कर्मणा मैले कुनै यस्तो कर्म त गरिन, जसबाट आसुरी काम हुन्छ? मैले काँडाहरूलाई फूल बनाउने काम गर्छु वा गर्दिन? बाबा हुनुहुन्छ बागवान र तिमी ब्रह्माकुमार कुमारीहरू हौ माली। माली पनि किसिम किसिमका हुन्छन्। कोही त अनाडी (अज्ञानी) छन् जसले कसैलाई पनि आफूसमान बनाउन सक्दैनन्। प्रदर्शनीमा बागवान त जानुहुन्न। माली जान्छन्। यी माली पनि शिवबाबाको साथमा छन्, त्यसैले यिनी पनि जान सक्दैनन्। तिमी माली जान्छौ सेवा गर्नको लागि। राम्रा राम्रा मालीहरूलाई नै बोलाउँछन्। बाबा पनि भन्नुहुन्छ अनाडीहरूलाई नबोलाऊ। बाबा नाम बताउनुहुन्न। थर्डक्लास माली पनि छन् नि। बागवानले प्यार उनीहरूलाई गर्नुहुन्छ जसले राम्रा राम्रा फूल बनाएर देखाउँछन्। त्यसमा बागवान खुसी पनि हुनुहुन्छ। मुखबाट सदैव रत्न नै निकालिरहन्छन्। कसैले रत्नको सट्टा पत्थर निकाले भने बाबाले के भन्नुहुन्छ? शिवलाई आँकको फूल पनि चढाउँछन् नि। त्यसैले कोही यस्ता पनि चढ्छन्। चालचलन हेर त कस्तो छ। काँडाहरू पनि चढ्छन्, चढेर फेरि जङ्गलतिरै जान्छन्। सतोप्रधान बन्नुको सट्टा झन् तमोप्रधान बन्दै जान्छन्। उनीहरूको फेरि के गति होला!

बाबा भन्नुहुन्छ– म एक त निष्कामी हुँ अनि फेरि परोपकारी पनि हुँ। परोपकार गर्छु तिनीहरूमाथि, जसले मेरो ग्लानि गर्छन्। बाबा भन्नुहुन्छ– मैले यसै समयमा नै आएर स्वर्गको स्थापना गर्छु। कसैलाई स्वर्ग जाऊ भन्यो भने उनीहरूले भन्छन् हामी त यहीँ स्वर्गमा छौँ नि। अरे स्वर्ग हुन्छ सत्ययुगमा। कलियुगमा फेरि स्वर्ग कहाँबाट आयो? कलियुगलाई भनिन्छ नै नर्क। पुरानो तमोप्रधान दुनियाँ हो। मानिसहरूलाई थाहा नै छैन, स्वर्ग कहाँ हुन्छ। स्वर्ग आकाशमा हुन्छ भन्ने सम्झन्छन्। देलवाडा मन्दिरमा पनि स्वर्ग माथि देखाइएको छ। तल तपस्या गरिरहेका छन्। त्यसैले मानिसहरूले पनि भनिदिन्छन्– फलाना स्वर्ग जानुभयो। स्वर्ग कहाँ छ? सबैको लागि भनिदिन्छन् स्वर्गवासी भए। यो हो नै विषय सागर। क्षीर सागर विष्णुपुरीलाई भनिन्छ। उनीहरूले फेरि पूजाको लागि एउटा ठुलो तलाउ बनाएका छन्। त्यसमा विष्णुलाई सुताइदिएका छन्। अहिले तिमी बच्चाहरूले स्वर्गमा जाने तयारी गरिरहेका छौ। जहाँ दुधका नदीहरू हुन्छन्। अब तिमी बच्चाहरू फूल बन्दै जाऊ। यस्तो कुनै आचरण कहिल्यै हुनु हुँदैन जसले गर्दा कसैले भनोस्, यो त काँडा हो। सदैव फूल बन्नको लागि पुरुषार्थ गरिराख। मायाले काँडा बनाइदिन्छ, त्यसैले आफूलाई धेरै धेरै सम्हाल्नुछ।

बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र बन्नुछ। बागवान बाबा काँडाहरूबाट फूल बनाउन आउनुभएको छ। हेर्नुछ म फूल बनेको छु? फूलहरूलाई नै सेवाको लागि जहाँतहीँ बोलाउँछन्। भन्छन् बाबा गुलाबको फूल पठाउनुहोस्! देखिन्छ नि– को, कुन फूल हो। बाबा भन्नुहुन्छ– म आउँछु नै तिमीलाई राजयोग सिकाउन। यो हो नै सत्यनारायणको कथा। सत्य प्रजाको होइन। राजा रानी बन्छन् भने प्रजा पनि स्वत: बन्छन्। अहिले तिमीले बुझेका छौ राजा रानी तथा प्रजा कसरी नम्बरवार बन्छन्। गरिब जोसँग दुई पाँच रूपैयाँ पनि बच्दैन, उनीहरूले के दिन्छन्? उनीहरूलाई पनि त्यति नै मिल्छ, जति हजार दिनेलाई मिल्छ। सबैभन्दा बढी भारतखण्ड गरिब छ। यहाँका मानिसहरू कसैलाई पनि याद छैन, हामी स्वर्गवासी थियौँ। देवताहरूको महिमा पनि गायन गर्छन् तर बुझ्न सक्दैनन्। जस्तो भ्यागुताले ट्वार ट्वार गर्छ। जुरेली चराले कति मीठो आवाज निकाल्छ, अर्थ केही हुँदैन। आजकाल गीता सुनाउनेहरू कति छन्। माताहरू पनि निस्केका छन्। गीताबाट कुन धर्म स्थापन भयो? यो केही पनि जान्दैनन्। अलिकति ॠद्धिसिद्धि कसैले देखायो भने बस्, सम्झन्छन् यो भगवान हो। गायन गर्छन् पतित-पावन। त्यसैले पतित छन् नि। बाबा भन्नुहुन्छ– विकारमा जानु यो नम्बरवन पतितपन हो। यो सारा दुनियाँ पतित छ। सबैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्! अब उहाँ बाबा आउनुछ वा गङ्गा स्नान गरेर पावन बन्नुछ? बाबाले मानिसबाट देवता बनाउनको लागि कति मेहनत गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी काँडाबाट फूल बन्छौ। मुखबाट कहिल्यै पत्थर ननिकाल। फूल बन। यो पनि पढाइ हो नि। चल्दाचल्दै ग्रहचारी बस्छ अनि फेल हुन्छन्। आशावादीबाट निराश हुन्छन्। फेरि भन्छन् म बाबाकहाँ जाऊँ। इन्द्रसभामा विकारी कहाँ आउन सक्छन् र? यो इन्द्रसभा हो नि। ब्राह्मणी जसले त्यस्ता विकारीलाई लिएर आउँछिन् उनीमाथि पनि ठुलो जबाफदारी छ। त्यस्तो आत्मा विकारमा गयो भने ब्राह्मणीमाथि पनि बोझ चढ्छ, त्यसैले सम्हालेर लिएर आउनुपर्छ। पछि गएर तिमीले देख्नेछौ साधुसन्त आदि सबै लाइनमा उभिनेछन्। भीष्म पितामह आदिको नाम त छ नि। बच्चाहरूको धेरै विशाल बुद्धि हुनुपर्छ। तिमीले जसलाई पनि बताउन सक्छौ– भारतवर्ष फूलको बगैँचा थियो। यहाँ देवीदेवताहरू रहन्थे। अहिले त काँडा बनेका छन्। तिमीभित्र ५ विकार छन् नि। रावण राज्य अर्थात् हो नै जङ्गल। बाबा आएर काँडाहरूलाई फूल बनाउनुहुन्छ। ख्याल गर्नुपर्छ– अहिले हामी गुलाबको फूल बनेनौँ भने जन्मजन्मान्तर आँकको फूल नै बन्नेछौँ। हरेकले आफ्नो कल्याण गर्नुछ। शिवबाबामाथि कहाँ कृपा गर्छन् र? कृपा त आफूमाथि गर्नुछ। अब श्रीमतमा चल्नुछ। बगैँचामा कोही गए भने त्यहाँ सुगन्धित फूलहरूलाई नै हेर्छन्। आँकलाई कहाँ हेर्छन् र? पुष्प प्रदर्शनी (फ्लावर सो) हुन्छ नि। यो पनि पुष्प प्रदर्शनी हो। धेरै ठुलो इनाम मिल्छ। धेरै फस्टक्लास फूल बन्नुछ। धेरै मीठो आचरण हुनुपर्छ। क्रोधीसँग धेरै नम्र हुनुपर्छ। हामी श्रीमतमा पवित्र बनेर पवित्र दुनियाँ स्वर्गको मालिक बन्न चाहन्छौँ। युक्तिहरू त धेरै छन् नि। माताहरूमा त्रिया-चरित्र धेरै हुन्छन्। चतुर भएर पवित्रतामा रहनको लागि पुरुषार्थ गर्नुछ। तिमीले भन्न सक्छौ, भगवानुवाच काम महाशत्रु हो, पवित्र बन्यौ भने सतोप्रधान बन्छौ। त्यसोभए के मैले भगवानको आदेश नमानौँ? युक्तिले आफूलाई बचाउनुपर्छ। विश्वको मालिक बन्नको लागि अलिकति सहन गर्नु परेमा के भयो त? आफ्नै लागि तिमीले सहन गर्छौ नि। उनीहरू राज्यको लागि लड्छन् तिमीले आफ्नो लागि सबैथोक गर्छौ। पुरुषार्थ गर्नुपर्छ। बाबालाई भुलेमा नै गिर्छन्। फेरि लाज लाग्छ। देवता कसरी बन्छन्? अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–

१) मायाको ग्रहचारीबाट बच्नको लागि मुखबाट सदैव ज्ञान रत्न निकाल्नुछ। सङ्गदोषबाट आफूलाई सम्हाल्नुछ।

२) सुगन्धित फूल बन्नको लागि अवगुणहरूलाई निकाल्दै जानुछ। श्रीमतमा धेरै धेरै नम्र बन्नुछ। काम महाशत्रुबाट कहिल्यै पनि हार खानुछैन। युक्तिले स्वयंलाई बचाउनुछ।

वरदान:– शक्तिहरूलाई चमत्कारको सट्टा कर्तव्य सम्झेर प्रयोग गर्ने पूजन वा गायन योग्य भव
यादद्वारा जुन शक्तिहरूको प्राप्ति हुन्छ तिनीहरूलाई चमत्कार सम्झेर प्रयोग गर्नुछैन तर कर्तव्य सम्झेर कार्यमा लगाउनुछ। ती मानिसहरूसँग ॠद्धिसिद्धिको चमत्कार हुन्छ तर तिमीसँग श्रीमत छ। श्रीमतबाट शक्तिहरू अवश्य आउँछन् त्यसैले सङ्कल्पबाट कर्तव्य सिद्ध हुन्छन्। सङ्कल्पबाट जसलाई पनि कार्यको प्रेरणा दिन सक्छौ, यो पनि शक्ति हो तर श्रीमतमा आफ्नो मनमत मिसिएन भने मात्र गायन र पूजन योग्य बन्छौ।
स्लोगन:– कुनै पनि प्रकारको हलचलमा निराश हुनुको सट्टा विशाल दिल बन।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

जो सरलचित्त छन् उनीहरू नै मधुरताको गुणले सम्पन्न हुन्छन्, उनीहरू नै सदा प्रसन्न रहन्छन्। प्रसन्नचित्त छन् भने सबैलाई आकर्षित गर्छन्। प्रसन्नताको अर्थ नै हो अतीन्द्रिय सुखमा झुम्नु। ज्ञानको स्मृति गर्दै, अव्यक्त स्थितिको अनुभव गर्दै अतीन्द्रिय सुखमा झुम्नु, यसलाई भनिन्छ प्रसन्न। यसरी जो प्रसन्न रहन्छ उसले नै अरूलाई पनि आकर्षित गर्छ।

मुरली के हो?

मुरली ब्रह्माकुमारीहरूको दैनिक आध्यात्मिक शिक्षा हो, जुन हरेक बिहान मधुबनबाट प्रकाशित हुन्छ। यहाँ तपाईं आजको मुरली नेपालीमा पढ्न, अडियो सुन्न र PDF डाउनलोड गर्न सक्नुहुन्छ। अध्ययनमा सहयोगका लागि पाठमा हाइलाइट गर्न सक्नुहुन्छ — तपाईंका चिन्ह यही ब्राउजरमा सुरक्षित रहन्छन्।

28 भाषामा मुरली

Daily Murli · Madhuban स्रोत: मधुबन मुरली विभाग यो स्वतन्त्र पाठक एप हो, आधिकारिक वेबसाइट होइन।