| 28-04-2026 |
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
|
मधुबन |
| “ मीठे बच्चे– बाबा समान प्रिय बन्नको लागि आफूलाई आत्मा बिन्दु सम्झ ेर बिन्दु बाबालाई याद गर।” | |
| प्रश्न:– | हरेक बच्चाले यादमा रहने गुप्त मेहनत गर्नुपर्छ– किन? |
| उत्तर:– | किनकि याद विना आत्मा, पाप आत्माबाट पुण्य आत्मा बन्न सक्दैन। गुप्त यादमा रहेमा, देहीअभिमानी बनेमा मात्र विकर्म विनाश हुन्छ। धर्मराजको सजायबाट बच्ने साधन पनि यही याद हो। मायाका तुफानहरूले यादमा नै विघ्न पार्छन् त्यसैले यादको गुप्त मेहनत गर अनि लक्ष्मीनारायण जस्तो प्रिय बन्न सक्छौ। |
| गीत:– | ओम् नमः शिवाय... |
ओम् शान्ति। यो महिमा हो सबैका बाबाको। याद गरिन्छ भगवान अर्थात् बाबालाई, उहाँलाई माता-पिता भनिन्छ नि। परमपिता परमात्मा पनि भनिन्छ। यस्तो होइन सबै मानिसहरूलाई परमपिता परमात्मा भनिन्छ। पिता त उनीहरूलाई (लौकिक पितालाई) पनि भनिन्छ। जसलाई लौकिक पिता भनिन्छ उनीहरूले पनि फेरि पारलौकिक बाबालाई याद गर्छन्। वास्तवमा याद गर्ने आत्माले हो, जसले लौकिक पितालाई पनि याद गर्छ। त्यो आत्माले आफ्नो रूपलाई, कर्तव्यलाई जान्दैन। आत्माले आफूलाई नै चिन्दैन भने परमपिता परमात्मालाई कसरी चिन्दछ? आफ्नो लौकिक पितालाई त सबैले चिन्दछन्, उनीहरूबाट वर्सा मिल्छ। नत्र याद किन गर्छन्? पारलौकिक बाबाबाट अवश्य वर्सा मिल्छ होला। भन्छन् हे परमपिता परमात्मा! उहाँसँग दया, क्षमा माग्छन् किनकि पाप गरिरहन्छन्। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। तर आत्मालाई चिन्नु र फेरि परमात्मालाई चिन्नु, यो कठिन विषय हो। सहज (इजी) भन्दा सहज अनि कठिनभन्दा कठिन। जतिसुकै विज्ञान आदि सिके पनि त्यसबाट चन्द्रमासम्म जान्छन्। तैपनि यस ज्ञानको अगाडि त्यो नगन्य छ। स्वयंलाई अनि बाबालाई चिन्न धेरै गाह्रो छ। जुनसुकै बच्चाहरूले पनि आफूलाई ब्रह्माकुमार-कुमारी कहलाउँछन्, उनीहरूले पनि आफूलाई आत्मा निश्चय गर्नुछ। म आत्मा बिन्दु हुँ, हाम्रो बाबा पनि बिन्दु हुनुहुन्छ– यो कुरा भुल्छन्। यो हो कठिन विषय। स्वयंलाई आत्मा हुँ भन्ने पनि भुल्छन् अनि बाबालाई याद गर्न पनि भुल्छन्। देहीअभिमानी बन्ने अभ्यास हुँदैन। आत्मा बिन्दु हो, त्यसमा नै ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ। जस अनुसार म आत्माले भिन्न भिन्न शरीर लिएर पार्ट खेल्छु, यो घरी घरी भुल्छन्। मुख्य कुरा यही बुझ्नुछ। आत्मा र परमात्मालाई बुझ्नु बाहेक बाँकी ज्ञान त सबैको बुद्धिमा आउँछ। हामीले ८४ जन्म लिन्छौँ, सूर्यवंशी, चन्द्रवंशी... बन्छौँ। यो चक्र त धेरै सहज छ। यो कुरा बुझ्छन्। तर केवल चक्रलाई जानेर मात्र त्यति फाइदा हुँदैन, जति आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर्दा फाइदा हुन्छ। म आत्मा स्टार हुँ। फेरि बाबा पनि अति सूक्ष्म स्टार हुनुहुन्छ। उहाँ नै सद्गतिदाता हुनुहुन्छ। उहाँलाई याद गरेमा नै विकर्म विनाश हुन्छ। यस तरिकाले कसैले पनि निरन्तर याद गर्दैनन्। देहीअभिमानी बन्दैनन्। घरी घरी यो याद रहनुछ, म आत्मा हुँ। बाबाको आदेश छ मलाई याद गरेमा विकर्म विनाश हुन्छ। तिमी आत्माले सम्झ म बिन्दु हुँ। यहाँ आएर पार्टधारी बनेको छु। ममा ५ विकारहरूको खिया लागेको छ। अहिले कलियुगमा छु। अब सत्ययुगमा जानुछ त्यसैले बाबालाई धेरै प्यारले याद गर्नुछ। यसरी बाबालाई याद गरेमा खिया निस्कन्छ। यो हो मेहनत। सेवाको गफ त धेरै लगाउँछन्। आज यो सेवा गरेकोमा धेरै प्रभावित भए तर शिवबाबा सम्झनुहुन्छ आत्मा र परमात्माको ज्ञानमा केही पनि प्रभावित भएनन्। भारतवर्ष स्वर्ग र नर्क कसरी बन्छ? ८४ जन्म कसरी लिन्छन्, सतो, रजो, तमोमा कसरी आउँछन्? केवल यो सुनेर प्रभावित हुन्छन्। परमात्मा निराकार हुनुहुन्छ, यो पनि बुझ्छन्। बाँकी म आत्मा हुँ, ममा ८४ जन्महरूको पार्ट भरिएको छ। बाबा पनि बिन्दु हुनुहुन्छ, उहाँमा सारा ज्ञान छ। उहाँलाई याद गर्नुछ। यी कुरा कसैले पनि बुझ्दैनन्। मुख्य कुरा बुझ्दैनन्। विश्वको इतिहास भूगोलको ज्ञान बाबाले नै दिनुहुन्छ। सरकारले पनि चाहन्छ, विश्वको इतिहास भूगोल हुनुपर्छ। यो त त्योभन्दा पनि सूक्ष्म कुरा हो। आत्मा के हो, त्यसमा कसरी ८४ जन्महरूको पार्ट पहिल्यै निश्चित छ? त्यो पनि अविनाशी छ। यो याद गर्नु, आफूलाई बिन्दु सम्झनु अनि बाबालाई याद गर्नु जसबाट विकर्म विनाश हुन्छ– यस योगमा कोही पनि तत्पर रहँदैनन्। यस यादमा रह्यौ भने धेरै प्यारा बन्छौ। हेर यी लक्ष्मीनारायण कति प्यारा छन्। यहाँका मानिसहरू त हेर कस्ता छन्। आफै पनि भन्छन् हामीमा कुनै गुण छैन। हामी म्लेच्छजस्तै छौँ, हजुर स्वच्छ हुनुहुन्छ। आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गरेपछि मात्र सफलता मिल्छ। नत्र धेरै कम सफलता मिल्छ। सम्झन्छन् हामीसँग धेरै राम्रो ज्ञान छ। विश्वको इतिहास भूगोल हामीलाई थाहा छ। तर योगको चार्ट बताउँदैनन्। मुस्किलले कोही छन् जो यस अवस्थामा रहन्छन् अर्थात् आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्छन्। धेरैको अभ्यास छैन। बाबा सम्झनुहुन्छ, बच्चाहरूले केवल ज्ञानको चक्र बुद्धिमा घुमाउँछन्। बाँकी म आत्मा हुँ, बाबासँग हामीले योग लगाउनुछ, जसबाट कलियुगबाट निस्केर सत्ययुगमा जान्छौँ, म आत्माले बाबालाई चिन्नुछ, उहाँको यादमा नै रहनुछ, धेरैको यो अभ्यास कम छ। धेरै आउँछन् पनि। राम्रो राम्रो पनि भन्छन्। बाँकी उनीहरूलाई यो थाहा हुँदैन, भित्र कति खिया लागेको छ। सुन्दरबाट श्याम बनेका छन्। फेरि सुन्दर कसरी बन्ने? यो कसैलाई पनि थाहा छैन। केवल इतिहास भूगोल जान्ने काम मात्र होइन। पावन कसरी बन्ने? सजाय नखाने उपाय हो– केवल यादमा रहनु। योग ठिक भएन भने धर्मराजको सजाय खानेछौ। यो धेरै ठुलो विषय हो, जसलाई कसैले धारणा गर्न सक्दैनन्। ज्ञानमा आफूलाई धेरै जान्नेसुन्ने सम्झन्छन्, यसमा कुनै शङ्का छैन। मूल कुरा हो योगको। योगमा धेरै कच्चा छन् त्यसैले बाबा भन्नुहुन्छ होसियार होऊ, केवल पण्डित बन्नुछैन। म आत्मा हुँ, मैले बाबालाई याद गर्नुछ। बाबाले आदेश दिनुभएको छ– मनमनाभव। यो हो महामन्त्र। आफूलाई स्टार सम्झ र बाबालाई पनि स्टार सम्झ अनि बाबालाई याद गर। बाबाको कुनै ठुलो रूप सामुन्ने आउँदैन। त्यसैले देहीअभिमानी बन्नमा नै मेहनत छ। विश्वका महाराजा-महारानी कोही एक दुई बन्छन्, जसका लाखौँ प्रजा बन्छन्। प्रजा त धेरै हुन्छन् नि। इतिहास भूगोललाई जान्नु त सहज छ तर आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेपछि मात्रै पावन बन्छौ। यो अभ्यास धेरै कठिन छ। याद गर्न बस्यौ भने धेरै तुफानहरूले विघ्न पार्छन्। कोही आधा घण्टा पनि एकरस भएर बस्न धेरै गाह्रो छ। घरी घरी भुल्छन्। यसमा सच्चा सच्चा गुप्त मेहनत छ। चक्रको रहस्य जान्न त सहज छ। बाँकी देहीअभिमानी भएर बाबालाई याद गर्नु, यो मुस्किलले बुझ्छन् र त्यसरी याद गर्छन्। बाबाको यादबाट नै तिमी पावन बन्छौ। निरोगी काया, लामो आयु मिल्छ। केवल विश्वको इतिहास भूगोल सम्झाएर मालाको दाना बन्न सक्दैनौ। दाना बन्छौ यादबाट। यो मेहनत कसैबाट पुग्दैन। आफैले पनि सम्झन्छन्, हामी यादमा रहँदैनौँ। राम्रा राम्रा महारथी यस कुरामा अल्छी छन्। मुख्य कुरा सम्झाउन आउँदै आउँदैन। यो कुरा पनि गाह्रो छ। उनीहरूले कल्पको अवधि लामो बनाइदिएका छन्। तिमीले ५ हजार वर्ष सिद्ध गर्छौ। तर आत्मा-परमात्माको रहस्य केही पनि जान्दैनन्, याद नै गर्दैनन् त्यसैले अवस्था डगमगाइरहन्छ। धेरै देह अभिमान छ। देहीअभिमानी बन्यौ भने मालाको दाना बन्न सक्छौ। यस्तो होइन विश्वको इतिहास भूगोल सम्झाउँछौँ त्यसैले हामी मालामा नजिक आउँछौँ, होइन। आत्मा यति सानो छ, यसमा ८४ जन्मको पार्ट भरिएको छ। यस कुरालाई पहिला सुरुमा बुद्धिमा ल्याउनुछ, फेरि चक्रलाई याद गर्नुछ। मूल कुरा हो योगको। योगी अवस्था हुनुपर्छ। पाप आत्माबाट पुण्य आत्मा बन्नुछ। आत्मा पवित्र हुन्छ योगबाट। योगबल भएकाहरू नै धर्मराजको डण्डाबाट बच्न सक्छन्। यो मेहनत मुस्किलले कसैबाट हुन्छ। मायाका तुफानहरू पनि धेरै आउँछन्। यो धेरै कडा गुप्त मेहनत हो। लक्ष्मीनारायण बन्नु सानीमाको घर होइन। यो अभ्यास भयो भने हिँड्दाडुल्दा बाबाको याद आइरहन्छ, यसलाई नै योग भनिन्छ। बाँकी यी ज्ञानका कुरा त साना साना बच्चाहरूले पनि बुझ्छन्। चित्रहरूमा सबै युग आदि राखिएका छन्। यो त साधारण कुरा हो। कुनै पनि कार्य सुरु गर्दा स्वस्तिक बनाउँछन्। यो निसानी हो सत्ययुग, त्रेता... को, बाँकी माथि छ सानो सङ्गमयुग। त्यसैले पहिला आफूलाई आत्मा सम्झेर बाबालाई याद गरिरह्यौ भने मात्रै त्यो शान्ति फैलिन सक्छ। योगबाट विकर्म विनाश हुन्छ। सारा दुनियाँ आत्मा र परमात्माको कुरामा नै भुलेको छ, कसैले भन्छन् परमात्मा हजारौँ सूर्यहरूभन्दा तेजस्वी हुनुहुन्छ, तर यो कसरी हुन सक्छ? जब कि भन्छन्– आत्मा सो परमात्मा त्यसोभए त दुवै एक भए नि। सानोठुलोमा फरक पर्न सक्दैन। यसमा पनि सम्झाउनुछ। आत्माको रूप बिन्दु हो। आत्मा सो परमात्मा हो भने परमात्मा पनि बिन्दु ठहरिनुभयो नि। यसमा फरक त हुन सक्दैन। सबै परमात्मा भए भने सबै रचयिता हुन्छन्। सर्वको सद्गति गर्ने त एक बाबा हुनुहुन्छ नि। बाँकी हरेकलाई आफ्नो पार्ट मिलेको छ। यो कुरा बुद्धिमा बसाउनुपर्छ, यो समझको कुरा हो। बाबा भन्नुहुन्छ मलाई याद गरेमा खिया निस्कन्छ। यसैमा मेहनत छ। एक त आधाकल्प देह अभिमानी भएका छौ। सत्ययुगमा देहीअभिमानी रहेर पनि बाबालाई चिन्दैनन्। ज्ञानलाई जान्दैनन्। यस समयमा तिमीलाई जुन ज्ञान मिल्छ त्यो ज्ञान गुम हुन्छ। त्यहाँ केवल यत्ति जान्दछन्, हामी आत्माले एक शरीर छोडेर अर्को शरीर लिन्छौँ। पार्ट खेल्छौँ। यसमा चिन्ताको के कुरा छ र? हरेकले आ-आफ्नो पार्ट खेल्नुछ। रोएर मात्र के हुन्छ? यो सम्झाइन्छ, केही बुझे भने शान्ति हुनेछ। आफैले बुझे भने अरूलाई पनि सम्झाउनेछन्। बुज्रुग मानिसहरूले सम्झाउँछन् पनि, रोएर कहाँ फर्केर आउँछन् र? शरीर छोडेर आत्मा निस्केर गयो, यसमा रुने के कुरा छ र? अज्ञानकालमा पनि यस्तो सम्झन्छन्। तर उनीहरूले यो कहाँ जान्दछन् र, आत्मा र परमात्मा के चिज हुन्? आत्मामा खाद परेको छ, उनीहरूले त सम्झन्छन् आत्मा निर्लेप छ। त्यसैले यो धेरै मसिनो कुरा हो। बाबालाई थाहा छ धेरै बच्चाहरू यादमा रहँदैनन्। केवल सम्झाएर मात्र के हुन्छ? धेरै प्रभावित भए, तर यसबाट उनीहरूको कुनै कल्याण कहाँ भयो र? आत्मा-परमात्माको पहिचान मिल्यो भने सम्झन्छन् अवश्य हामी उहाँका बच्चा हौँ। बाबा नै पतित-पावन हुनुहुन्छ। हामीलाई आएर दुःखबाट छुटाउनुहुन्छ। उहाँ पनि बिन्दु हुनुहुन्छ। त्यसैले बाबालाई निरन्तर याद गर्नुपर्छ। बाँकी इतिहास भूगोल जान्नु कुनै ठुलो कुरा होइन। बुझ्नको लागि आए पनि यस अवस्थामा तत्पर रहनु, म आत्मा हुँ, यसैमा नै मेहनत छ। आत्मा परमात्माको कुरा त तिमीलाई पनि बाबाले नै आएर सम्झाउनुहुन्छ। सृष्टिको चक्र त सहज छ। जति सकिन्छ उठ्दाबस्दा देहीअभिमानी बन्ने मेहनत गर्नुछ। देहीअभिमानी धेरै शान्त रहन्छन्। सम्झन्छन् म साइलेन्समा जानुछ। निराकारी दुनियाँमा गएर विराजमान हुनुछ। हाम्रो पार्ट अहिले पूरा भयो। बाबाको रूप सानो बिन्दु सम्झन्छन्। उहाँ कुनै ठुलो लिङ्ग हुनुहुन्न। बाबा धेरै सानो हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर, सर्वका सद्गतिदाता हुनुहुन्छ। म आत्मा पनि ज्ञानको स्वरूप बनिरहेको छु। यस्तो चिन्तन चल्न थालेपछि मात्र उच्च पद पाउन सक्छौ। दुनियाँभरमा कसैले आत्मा र परमात्मालाई चिन्दैनन्। तिमी ब्राह्मणहरूले अहिले चिनेका छौ। संन्यासीले पनि चिन्दैनन्। न उनीहरू आएर बुझ्छन्। उनीहरू त सबै आ-आफ्नो धर्महरूमा नै आउनेछन्। हिसाब-किताब चुक्ता गरेर जान्छन्। तिमीले यो मेहनत गरेमा नै बाबाबाट तिमीलाई वर्सा मिल्छ। अब फेरि देहीअभिमानी बन्नुछ। दिल त आत्मामा छ नि। आत्माले नै बाबासँग दिल लगाउँछ। दिल शरीरमा हुँदैन। शरीरका त सबै स्थूल इन्द्रियहरू हुन्। दिल लगाउनु यो आत्माको काम हो। आफूलाई आत्मा सम्झेर फेरि परमात्मा बाबासँग दिल लगाउनुछ। आत्मा धेरै सूक्ष्म छ। कति सानो सूक्ष्म आत्मा, पार्ट कति खेल्छ। यो हो अदभुत लीला। यति सानो चिजमा कति अविनाशी पार्ट भरिएको छ। त्यो कहिल्यै मेटिनेछैन। धेरै सूक्ष्म छ। तिमीले कोसिस गरेमा पनि ठुलो चिज याद आउँछ। म आत्मा सानो स्टार हुँ भने बाबा पनि सानो हुनुहुन्छ। तिमी बच्चाहरूले पहिला सुरुमा मेहनत यो गर्नुछ। यति सानो आत्मा नै यस समयमा पतित बनेको छ। पहिला सुरुमा आत्मालाई पावन बनाउने उपाय यो हो। पढाइ पढ्नुछ। बाँकी खेलपाल त अलग कुरा हो। खेल्ने पनि एउटा कला हो। पढाइबाट पद मिल्छ। खेलकुदबाट पद मिल्दैन। खेल आदिको डिपार्टमेन्ट अलग हुन्छ। त्यससँग ज्ञान वा योगको कनेक्सन छैन। यो भोग आदि लगाउनु पनि खेल हो। मुख्य कुरा हो यादको। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि मुख्य सारः–
१) धर्मराजको सजायबाट बच्नको लागि यादको गुप्त मेहनत गर्नुछ। पावन बन्ने उपाय हो आफूलाई आत्मा बिन्दु सम्झेर बिन्दु बाबालाई याद गर्नुछ।
२) ज्ञानमा आफूलाई धेरै जान्नेसुन्ने (मिया-मिठ्ठु) सम्झनु हुँदैन, एकरस अवस्था बनाउने अभ्यास गर्नुछ। बाबाको जुन आदेश छ त्यसको पालना गर्नुछ।
| वरदान:– |
हर कर्म गर्द ा कमल आसनमा विराजमान रहने सहज वा निरन्तर योगी भव निरन्तर योगयुक्त रहनको लागि कमल पुष्पको आसनमा सदा विराजमान होऊ तर कमल आसनमा उनीहरू नै स्थित रहन सक्छन् जो लाइट हुन्छन्। कुनै पनि प्रकारको बोझ अर्थात् बन्धन हुँदैन। मनका सङ्कल्पहरूको बोझ, संस्कारहरूको बोझ, दुनियाँका विनाशी चिजहरूको आकर्षणको बोझ, लौकिक सम्बन्धीहरूको ममताको बोझ– यी सबै बोझ खतम भएपछि मात्र कमल आसनमा विराजमान निरन्तर योगी बन्न सक्छौ। |
| स्लोगन:– | सहनशीलताको गुण धारण गरेमा असत्यताको सहारा लिनु पर्दैन। |
अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर
कसैका संस्कार सरल, मधुर हुन्छन्, ती संस्कार स्वरूपमा आउँछन्। बापदादा समान संस्कार बनेपछि मात्र बापदादाको स्वरूप सबैमा देखिन्छ। जस्तो बापदादा त्यस्तै हुबहु त्यही गुण, त्यही कर्तव्य, त्यही बोली, त्यही सङ्कल्प अनुभव गर्छन्। सबैको मुखबाट निस्कन्छ यिनीहरू त उहाँ जस्तै लाग्छ।